~दीप हाँडिगाउँले~
सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म
मन्दीरमा बालेको तिमीले एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले एक धुन् हुँ म
भावमा उठाएको तिमीले एक लहर हुँ म
कल्पनामा रचेको तिमीले एक रहर हुँ म
लुकाएर बिर्सेको तिमीले एक प्रेम पत्र हुँ म
सम्झेर लुकाएको तिमीले एक अचुक अस्त्र हुँ म
लेखेर मेटेको तिमीले एक चाहना हुँ म
मेटेर लेखेको तिमीले एक बहाना हुँ म
क्षितीजमा बोलाएको तिमीले एक तुफान हुँ म
प्रतिबिम्बमा देखेको तिमीले एक उफान हुँ म
को हो यो दीप भनेर नअलमलिउ न,
तिमीले बालेर छोडेको एउटा दियो हुँ म
————————————-
आफन्तका माँझमा पराइ बनेको छु
छुट्टिए धोका, बसे उपेक्षित् कर्कलाको पातमा पानी बनेको छु
