~छविलाल कोपिला~
स्याल यहाँ बाघ बन्छन्, सराब पिएर
मदहोसमा के के बोल्छन्, सराब पिएर
बनाउँछन् आफै, दुनियाँका नियमहरु
लाज बिना आफै तोड्छन्, सराब पिएर
अरे ! यहाँ बोल्नुको पनि हद् हुन्छ होला
तर पनि कुरैले घाेंच्छन्, सराब पिएर
धाक लगाउँछन्, रावण मारेर रामहरु
कैले बेहोसमै आफैै मर्छन्, सराब पिएर
आकृति उही हो, हजार पटक हेरेपनि
तर भ्रममै के–के देख्छन्, सराब पिएर
–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)