बाल कथा : असल बाटो देखाउने छोरी

~अज्ञात~

एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए – छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार कक्षामा पढ्थी । उसको दाइ सुरेश चार कक्षामा पढ्थ्यो । उनीहरूको बुबा अर्थात् कमलाको श्रीमान एउटा सरकारी कार्यालयमा अधिकृत थिए । जाडोको लामो छुट्टी थियो । सुरेश चाहिँ काकाको छोरासँग खेल्न रमाउँथ्यो । ऊ घरमै बस्न रुचाउँदथ्यो । उनीहरू कहिले कम्प्युटर खेल्ने, कहिले टिभी हर्ेर्ने, कहिले गिटार बजाउने गर्दथे तर सुनीताको केटी साथी कोही पनि थिएन ।

एकदिन कमलाले सुरेशसित भनिन् “आज म बच्चाहरूको एउटा कार्यक्रममा जाँदैछु तिमी दाजुबहिनी घरमै मिलेर बस है ।”

“भइहाल्छ नि मामु” सुरेशले भन्यो तर सुनीताले भनी “मलाई एक्लै बस्दा बस्दा वाक्क लागिसक्यो आज म तपाईंसित जान्छु,” उसो भए ठीक एकैबजे घरबाट निस्कने हैत” कमलाले भनी ।

“कार्यक्रम कतिबजे सुरु हुन्छ मामु -” सुनीताले सोधी ।

“सवा एकबजे” कमलाले भनी ।

“मामु पन्ध्र मिनेटमा पुगिन्छ त” सुनीताले भनी “टयाक्सीमा जाने हो मामु -” “म जसरी भए पनि लगिहाल्छु नि तिमीलाई किन टाउको दुख्यो” कमलाले भनी । आमाको ढिलासुस्ती बानीले गर्दा एक बजेर पाँच मिनेट गएपछि उनीहरू घरबाट निस्किए । बल्लबल्ल एउटा माइक्रोबस आयो । गुडिरहेको माइक्रो बसलाई बीचबाटोमा रोकाएर व्यस्त सडकमा उल्टो साइडबाट आमा छोरी बस चढे । थापाथलीमा उनीहरू ओर्लिए । सवा एक हुन लागिसकेको थियो । हतारमा ट्राफिक बत्ती नहेरी बाटो काट्न लाग्दा सुनीताको खुट्टामा मोटरले झण्डै हानेको । भाग्यले उसलाई केही पनि भएन । तर ट्राफिक प्रहरी र मोटरको ड्राइभरले उसकी आमालाई पढेलेखेको महिला भएर पनि नचाहिँदो काम गरेको भनी गाली गरे । यसकी आमा भने दुवैलाई उल्टो गाली गर्दै थिई । बल्लबल्ल साढे एक बजे उनीहरू एउटा घरमा पुगे । घर खुब राम्रो थियो ।

सुनीताले आमालाई भनी “मामु तपाईंले कार्यक्रममा जाने भनेको होइन, किन अनीता अन्टीको घरमा ल्याउनु भएको -“

कमलाले भनी “धेरै जान्ने हुने होइन है चूप लागेर अघि बढ ।” आज अनीता अन्टीको घरमा हामी स्कुलदेखिको साथीहरूको रमाइलो भेटघाट कार्यक्रम छ के ।” सुनीताले भनी “अनि बिहान बुबालाई किन ढाँट्नुभएको त -” कमलाले भनी “तेरो बाबु र दाइलाई सत्य कुरो भन्यो भने त आउनै दिँदैन थिए नि । भरे घर गएर सबै कुरा भन्ने होइन नि ।” सुनीता चुप लागी ।

सुनीताले पछि थाहा पाई कि अनीता अन्टीको घरमा नाचगान, तास, भोजको कार्यक्रम रहेछ भनेर । कमलाका साथीहरू धेरैजसो त सामाजिक कार्यकर्ता रहेछन् । आमाका साथीहरूको कुराको विषय नै श्रीमान, नन्द, आमाजु र सासू थिए । अनीता अन्टीको छोराछोरी होस्टेलबाट आइनसकेका हुँदा ऊ त्यहाँ पनि एक्लै परेकी थिई । आमाका साथीहरूका नचाहिँदो गन्थन सुन्दासुन्दा उसलाई कहिले घर फर्कुंजस्तो भइसकेको थियो । कमलाका साथीहरूले कोहीले सासूलाई खेदेर निकालेका, कतिले ससुराको सम्पत्ति लिएर विल्लिबाठ बनाएका, कतिले सानो नोकर केटालाई कुटेर दुःख दिएका कुराहरू केके न पुरुषार्थ गरे झैँ ठूलोठूलो स्वरले सुनाएका थिए ।

सुनीतालाई लाग्यो उसकी आमा यस्ताका सङ्गतमा परिन् भने सोझो बाबु र उनीहरू दर्ुइ केटाकेटीकै जीवन अन्धकार हुनेछ । त्यसैले सुनीताले अचानक पेट दुखेको बहाना बनाइ र घर जान कर गरी । छोरीलाई बित्थैमा ल्याएँछु भन्दै रिसाउँदै कमला घरतिर लागिन् । घरमा पुगेपछि सुनीताले भनी “मामु मलाई केही पनि भएको छैन । पेट दुखेको त त्यहाँबाट निस्कने बहाना मात्र थियो ।”

कमलाले राता राता आँखा पारेर रिसले चूर भएर भनी “लाज लाग्दैन झूट बोल्न ।” त्यसपछि सुनीताले भनी “तपाईंले चाहिँ बुबासित झुट बोल्न हुन्छ नि -“

कमलाले भनी “म त ठूलो मान्छे । मैले जे गरेँ त्यो गर्न तिमीहरूले सुहाउँछ ।”

सुनीताले भनी ‘ए त्यसो भए ठूलाले झूट बोले पनि हुन्छ । गुडिरहेको बस सवारीबीच बाटोमा रोकेर गलत ढोकाबाट चढे पनि हुन्छ । बाटो काट्न सङ्केत गर्ने हरियो बत्ती नबलिकन बाटो काटे पनि हुन्छ । काममा बसेको ट्राफिक प्रहरीलाई आफ्नो गल्ती छोप्न गाली गर्दै हिँडे पनि हुन्छ । अनि किट्टी पार्टर्ीीई बाल कार्यक्रम भने पनि हुन्छ । कार्यालय बिदा लिईलिई सासू, नन्दलाई घरबाट निकालेको, लोग्नेलाई ठगेको कुरो गर्न पनि हुन्छ हैन त । मैले त हाम्रो परिवारलाई जोगाउन एउटा सानो झूट बोलेको थिएँ । त्यो पनि घर आएर आफ्नो गल्ती स्वीकारी हालेँं ।”

त्यत्तिकैमा ढोकाबाट कसैले ताली बजाएको आवाज सुनेर दुवै आमा छोरी झस्के । ढोकामा सुनीताको बुबा र सुरेश उभिइरहेका थिए । उनीहरू कोठाभित्र पसे । सुनीतालाई अँगालो हाल्दै बुबाले भने “स्यावास छोरी । त्रि्री आमालाई आफू पढेलेखेकी बुद्धिमान् महिला भन्ने कुरामा साह्रै घमण्ड थियो । उनले आफ्नी श्रीमतीतर्फ फर्केर भने “कमला, सुनीता तिमीभन्दा धेरै बुद्धिमान् रहिछ ।”

सुरेशले पनि आमालाई भन्यो “मामु सुनीताले भनेको कुरा सही हो । ठूलो मानिसले आफू असल भएर देखाएमा मात्र सानाले राम्रो कुरा सिक्ने मौका पाउँछ । बच्चाहरूले जे काम पनि ठूलाले गरेको बोलेको देखेर, सुनेर त्यही अनुसार गर्ने त होनी । फटाहाका सन्तान फटाहा नै हुन्छन् । यति राम्रो बुबा पाएर पनि तपाईंलाई कस्तो असन्तुष्टि । धन र पदभन्दा त प्रेम नै ठूलो हो । आज मानिसको मनमा सत्य, धर्म, प्रेम नभएर संसारमा हिँसा र अशान्ति बढेको हो । मामु छाड्नुस् अरूलाई हेला गर्ने र फट्याइँ गर्ने बानी । नत्र तपाईंले त दुःख पाउनुहुन्छ नै हाम्रो जिन्दगी पनि दुःखी हुन्छ ।”

सुनीताको बाबुले भने “हो कमला प्रेम र सन्तुष्टि नै आनन्द र शान्तिको कारण हो । यस्ता हीराजस्ता छोराछोरी ज्यादै थोरैको मात्र हुन्छ । हामी त धेरै भाग्यमानी आमाबाबु हौँ । छाडिदेऊ अब त्यस्ताको सङ्गत र लाग असल बाटोतिर ।”

कमलाले सुनीतालाई भनी “सुनीता मेरो आँखा खोलिदिएकोमा धन्यवाद । मलाई सुबाटोमा डोर्‍याउनको लागि नै आज तिमीलाई साथ लगाई भगवान्ले त्यहाँ पठाइदिएका रहेछन् ।”

सुनीता र सुरेश एकैचोटि भन्छन् “धन्यवाद, हामीलाई होइन हाम्रो विद्यालयमा पढाइने मानव अभ्युदय शिक्षालाई ।

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.