~पासाङ्ग वाङ्ग वल~
केटी :
ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
केटा :
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।
केटी:
[गाई गोरु बाधेर छिट्टै भेट्न आउन।
बाटैमा रात पर्ला,उज्यालैमा आउन।]… २
केटा :
अध्यारो के हो र, माया पिरती अघि,
पर्खिदेउ म आउछु, अँध्यारोलाई तोडी।
ए कान्छा मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।
केटी:
[लौ उडी जाऊ त्यहाँ, बादल लुछी ल्याउन।
बादललाई गाँसेर आँचल बनाइदेउन।]… २
केटा:
लौ हुन्छ बादलको आँचल बनाइदिउला।
छेउछेउमा ताराको जलप लगाइदिउला।
[ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।]…२
शब्द : पासाङ्ग वाङ्ग वल
स्वर : अरुणा लामा र रुद्रमणि गुरुङ
सङ्गीत : अम्बर गुरुङ
