~दिलीप आचार्य~
धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो ।
“धनको पछि नलाग्नुस, धन आरोग्यको दुश्मन हो। स्वास्थको ख्याल गर्नुस..जीवन जिउने अचूक सूत्रका लागि बाबाको तीन दिने शिविरमा आउनुहोस्”
पर्चाको तलतिर केही सानो अक्षरमा लेखिएको थियो : टिकट दर रू १००, ५०० र ३०० मात्रै । पुनश्च : बाबा हाल स्वास्थ उपचारको क्रममा रहनु भएकोले शिविरको कार्यक्रम एक हप्तापछि मात्रै सञ्चालन हुँदैछ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)