~राहुल पुन~
पार्टीभित्रै उपपार्टी गुट उपगुट छौ जुटौ भने
जसरीनी मिल्नैपर्छ सत्तामा जान नपाइने फुटौं भने
नफुट्नु नजुटन् निल्नु न ओकल्नु घाँडो भा’छ
फेरि पार्टी सानो हुन्छ विचार नमिलेनी छुटौं भने
आफैभित्र किचलो तर पनि सरकारमा बस्नैपर्छ
फेरि ब्रम्हलुट गर्न नपाइने समर्थन थुतौं भने
संविधान बनाउन सकिएन कुन मुखले जाऊँ जनतामा
फेरिर अर्को कुन विकल्प छ हलो अड्काई गोरूलाई नचुटौं भने
नीति देश छोड जनता भन्या अझै पनि भेडै छन्
फेरि अरू के गरू आफू बनिदैन जनतालाई नै नलुटौं भने ।।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४१ – २०६८ भाद्र २१ गते, बुधबार)
