गजल : बाँचेर के काम ?

~गुरुप्रसाद कुमाल “बुलबु”~

जसलाई देशको माया छैन त्यसलाई बाँचेर के काम ?
जसको कुनै महत्व छैन त्यसलाई साँचेर के काम ?

जातभातको रुपमा देशलाई टुक्रा–टुक्रा पार्छन् भने
सयौं थुड्डा फूलका हामी एउटै माला गाँसेर के काम ?

खबरदार मेरो बारेमा लेखिस् भने यस्ता धम्की आइरहँदा
कवि पत्रकारको हात काटेको बेला नाँचेर के काम ?

व्यक्तिको शासन होइन यहाँ, बिधिको शासन चाहिन्छ
बोट नै विषालु भए यहाँ, हाँगा भाँचेर के काम ?

धामी–झाँक्री, रुढीवादी परम्परा अझै कायमै छन्
बोक्सीको आरोपमा निमुखा कुटिँदा हाँसेर के काम ?

–गजल संग्रह “हृदयका विम्बहरु” बाट

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २२ – April 4, 2012 – २०६८ चैत्र २२ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.