~यादव खरेल~
पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म
आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म
आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म
मनका सारा कुरा पोखी आज खुल्न चाहन्छु म
आफ्ना सारा इच्छालाई आज किच्न चाहन्छु म
रहर बोकी चल्ने मुटु आज थिच्न चाहन्छु म
शब्द – यादव खरेल
स्वर – नारायण गोपाल
संगीत – नारायण गोपाल