कथा : काल्पनिक संवाद

~ध्रुब सापकोटा~

कमान्डर उसको सामुन्नेमा थियो । त्यसैले फौजी शैलीमा सलाम ठोक्यो । उसले टाउको मात्र हल्लायो ।

“तिमी हो अहिलेको कमान्डर -” उसले प्रश्न गर्‍यो ।

“हजुर सर †” त्यसले जवाफ दियो । “तिमीहरू कति जना छौ यहा“ काम गर्ने -” उसले प्रश्न गर्‍यो ।

“१७ जना ।” कमान्डरले जवाफ दियो ।”तिमीहरूको काम के हो -” उसले प्रश्न गर्‍यो ।

“यो अफिसको सुरक्षा गर्ने ।” कमान्डरले जवाफ दियो । “तिमीहरूले पटक्कै गरेका छैनौ । तिमीहरू तलब मात्र खान्छौ ।” उसले भन्यो ।

“त्यो त होइन हजुर †” कमान्डरले भन्यो । “किन होइन – यो अफिसको दोहोरो सुरक्षा घेरा थियो । त्यो एउटा सुरक्षाको घेरालाई बल पुर्‍याउन अर्को सुरक्षा घेरा । पहिले का“डेतार चारैतिर थियो । त्यसलाई बल पुर्‍याउन विशाल ढुङ्गाको पर्खाल । यो कुरा तिमीलाई थाहा छ कि छैन -” उसले प्रश्न गर्‍यो ।

“थाहा छैन सर ।” कमान्डरको जवाफ थियो । “मैले पहिलेको कुरा गर्न तिमीलाई बोलाएको होइन । पहिले मेरो कुरा सुन । यो अफिसमा अहिले का“डेतार कतै पनि छैन । का“डेतारको नामोनिसान छैन । अहिले एकोहोरो सुरक्षा घेरा बनेको छ ।” उसले भन्यो ।

“हामीलाई थाहा भएन ।” कमान्डरले भन्यो । “थाहा भएन -” उसले कालो अनुहार लगायो ।

“थाहा भएन ।” कमान्डरले अनुहार घोप्ट्यायो । “तिमीहरू नाम मात्रका सुरक्षाकर्मी देखिएका छौ ।” उसले भन्यो ।

“सरले आरोप लगाउनुभएको छ ।” कमान्डरले भन्यो । “तिमी जाऊ ।” उसले भन्यो ।

कमान्डर गयो । बेकारमा बोलाएको उसलाई लाग्यो, कुनै समाधान नै ननिस्कने बहसमा लागेको र समय बर्बाद भएको अनुभव गर्‍यो ।

उसले फोनबाट कम्पनीको मालिकलाई बोलायो । तीन दिनपछि मालिक उसको अफिसमा आयो ।

“मलाई बोलाएको सर -” मालिकले प्रश्न गर्‍यो ।

“तपार्इंलाई मैले अस्ति बोलाएको थिए“ ।” उसले भन्यो ।

“फर्ुसद नै भएन ।” त्यसले भन्यो ।

“त्यो कुरा त मलाई टेलिफोनमा भन्नु भएन ।” उसले भन्यो ।

“यति सानो कुरा टेलिफोनमा के भन्ने -” मालिकले उल्टै प्रश्न गर्‍यो ।

“तपाईंहरू ठूलो कारोबार भएको मान्छे । हामीहरूलाई के गन्नु हुन्थ्यो ।” उसले आफ्नो मनको आक्रोश पोख्यो ।

“त्यस्तो त होइन सर † तपाईंहरूको सेवा गर्ने मौका पाएको छु ।” मालिकले भन्यो ।

तपाईंलाई म धेरै बेर अलमल्याउन चाहन्न“ । मैले तपाईंलाई बोलाउनुको कारण के हो भने तपाईंस“ग हाम्रो अफिसले गरेको करार रद्द गरौ“ कि भनेर †” उसले भन्यो ।

“मबाट के गल्ती भयो र -” मालिकले प्रश्न गर्‍यो ।

“तपाईंले पठाएका मान्छेहरू काम नै गर्दैनन् ।” उसले भन्यो ।

“दिउ“सो त तिनीहरू हजुरहरूको नियन्त्रणमा हुन्छन् । रातीका लागि हाम्रो कम्पनीबाट चेक गर्ने मान्छे आउने गरेको छ । त्यस समयमा तिनीहरू हाजिर नभए जागिरबाट नै तत्काल बर्खास्त गर्र्छौं । यो हाम्रो कम्पनीको नियम हो । सरकारी अफिसको जस्तो मुलाइजा चल्दैन ।” मालिकले भन्यो ।

“तपाईं कागजी कुरा गररिहनुभएको छ । म व्यावहारकि कुरा गररिहेको छु ।” उसले भन्यो ।

“त्यो व्यावहारकि कुरा सुना“ै न †” मालिकले भन्यो ।

“तपाईंले पठाएका मान्छेले कुनै पनि किसिमको रेखदेख, नियन्त्रण गर्दैनन् । बर्दीमा उभिन्छन् । त्यत्ति हो ।” उसले भन्यो ।

“त्यस्तो त हुनै सक्तैन हजुर † हामीले कम्पनीमा मान्छे भर्ना गर्दा छानबिन गरेर योग्य मान्छे नै भर्ना गछार्ंर्ैै” मालिकले भन्यो ।

“तपाईंहरूलाई हामीहरूले महिनाको एक लाख रुपिया“ सुरक्षाबापत दिने गरेका छौ“ । यो त सत्य हो -” उसले प्रश्न गर्‍यो ।

“त्यो त हो ।” मालिकले भन्यो ।

“त्यो लाख रुपिया“ हामीहरूले त्यसै दिएको होइन । यो ठाउ“को सुरक्षा होस् भनेर नै दिएको हो । तपार्इंहरूका सुरक्षाकर्मीबाट यो अफिस सुरक्षित नै छैन भने त्यो एक लाख रुपिया“ किन दिने – प्रतिमहिना एक लाख रुपिया“ तिर्नुको औचित्य देखिन“ ।” उसले भन्यो ।

“त्यस्तो नचाहि“दो काम मेरा मान्छेबाट भएको कुनै रपिोर्ट मैले पाएको छैन ।” मालिकले भन्यो ।

“तपाईंलाई रपिोर्ट म अहिले दि“दैछु । हाम्रँे यो अफिसमा दोहोरो सुरक्षा प्रणाली थियो । पहिले थियो चारैतिर का“डेतार । त्यसपछि ढुङ्गाको विशाल पर्खाल । एउटा प्रणाली असफल भएमा अर्को प्रणाली यथावत् नै थियो । अब अहिले तपाईं आफ्नै आ“खाले देख्न सक्नुहुन्छ । अहिले का“डेतारको बार कतै पनि छैन । यति ठूलो कम्पाउन्डको चारैतिरको बार कतै पनि छैन । यो विशाल कम्पाउन्डको यति ठूलो र अग्लो बार हराउ“दा पनि केही थाहा नपाउने तपार्इंका सुरक्षाकर्मी राख्नुको औचित्य केही देख्दिन“ ।” उसले भन्यो ।

“त्यति ठूलो बार एक रातमा त चोरी भएन होला । बीचमा सरहरूले खबर किन नगरेको -” मालिकले उल्टै प्रश्न गर्‍यो ।

“तपाईं पनि गजबको कुरा गर्नुहुन्छ – एक रातमा भएको हो वा धेरै रात लगाएर । त्यसस“ग सरोकारको कुरा होइन । सुरक्षाका लागि हामी मान्छे राख्ने । अफिस सुरक्षित नहुने । तपाईं मलाई उल्टै अर्ति दिने -” उसले प्रश्न गर्‍यो ।

“ठीक छ सर † म अब पूरै सेट फर्ेर्छर्ुु एक जना पनि पुराना राख्दिन“ ।” मालिकले भन्यो ।

“म राख्नुको औचित्य देखिरहेको छैन । तपाईं पूरै सेट फर्ेर्ने कुरा गररिहनुभएको छ ।” ऊ भन्छ ।

“मप्रति बढी नकारात्मक नहुन म सरलाई अनुरोध गर्छर्ुु” मालिकले भन्यो ।

“यो सकारात्मक र नकारात्मक कुरा होइन । इमानदारीको कुरा हो । कर्तव्यको कुरा हो । विश्वसनीयताको कुरा हो । देशभक्तिको कुरा हो ।” उसले भन्यो ।

“होइन † सर मप्रति बढी नै खनिनुभएको छ ।” मालिकले भन्यो ।

“अब म कुरा लम्ब्याउन्न चाहन्न“ ।” उसले भन्यो ।

“म पनि अब हजुरलाई अन्तिम अनुरोध गर्छर्ुु मेरो भनाइ मान्नोस् । मैले सेट फर्ेर्ने भनेको छु । यसमा हजुरको भनाइ पनि रहन्छ । होइन, धम्कीकै भाषा बोल्ने हो भने त यो करार सरस“ग हात जोडेर भएको होइन । अर्थोककै कारणबाट अरूहरूको तहबाट करार भएको हो । सरले बिर्सनु भएन ।” मालिकले भन्यो । विनम्रतापर्ूवक नै मालिकले उसलाई फुत्त बाहिर फ्या“क्यो । एक हातले समातेर फ्या“क्यो । मालिक डिलमा थियो । ऊ कहा“ हो कहा“ तल खोचमा उठ्नै नसक्ने गरी थचारएिको ।

भौतिक सुरक्षा घेराको दोहोरो व्यवस्थाजस्तै मानवसुरक्षा घेराको पनि दोहोरो व्यवस्था थियो । सुरक्षाकर्मीहरू करारमा लिनुअघि यहा“ चौकीदारको व्यवस्था थियो । तिनीहरूको नियुक्तिपछि चौकीदारहरू आत्तिएका थिए । तिनीहरू १५ दिन अफिसमा बस्थे । १५ दिन घर । तलब भने एक महिनाको मात्र होइन, चौकीदारी गरेबापत थप सुविधा पाउ“थे । तिनीहरू जागिर खोसिन्छ भनेर डराएका होइनन् । काम नै नभएका कारण कसैलाई हटाउन सक्ने शक्ति छैन भनेर तिनीहरूले बुझेका थिए । डर के थियो भने यो अफिसबाट अन्यत्र सरुवा हुने सम्भावना थियो । यति सानो अफिसमा यतिका सुरक्षाकर्मी अनावश्यक र हास्यास्पद हो भन्ने कुरा तिनीहरूले बुझेका थिए ।

“तिमीहरूको काममा परविर्तन गर्न लागेको । तिमीहरूले अबदेखि अफिसभित्रको सुरक्षा गर्नेछौ । उनीहरूले बाहिरको ।” हाकिमले भन्यो । हाकिम चार वर्षा लागि यो अफिसमा आएको थियो । तीन वर्षबिताइसकेको थियो । एक वर्षबिनाझन्झट समय व्यतीत गर्न चाहन्थ्यो । सिद्धान्तवादी थियो, आफू टिक्न चाहन्थ्यो ।

उसले चौकीदारको नाइकेलाई बोलायो । नाइके उसको सामुन्नेमा उभिएको थियो ।

“तिमीहरू सबैलाई कारबाही गर्न बोलाएको ।” उसले भन्यो ।

“कस्तो कारबाही सर -” नाइकेले प्रश्न गरेको थियो ।

“तिमीहरूलाई अफिसको सुरक्षाको केही मतलब नै छैन । केवल तलब मात्र खान्छौ ।” उसले भन्यो ।

“के भो र सर -” नाइकेले भन्यो । खैनी मुखमा हालेको थियो, बोली प्रस्ट थिएन ।

“केही पनि भएन । बर्बाद मात्र भयो । अफिसका कुनै पनि ट्युबलाइट बल्दैनन् । आज राख्यो । भोलि बल्दैनन् । कोठामा पङ्खा थिए । अहिले एकचौथाइ मात्र बा“की छन् । भान्छाघरको मह“गो वाटर फिल्टर नै छैन । बाथरुममा धारा छैनन् । इन्टरनेटको एक महिनाको बिल नै कहालीलाग्दो छ । बिलको विवरण हर्ेदा बेलुका ८ देखि राती १२ बजेसम्म चलेको छ । त्यो समयमा अफिस नै चलेको छैन । १२ हजार लिटरको एक ट्याङ्की पानी आज ल्यायो, भोलि सुक्खा हुन्छ । बाथरुम जान नहुने छ । यति सानो अफिसमा सरासर बेकाइदा भएको तिमीहरूलाई मतलब नै छैन ।” उसले भन्यो ।

“कसले कति पानी खर्च गर्छ, त्यो हर्ेर्ने काम हाम्रँे होइन ।” चौकीदार रसिाएको छ ।

“मलाई केही कुरा पनि थाहा नपाउने ठान्छौ तिमीहरू । मलाई मर्ूख ठान्छौ तिमीहरू । जब हामीहरू अफिस छुटेर जान्छौ“, टोलका सारा मान्छे पानी थाप्न आउ“छन् । एकथरी पानी थाप्न लाग्छन्, अर्कोथरी नुहाउन थाल्छन् । बिहान र बेलुका यही क्रम चालू छ ।” उसले भन्यो ।

“खानलाई एक गाग्री पानी भन्छन् । यही टोलमा अफिस छ । टोलका मान्छेस“ग झगडा गरेर बस्न सकि“दैन ।” चौकीदारले भन्यो ।

“आफ्नो अफिसको भलाइका लागि बोल्नै नसक्ने तिमीहरू -” उसले प्रश्न गर्‍यो ।

“सरकारी अफिस हो । तेरो बाउको अफिस हो भन्छन् ।” चौकीदारले भन्यो ।

“कसैले त्यस्तो भन्दैन । तिमीहरू सब व्यक्तिगत स्वार्थका लागि तिनीहरूस“ग मिलेका छौ ।” उसले भन्यो ।

“आफ्नो ज्यान नै जोखिममा कसैले पार्दैन सर †” चौकीदारले भन्यो ।

“मलाई थाहा छैन । तिमीहरूलाई कारबाही हुन्छ ।” उसले भन्यो । चौकीदारस“ग कुरा टुङ्ग्यायो ।

विदेशी अनुदानबाट उसको अफिसको नया“ भवनको निर्माण सकिएको थियो । एक वर्षा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तीन वर्षा पूरा भएको थियो । चार करोडमा सम्झौता भएको थियो । आठ करोडको लागतमा काम पूरा भएको थियो ।

“अब तपाईंहरू नया“ भवनमा अफिस सार्ने व्यवस्था मिलाउनोस् ।” हाकिमले उसलाई भन्यो ।

“के मिलाउने -” उसले प्रश्न गर्‍यो ।

“यतिका वर्षम्म जागिर खाएर पनि तपाईंलाई थाहा छैन -” हाकिमले आक्रोश देखायो ।

“अन्तिम भुक्तानी भइसक्यो होइन -” उसले प्रश्न गर्‍यो ।

“भयो र त भनेको †” हाकिमले भन्यो ।

“सरस“ग मेरो त्यही भनाइ हो । अन्तिम भुक्तानी हु“दा कन्सल्ट्यान्टले प्रतिवेदन दिएको हुन्छ । मिलाउने-नमिलाउने कुरा हु“दैन । कुन कुन शाखा सार्ने हो सरले त्यही शाखाका मान्छेलाई बोलाएर आदेश दिए हुन्छ ।” उसले भन्यो ।

“तपाईं अहिले पनि बढ्ता कुरा बोलिरहनु भएको छ । तपाईंलाई त्यही व्यवस्था मिलाउन भनेको । तपाईं कुरा बुझ्न नसक्ने भएर नै उन्नति नभएको ” हाकिमले भन्यो ।
त्यस कोठामा चार जना थिए । हाकिमको आदेश अनुसार तिनीहरू नवनिर्मित भवनमा गए । एक-एक कोठा हेरे । फर्केर हाकिमको कोठामा आए ।

“किन -” हाकिमले सोध्यो ।

“हजुर सर †” उसले भन्यो ।

“के छ त अवस्था -” हाकिमले सोध्यो ।

“र्सन मिल्ने अवस्था छैन ।” उसले भन्यो ।

“कन्सल्ट्यान्टले त सब ठीक छ भनेको थियो ।” हाकिमले भन्यो ।

“कागजमा †” उसले भन्यो ।

“बढ्ता बोल्ने होइन †” हाकिमले भन्यो ।

हाकिम पटक-पटक उप्रति आक्रोश पोखिरहेको थियो । कन्सल्ट्यान्टप्रति होइन । कन्सल्ट्यान्टलाई ऊ किन गाली गर्दैन – ठेकेदारलाई ऊ किन गाली गर्दैन – उसलाई थाहा छ, कन्सल्ट्यान्ट उसका लागि एउटा दलाल हो, निम्न स्तरको वेश्याको दलालजस्तो ।
हाकिम र ठेकेदारबीचको एउटा पुल । त्यसको परण्िााम हो- हाकिमको एउटा घर । हाकिमको नया“ घर । त्यो घर त सुन्दर छ र व्यवस्थित छ । त्यसकै परण्िााम हो अफिसको घर अव्यवस्थित छ ।

“त्यो नवनिर्मित भवनमा र्सनका लागि एउटा प्रस्ताव तपाईंहरूले बनाएर एक सातामा पेस गर्नू । केके गर्नुपर्छ, नछुटाउनू †” हाकिमले भन्यो ।

ऊ कोठामा आयो । प्रस्ताव † अफिस तल्लो तहदेखि माथिल्लो तहसम्म कोक्यायो । प्रस्ताव “म गाईको दूध खान चाहन्छु । रगत होइन । म शाकाहारी छु । म दूधको मूल्य रगतको मूल्यभन्दा हजार गुना बढी देख्छु । एक्लो परेको अनुभव गरे“ । मेरो राजीनामा स्वीकार गरयिोस् ।” उसले प्रस्ताव लेख्यो । अर्थ लगाउनेका लागि अर्थपर्ूण्ा थियो । बेवास्ता गर्नेका लागि अर्थहीन ।

ऊ वर्तमान होइन । एउटा इतिहास हो । एउटा मिथक हो । ऊ एउटा मिथकीकरण गरएिको पात्र । इतिहासको कालखण्डबाट झिकिएको । एउटा मिथकलाई वर्तमानस“ग मिसाउ“दा त्यसको स्वाद कस्तो हुन्छ – यो त्यही हो । यो त्यही नै हो ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४६७)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.