~लीला लुइटेल~
१. विषयप्रवेश
कुनै विषयवस्तुको माथिल्लो भाग भन्ने अर्थबोध गराउने ‘शीर्ष’ शब्दमा ‘अक’ प्रत्यय लागेर ‘शीर्षक’ शब्दको निर्माण भएको छ । यसले कुनै पनि साहित्यिक कृतिको नामलाई बुझाउँछ । शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको नामकरण मात्र नभई कृतिको मूल भाव विचारको सङ्केतक पनि हो । शीर्षकबाटै कृतिमा वर्णित विषयवस्तुको अनुमान गर्न सकिन्छ । शीर्षक अभिधात्मक सङ्केतात्मक, प्रतीकात्मक आदि विभिन्न ढङ्गले राख्न सकिन्छ । अभिधात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ बुझाउँछ भने सङ्केतात्मक एवं प्रतीकात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ नभएर घुमाउरो वा अन्यार्थ बोध गराउँछ । शीर्षक अभिधात्मक, संकेतात्मक वा प्रतीकात्मक जुनसुकै ढङ्गबाट राखिए पनि त्यो कृतिको पहिलो सर्वप्रमुख परिचायक अभिलक्षण भएकाले सामञ्जस्यमूलक, औचित्यपूर्ण र सार्थक हुनुपर्छ अर्थात् कृतिको मूल भाव र शीर्षकका बीच आन्तरिक वा वा≈य सङ्गतिचाहि हुनै पर्छ । यसलाई कसैकसैले साहित्यको विधागत तत्वको रूपमा उल्लेख गरेको पाइए पनि यो विधाको तत्वचाहिँ होइन । शीर्षक रखाइबाटै लेखकको पहिलो परिचय प्राप्त हुने हुँदा यो कार्य निकै सुझबुझका साथ गरिनुपर्छ । शीर्षकीकरणको कुनै सैद्धान्तिक नियम नभए पनि यो प्रायः छोटो, छरितो र आकर्षक हुनुपर्छ । कृति लेखनका क्रममा अवस्था हेरी कहिलेकाहीँ शीर्षक चयन गरेर लेख्न सुरु गरिन्छ भने कहिलेकाहीँ कृतिको अन्तिम तयारी भइसकेपछि शीर्षक चयन गरिन्छ ।
शीर्षक नयाँ, मौलिक र कसैसँग नमिल्ने खालको हुनुपर्छ । थुप्रै कृतिहरू सिर्जना गर्दै जाँदा कतिपय कृतिका शीर्षकहरू एकअर्कासँग मिल्न गएको पनि देखिन्छ । विधाविशेषका अत्यधिक कृतिहरू सिर्जना हुँदा अध्ययनको कमीका कारण पूर्ववर्ती शीर्षकहरूका बारेमा ज्ञान नभएर शीर्षक पुनरावृत्ति हुनसक्छ । कुनै पनि कृतिको शीर्षक राख्दा विषयवस्तु वा भाव, मुख्य पात्रका नामका आधारमा शीर्षक राख्ने प्रचलन नेपालीमा अत्यधिक रहेको देखिन्छ । यसका साथै ठाउँ वा परिवेश तथा साहित्यिक कृतिको उद्देश्यका आधारमा पनि कतिपय शीर्षकको कृति राखिएको पाइन्छ । कतिपय कृतिको शीर्षक विषय वा भाव अनुरूप मिल्दोजुल्दो नभई अन्यार्थ जस्तो लाग्ने पनि देखिन्छ ।
२. नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति
नेपाली उपन्यासको प्राथमिक कालमा विधागत स्पष्ट स्वरूपयुक्त उपन्यास लेखन नभए पनि गद्याख्यानको अनुवाद–रूपान्तरणका माध्यमबाट उपन्यास लेखनको पृष्ठभूमि निर्माण भएको पाइन्छ । माध्यमिक कालमा अनुवाद–रूपान्तरणका साथै औपन्यासिक ढाँचाका कतिपय मौलिक कृतिको सिर्जना गरी उपन्यास लेखनक्रमशः अगि बढेको देखिन्छ । नेपालीमा मौलिक उपन्यास लेखनको थालनी गिरीशबल्लभ जोशीको वीरचरित्र (१९६०) बाट भएको हो । नेपाली उपन्यासमा रुद्रराज पाण्डेको आदर्शोन्मुख यथार्थवादी उपन्यास रूपमती (१९९१) प्रकाशित भएपछि आधुनिकता सुरु हुन्छ । यसपछि क्रमशः रूपनारायण सिंहको स्वच्छन्दतावादी उपन्यास भ्रमर (१९९३) हुँदै लैनसिंह बाङ्देलको मुलुकबाहिर (२००४) सम्म पुग्दा नेपाली उपन्यासले स्पष्ट आधुनिक स्वरूप प्राप्त गर्छ ।
एक शताब्दी पार गरिसकेको नेपाली उपन्यासका क्षेत्रमा हालसम्म नेपालभित्र र बाहिरका थुप्रै उपन्यासकारका औपन्यासिक कृति प्रकाशित छन् । यस सन्दर्भमा बेग्लाबेग्लै विभिन्न लेखकका उपन्यासमा शीर्षकको पुनरावृत्ति भएको स्थिति प्रशस्त मात्रामा देखापरेको छ । यसरी शीर्षकको पुनरावृत्ति भएका नेपाली उपन्यासलाई वर्णानुक्रममा तल प्रस्तुत गरिन्छ :
अधुरो सपना
वासुदेव ‘लहर’ अधुरो सपना (२०२४)
काजी प्रधान अधुरो सपना (२०२९)
सिन्धु शर्मा अधुरो सपना (२०६१)
अनुराग
नरप्रसाद थापा अनुराग (२०३०),
दावा छिरिङ लेप्चा अनुराग (२०३४)
अन्तद्र्वन्द्व
सुशीलचन्द्र श्रेष्ठ अन्तद्र्वन्द्व (२०५४)
सीता पाण्डे अन्तद्र्वन्द्व (२०५६)
अभिषेक
दीपक सुवास अभिषेक (सन् १९८०)
निरूपा प्रसून अभिषेक (२०६६)
अर्ध–विराम
सानु अर्ध–विराम (२०६२)
जयनारायण लुइटेल अद्र्धविराम (सन् २००६)
अस्मिता
केदारनाथ आचार्य अस्मिता (२०५७)
उर्मिला सापकोटा अस्मिता (२०६५)
आँसु
एकदेव उपाध्याय ढकाल आँसु (२०११)
ललिता देवान आँसु (सन् १९७७)
आमाको माया
केसु विरही गिरी आमाको माया (२०५७)
विजय सापकोटा आमाको माया (२०६०, बालउपन्यास)
उन्माद
महेश्वर शर्मा उन्माद (२०५१)
ललिता दोषी उन्माद (२०६६)
उपहार
अनिल गुरुङ उपहार (सन् १९८३)
विश्वराज ढुङ्गाना उपहार (२०६६)
उषा
काशीबहादुर श्रेष्ठ उषा (१९९५)
गजेन्द्रप्रसाद आचार्य उषा (२०१९)
कर्तव्य
मोहन दुखुन कर्तव्य (सन् १९७८)
नरेन्द्र श्रेष्ठ ‘केशर’ कर्तव्य
कसिंगर
गीता केशरी कसिंगर (२०३४),
श्रेष्ठ, प्रिया ‘पत्थर’ कसिंगर (२०५३),
कालखण्ड
महेश्वर शर्मा कालखण्ड (२०५१),
सुशीलचन्द्र श्रेष्ठ कालखण्ड (२०५६),
कुमारी आमा
भारती खरेल कुमारी आमा (२०५१)
अनुपम रोशी कुमारी आमा (२०६८)
कोसेली
दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ कोसेली (२०३१)
प्रसाद कोसेली
जीवनज्योति
सविता श्रेष्ठ ‘बेहोशी’ जीवनज्योति (२०५२)
रुकु कार्की जीवनज्योति (२०६५)
ज्वाला
चन्द्रकान्त आचार्य ज्वाला (२०५७)
रामचन्द्र भट्टराई ज्वाला (२०६४)
दाइजो
आशासिंह दाइजो (२०२६)
प्रसाद दाइजो
नियति
इन्द्र सुन्दास नियति (२०३९)
सदानन्द अभागी नियति (२०६१)
विसङ्गति
असीत राई विसङ्गति (२०३७)
चतुर्भुज तिमिल्सिना विसङ्गति (२०५२)
समर्पण
के.बी. नेपाली समर्पण (२०२३)
भाष्कर÷भवानीप्रसाद पाण्डे समर्पण (२०५७)
विश्वगोपाल लम्साल समर्पण
परिवर्तन
खगेन्द्र के.सी. परिवर्तन (२०५१)
अर्जुनकुमार कार्की परिवर्तन (२०५५)
पर्खाल
गोविन्द शर्मा पर्खाल (२०३१)
भीमचरण थापा पर्खाल (२०४१)
पश्चाताप
मायादेवी सुब्बा पश्चाताप (२०२०)
युधीर थापा पश्चाताप (२०४४)
बलराम दाहाल पश्चात्ताप (२०६८, बाल उपन्यास)
पुनर्मिलन
योगेन्द्र तिमिल्सिना पुनर्मिलन (२०२४)
मिला ईङनाम ‘इक्सा’ पुनर्मिलन (२०५९)
पूर्णिमा
माधव भँडारी पूर्णिमा (२०२८)
टीकाराम उपाध्याय ‘निर्भीक’ पूर्णिमा (सन् १९७६)
राजेश्वर देवकोटा पूर्णिमा (२०५४)
प्रतिशोध
विश्वगोपाल लम्साल प्रतिशोध (२०२९)
गणेश प्यावmु¥याल प्रतिशोध (२०२९)
प्रतीक्षा
अच्युत मल्ल ‘तारा’ प्रतीक्षा (२०२७)
भीमचरण थापा प्रतीक्षा (२०३८)
मुकुन्दहरि ज्ञवाली प्रतीक्षा (२०४४)
प्रायश्चित्त
रुद्रराज पाण्डे प्रायश्चित (१९९५)
मदन खत्री प्रायश्चित्त (२०४१)
गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ प्रायश्चित्त १–२ (२०६३÷२०६४)
गुनु घर्ती प्रायश्चित्त
प्रतिज्ञा
पवनकुमारी देवी प्रतिज्ञा (२०१७)
बी.बी. के.सी. प्रतिज्ञा (२०२७)
बदला
योगनाथ प्याकु¥याल बदला (२०२४)
नारायणप्रसाद पथिक बदला (२०६०)
बन्धन
गोविन्द शर्मा बन्धन (२०२७)
सुजात बन्धन (२०५८)
भाग्यरेखा
कुमार श्रेष्ठ भाग्यरेखा (२०४७)
दुर्गाप्रसाद श्रेष्ठ भाग्यरेखा (२०३०)
भावना
तोयनिधि पौडेल भावना (२०३२)
ऋषिराज बराल भावना (२०३४)
विद्याबहादुर बज्राचार्य भावना (२०६४)
मालती
भागीरथी श्रेष्ठ मालती (२०३४)
के.श्रेष्ठ मालती (२०४३)
माया
भीमचरण थापा माया (२०३१)
चित्र सिकारु माया (२०३९)
मुक्ति
सञ्जय थापा÷प्रदीप नेपाल मुक्ति (२०३९)
गीता केशरी मुक्ति (२०४८)
लाहुरे
भारती खरेल लाहुरे (२०५२)
भुसाल राई लाहुरे (२०६९)
प्रतीक्षा
भीमचरण थापा प्रतीक्षा (२०३८)
मुकुन्दहरि ज्ञवाली प्रतीक्षा (२०४४)
लक्ष्य
प्रेम पाख्रिन लक्ष्य (२०४१)
उदय पाख्रिन लक्ष्य (२०६१)
विद्रोह
खड्गबहादुर सिंह विद्रोह–१ (२०११)
विद्रोह–२ (२०१३)
भीष्मभूषण सङ्ग्रौला विद्रोह (२०३६)
भीम दाहाल विद्रोह (सन् २००५)
चन्द्रमान कन्दङ्वा विद्रोह
विश्वामित्र
इन्दिरा पसाईं विश्वामित्र (२०५४)
जङ्गबहादुर शाह विश्वामित्र (२०५८)
विश्वास
सुवास घिसिङ विश्वास (२०३३)
गीता केशरी विश्वास (२०५२)
शीला
शङ्कर कोइराला शीला (२०४७)
गुरुप्रसाद शर्मा रेग्मी शीला (२०६१)
संयोग
रामबहादुर राई संयोग (सन् १९७७)
विष्णुबहादुर खडका संयोग (२०३६)
तुलसीराम वmुँवर संयोग (२०४५)
नारायण कट्टेल संयोग (२०५२)
छविकिरण वली संयोग (२०५९)
सङ्कल्प
रमेश थापा सङ्कल्प (२०४३)
तुलसीराम शर्मा ‘कश्यप’ सङ्कल्प (२०४५)
ईशा शाह संकल्प (२०४९)
सङ्घर्ष
तुलसीराम वmुँवर सङ्घर्ष (२०२४)
श्रीदेव सापकोटा सङ्घर्ष (२०२५)
सपना
गोविन्द शर्मा सपना (२०३२)
लेखनाथ काफ्ले सपना (२०४६)
भक्तराज जोशी सपना (२०५७)
सम्झना
कविराज अर्याल सम्झना (२०४७)
शिवबहादुर श्रेष्ठ सम्झना
सम्झौता
गणेशबहादुर जिसी सम्झौता (२०५०)
भाषा भण्डारी सम्झौता (२०६०)
सीमा
रत्न सुनचेउरी सीमा (२०६०)
प्रकाश कोविद सीमा
३. उपसंहार
कुनै पनि लेखकका कृतिको शीर्षक अर्काे लेखकका कृतिको शीर्षकसँग मिल्नु अधिकांश स्थितिमा संयोग हो । नेपाली उपन्यासमा विभिन्न उपन्यासकारका औपन्यासिक कृतिका शीर्षकको पुनरावृत्ति प्रशस्त मात्रामा भएको देखिन्छ । यसरी शीर्षक एउटै हुनुमा कतिपय स्थितिमा लेखकलाई जानकारी भएको हुन पनि सक्छ र नहुन पनि सक्छ । कतिपय लेखकहरू पूर्ववर्ती वा अग्रज लेखकका कृति पढ्ने काम नगरी आफ्नै धुनमा मस्त हुन्छन् । शीर्षक पुनरावृत्ति हुनुको मूल कारणचाहिँ यही नै हो । जेजसरी भए पनि उही विधाका कृतिमा शीर्षक पुनरावृत्ति हुनु राम्रो मानिन्न । यसका लागि समय, साधन र स्रोतले भ्याएसम्म पूर्वप्रकाशित कृतिहरू पढ्नु अत्यन्त जरुरी हुन्छ । आजको व्यस्त समयमा प्रकाशित सबै पढ्न नभ्याए पनि कुनै पनि साहित्यकारले कम्तीमा पूर्वप्रकाशित कृतिहरूका बारेमा जानकारी राख्नुचाहिँ अत्यावश्यक देखिन्छ । यसरी पूर्वप्रकाशित कृतिको अध्ययनले कुनै पनि लेखकलाई शीर्षक चयनको समस्या समाधान लागि मात्र सहयोग नगरी आफ्नो लेखनीलाई मौलिक एवं नवीन स्वरूप प्रदान गर्न, लेखनीलाई परिष्कृत एवं परिमार्जित तुल्याउन पनि ठूलो भूमिका खेल्नसक्छ । नयाँ साहित्यकारका लागि शीर्षक चयनमा समस्या परेमा वा अन्योल उत्पन्न भएमा आफ्ना अन्तरङ्ग मित्र, अग्रज साहित्यकार वा समालोचकसँग परामर्श लिर्न पनि सकिन्छ ।
– कीर्तिपुर, काठमाडौं