कविता : बुजु्रकहरुको नाटक

~शिवराज पन्थी~

सिंढी चढ्दै थिए बु्ज्रुकहरू
मह काढ्नका लागि
रित्ता हात चाट्दै
इतिहासको रूखमा
धमिराको गोलो लागेको बेला
अरिंगाल उडेर
कल्पवृक्षमा डेरा स-यो
घर नजिकैको चौतारमा विराजमान
बोधी वृक्षमा
ऐजेरू लाग्दै थियो
फलामे रेलिङ र भ¥याङहरूमा
खिया लाग्दै थियो
वन जलिरहेको थियो
मन पोलिरहेको थियो
ठिक त्यति नै बेला
६०१ माहुरीका बथानहरू
आफू र आफ्ना लागि मात्र
आहार निर्माण गर्न
मह बनाउने बहानामा
बच्चा पार्दै र खाँदै थिए
अनि म्याद थप्दै थिए
मह बनाउनका लागि
समयले बुर्कुसी मार्दै गर्दा
चौंठी बोकेर
एक हुल बुज्रकहरू
चढिरहेकालाई तान्दै थिए
आफू तर्फ ओराल्नका लागि
किनकी ¤
धरहराको टुप्पामा पुग्दा
वास्तविकता छर्लड्डिन्थ्यो
चौठी रित्तै फर्किन्थ्यो
चढ्ने र फर्किने दोसाँधमा उनीहरू
थालको भण्टा जस्तै ढल्पल गर्दैै
माहुरीकै ताल अपनाउदै थिए
घार त रित्तो पो थियो ।
त्यसैले नाटक गर्र्दै थिए बुज्रुकहरू ।।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३८ – २०६८ श्रावण ३२ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.