~गीता थापा~
लोग्नेको दश पाँचको नोकरीले जीविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाई । लोग्नेले पनि कुनै नाइँनास्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो ।
काम शुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो । घरको रंगरोगन फेरियो । ग्याँस, रंगीन टेलिभिजन, प्रिजज, कम्प्युटर जस्ता भौतिक बस्तुहरुले पूरै भरियो घर । फेसबूक, स्काइप लोग्ने स्वास्नीको सम्पर्कको भरपर्दो माध्यम बने । स्काइपमा भिडियो कल गरेर अनुहार हेर्दै गफ गर्न पाउँदाको मज्जा व्यक्त गरी साध्य थिएन । अमेरिकाको सुख, सुविधा र रमणीय वातावरणले जन्मभूमिप्रतिको मोह कम हुँदै जान थालेको थियो । स्वास्नीको गफ सुन्दा लोग्नेलाई पनि पखेटा भए अहिल्यै उडेर पुग्थें झैं हुन्थ्यो ।
स्वास्नीले परिवार ल्याउने फाराम भरिवरी अमेरिकी दूतावासमा बुझाई । नभन्दै आफू अमेरिका छिरेको तीन वर्षभित्र लोग्ने अमेरिका भिœयाउन सफल भइ ऊ ।
बुढी आमा छोरीसँग बसिन् । छोराले हि“ड्ने बेलामा भन्यो ? आमा चिन्ता नगर्नु । तपाइँलाई पनि जतिसक्दो छिटो उतै तान्ने व्यवस्था मिलाउँछु । ?
“राम्रोसँग जा”– आमाले बिदा दिइन् । महिना दिनपछि छोरासँग फोनमा गफ भयो । उनले छोरासित सोधिन् ? कस्तो र’छ बाबु अमेरिका ?
छोराले भन्यो– “सबै उल्टो” त्यति भन्नासाथ फोन काटियो । छोराको कुराले त्यो रात बुढी राम्ररी निदाउन सकिनन् ।
“गाउँमा हल्ला चल्यो– “गुरागाइँकी छोरी अमेरिकाबाट आएकी छे ।” बुढी गुरागाइँको घरमा पुगिन् । छोरी आएको खुशीमा गुरागाइँनी बुढीका भूइँमा खुट्टा थिएनन् ।
बुढीले सोधिन्– “नानी मेरा छोरा बुहारीसँग तिम्रो भेटघाट हुन्छ ?”
“अमेरिकामा यहाँ जस्तो पानीपँधेरो भए पो भेट हुनु ।”
“मैले छोरालाई अमेरिका कस्तो छ बाबु भनेको ‘सबै उल्टो’ भन्यो । फोन काटिनाले अगाडि गफ हुन पाएन ।” गुरागाइँकी छोरी खितिती. खितिती खित्का छोड्दै बोली– “दाइले त्यसो किन भनेको भने नि आमा, अमेरिका यहाँ जस्तो होइन सारा काम महिलाले गर्ने, पुरुष उपरखुट्टी लगाएर रमिता हेर्ने । त्यहाँ त भात पकाउने, लुगा धुने, घर पुछ्ने के पुरुष के महिला, बराबरी गर्नुपर्छ । सायद भाउजु काममा जानुहुँदो हो । दाइ घरको काम गर्नुहुँदो हो ।”
बुढी फत्फताइन ? सबै अमेरिका, अमेरिका भनेर उचालिन्थे । जावो अमेरिका त जोइटिङग्रे ठाउ“ पो रछ । ?
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)