~मुकुन्द आचार्य~
बिहार भारतका एक नामूद पाकेटमारले आफ्नी पत्नीलाई मीठो पारामा फकाए– “लौ यी गहनाहरू राम्ररी राख । यी सबै गहना तिम्रै लागि हुन् । गहनाको पोको राम्ररी राख ।”
बिचरी पत्नी द· परिन् । उनको खुशी र आश्चर्यमिश्रित स्वर सुनियो– “कहाँबाट हात पार्नु भो ? गहनाहरू त सबै नयाँ र राम्रा छन् ।”
पतिले भने– “सबै माईको कृपा हो ।”
“कुन माईको ? तपाईंको ‘माई’
(आमा) त उहिल्यै माथि गइसक्नु भो ?”
“धत् लाटी । यो गढीमाईको कृपा हो । बारा नेपालको गढीमाई पाँच वर्षे मेलामा जान नपाएकाहरूको लागि माघे सङ्क्रान्तिको दिन फेरि मेला लाग्छ । त्यसैले भनेको, यो गढीमाईको प्रसाद हो ।”
“प्रहरीले क्यै गर्दैन नेपालमा ?”
“नेपाली प्रहरी हाम्रा ठूल्दाइ हुन् । खास बडका भइया । हाम्रोबीचमा ज्यादै सुमधुर सम्बन्ध हुन्छ । समझदारीका साथ हामी सबै काम गर्छौं । तुम्हारी भी जय जय, हमारी भी जय जय १”
(स्रोत : प्रतीक दैनिक पत्रिका)