~रेम राना~
गत ०६८ मंसिर २८ र २९ गते दाङमा सम्पन्न रक्तिम अभियान, केन्द्रीय समितिको बैठकले पौषदेखि जेष्ठसम्मको कार्यतालिका निश्चित गरेको थियो । जसअनुसार, पौष १५ देखि माघ महिनासम्म केही जिल्लामा केन्द्रित गरी सङ्गठनात्मक अभियान सञ्चालन गर्ने ठेगान गरेको थियो । मलाई प्यूठानको जिम्मा दिइएको थियो । मोहनविक्रम सिंह, खगुलाल गुरूङ, मोहन वैद्य, मणि थापाजस्ता दर्जनौँ नेता÷कार्यकर्ता जन्माएको जिल्लामा सङ्गठनात्मक जिम्मा लिएर भ्रमण गर्न पाउँदा मैले आफैमा गौरवको अनुभूति गर्न पुगेको थिए ।
प्यूठानी साथीहरूको सल्लाहअनुसार पौष २० गतेदेखि अभियान सुरू गर्ने निश्चित गरी म पौष १८ गते नै घरबाट निस्के । साथी सुमन रोकालाई लिई हामी १९ गते प्यूठानतिर प्रस्तान ग¥यौँ । दरमान आउनुभन्दा अगाडि साँगुरो बाटो क्रस गर्दा कुनातिरको नालामा गाडी फस्न पुग्यो । गाडी पूरै कोल्टे प¥यो । संयोगवश गाडी पल्टिनबाट जोगियो । हतार गर्दै हामी सबै यात्रुहरू गाडीबाट ओर्लियौँ । सुमन त झ्यालबाटै हाम फाले । हाम्रो यात्राको त्यो पहिलो चुनौती थियो । करिव डेढ घण्टापछि गाडी निकालियो । त्यतिबेला ५ बजिसकेको थियो । करिव साँझ ८ बजे हामी विजुवार धु्रव थापाजीको घरमा पुग्यौँ । खाना खाएपछि आराम ग¥यौँ । २० गते केही पुराना साथीहरूसँग भेटघाट ग¥यौँ । तर त्यो भेटले आशा गरेअनुरूप उत्साह भने दिन सकेन । त्यो मेरो हृदयको दोस्रो चुनौती थियो । तर निरासा हुनुपर्ने कुनै जरूरी थिएन, किनभने हरेक चिजको विकासका लागि सकारात्मक र नकारात्मक पाटा हुन्छन् । नकारात्मक पाटाहरू पनि हाम्रा शिक्षाका स्रँेत हुन् । त्यहीरूपमा मैले अनुभूति गर्न पुगे । अनुभूति गर्न पाउनु मेरो विचारका स्वतन्त्रता हुन् । अन्यथा लिनु हुने छैन । मेरो अनुभूतिलाई गलत सावित गरिदिनुभएमा सबैभन्दा खुशीको क्ष्ँण हुनेछ ।
हाम्रँे यात्रालाई अघि बढाउन जातीय समता समाजका केन्द्रीय सदस्य गोपाल वि.क .ले मोटर साइकल लिएर आउनुभयो । त्यो भौतिक पदार्थ थियो । विभिन्न प्रकृतिको अप्ठ्यारा बाटाहरू छिचोल्दै उहाँले हामीलाई ढुङ्गेठाँटी पु¥याउनुभयो । त्यहाँदेखि राजमोका जिल्ला सदस्य धनबहादुर के.सी.जीले आफ्नो गाउँ जुम्रीकाँडा र पूर्ण गाउँसम्म पैदल यात्रा पु¥याउनुभयो । तबसम्म राती ८ बजिसकेको थियो । अपरिचित गोरेटाहरू, सुस्याएका खोल्साखोल्सी, डरलाग्दो पहाडको उकाली छिचोल्दै हामी पूर्ण गाउँ पुग्यौँ । केही छिन सुस्ताएर खाना खायौँ । पञ्चायती कालमा सङ्गठन गरेजस्तो सबै गाउँले दाजुभाइ, दिदीबहिनी, बाबुआमा, करिव ५० जनाको सङ्ख्यामा जम्मा भई त्यहाँ प्रशिक्षण चलायौँ । त्यहीँ नै २३ सदस्यीय रक्तिम सांस्कृतिक अभियानको गाउँ समिति बनायौँ । सबै कलाकार भाइबहिनीहरू तीजको पर्वजस्तै खचाखच भएको साँगुरो कोठाका मिलीनमिली बसेका थिए । नाक बुलाकी झुन्ड्याएका गाउँका दिदीबहिनीहरू र कलाकार सबैले आफ्ना जिज्ञासा मेटाउन मन खोलेरै प्रश्न गरे । हामीलाई पनि सारै रमाइलो अनुभूति भयो । यत्तिकैमा रातीको १२ बजिसकेको थियो । हामीले सबैलाई विदा ग¥यौँ ।
पौष २१ र २२ गते मास्टरहरूसँग सल्लाह गरेर स्कूल नै विदा गरी स्थानीय कलाकारहरूमाझ प्रशिक्षण चलाउने सहमति ग¥यौँ । यस समाचारले गाउँभरी उत्साहको वातावरण छायो । त्यहाँ एक दिनको प्रशिक्षणपछि नृत्य प्रशिक्षक सुमन रोका विविध कामका कारणले कार्यक्रमस्थलबाट फर्कने बताउनुभयो । त्यसभन्दा अगाडि उहाँलाई हामीले सम्झायौँ । व्यक्तिगत कार्य र सामाजिक कार्यका बीचको महत्वको दुरीलाई छुट्याउँ भनेर अनुरोध पनि ग¥यौँ तर आफ्नो निर्णय परिवर्तन नगर्ने कुरा उहाँले गर्नुभयो । उहाँलाई छोड्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । यो मेरो हृदयका लागि तेस्रो चुनौती थियो । उनलाई विदा गरे पनि कार्यक्रम नरोक्ने निर्णय हामीले ग¥यौँ । भोलिपल्ट पनि उत्साहमा कुनै कमी महशुस नहुने गरी हामीले कार्यक्रम सम्पन्न ग¥यौँ । कार्यक्रम चलाएको स्थानको पारीपट्टी अग्ला विसामारेका लेक थिए । जानीनजानी कपीको पन्नामा केही नकोरी मनले शान्ति पाएन । अनि वारीको पाटोको काँडे चौतारीको बुट्यानको कोखमा बसेर ती अग्ला चुनौती र विसामारेको लेकलाई हेर्दै केही कोर्न थाले अपरिस्कृत रूपमा ः
जुम्रिकाँडाका ती चौतारी अनि विसामारेको लेक
बाबुआमा गुमाएको बेसहारा दुई दिदीबहिनीजस्तै
निरस अनि उराठिलो भावमा ठिङ्ग उभिएझै लाग्छ
न हाँस्न सक्छन् उनीहरू नरून
नबाँच्न सक्छन् उनीहरू न मर्न
जीवन र मृत्युको दोसाँधमा उभिएको वस्तिहरू
टुलुटुलु हेर्दै उभिए झैँ लाग्छ त्यो लेक
पुसमाघको कठाग्रिने जाडो
शिरमा बादलको पछ्यौरी घुम्टो ओढे झैँ लाग्छ
नाङ्गो डाँडाको पोथ्रापोथ्री
अनि खर काट्ने खेतलाका ताँतीहरू
शरिरमा जुम्रा सल्बलाए झैँ लाग्छ
नाङगो डाँडाका सुस्याएका छन् सल्ला
अनि हरिया गहुँ वा बोटहरूले
च्यातिएको ब्लाउज र थोत्रिएको हरियो साडीले
बाध्यतामा इज्जत ढाकेजस्तो लाग्छ
ती चुनौती अनि विसामारे लेकको आसपास
पाल्कची, पूर्णे गाउँ, ओवाङ, झाँकी गाउँका
पहाडी वस्तिहरू यातनाका कठघराभित्र
बाँचे झैँ लाग्छ ।
वर्षभरी काम गरेर ६ महिना खान नपुग्ने
किसानका पीडाहरू
बुढाबुढी अनि साना भाइबहिनीहरू छाडी
प्रदेशिने युवाका आत्मिक पीडाहरू
आँखैभरी कचेराले ढाकिएका सानासाना बाबुनानीहरू
आफूजस्तै भाइबैनीको घरालु बनी
माटोमा खेली त्यही निदाउने बालपीडाहरू
स्कूलै नाङ्गै खुइलेवारीमा डन्डीबियो खेल्ने
विद्यार्थीका पीडाहरू
पहाडका व्यापारीको विजुवार पुगी भारी बोक्ने
बालभरियाका पीडाहरू
बाध्यता र विवशताका साथ
ती चनौली अनि विसामारेको लेकले
टोल्याएर हेरिरहे झै लाग्यो
अनि, पुसमाघको चिसोसँगै
जवरजस्तै निम्त्याउने चिसा वर्षका वर्णहरूले
ती चुनौती अनि विसामारेको लेकलाई
परिणाम खोज्न झकझक्याए झै लाग्यो
अनि पहराको चिउरीको बोट
सल्लाका तिखा तिखा पात
मलजल नपाई पहेलिएका गहुँका बोट
अनि,
खोल्साखोल्सीको पानीको सुस्साइटले
नयाँ नेपालका निर्माताहरूलाई भाषण होइन, रासन
विभाजन होइन, एकता अनि गास, बास, कपास, शिक्षा
र रोजगारको आजा चिच्याए झै लाग्यो
स्वार्थी विखन्डनकारीहरूको बास होस् भन्दै
खबरदारीको आवाज सुस्याए झैँ लाग्यो
२३ गतेका दिन विहान धनबहादुर के.सी. र म खाना खाएर ढुङ्गेठाँटीतिर झ¥यौँ । केहीबेर हिडेपछि हामी सामुहिक फर्मअगाडिको चौरमा बस्यौँ । जुम्रिकाडा गाविसका सबै वडाका कलाकारहरू त्यहीँ झर्नुभयो । त्यहाँ पिमलाल पुनको सञ्चालनमा प्रशिक्षणात्मक भेला सम्पन्न ग¥यौँ । भेलाले टेकबहादुर रानाको अध्यक्षतामा २९ सदस्यीय गाविस समिति पनि बनायो । उक्त कार्यक्रम सम्पन्न गरिसकेपछि क. गोपाल वि.क. को साथमा हामी दाखाक्वाडी गाविसमा लालबहादुर रावतजीको सम्पर्कमा पुग्यौँ । त्यस रात हामी त्यहीँ बास बस्यौँ ।
भोलिपल्ट नरबहादुर पोख्रेलजीकहाँ खाना खायौँ । त्यसपछि हामी पुनः विजुवारतिर धु्रव थापाको घरतिर फर्कियौँ । मनमा कताकता नरमाइलो, चिसो अनुभूति भएको थियो । यो वातावरण सिर्जना गर्ने काम दाखाक्वाडीका साथीहरूले गर्नुभएको थियो । पदीय जिम्मेवारी पूरा नगर्ने, आफ्नै पक्षको उपहास गर्ने, जुनसुकै हैसियत, तह र विचारका कार्यकर्ता भए पनि सांस्कृतिक आचरणबाट माथि उठ्न नसकेका कार्यकर्ताबाट जनताले के अपेक्षा गर्ने ? मनमा कताकता प्रश्नचिन्ह उठिरह्यो । हामी धु्रवजीको कोठामा आयौँ । घरमा ताल्चा बन्द थियो । दिनभरी झिमरूकको तिरमा बिताए । मनमा भावनाहरूलाई झिमरूकको छाल र गतिसित दाँजे । अनि आफैलाई सहज बनाएँ । त्यो पौष २४ को दिन थियो ।
पौष २५ गतेका दिन बारम्बार सुनिल सापकोटासँग सम्पर्क गर्ने प्रयास गरेँ । साँझ ४ बजेतिर दाखाक्वाडीको सालघारीतिर प्रस्थान ग¥यौेँ । चेसेटा पुग्दा साँझ परिसकेको थियो । बजारका मानिसहरूसित सालघारी जाने बाटो सोध्दै अगाडि बढियो । बाटामा घना जङ्गल थियो । पहाडको खोचमा एउटा÷दुईटा घर देखिन्थे । अलि ठूलो मूल बाटो देख्दासाथ त्यतै अगाडि बढियो । विस्तारै अध्यारो रातको छायाँले आक्रमण गर्दै गइरहेको थियो । मनमा विभिन्न तर्कवितर्क गर्दै अगाडि बढिरहेका थियौँ हामी । एउटा मृगले बाटो क्रस गर्दै, मलाई हेर्दै बाटो तल झाडीभित्र पस्यो । ऊ झरेको गोरेटोमा मैले एकटकले हेरिरहे । कता गयो ? देख्न सकिनँ । करिव डेढ घण्टाको यात्रापछि सालघारी गाउँमा पुग्यौँ । गाउँ नजिक पुग्दा एकजना भाइ हामीलाई लिन आउनुभएको रहेछ । उनीसँगै हामी सुनिता सापकोटाको घरमा पुग्यौेँ । खाना खाइसकेपछि स्थानीय गाउँले र विद्यार्थीहरूको बीचमा वैचारिक प्रशिक्षण चलाइयो । त्यहीँ राधा नेपालीको अध्यक्षतामा १५ सदस्यीय रक्तिमको सालघारी–९ वडा समिति गठन गरियो । सदस्यता वितरण पनि गरियो ।
भोलिपल्ट एकजना बोल्न नसक्ने भाइ “सदस्यता दिनप¥यो” भन्दै सङ्केत गर्न आइपुगे । मैले उनलाई सदस्यता प्रदान गरेँ । उनी खुशी हुँदै अन्तै लागे । सुनिलका घरपरिवार र छिमेकीहरूसँग विदाईका हात हल्लाउँदै साथीहरूसहित हामी पुनः विजुवार आइपुग्यौँ । विजुवारमा सुनिल र सुमन (सूर्य) का कोठामा खाना खाएपछि पुनः धु्रवजीकै कोठातिर लाग्यौँ । भोलिपल्ट मरन्ठानाका पदम थापाजीसँग सम्पर्क गरियो । हामीलाई लिन आउने खबर गरेपछि धु्रवजी र म त्यतै लाग्यौँ । केही समयपछि उहाँसँग भेट पनि भयो । अनि थापाजीको गाउँ क्ष्ँेत्रीखन्ड (मरन्ठाना–९) तिर लाग्यौँ । आँटी चढेजस्तो उकालो सल्लाघारीको बाटो हुँदै हामी गाउँमा पुग्यौँ । पदम थापाजीको घर पुगेपछि मैले उहाँको साथी राधिका थापा, बुवा र छोराछोरीसँग परिचय गरँ । केहीबेर सुस्ताएपछि खाना खायौँ । खाना खाएपछि अरू वडाहरूबाट आएका कलामा अभिरूचि राख्ने विद्यार्थी र स्थानीय गाउँलेहरूका बीचमा वैचारिक प्रशिक्षण चलायौँ । सदस्यता वितरण गरिसकेपछि सरिता जि.सी. को अध्यक्षतामा ११ सदस्यीय रक्तिमको मरन्ठाना गाविस समिति चयन ग¥यौँ । केही समयपछि साथीहरूको विदाइ पनि ग¥यौँ । २७ गते र २८ गते म त्यही गाउँ बसेँ । त्यहाँ बस्दा एकातिर प्राकृतिक सौन्दर्यता थियो भने अर्कोतिर, हामी बसेको घरपरिवार र गाउँलेहरूको सरल व्यवहार तथा फराकिलो हृदयले शहरमा बस्ने र गाउँमा बस्ने साथीहरूको दृष्टिकोणमा आकास र जमिनको भिन्नता महसुस गरेँ । यसले मलाई ठूलो प्रभाव पा¥यो । अर्कोतिर प्राकृतिक सौन्दर्यले मलाई केही लेख्न घच्घच्यायो । मलाई प्राकृतिक सुन्दरताको वर्णन गर्न मन लाग्यो । अनि नेपानेवस्ति आउन भन्दा अगाडिको डाँडामा बसेर लेख्न थालेँ ः
मरन्ठाना त्यो क्ष्ँेत्रीखन्ड नेपाने जङ्गली लेक
तल झिमरूक नागबेली टलक्क
बाँसघारी र सल्लाका रूख
लालुपाते फूल्यो नि झपक्क
पारी हे¥यो खलङ्गा शहर
बेसी फाँट विजुवार बजार
डाँडैभरी सल्लाको सुस्याई
ढुकुर चरी डालीमा कराई
स्वर्गैजस्तो देखियो त्यो ठाउँ
पहरामा सुन्दर त्यो गाउँ
खोलैभरी ट्याक्टरको आवाज
बनपाखामा चरीकै छ राज
बासघारीको सिरसिरे धुन
लाग्यो मलाई एक्लो मन छुन
आकासमा बादल झुप्पा
हरियाली सल्लाका छन् टुप्पा
पश्चिमतिर मलिनो घाम
पूर्वदिशा उदाउला बिहान
प्रकृतिको सुनौलो गति
बिर्सी यहाँ थाक्दैछन् कोही साथी
नालाभित्र संसार नदेख
हत्केलाले सूर्यलाई नछोप ।
अस्ताउन थालेको सूर्यलाई देखेपछि फेरि लेख्न मन लाग्यो ः
अस्ताउँदो सूर्यलाई एकटकले हेरिरहेँ
कालोकालो झुप्पा रातो अनुहारमा
टिका पुछेजस्तै कालो बादल फेरि पुछियो
रातो र मलिन हुँदै विदाइको सङ्केत गर्दै
पहाडमुनि गाढा रातो हुँदै, आधी र एक चौथाई हुँदै
समुद्रको बीचमा डुबेजस्तै विलुप्त भए
धर्ती चिसियो, पहाडमा तुँवालो लाग्यो
धर्तीको सौन्दर्य विरूप हुँदै
कालो धब्बाले ढाक्दै गयो
न्याउली चरी चराचुरङ्गी कराउन, रमाउन छाडे
वस्ति आमाको न्यानो काख गुमाएको
टुहुरा र बेसहाराजस्तै भयो तर पनि
कहालीलाग्दो रातको सामना गर
धर्ती मञ्जुर भयो
किनभने
उसलाई विश्वास थियो
पश्चिममा अस्ताएको सूर्य
भोलि विहान जस्ताको त्यस्तै
पूर्वमा उदाउनेछ
प्राकृतिक सौन्दर्यतासँग मोहित भएर फेरि पनि
वर्णन गर्न मन लाग्यो
मेरो पवित्र संसार
तिम्रो मोहमा म अनायास बल्झिरहेछु
तिमीलाई तातोचिसो गर्ने
घामछाया, हुरीवतास, समुद्र छँदैछन्
मैले के नै गर्न सक्छु र तर
तिम्रो प्राकृतिक सौन्दर्यताको अनुभूति गर्ने मात्र मेरो कर्तव्य हुनेछैन
फेर्ने कर्तव्य पनि मेरो हुनेछ
नयाँ संसारको कल्पनाभित्र कताकता
तिमीसँग खेल्न मन लाग्छ
मेरो मौनतालाई तिमी भङ्ग गरिदिन्छौ, तर्साउँछौँ
पवित्र संसारको छाया मनभित्र टाँसिइरहन्छ
पवित्र संसार तिम्रो आफ्नै गति छ
घडीका सेकेन्ड सुई तिम्रो मापन यन्त्र हुन्
त्यही नियमको परिधिभित्र तिमी बाँधिएकी छौँ
तिम्रो गतिको आफ्नै सर्कल छ
यही सर्कलभित्र तिम्रो सम्बन्ध छ
त्यही परिधि तिम्रो गतिको दोसाँध हुन्
पवित्र संसार र मेरो मुटु
मेरो मुटु र पवित्र संसार,
फरक र पृथक भएर पनि एकै हुन्
किनभने
पवित्र संसार मेरो मुुटुको निर्माता
मेरो मुटु पवित्र संसार सिँगार्ने क्रियाशील तन्तु
पवित्र संसारप्रतिको मोह मेरो एकोहोरो नै हुन सक्छ
किनभने
प्रकृतिले कसरी मानवीय मुटुलाई चिन्न सक्छ ?
कसरी दोहोरो मायाँ गर्न सक्छ ?
तर सदासदाका लागि मेरो लक्ष्य
पवित्र संसारको समृद्धि मेरो मुटुको धड्कन हुनेछ
त्यसैले
अनायास अर्थहीनजस्तै लाग्ने प्राकृतिक सौन्दर्यताको
पिरो मुुटुको स्पर्शभित्र,
मेरो भित्री सुख आनन्द र शक्तिको ज्वाला हुनेछ
त्यही ज्वालाभित्र पवित्र संसार परिवर्तनको
अभियान मुखरित भएको छ ।
पौष २८ को त्यो दिन । प्रकृतिको तिष्णा मेटाउन पदमजी घरमा खाना खाई निस्कनुभयो । आकास सफा थिएन । कालो बादल भरिएको थियो । मौसम चिसो थियो । डाँडाटाकुराहरूमा घामका किरण लाग्दै थिए । म घुम्दैघुम्दै डिबीचौर पुगेछु । बुढाबुढी, केटाकेटी जङ्गलमा गाईवस्तु चराइरहेका थिए । कसैले भिरका टाकुरामा खर काटिरहेका थिए । सिकर्मीहरू डिबीचौरका आसपासका वस्तिबीचका खुइलाबारीका पाटाहरूमा एकनासले नयाँ घरका लागि काठ चिरिरहेका थिए ।
गैराका बुकुराहरूमा बच्चाहरू नाङ्गै खेलिरहेका थिए । डिबीचौरको ठूला वरपिपलमा चौपारी हावाका झोक्काले पातहरू चर्काचर्का स्वरमा फरफराइरहेका थिए । डिबीचौरको पारी जङ्गल छेउमा उदासलाग्दा दुईवटा घरहरू देखिन्थे । मान्छे देखिँदैनथे । एकनासले भैसी कराइरहेको आवाज आउँथ्यो । आकासमा बादलको गर्जन थियो । म जोगीखर्कको पछाडि पाखो डिबीचौर छोरी नेपाने, राउटटोलाका जङ्गलभित्रका बस्तीतिर बढेँ । एकजना गाउँले कृष्ण श्रेष्ठसँग भेट भयो । सामान्य परिचय भयो । “हाम्रो घर जाउँ, चिया खाउँ” भनेर अनुरोध गर्नुभयो । मैले पनि सहर्ष स्वीकार गरी उनको घर लागेँ । केही छिनमै पिठो खसेजस्तो हिउँ वर्षन थाल्यो । मौसम साह्रै चिसो भयो । उहाँका जहानपरिवारले मकै भुटेर, चिया बनाएर ल्याउनुभयो । सबैले बसेर खायौँ । उनले आफू नेपाली काङ्ग्र्रेस भएको तर विचार जहाँ भए पनि हामी गाउँले एक छौँ भन्ने कुरा बताए । माओवादीको कालमा आफूलाई अपहरण गरेको लामो कहानी पनि उनले बताए । “म लडेर करङ भाँचिएको थियो । श्रीमती दीर्घरोगी थिइन् । तर यो पीडा मैले सबैसँग छोपेर ठट्टा गर्दथे । जोसुकैलाई पनि आफूले सक्ने सहयोग गर्थे । बारीमा लिची, आँपहरू फल्दा कसैले मागे पनि सबैलाई बाँड्ने, हुँदाखेरी कसैलाई हुन्न, छैन नभन्ने मेरो बानी छ ।, यसैमा मैले सुखको अनुभूति गर्छु । मेरो दुःखलाई बिर्सन्छु” –उनको भनाई थियो । उनले आफ्नो र श्रीमतीको उपचार गाउँमै आपैmले खोजेको जडीबुटीबा गरेको बताए । बोराबाट जडीबुटी निकाल्दै उनले मलाई पनि “तपाई र परिवारलाई समस्या भएमा यो औषधी खुवाउनुहोला” भन्दै, चाल्नोमा चालेर धुलो औषधी पोका पारेर दिए । म औषधी लिई विदा भई पदमजीको घर फर्कें । गाउँलेहरूको त्यो विशाल हृदय देखेर शहर र गाउँले जनताको हृदयको तुलना गर्दा, गाउँमा अभाव र गरिवी भए पनि हृदय विशाल र सम्पन्न छ ।
शहरमा प्राय मानिस सम्पन्न भए पनि हृदय सङ्कुचित र गरिव भएको अनुभूति गर्न पुगेँ । जे होस्, व्यवहारले अनुभूति गरेको भएतापनि निरपेक्षता मन होइन सापेक्षतामा नै बुझ्नुपर्दछ ।
दिनभरीको अन्धकार मौसम खाना खाएपछि आराम गरेँ । जब १ बजे राती बाहिर निस्कँे, आकास सफा थियो । जुनको चहकले धर्तीभरी हिउँ ढाकेजस्तो सेताम्य थियो, जुनलाई एकटकले हेरिरहुझै लाग्यो ।
जब बिहानी भयो, जोगीखर्कभन्दा पारीतिरका पहाड हिउँले ढाकिएको देखियो । पारीका गाउँवस्ति तुषारोले सेताम्य थिए । राती चलेको हावाले गर्दा लटरम्म फलेका मेवाका रूखहरू भुइँमा लडेका थिए । यसले नोक्सानी त पक्कै भएकै थियो । उक्त नोक्सानीको पर्वाहै नगरी बिहान आकास सफा भएको थियो र न्यानो घाम उदाइसकेको थियो । पहाडको टाकुरामा चढेरै दुर क्षितिज देख्नु रमाइलो अनुभूति भएको थियो । त्यही प्रकृतिको भरपुर आनन्द लिएर गाउँलेहरूको न्यानो मायाँ मुटुभरी सँगाल्दै खाना खाइयो । पदमजीको जीवन साथी राधा थापाले नास्ताका लागि बनाइदिनुभएको फापरको रोटी झोलामा राखी म खैरा गाविसको यात्रातिर लागेँ । करिव १ बजेतिर म दाखाक्वाडी पुगेँ । खैराबाट एकजना साथी मलाई लिन आउनुभएको रहेछ । उहाँको साथमा करिव ढाई बजेतिर हामी खैरा माविमा पुग्यौँ ।
गुणेन्द्र बस्नेतजीसँग भेट गरी कार्यक्रम स्थलतिर लाग्यौँ । एकजना किसानको घरमा कलामा रूचि राख्ने खैराका विभिन्न वडाका कलाकारहरू, गाउँका शुभचिन्तकहरूको भेलाले वसन्त जि.सी.को अध्यक्षतामा १३ सदस्यीय गाउँ समिति निर्माण भयो । त्यो रात म गुणेन्द्रजीकहाँ घरमा बसेँ । उहाँका छोरा कान्छा साह्रै टाँठा रहेछन् । उनले त्यहाँ उपस्थित सबैलाई सदस्यता लिन आग्रह गर्दथे । सदस्य लिएकालाई उनले सदस्यता रसिद नदोब्राएर जस्ताको तस्तै राख्न निर्देशन गर्थे । खैरागाउँ टाकुरामा एक जना बुबा पनि भेटिनुभयो । उहाँको नाम थियो— भीमबहादुर बस्नेत । उहाँले २०१० सालमा प्यूठान रातामाटाको शिविरमा मोहनविक्रम सिंहसँग बसेको घटना बताउनुभयो । उहाँले त्यहाँ आफूले परेड सिकाएको पनि बताउनुभयो । उहाँले भन्नुभयो— “म १९८६ को हुँ । मोहनविक्रम सिंह १९९० को हुनु होला । हामी यौवनावस्थामा थियौँ । त्यो शिविरले जालीफटाहा, साहूहरूका विरूद्ध गरिब किसानलाई जग्गा फिर्ता गर्ने तथा तमसुक च्यात्ने, साहूलाई कागज गराउनेजस्ता आन्दोलन गरेको थियो ।” ती पाका हाम्रा शुभचिन्तक तथा आस्थाका खम्बाहरू भेट्दा मलाई हृदयमा न्यानो अनुभूति भएको थियो ।
त्यो महत्वपूर्ण भेटपछि बस्नेत परिवारसँग विदा भई म नयाँगाउँ लामाचौर मार्सिवाङतिर प्रस्तान गरेँ । एकजना साथीले मलाई चेरनेटासम्म आफ्नो मोटरसाइकलमा ल्याइदिनुभयो । म चेरनेटाबाट हिँडेर उक्त स्थान जितामित्रजीको गाउँमा करिव दुई÷ढाई बजेतिर पुगेँ । दिउसो ३ बजेतिरबाट त्यहाँ नयाँगाउँ समितिको भेला सुरू भयो । भेलामा सबै वडाबाट करिब ६० जना जति कलाकार र गाउँले शुुभचिन्तकहरूको उपस्थिति थियो । भेला विधिवतरूपमा, प्रेम भन्डारीको अध्यक्षता तथा गणेश खनालको उद्घोषणको उद्घोषण गर्नुभयो । नरेन्द्र के.सी. ले स्वागत गर्नुभयो । शिक्षक सङ्घका प्रतिनिधि भरत सुनार, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खगेश्वर सुनार, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष जितामित्र सुनारले शुभकामना दिनुभयो । भेलाको उद्घाटन गरेको मैले गरेको थिएँ । भेलाले लङ्क नेपालीको अध्यक्षतामा १५ सदस्यीय रक्तिम सांस्कृतिक अभियानको नयाँगाउँ समिति गठन ग¥यो । भेलापछि जितामित्रजीका बुबा कृष्ण सुनारसँग भेटघाट गरियो । उहाँ उडिसाको कटकमा काम गर्ने पुराना एकता समाजका कार्यकर्ता हुनुहुुँदो रहेछ । त्यो गाउँमा हाँसोलाग्दो घटना के भयो भने जब म खैराबाट जितामित्रजीको गाउँ लामाचौर मार्सिवाङ प्रवेश गरेको थिएँ, दोकानमा बसेको एकजना मान्छेले “नमस्कार भेनाजु” भने । मैले नमस्कार गरेँ । मैले भनेँ— “मलाई चिन्नुभयो ?” उनले भने— “हजुरलाई केलाई नचिन्ने ?” “ठीकै छ । पछि बसेर कुराकानी गरौँला” भनेर म अगाडि बढेँ । मैले अनुभूति गरेँ, गाउँमा माघे सङ्क्रान्तिले छोएछ ।
तल माडीखोलाको तिरको निरसलाग्दो चुसिएको छोक्रा जस्तो खेतभन्दा हिमाली भोटेहरूको रातो गाला जस्तो गाउँ वस्तीको रातो माटोको बस्ती बढी उर्वर थियो । केही सिँचाईको कारणले गहुँका बोट हरिया थिए । जङ्गलको नजिक भएकाले गाउँले किसानहरूका लागि आवश्यक वातावरण पनि थियो त्यहाँ । त्यो गाउँमा प्रवासमा काम गर्ने खगेश्वर सुनार जस्ता साथीहरूको भेटघाटले मलाई खुशी लागेको थियो । अर्कोतिर विभिन्न क्ष्ँेत्रमा काम गर्ने हाम्रा साथीहरू आफ्नो पदीय हैसियत, सङ्गठनको अनुशासन, जिम्मेवारी, सिस्टमभित्र छन् कि छैनन् ? सांस्कृतिक रूपान्तरणका लागि पनि अभियान चलाएका हामी कलाकारहरूको मनमा प्रश्न उठ्नु अस्वाभाविक थिएन । तर मैले त्यहाँको स्थिति सामान्य पाएँ । माघ २ गते विदा भएर त्यो गाउँबाट वर्जिवाङ गाविसतिर जान लामाचौर झरेँ । केही छिनपछि गोठीवाङबाट मद्रासमा एकता समाजमा काम गर्ने पुरानो साथी मानबहादुर थापा आइपुग्नुभयो । मलाई साथ दिन उहाँ आइपुग्नुभएको थियो । त्यसपछि हामी जितामित्रजीसँग विदा भई गन्तव्यस्थानतिर लाग्यौँ ।
करिव १ घण्टाको पैदल यात्रापछि खोपबहादुर राउतजीको गाउँ धुस्तुङमा पुग्यौं । माडी खोला किनारको वस्ती कताकता अपाइको वस्ति जस्तो थियो । मिनराज पुन लगायत अन्य साथीहरूसँग भेट गरी हामी वस्तितिर लाग्यौं । त्यहाँ प्रशिक्षण चलाएपछि मिनराज पुनको अध्यक्षतामा रक्तिमको ७ सदस्यीय वर्जिवाङ गाउँ समिति गठन गरी गुठीवाङतिर प्रस्तान ग¥यौं । पानी परिरहेको थियो, छाता साथमा थिएन, आखिर यात्रा नै हो, हरेक चुनौतीको सामना गर्दै अगाडि बढ्ने विकल्प बाहेक केही बचेको थिएन । माडीखोलाका माथिमाथिका जङ्गल जमिनका ठूला भागहरू सिंचाईविहीन माडीले चुसेको बन्जर भूमि रूखसम्म नभएका जहाज ग्राउन्ड गराउन मिल्ने रातो माटोको कंक्रिटले भरिएको समथर भूभाग थिए । पानीले खोलेका ढिस्काढिस्की पार गर्दै, माडी खोला तर्ने डरलाग्दो झोलुड्डे पुल पार गरेर गुठीवाङ मानबहादुर थापा, भीमबहादुर थापा, जो मद्रासमा काम गर्ने पुराना एकता समाजका साथीहरू हुनुहुन्थ्यो । उहाँहरूको गाउँ जुडापाटा गुठीवाङ आइयो, त्यो साँझ त्यही बसी भोलिपल्ट त्यो गाउँका स्थानीय युवाहरू जुटाई केही समय प्रशिक्षण चलाई जनक पुनको अध्यक्ष्ँतामा ७ सदस्यी गुठीवाङ रक्तिम समितिको गठन गरी बेलवास गाविसतिर प्रस्तान गर्न थमन बुढाको साथमा जलुकेतिर आयौं त्यतिबेला साँझ ५ बजिसकेको थियो । गिरबहादुर गुरूङजीको होटल आयौं, उहाँलाई नभेटेपछि हिमालय होटेल योगेस रानाको होटलमा आइबसें । भोलिपल्ट माघ ४ गतेको दिन विहान पुनाराम परियार आउनुभयो, बेलबास गाविसतिर प्रस्तान ग¥यौं । पुरानो गाविस भवनको अगाडि चहुरमा पुग्यौं, तल माडी खोलाको सुस्याहट कानमा परिरहेको थियो , विन्दु परियार र केही साथीहरू जुट्नु भएको थियो, तर प्रायःसाथीहरू विद्यार्थी भएकोले ५ बजेपछि बेलवास ८ मा बस्ने ठेगान गरी उठ्यौं । साँझ झक्कु परियारको छोरी पुरानो कलाकार सारदा परियारको घरमा भेला सम्पन्न गरी पुनाराम परियारको अध्यक्षतामा ११ सदस्यीय रक्तिम बेलवास गाउँ समिति निर्माण ग¥यौं । २ घण्टाजति वैचारिक प्रशिक्षण पनि चलायौं, भोलिपल्ट माघ ५ गते विजुवारतिर प्रस्थान गरें, प्यूठान जनजागरण अभियान भेला सम्पन्न भयो । भेलामा प्रवासबाट आउनुभएका साथीहरू कृष्ण के.सी, के.वि. थापा, कपिल खनाल लगायतका साथीहरूको भेटघाटले प्रवासमा सङ्गठनात्मक कार्यमा जुटे जस्तो सम्झना गरायो । कार्यक्रमको समापनपछि म भिङ्ग्रीको बस चढी सारी गाविसको यात्रामा अगाडि बढें । बस खचाखच खुट्टा राख्ने ठाउँ थिएन । जनतन चकचके काटिसकेपछि मात्र बस्ने ठाउँ मिल्यो । सारीका साथीहरू पनि चढ्नु भएको रहेछ । उहाँसँग भेटगरी सारी गाउँमा आईपुग्यौं, करिब ९ बजिसकेको थियो । अँध्यारो रात, बाँसघारीभित्रको गोरेटो, मोवाइलको उज्यालोको सहारामा गङ्गा वि.सी.जीको घरमा पुग्यौं । परिवारसँग चिनाजानी गरिपछि अगेनाको छेउमा बसियो ।
मौसम चिसो थियो, ५ वर्ष पुगिसक्नु भएको बज्यै भान्से हुनुहुथ्यो । साथीको जहानल खाना पस्केर दिनुभयो, खना खाइवरी केहीछन घरायासी कुराकानी ग¥यौं, मैले आफ्नो उद्देश्य, प्यूठानमा राजमोको अभियानबारे जानकारी गराएँ । अनि आराम ग¥यौं, जब म राति बाहिर निस्के निस्पट अँध्यारो पानी परिरहेको यिो, चिसो सिरेटोले मुटु कमायो सिरकभित्र पसेपछि बल्ल मुटु काम्न छोड्यो । धेरैबेरपछि मात्र निद्रा प¥यो । विहान चिया नास्ता गरेर गाउँको अवलोकन गर्न खरबारीतिर निस्के कोही गहुँ बालीमा पानी चाहारिरहेका थिए । कोही बनजङ्गल घाँस दाउराको लागि डोको नाम्लो लिएर वनजङ्गलतिर लागि रहेका थिए । व्यापारी आफ्नो व्यवसायतिर, विद्यार्थीहरू स्कूलतिरको तमाती देखिन्थ्यो । टाढाटाढासम्म देखिने रोल्पा रूकुम सडक खन्डको देखिने गोरेटो दुई पहाडको खोचमा माडी खोला, पहाडको फेंदीमा अवस्थित समथर भागमा बसेको तल्लो सारी र माथिल्लो सारीका वस्तीहरू, पानी सिंचाई हुने भागमा हरिया गहुँका बोटहरू थिए, सिंचाई नहुने भागहरू निरस र रूखो पखेराहरू थिए, कोही ती पाखापखेराका खोल्सीबाट घरगोठ निर्माणको लागि डोकोमा ढुङ्गा बोकिरहेका थिए, कोही डोकोमा दाउरा बोकी घर फर्किरहेका थिए, कोही हरिया पहेंला बाँसका टुप्पा नुघाएर बाँसको घाँस काटिरहेका थिए, यी दृश्यमा कामदारहरू सबै महिलाहरू नै थिए । पुरूषहरू भने घाम चर्किएपछि पहाडको खोंचको समथर भागमा तास फिटिरहेको दृश्य देखिन्थ्यो । म, गङ्गा वि.सी.जी घरबाट ७५ वर्षीय बुढीआमा आफ्नो छोराछोरी, नातिनातिनासरह माया गरेर खाना खान दिनुभयो । खानाखाइसकेपछि उहाँको घर परिवारबाट विदा भएर वि.सी.जीको दोकानतिर आएँ ।
करिब एक÷डेढ बजेबाट सारी गाविसका विभिन्न वडाबाट आउनुभएका विद्यार्थी, गाउँले शुभचिन्तकहरूबीच प्रशिक्षणात्मक भेला सम्पन्न ग¥यौं । भेलाले रचना भन्डारीको अध्यक्षतामा ११ सदस्यीय रक्तिम सारी गाविसको चयन गरी म र टंक पुन स्वर्गद्वारी खाला गाविसतिर गयौं । करिब ५ः३० भई सकेको थियो । हाम्रँे गन्तव्य स्थानमा पुग्न करिब ढाई÷तीन घण्टा पहाड चढ्नु पर्ने टंक पुनले मलाई जानकारी गराउनुभएको थियो । हतार हतार गर्दै अगाडि बढ्यौं । बाटले बजारको सडक खन्ड छोडी खोल्सा खोल्सी बगरको बाटो हुँदै डरलाग्दो रूपमा पत्थरीलो पहाडको रूपमा उभिएको दाहिने भागमा भोकरेको भीर वायाँतिर बादरे भीरको खोंचबाट अगाडि बढ्यौं, माथि हेर्दा टाउकोको टोपी खस्ने सल्लाको फुर्को डाँडाको टुप्पीमा देखिन्थ्यो । लिस्नो चढे जस्तो जङ्गली बाटो पसिना पुछ्दै माथि चढ्दै गयौं, न जुनेली रात, झमक्क अँध्यारो भइसकेको थियो । अँध्यारोमा सेतो सेतो देखिने गोरेटोको रामछाया देखिन्थ्इो । त्यो गोरेटो पनि ०५५÷०५६ सालतिर प्यूठान राजमोको सभासद्हरूले कोष निकासीगरी खनाउनुभएको रहेछ । जब म टंकजी मोबाइलको उज्यालोको साहरा लिएर उकालो चढ्दै थियौं, सलका सुकेको चिप्लो पातामा लर्केर म लडें । हातको झोला फुत्केर ओरालो बाटो अँध्यारोमा तलतिर गुल्टिँदै थियो, केही तल पुगिसकेपछि टंकजीले बल्लबल्ल समाउनुभयो । पुनः अगाडि बढ्यौं । करिब ढाईतीन घण्टाको उकाली चढेपछि बल्ल टंकजीको गाउँ, मालारानी आइपुग्यौं, जब डाँडामा आयौं चिसो बतासले पसिनाले भिजेको कपडाले झन चिसो बनायो । केही छिन त अगेनामा आगो ताप्यौं, खानाखाइसकेपछि भिजेको कपडा फेरेर आराम गरें । थकाईले निद्रा पनि साह्रै मिठो आयो ।
माघ ७ गते चिया खाएर डाँडातिर हेर्न निक्लें । विनापातको फुलमा लालुपातेको फुल, रातैरातो वारीभरी, टिमुरको बोटमा रातैरातो फूले जस्तो टिमुर फलेको, रहरका ठूला कोशामा लटरम्म फलेका बारीका रहर , पारी हेर्दा, रोल्पा लिवाङ, भन्दा परपरका लिस्ने लेकहरू, हिम श्रृंखलाहरू जलजला लेक, स्वर्गद्वारीका लेक, खलङ्गाबजारका लेकहरूका दृश्यहरू ती टाकुराबाट देखिन्थे नजिकै भिङ्ग्री गाविसका पहाडी वडा न. ८का वस्तीहरू शिरमा कालो बाल जस्तो जङ्गलको झुप्पा, स्वर्गद्वारी खालाको वडा नं. ३ मालारानी झुन्डिएको पछयौरी जस्तो मैले अनुभूति गर्न पुगें । त्यो मालारानी रमणीय दृश्यको चौरको चिसो पानीको धारामा नुहाईधुवाई गरेर खाना खाइवरी टंकजी र म स्वर्गद्वारी खाला गाविस भवनतिर लाग्यौं बाटोको पिस्तीको जङ्गल गिद्द बस्ने जङ्गल हुँदै कैयौं धुम्तीहरू पार गर्दै, करिब २ घण्टाको पैदल यात्रा पछि स्वर्गद्वारी खाला गाविस भवनको नजिक पुग्यौं । दाङ स्वर्गदारी सडक खन्ड दिनमा दुई बस चल्दा रहेछन् , गाउँको शिरमा बसेको त्यो सानो बजार जहाँ टंक पुनजीको साइला भाई मेघबहादुर पुनको मेडिकलको दोकान रहेछ । एक डेढ घण्टा त्यही बसी, स्वर्गद्वारा ३ लिब्जा गाउँका धनबहादुर पुनको घरमा साँझ आइपुग्यौं । आउँदा बाटोबाटै गाउँलेहरू साँझ आफ्नो घर आउन खबर गर्दै घर आईपुग्यौं साँझ करिब २० जनाको हारहारीमा गाउँका बुढा महिला, युवाहरू जुटे, देशको समसामयिक राजनैतिक अवस्था, राजमोको भूमिका कार्यक्रमबारे करिब डेढ घण्टा जति छलफल चलाए, हाम्रो सङ्गठनप्रतिको धारणा उत्साहजनक पाएँ । तर त्यो गाउँमा दुःखको घटना सम्धी सम्धी लडेर एकजना सम्धीज्यूको आँखा फुटेको घटनाको केश, श्रीमानले श्रीमतीलाई खुकुरीले हानी नेपालगञ्जसम्म पु¥याएर बचाएको हाल मिलेर बसेको घटना समेत सुने, यी घटनाहरूले गाउँलेहरूको पिछडिएको अवस्थालाई चित्रण गर्दथ्यो । त्यसपछि भोलिपल्ट ८ गतेका दिन विहान खाजा खाइ कोचीवाङ गाविसतिर प्रस्थान ग¥यौं, देख्दा नजिकै देखिने तर जङ्गलको बाटो कहिले पहाडको खोंचमा कहिलेमाथि सबै पहाडहरूलाई गैरा र डाँडागरी ३÷४ वटा पहाडलाई सर्वे गर्दा ढाई÷तीन घण्टामा कोचिवाङ पुगियो । जङ्गलका बीचमा रहेका अन्तु गाउँ, छुटपुट घरहरू, गाई भैंसी बाध्ने गोठहरू एक सुरले दाउरा घाँस गरिरहेका किसानहरूको जीवन नियाल्दा छुट्टै संसारका रूपहरू थिए । पहराको खोंचमा धेरै घाम नपर्ने ओसिलो गैरामा सानो थुम्काका गैरी सानो गाउँलाई दारिमचौरको नामले चिनिने रहेछ उक्त ठाउँमा बसोबास गर्ने हरियाणाका विभिन्न ठाउँमा विसौं वर्ष बिताएका एकता समाजका पुराना कार्यकर्ता रामलाल पुनः गिरीराम पुनको नामले परिचित साथीलाई भेट्दा गैराको चिसो सिप्यान भूभाग भए पनि न्यानो अनुभूति गर्न पुगें । निकै मितल स्वभावका पुनः नेपाल र भारतका सबै जसो नेताहरूसँग परिचित, सक्रिय कार्यकर्ता हुनुहुँदो रहेछ । अहिले उमेरले साथ नदिएर उकाली ओराली गर्न नसके पनि कोचिवाङको राजमो एउटा बलियो खम्बाको रूपमा मैले भेटें ।
त्यो साँझ कोचिवाङका गाउँले, कलाकारहरूको ठूलो जमघट भयो लामो गोठको आँटीमा पंचायती कालमा बैठक जस्तै क्लास शुरू गरे, नरेन्द्रजीले सदस्यता कटाउन मद्दत गर्नुभयो । टंकजीले माइनट उठाएर सबै साथीहरूको उपस्थिति गराउनुभयो । एक डेढ घण्टाको वैचारिक क्लासपछि कोचिवाङ रक्तिम अभियान समिति निर्माणबारे छलफल भयो । छलफलले सावित्रा सुनारको अध्यक्षतामा ९ सदस्यीय समितिको चयन भयो, रातीको ११ बजिसकेको थियो । भेला समापन गरी सबै साथीहरूलाई विदाई ग¥यौं । हामी पनि आराम ग¥यौं , भोलिपल्ट माघ ९ गतेका दिन खाना खाइसकेपछि १० बजेतिर स्वर्गद्वारी खालातिर फक्र्यौं । स्वर्गद्वारी जानेबाटो ठाउँ ठाउँमा भक्तजनहरूले चिया नास्ताका रिक्तो पसल र होटलहरू हाली चुलो र बस्ने काठका होचा टाँड मात्र देखिन्थे । त्यहाँ खास खास धार्मिक पर्वहरूमा इन्डियादेखि नै आउने भक्तालु यात्रुहरू देशका कुनाकुनाबाट आउने तिर्थालुहरूको घुइँचो लाग्दोरहेछ, सिजन नहुँदा ती पहाड पनि सुनसान जस्ता लाग्ने रहेछन् । म र टंकजी जङ्गलको बाटो करिब ३ घण्टाको पैदय यात्रापछि स्वर्गद्वारी खाला पुग्यौं २ बजेपछि गाविस भवनमाथि खरबारीमा विभिन्न वडाबाट उपस्थित भएका कला क्ष्ँेत्रमा रूची राख्ने विद्यार्थी, शुभचिन्तकहरू सामेल हुनुभयो, १ घण्टा जतिको क्लासपछि समिति चयनबारे छलफल अघि बढायौं–सागर पुन भाईले सबैलाई सदस्यता दिन मद्दत गर्नुभयो अनि छलफलपछि, गोपाल कुँवरको अध्यक्षतामा १७ सदस्यीय स्वर्गद्वारी खाला गाविस रक्तिमको चयन भयो । अनि सबै साथीसँग विदाई गरी टंकजी, म र राजमो गाविस अध्यक्ष रणबहादुर कुँवर भएर टंकजीको घर मालारानी तिर फक्यौं त्यो यात्रामा स्मरणीय कुराले थियो भने, कोचिवाङतिर जाँदा जङ्गलमा हाम्रो अगाडि अगाडि, ठूलो हरिण हिंड्दै थियो । सिधा बाटोमा जङ्गलको तलमाथि नगरी धेरै लामो समयसम्म हाम्रो अगाडि हामीलाई हेर्दै, घर पालुवा जनावर जस्तै केही मिटरको दुरीमा हिंडिरह्यो, पछि मात्र झाडीभित्र पस्यो ।
फकिंदा गाउँबाट किसानको भैसी फुकी पहराको डाँडाडाँडा हिंडिरहेको थियो । यदी गुल्टियो भने बचाउने बाँच्ने कुनै सम्भावना थिएन, किसानहरू बचाउको लागि छेक्दै भिरभिर दगुरेको दृश्य डर लाग्दो थियो, साँझ परिसकेको थियो । झमक्क अँध्यारो भइसकेको थियो । टंकजीको घर आयौं । खाना खाई आराम ग¥यौं । भोलिपल्ट ०६८ माघ १० भिङ्ग्रीको गाविस भेला नहुने जस्तो संकेत आएपछि आराम गर्ने निष्कर्षमा पुगेको थियो । मेरो स्वास्थ्यमा चिसोको कारणले गडबढी भइरहेको थियो । तर हिम्मत गरेर अगाडि बढिरहेको थिए, तर जिल्लाको भेला सम्पन्न गरी अभियानलाई पूर्णता दिन कार्य अरू कार्यक्रम प्राविधिक कारणले पछि सार्न पर्ने भएकोले बाँकी काम त्यतिबेलै पूरा गर्ने मनस्थिति सहित उपचारको लागि बुटवल पुग्ने निश्चय गरें । तर आरामसँग ११ गते जाउँला भनेको त्यो दिन दाङ बन्दको खबर सुनेपछि तुरून्तै झरी त्यही दिन हिंड्ने मनस्थिति बनाई टंकजी घरपरिवार आफन्तजनसँग विदा भई भिङ्ग्री बाटुलेतिर एक्लै प्रस्तान गरें । तर भिङ्ग्रीमा अन्य ठाउँका साथी जुटेको वीरबहादुर पुनजीले जानकारी दिएपछि त्यो काम पूरा गर्न टंकजीलाई भनेपछि उहाँ तुरून्त झर्नुको कामको जिम्मा उहाँलाई सुम्पेर म बाटुली पुगि करिब ४ बजेतिर लिवाङ काठमाडौंको बसमा चढी भालुवाङसम्म आईपुगेंभित्र खुट्टा राख्ने ठाउँ नभएकोले चिसो सिरेठोमा हुटमा बसेर यात्रा गर्न बाध्य भए, भालुवाङबाट पनि भोलिपल्टको विद्यार्थीको बन्दको कारणले कुनै गाडीसिट प्राप्त गर्ने कुनै सम्भावना थिएन, एउटा सामान बोक्ने सानो खुल्ला जीपमा जसको सिट पनि थिएन अरूका सामान भरिएका थिए । केही यात्रीहरूसँग पछि बसेर त्यो चिसो जाडो खाँदै १०ः३०तिर बुटवल आइयो । यसरी पछिल्लो यात्राको चुनौतीलाई पार गरेको अनुभूति गर्न पुगे । यसले दोस्रो यात्राको चुनौतीलाई पार गर्ने प्यूठान सांस्कतिक यात्रालाई पूर्णता दिने दृढ संकल्प गरेको छ ।
जब म टंकजीको गाउँ मालारानी छोडेर तुरून्त हिंड्ने निश्चित भएको थियो, डाँडामा बसेर मालारानीको वर्णन गर्न मन लाग्यो अनि अपरिस्कृत रूपमा कपीमा यस्ता कोरे–
तिमी मालारानी सर्लक्क र अग्ली
सौन्दर्यकी धनी सल्ला जस्तै सयौं जङ्गली रूखका हरिया
साडी लगाई सजिएकी छ्यौं
उत्तरतिर चाँदी जस्तो हिम श्रृंखलाको गहना लगाई मुस्कुराएकी छ्यौ
लिस्ने लेक, जलजलाको लेक अनि स्वर्गद्वारीको लेक
तिम्रो मजबुत पाखुरी अनि
तलमाडी खोला सफा सेतो बगर
तिम्रो मजबुत र सुनिला पाइतला
मालारानी तिमी अग्लीछ्यौं र पो
टाढाटाढा देख्न सक्छ्यौं
उत्तरतिर रोल्पा रूकुमका
पहाडी तथा हिमश्रृंखला
जलजलाको टाकुरा अनि
प्यूठान र रोल्पाको चौकीदारी गरिरहेको
लिस्ने लेक, सोली घोप्टे
फोक्ली, रोल्पाको अरेश अनि
एंसेलुखर्क, थाम्को डाँडाखर्क, टापकोट,
अनि बेलबासका बस्तीहरू सबैलाई
धैर्यताको लागि सान्त्वना दिएझै लाग्छ
किनकि तिमी विकास बजेटबाट अभाव र गरिब भए पनि
दुःखमा पनि हाँस्न सिकेकी छ्यौं
चाहे देशमा विपत्ति नै किन नआओस् ।
सामना गर्ने अदम्य हिम्मत तिमीले सङ्गालेकी छ्यौ
तिम्रो सौन्र्ययताप्रति आँखा गाड्ने
विदेशी गिद्दहरूको चर्तिकला र चुरीफुरी
तिमी हेरिरहेकी छयौ
उनीहरूकै तलवभत्तामा सोझा गाउँलेहरूलाई
रकमी र चिप्लो कुरागरी रनभुल्ल पार्ने
स्वदेशी दलालहरूको हर्कत पनि
तिमी बुझेकी छयौ त्यसैले
मालारानी तिमी देशलाई प्रतिगमन होइन
अग्रगमन दिशातिर धकेल्न
उदयमान शक्तिलाई
आर्शिवाद दिए झैं लाग्छ
त्यही विश्वासको साथमा
मालारानी तिमी गरिबी र अभावको
साथमा पनि मुस्कुराए झै लाग्छ ।
(समाप्त)
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १४ – Feb. 08, 2012 – २०६८ माघ २५ गते, बुधबार)