~मुक्तिनाथ शर्मा~
असार आएको छ यो वर्ष
त्यसैले यहाँ छाएको छ हर्ष ।
असारमा मानु खाएर मुरी उब्जाउन
किसानहरू गर्ने गर्छन् संघर्ष ।
झरी बादल हिलो मैलो भए पनि
निरन्तर काम गर्ने नै छ निष्कर्ष ।
असार आएको छ यो वर्ष
किसानहरू मनाउँदैछन् हर्ष ।
– कलङ्की, काठमाडौं
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ३५१)