~अज्ञात~
एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन। गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये। तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन। उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ। राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए। राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन। एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे। यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन;
“ओइ गधा! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस्।”
यूवतीको घमण्डबारे पहिल्यै सुनि सकेका हुनाले राजा रिसाएनन, बरु हाँस्दै जवाफ दिए ।
” हे सुन्दरी, तिमी भगवानले रुप र जीउडाल दिने लाईनमा बसिछौ, म भने भगवानले ज्ञान र भाग्य दिने लाईनमा बसेको थिएँ, त्यसैले त आज म राजा भएको छु र तिमी मेरो सेवक तथा साधारण नर्तकी। रुपमा घमण्ड गर्नु अज्ञानता हो। बिना ज्ञानको रुप र बिना पातको रुख उस्तै उस्तै हुन। म त तिमीलाई यहि कुरा सम्झाउन आएको थिएँ। तिमीसँग बिहे गर्न हैन। मलाई थाहा छ, पात नभएको रुखले छहारी दिन सक्दैन।”
यूवती लाजले मरेसरी भै आफ्नो बाटो लागीन र त्यहि दिनदेखि आफ्नो रुपको घमण्ड गर्न छाडिदिईन।
Dherai ramro katha xa. .. ma pani short story lekhne garxu. . Ma chara (birds ) sambandhit, garibi, rajnitik sambandhi katha lekhne garxu but ma afno katha nepali sahitya sangrahlay samma pugauna chahnxu. Please malai help garnuhos. .
सुरेश ज्यू
साहित्यिक अभिवादन ।
नेपालका सम्पूर्ण भाषा सम्बन्धित साहित्यिक रचना जती सकिन्छ सङ्ग्रह गर्ने हाम्रो धेय भएको कारण तपाईं रचना हामीलाई सम्प्रेषण गर्न सक्नुहुनेछ । हामी सहर्ष प्रकाशन गर्ने छौ ।आफ्ना रचनाहरु फेस्बुकबाट या kritisangraha@gmail.com बाट या वेबसाइट मै रहेकोे “नयाँ रचना पठाउनुहोस्” बाट पठाउन सक्नु हुन्छ ।
प्रतिक्षारत,
आविष्कार
साहित्य सङ्ग्रहालय