कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । आफु भासिएजस्तो लाग्छ कुनै दलदलमा अनि पल प्रति पल जति निस्कन खोज्यो उति डुबे झैँ लाग्छ ।
त्यो दिन हाम्रो घरको Living room धेरै बेर सम्म तनावग्रस्त रहिरह्यो । म घोसेमुन्टो लगाएर उभिएको उभियै भएँ । घरि घरि आँखा उठाउन खोज्थेँ तर फेरि झूकाउनु परिहाल्थ्यो । बुवा आँशु भरिएका आँखाले मलाई हेरिरहनु भएको थियो । मलाई वहाँको अनुहार हेर्न मन लागेको थिएन अथवा भनौँ मैले आँखा जुधाउन सकिन । लोग्नेमान्छेको आँखामा आँशु ज्यादै दयनिय देखीन्छ । एकदम बिवश लाग्छन् मलाई लोग्नेमान्छेहरु रुँदा ! निरुपाय भएर मात्र रुन्छन् लोग्ने मान्छे , जहिले सम्म निकास देख्दछन् तबसम्म रुन जानेका हुन्नन् ! खोई के सुहाउँदैन के सुहाउँदैन ? तिँ माथि त्यो त मेरो आफ्नै जन्म दिने बाउको आँशु थियो त्यो पनि मेरो कारणले उब्जेको ,एउटि जवान छोरीको कारणले धेरै बेर मनमनैँ आँफैलाई धिक्कार्दै बित्यो ।
“जा सुरुचि सुत्न जा भोलि कुरा गरौँला !” लामो मौनता आखिरमा तोडियो त्यो कोठाको ! बुवाले फेरि पनि आफु धैर्यवान रहेको देखाउनुभयो आफ्ना शब्दहरुले। सँधै जस्तै आज पनि बुवा आमाले मलाई हकार्न सक्नु भएन ,कुनै नयाँ कुरा होईन ,यो वहाँहरु दुईजनाको बानिमैँ छैन । मलाई यो वहाँहरुको सबैभन्दा ठूलो कमजोरि लाग्छ , दुवैजना रिसाउन जान्नुहुन्न ।शान्त शालिन अनुहार मात्र देख्छु जहिले हेरे पनि ।
बाहिर निस्केँ ,कोठा तिर जान खोजे तर बुवा आमाको ढोका छोडेर जान मन लागेन ,के कुरा गर्नुहुने रहेछ एक आपसमाँ मैले सुन्नु थियो । प्यासेजमा बत्ति निभाइसकेको थिएँ म ढोका मैँ आड लागेर बसेँ ।
“के गर्ने त अब ?” बुवा निराश भएर होला सुस्तरि बोल्नुभयो । सँधै को जस्तो तेज थिएन । म वहाँको बोलिले नै वहाँको अवस्था चिन्छु ।
“हाम्रो पालन पोषण मा कमि भए जस्तो त लाग्दैन !तै पनि किन ? आखिर हामी नै किन ? ” आमा एक्कासि भक्कानिनु भयो ।
“नरो न , अब रोएर मलाई पनि कमजोर नबना है सन्ध्या ! तँ छेस र त अझै पनि केहि भइहाल्ला कि भन्ने आशमा छु ।”
“मैले जागिर धेरै अघि छोड्नुपर्ने ,घर ब्यवहार मा सहयोग होला भनेर जारि राखेँ उ जन्मेपछि पनि ! जागिर नभएको भए समय त दिन सक्थेँ सुरुचिलाई !”आमा फेरि आफ्नै दोष निकाल्ने क्रम मैँ हुनुहुन्थ्यो ।
“अब भइसकेको कुरा छोड , तै पनि तेरो जागिर को के दोष ? खालि यसो उसो गर्यो आफैँलाई दोष दिन्छे ! बाउ आमा जागिरे भएकाका सबै छोराछोरी Addict भएका छन् र ? अब के गर्ने सोच ,लत छुटाउन सकिएन भने बिकराल हुन्छ यो समस्या त !”
” तै पनि उसका कुराहरु तँपाई भन्दा मलाई थाहा हुनु पर्ने नि त ! आखिर आमा हुँ उसकि ,साथि जस्तै नै ब्यवहार गरेकी छु ? किन लुकाई उसले कुरा ? अस्ति मेरो पर्स बाट पैसा हराउँदा त कतै हिसाब बिर्सेछु झै लागेको थियो ,हिजो उसको कोठामा त्यत्रो कुरा भेटिएपछि पो थाहा लाग्यो !”
“फेरि रुन थालि , नरो भनेको हैन सन्ध्या !” बुवा थोरै झर्किनु भयो ,वहाँ ले रिसाएको मैले देखेको छैन , आमाको हिकहिक यथावत थियो ,शायद आँशु पुछेर अब नरुने कोशिश गर्दै हुनुहुन्थ्यो तर सकिरहनु भएको थिएन ।
“ब्लड चेक चाहिँ पहिला गर्नुपर्ला ,के थाहा धेरै सिरिन्ज चलाएर !!!!!!!!!!!!!!!!!!!!!!!” आमा को रुवाई अचानक बढ्यो अगाडिका आँशु रोक्ने सम्पुर्ण प्रयास लाई असफल बनाउँदै ।
“हैन त्यस्तो त भएको छैन होला ! मेरो बिचारमा रिह्याब सेन्टर नै ठिक होला ,थोरै दिन सुधार्ने नै प्रयास गरौँ !”
“सबलाई थाहा हुन्छ त्यसो गरे त ! छर छिमेक मा कसरि मुख देखाउने ,को केटाले बिहे गर्छ यस्लाई ? “
“अहिले पनि थाहा हुन्छ ,त्यति राम्रा ठूला आँखा तलका छाला सबै काला भइसके ,ओठ हेर न हाम्री छोरीको कत्ति कालो छ ,पहिला त्यस्तो थियो र ? हामीले नै खुट्याउन ढिलो गर्यौँ ,अब यहाँ भन्दा ढिलो गर्नुहुन्न ! हो उ बहकिएकि हो गलत बाटोमा लागेकि हो , तर उसको भन्दा तेरो र मेरो बढि गल्ति छ हामिले पहिला नै पत्ता लाउन सक्नु पर्थ्यो । अब त रिह्याब सेन्टर लानै पर्छ ! अरु भन्दा त्यो कल्पनाकुन्ज ठिक छ भन्छ मेरो एउटा साथि ,त्यसको छोरालाई पनि तिन महिना त्यहाँ राखेको आजकल नर्मल छ अरे ।” बुवाले सान्त्वना दिनु भयो आमालाई !
म बिस्तारै आफ्नो कोठा तिर लागेँ ,मलाई मेरो परिणाम थाहा भइसकेको थियो ।आफ्नो बुवा आमा लाई म दोष दिन्न । अझै पनि सुधार्ने प्रयास गर्दै हुनुहुन्छ ।चुपचाप कोठा आएँ अनि सोचेँ म वहाँहरुको जे बिचार हुन्छ त्यहि गर्नेछु । सक्नु नसक्नु आफ्नो ढाउँमा छ तर आफ्नो तर्फ बाट सुध्रने सकेसम्मको प्रयास गर्नेछु ।
करिब दुई बर्ष अघिको गल्ति ले गर्दा म अहिले को ठाउँमा आईपुगेँ जहाँ मेरै आफ्नाहरु मन नलागि नलागि नै भए पनि मलाई आफुबाट अलग्याउँदै छन् ।कुनै घाउ लागेको आफ्नै अंग जस्तै जस्लाई नकाटे शरिर नै खानेछ । के म त्यो परिवार को रोग भएर निस्कि सकेको छु त ? म घर बाट अलग्गिन चाहन्न र लत बाट अलग्गिन सक्दिन । कोठा आएँ आज मेरो कोठा बिहानै सफा गरिएको थियो ,मैले केहि पाउने सम्भावनै थीएन कोठामा तै पनि धेरै बेर सम्म खोज जारि राखेँ नभेटेर गलेँ ,चिटचिट पसिना आएझैँ भयो हात गोडाहरु कामे जस्तै भयो ओछ्यान मा पल्टिएँ ,बिस्तारै मनमाँ उठेका भुकम्प हरु सेलाएझै भयो धेरै चोट दिएर हावाहुण्डरि थामिएझैँ लाग्यो ।
धेरै दिन पछि ऐना हेर्न मन लाग्यो । ऐना अघि उभिएर आफ्नो आँखा , ओठ हेरेँ । बुवा ले भने जस्तै काला भइसकेका थिए । कपाल त पहिल्यै कलर गरेर महिले खैरो बनाइसकेको थिएँ । म पहिला यति नराम्रि थिइन । अगाडि पछाडि सबै तिर नियालेँ नारित्व कतै हराएको थियो । मलाई आफ्नो पहिलेको स्वरुपमा फर्किन मन लाग्यो । रात भरि एल्बमका पुराना फोटाहरु हेरेर रुँदै बस्दै गरेँ । यो समस्याको कारण म थिएँ समाधान मा मैले पहल गर्नै पर्छ , म कल्पना कुन्ज जानेछु ।सुत्नु अघिको मेरो निर्णय त्यहि नै थियो । आँशु पुछे गालाभरि आँशुका टाटालाई यथावत राख्दै आफ्नो ओछ्यान मा पल्टिएँ ।
बाहिर बाट ठुलो जस्तो लाग्थ्यो ,सबै तिर ढुङ्गाको गारो उठाएर बनाएको पर्खाल ,अनि ठुलो फलामे गेट र गेट बाहिर को जुँगे चौकिदार , बिलकुलै नाम बिपरित को अनुहार देखायो कल्पनाकुञ्जले , नाम कल्पनाकुञ्ज किन पनि थाहा छ मलाई ,किनकि यस्ले निकै भयानक वास्तविकता हरु निलेको छ यसमा आउने मान्छेहरुसँगै ,यो त्यहि भएर शायद कल्पनामै मात्र रम्न चाहन्छ।म पनि कल्पनामैँ रमाउन चाहन्छु ,किनकि मेरो वास्तविकता ले आजकल मलाई घोच्न थालेको छ ,मैले हेर्ने ऐनाले आजकल मलाई गिज्याउन थालेको छ ।
मैले सोचेकी थिएँ कल्पनाकुञ्ज सुधार ग्रिहहरु भन्दा प्रिथक हुनेछ ,तर आखिर मा सुधार ग्रिह सबै उस्तै नै हुन् बिग्रेका लाई सपार्ने कारागार न हो आखिर , उहि मुटु नभएका ढुङ्गे पर्खाल हरु , उहि स्वतन्त्रता निमोठ्ने चौकिदारहरु , मैले थोरै अनुहार खुम्च्याउँदै त्यो चौकिदारको ढुंगे अनुहार हेरेँ , अररो , अनुहार भरि केहि काटेका दागहरु भएको ,शायद युद्द मा पनि लडेको हुँदो हो पहिले,आर्मि होला पहिलेको त्यो ,अहिले रिटायर भएर यता आएको पनि हुनसक्छ ,फेरि सोचेँ त्यत्रो युद्द लडेको मान्छे जाबो सुधार ग्रिह को चौकिदार भएर के बस्थ्यो झगडा गरेको होला कसै सित अनि बसेको होला त्यो खत ,टोपि कसैले जबरजस्ति उसको टाउको मा लादेको जस्तै लाग्थ्यो ,एकदमै नमिलेको ,राक्षस हरु त्यस्तै हुन्थेहोला पहिला पहिला , बुवाको नजिकै गएँ र टाँसिएर ,छेलिएर हिँड्ने प्रयास गरेँ , आफ्नो टि-शर्टको बाहुला आफ्ना हत्केलाले थाहा नपाईकन दबाईरहेको रहेछु ,त्यो छोडेर आफ्नो हातलाई थोरै हलुका बनाएर हिँड्ने प्रयास गरेँ,आफ्नो डरलाई र नैराश्यतालाई त आखिरमा मैले जित्नु नै पर्ने थियो । म किन बुवा सँग नजिकिँदै छु ? अब आउने दिनहरु मैले मेरो परिवार छोडेर यहि कल्पनाकुञ्जमा बिताउनु पर्नेछ । कहिले काहिँ यहि सोचले मात्रै पनि मन भारि हुन्छ । चौकिदारको अनुहारमा कुनै परिवर्तन देखिएन मेरो अनुहार देखेर ,एकचोटि तिखो नजरले मलाई हेरे पछि मुन्टो बटार्यो उसले ,मेरो नजरमा उ असाधारण मैले सोचे भन्दा भिन्न होला तर उसको नजरमा त म अति साधारण बिग्रिएकि केटि न हुँ त्यहि झुण्ड भित्रकि ,जस्लाई उ हरेक दिन यहि फलामे गेट बाट भित्र उसको अनुहार हेर्दै छिर्दै गरेको देख्छ ।
भित्र छिरे पछि भने केहि सन्चो भयो फूलबारि देखेर ,मलाई फुलहरु मन पर्छ बिशेषत: काँडा माथि का फुलहरु किन किन आँफै उभिएजस्तो लाग्छ त्यो काँडामाथि !
“तँपाईहरु एकछिन बाहिर गइदिनुहुन्छ ?मलाई सुरुचि सँग एकछिन गफ गर्नु छ ! त्यतिन्जेल सम्म Admission procedure सिध्याउनुहोस् न !” त्यहाँको चिफ हुनुपर्छ त्यो भन्ने ,बुवा आमा बाहिर निस्कनु भयो । मलाई थोरै असहज भएकाले मैले मुन्टो कन्याएँ उसको कुर्सि अघिको कुर्सिमा बसेपछि ,धेरै जस्तो म यसै गर्छु जब के गर्ने मलाई थाहा हुँदैन । त्यहाँ त Interview नै लेला जस्तो थियो उसले । नङ्ग लामो भएको रहेछ , घिच्रो चर्याए चर्याए जस्तो पनि भयो । मैले उसको आई डि कार्ड पढ्ने प्रयास गरेँ शायद सुरेश लेखिएको थियो नाम !
“सुरुचि तिमी नढाँटि भन ,सुध्रिने चाहना कस्को हो तिम्रो वा आमा बुवाको ?” आमा बुवा बाहिर निस्कने बित्तिकै उसले प्रश्न सोध्यो ।
” सुध्रिने चाहना कस्को हुन्न ? तिरस्क्रित भएर बाँच्न कसलाई मन हुन्छ र ?” मैले उसको टेबलमाँ राखेको पेपरवेट खेलाउँदै जवाफ फर्काएँ । पेपरवेट भित्र देखिएका थोपा थोपा हरु पानी नभए पनि मलाई खेलाउँदा खस्लान कि जस्तै लाग्छ ।
“के भएर लत बसेको जान्न सक्छु ?”
“अहँ सक्नुहुन्न । कुनै कुनै कुरा हरु नितान्त ब्यक्तिगत हुन्छन् । ” मैले ठाडो ईन्कार गरेँ ।
“तिमी त्यस्तो हार्ने मान्छे त देखीन्नौँ ।” उसले रहस्यमय उत्तर फर्कायो ।
“मतलब ?”
“मैले धेरै सङ्गत गरेँ तिमी जस्तै अरुहरुको पनि ,अरु Rehab center र यसमाँ फरक के छ थाहा छ ? हामि तिमिहरुलाई एउटा केस मात्र मान्दैनौँ एउटा साथि मान्छौँ ,तिमिले त्यो ब्यक्तिगत कुरो पछि यसैका कुनै न कुनै कर्मचारिलाई अवश्य भन्नेछौ । त्यसमाथि करिब करिब मैले तिम्रो ब्यक्तिगत कुरा बुझेँ । म त्यो कुरा कोट्याउँदिन तर एउटा कुरा के बुझ भने संसार एउटा मान्छे मात्र हुन्न ,उसकोyes अथवा no मात्र हुन्न । त्यसलाई छोडेर अघि बढ्नुपर्छ ।तिमी त्यहिँ अलमलियौ र त्यसमै गल्ति भयो ।”
“होला !”मैले सुस्तरि जवाफ फर्काएँ ।अघि मैले घुमाईरहेको पेपरवेट अहिले रोकिईसकेको थियो ।
“ठिकै छ यो कल्पनाकुञ्जमा तिम्रो सबैभन्दा नजिक रहने मान्छेलाई त भेटाईदिनै पर्यो “
उसले घण्टि बजायो । चर्को घण्टिको आदेश पालना गर्न होला एउटा मान्छे भित्र छिर्यो । मलाई घण्टिको आदेश मान्दै भित्र छिरेर छाति चौडा पारेर उभिने मान्छेहरु यन्त्र मानव लाग्छन् भावना शुन्य ,चेत शुन्य । उ पनि मलाई कुनै अपवाद लागेन ।
“सुधालाई बोलाउ त !”मेरो तन्द्रा भङ्ग गर्दै उसले अरायो ।यन्त्र मानव जसरि आएको थियो त्यसरि नै फर्कियो पनि । म मुस्कुराउँदै उसलाई हेरिरहेँ ।
“तिमि असाध्यै राम्रो मुस्कुराउँछौ ।”
“मलाई थाहा छ यो पनि तँपाई को उपचारको अंश हो ।”
“होईन साच्चै !”उसले अझै पनि मलाई बिश्वस्त पार्ने प्रयास गर्यो ।तर मलाई थाहा छ म कति राम्रि छु भनेर !
सुधा नै होला उसको कोठा नक गरेर छिर्ने ,लामो कपाल ,सुतिको कुर्ता ,लामा औँला को लामो नङ्गमा मिठो रातो रंगको नेलपोलिश ,हुन सक्ने साधारण मेक अप गरेर पनि परि जस्तै असाधारण देखिरहेकि थिई , मैले आफुलाई हेरेँ आफुलाई सुधासँग दाँजेँ , म पहिला यत्तिकि थिएँ कि थिईन त ? यति खेरको मेरो रुपरङ्गको ठ्याक्क गणितिय उल्टो केटि मान्छे बनाउनु भनेर कसैले भगवानलाई भन्यो भने पक्कै सुधा बन्छे होला ।
“सुरुचि उ सुधा हो तिम्री साथी नै भनौँ ! र सुधा उ सुरुचि ।”
“हाई ” उसले हात अगाडि बढाई ,मैले पनि आफ्नो हात तेर्स्याईदिएँ ।
“ल ठिकै छ ,यति खेर सम्म तिम्रो बुवा आमाले पनि तिम्रो Admission procedure सिध्याईसक्नुभएको होला ,तिम्रा सामानहरु , गिटार ,कर्टकोबेन र ब्रायन एडम्सका सिडिहरु सबै तिम्रो कोठामा पुगिसकेका होलान हिँड जौँ बाहिर ! सुधाले तिमीलाई तिम्रो कोठा सम्म छोडिदिनेछे । “
“मेरो ब्याग चेक भएको हो ?”
“हो तर मैले तिमीलाई त्यो कुरा लुकाईन नि !”उ मुस्कुरायो । मैले उसको मुस्कानले नै गर्दा त्यो माफ पनि गरेँ ।
बुवा आमा मलाई हेर्नलाई पर्खेर बस्नु भएको रहेछ । अन्तिम पटक मैले बुवालाई ऊँगालो मारेँ ,एकछिन रोए पनि !
“मैले तँलाई अहिले सम्म केहि कुरामा गालि गरेको छैन सुरुचि तर तँ यहाँ किन आएकि नबिर्सि ,मलाई मेरी पुरानि छोरि फर्काउने प्रयास गर मेरै लागि भए पनि !”
बुवा यति भनेर बाहिर निक्लनु भयो , म त्यहिँ ऊभिएर हेरिरहेँ ।
“भोलि तिम्रो ब्लड चेक हुन्छ होला ,अनि मात्र Admission procedure पुरा हुनेछ ।”
मेरो कोठा पुर्याउने क्रम मा प्यासेजमा नै सुधाले मलाई जानकारि दिई । हुन सक्छ उसको यो म सँग कुरा को शुरुवात गर्ने औपचारिकता थियो । मेरो जीवन को त्यत्रो ठुलो रिजल्ट कसैको लागि फगत आफ्नो जागिर चलाउने औपचारिकता भएको छ । मलाई औपचारिकता मन पर्दैन ! मैले उ तिर पनि हेरिन ,भुईँ तिर हेरेर हिँडिरहेँ । बुवा भन्नुहुन्छ भुईँ मा हेरेर ढुङ्गालाइ लात्ति हान्दै धेरै जसो केटाले हिँड्छन् रे र म मा यस्ता केटा मा हुने धेरै गुण छन् रे । हुनसक्छ वहाँहरुले मलाई छोरा जसरि पाल्नुभयो त्यसैले मेरो केटि मान्छेमा हुने सम्वेदनशिलता हराउँदै गयो ।
मेरो कोठाको बरण्डा घाम लाग्ने तिर थियो ढोका दुवै तिर थियो ,बास्तु ध्यान मा बनाएर भित्र बस्नेलाई राम्रो सकारात्मक सोच आओस् भनेर बनाएको होला । बाहिर फूलहरु मुस्कुराईरहेका पनि देखिन्थे बरण्डाबाटै सेकेण्ड फ्लोरमा थियो कोठा । घाँसमा पनि बिहान शितका थोपा हरु देखीँदा हुन् रमाईलो हुन्छ होला तर म बिहान उठ्न सक्दिन चाँडो म कसरि हेरुँला र ? फेरि सम्झेँ अघि सुधाले भनेकी थिई भोलि बिहान मैले योगाको क्लासमा जानुपर्छ रे ? उफ उहि रेगुलर स्टफहरु ! मैले जे जे गर्नुपर्छ भनेर सोचेको थिएँ त्यहि त्यहि ! मान्छे सुधार्ने योगा ,भरसक्के ब्याडमिन्टन कोर्ट पनि हुँदो हो कतै यहि कम्पाउण्ड भित्र जहाँ घुँडा मा भएका रौँ देखाउँदै केटा हरु बिहान बिहान ब्याडमिन्टन खेल्दा हुन् ! अब यहि बित्नेछ मेरो जीवन करिब ६ महिना अथवा एक बर्ष अथवा त्यो भन्दा बढि !
मलाई बिरक्त लागेर आयो ! मैले लिएर आएको सिड्नि शेल्डनको नोबलमा आफुलाई भुलाउने प्रयास गरेँ । वाकमेन त कानमाँ छँदै थियो ! यो पनि दुई तिन दिनमा सिध्धिनेछ ! बुवालाई किनेर ल्याईदिनु भन्नेछु अरु किताब हरु ! किताब किनीमाँगे भने त खुशि नै हुनुहोला नि ! चुरोट खान मन लाग्यो भने चाहिँ के गर्ने होला बाहिर जान पनि पाईने छैन । मैले चुरोट सम्झेँ ,चुरोट बिस्तारै मलाई एकदमनै मनमोहक लाग्न थाल्यो एक सर्को मात्र तान्न पाए पनि त्यसपछि अरु बिर्सिन्थेँ कि झै लाग्यो थोरै छटपटि भए जै भयो ,धेरै बेर चुरोट मात्र घुमिरह्यो । त्यो पाना धेरै अघि सिध्याएको थाहा लागेपछि मैले पाना पल्टाएँ ।
बाहिर बरण्डा तिर बाट कोहि मेरो कोठा मा जबर्जस्ति चढ्न लागे झै लागे पछि मैले हातमा लिएको “ईफ टुमरो कम्स “आफ्नो हातबाट ओछ्यानमा राखेर बाहिर बरण्डा मा निस्किएँ । एउटा गार्ड मेरो कोठाको बरण्डामा सिँढी राखेर चढ्दै रहेछ ।
“ओई के गरेको तैले ? Administration लाई complain गरिदिउँ ?” म झर्किएँ ।
” Administration ले नै पठाको बहिनि !” उ बिचमा थियो , करिब आधा सिँढी चढीसकेको करिब आधा चढ्न बाँकि ! उसले तल देखायो ! तल सुधा उभिएर मेरो बरण्डा तिर हेर्दै हाँस्दै थिई ।
“यो पनि rehab को पार्ट हो कि क्या हो ?”
“हैन कोठा धेरै बेर नक गर्दा पनि नखुलेपछि हामीले यो प्रोसेस फलो गर्या हो ! माईन्ड नगर ल ! गर्न चाहिँ के गर्दै थियौ तिमी ? त्यत्रो बेर नक गर्दा त सुनिनु पर्ने ! “
मैले उसको अनुहार हेरीरहेँ । उ पेट मिचिमिचि हाँस्न थाली । उसले अनियन्त्रित भई हाँस्न थालेको ले मलाई पनि हाँस उठ्यो म पनि हाँस्न थालेँ बिचमा त्यो गार्ड हामी दुवैलाई हेर्न थाल्यो र हाँस्नुपर्ने होला भनेर उ पनि हाँस्न थाल्यो !
“होईन म वाकमेन सुनिरहेको थिएँ ! त्यहि भएर रहेछ । ” एक छिन पछिमात्र मलाई जवाफ फर्काउने फुर्सद भयो ।
“म माथि आउँ त?”
“आउ न पुरै कल्पनाकुञ्ज तिम्रै नै हो मेरो कोठामा आउनलाई तिमीलाई सोध्नुपर्छ त ? After all you are the boss !”
“I m Flattered ! बरण्डा तिरै बाट आउँ कि ढोका खोल्छौ ?”
“खोल्छु खोल्छु ! “
सुधा माथि चढून्जेल सम्म मुस्कुराईरहेकि थिई म उसलाई नियालिरहेँ । उसको हाँसो मनमोहक लाग्छ मलाई यो रिह्याब सेन्टरका धेरै जसो केटा बिरामीहरु त सुधालाई देखेर मात्रै पनि नशा छोड्दा हुन । त्यस्तो आकर्षण छ उसमा । जब उ बिशेषत: हाँस्ने बेला मा मुख हातले छोप्छे अनि कपाल मिलाउने बहाना मा हाँसिरहेका मिलेका दाँत देखाउँछे कसैले जतनसाथ सन्दुकमा राखेको मोतिको माला देखाए झैँ लाग्छ ।
“ल भन के थियो ! “
“तिमी फ्रेश छौ कि छैनौँ मात्र हेर्न आएको ,जस्ट रुटिन चेक ! यो टाईम र बिहान म नै आउँछु तिमिलाई चेक गर्न ,ढोका थुनेर वाकमेन सुन्न थालिनौ भने ।” उ फेरि हाँस्न थालि ।
“यो त मेरो पनि रेगुलर बानि हो ? केहि छैन सिढी रहेछ नि त ! म बरण्डा तिर खुल्लै राखेर सुतौँला ! “
“केटी मान्छे ,डर लाग्दैन त ? “
“लाग्दैन ! के को डर ? समाज ,यहाँ सम्म कि आफैँले जन्म दिने बाउ आमा हामी सँग डराएर तिमीहरु जस्तो साहसिको हातमा पठाईदिएको न हो हामीलाई ! हामी भन्दा बिग्रिएका पनि को होलान र डर लाग्नु ? “
“तिमी धेरै पेसिमिस्टिक छौ ! कुरा त्यस्तो होईन ,समाजलाई तिमीहरुसँग के को डर ? तिमिहरु थोरै बाटो बिराएका मान्छे मात्र न हौ , सबै मनपराउछन् तिमीहरुलाई !”
उसले मेरो तन्नाको फूलको बुट्टा नियाल्दै म तिर अनुहार नजुधाईकन भनी !झूट बोल्न उसलाई पनि म जत्तिकै गारो पर्दो रहेछ ।
“यथार्थ त्यहि नै हो ! तिमी मलाई जे भन । मलाई थाहा छ , तिमी यहाँ चेक को लागि नै आएको पनि त ?कतै बाट केहि लिकेज नै भएको छ छैन चेक गर्नलाई त हो नि ! अथवा it is to find out whether i m trying anything silly or not . “
“हो बाबा हो ! तर तिमी बुद्दिमान छौ , I hope you ll show us the good result.”
“I ll try ,म अब यो भन्दा बढि बुवा आमा को आँखामा आँशु देखाउन चाहन्न !” मैले आफ्नो टाउको भित्ता तिर फर्काउँदै जवाफ फर्काएँ ।
“ल म गएँ ल ! अल्छि लाग्यो भने तल टि.भी. रुम छ , तल सिढि ओर्ले पछि त्यहाँ बाट साईन बोर्ड छ त्यहिँ बाट you can find it ! त्यहाँ गएर टेलेभिजन हेरे पनि हुन्छ ! हुन त तिमी सित समय कटाउने अरु पनि माध्यम रहेछन् ! ” उसले मेरो कोठाको कुनामा राखेको गिटार हो वा ओछ्यानमा राखिएको “ईफ टुमरो कम्स “नियाल्दै भनी ।
“तिमी र म मा फरक के छ थाहा छ ? तिमी जीवन कारणका लागि जिउँदै छौ , म बेकारण समय कटाउँदै छु , जाउँला अब समय नकटे टि.भी. रुम पनि जाउँला ! “
सुधा यसपालि बोलिन तर उसको गति थोरै कम भयो मेरो कोठाबाट बाहिर निस्किँदा !
सुधा गएको एकैछिनमा मलाई चिट चिट पसिना आएझैँ भयो । चुरोटका तस्विरहरु फेरि देखिन थाले कोठाका भित्ता भित्तामा । कोठा घुमे घुमे झैँ लाग्यो फनफनि । मैले झ्यालको पर्दा हेरेँ । कता कता त्यो मलाई झुण्ड्याउन राखेको डोरि झैँ लाग्यो । त्यसैले सेरिएर मुक्ति पाउँ झैँ लाग्यो ,म आजकल धेरै कुरालाई अर्कै अर्कै देख्छु घरि पर्दाहरु मलाई डोरि जस्तै लाग्छन् घरि कालो आकाश का ताराहरु भ्वांग परेर बाहिरको प्रकाश देखाउने दुलाहरु ! तर लरबरिरहेका खुट्टा र कामिरहेका आफ्ना हातलाई म अझै दरी छु भनेर विश्वास दिलाउन थियो मैले ,मलाई थाहा छ यो ठाउँबाट कसैले मलाई बाहिर निकाल्न सक्छ स्वच्छ आकाशको तलतिर भने त्यो मात्र मेरो बिश्वास हो । जब केहि गर्दा पनि मेरा हात गोडाले बिश्वास मानेनन् मलाई उनिहरुदेखी रिस उठ्यो म ढोका मा लात्तिले हान्न थालेँ । मलाई त्यो निर्जिव ढोका सँग के को रिसराग थियो थाहा छैन तर मलाई आफ्नो खुट्टा सँग भने अवश्य रिसराग थियो । मान्छेका हरेक क्रियाकलाप मा कारणहरु हुन्न ,मान्छे साँच्चै अवस्थाको दास हो मस्तिष्कले चलाउने खेलौना हो । आज मलाई आफ्नै हात खुट्टा देखि रिस उठेको छ दवाउन नसक्ने रिस ! भाँचेर पर घुईक्याईदिएर बरु अपांग बस्छु भन्ने सम्मको रिस !
ढोका को ढ्यांग ढ्यांग आवाज तल रिसेप्सनसम्म पुगेछ क्यारे ! तल बाट दुई चारजना गार्डहरु कुद्दै आए र मेरो दुवै हात समातेर कसे । त्यहाँको चिफ सुरेश पछि पछि बिस्तारै आईरहेको थियो ।
“खासै केहि होईन ,नर्मल रुपमा लेओ न ! यो प्यासेन्टको यहाँको पहिलो दिन हो ,लत बसेको छ । छुटाउनलाई अफ्ठ्यारो त भई नै हाल्छ , समातिराख ,एकछिन पछि बल सिद्दिए जस्तो होला अनि मात्र छोडिदिनु ! केटी हो बल जति नै गरे पनि तिमीहरुलाई गाह्रो नपर्ला । “
उसले मलाई हेरेको थिएन आफ्नै गार्डहरुलाई अराई मात्र रहेको थियो । म मान्छे नै हो जस्तो पनि ब्यवहार गरेन उसले मलाई ! प्यासेन्ट रे ! मेरो नाम थाहा छैन र त्यसलाई ? सुरुचि भन्न सक्दैन त्यसले ? अझ उहि भन्छ यो रिह्याब सेन्टर र अरु रिह्याब सेन्टरमा के फरक छ थाहा छ ? हामी तँपाईलाई साथि भएर केयर गर्छौँ ! यहि हो केयर ? मलाई रिस पनि उठ्यो !
एकछिन पछि बिस्तारै अघि उम्लिएको ज्वालामुखी सेलाए जस्तो भयो लावाहरुको अवशेष मात्र पनि नछोडिकन ,मलाई पक्डिरहेका हरिमुष्ठे गार्डहरुको अनुहार बल्ल हेरेँ मैले ,मैले जत्ति नै बल गरेको भए पनि उनीहरुबाट उम्किन नसक्ने रहेछु । एक्कासि जिउ शितांग भयो । गार्डहरुले शायद बल प्रयोग नगर्नु पर्ने थाहा पाएर होला मलाई बिस्तारै छोडिदिए । त्यसपछि सुरेशले मलाई बिस्तारै समातेर कोठा पुर्याउन खोज्यो ।
“I m ok .”
मैले अघिको रिस पोखेँ । अघि नै पनि त गार्डहरुको सट्टा आँफै आएर मलाई रोक्न पनि त सक्थ्यो । अहिले के को सहानुभुति देखाउँदैछ उ ? मलाई सहानुभुति पटक्कै मन पर्दैन ।
“you must be ,you r here to be ok ,मलाई थाहा छ you are a strong girl.”
“यो पनि तँपाईहरुको उपचारकै कुनै अंश नै होला ,मलाई थाहा छ तँपाई मात्र सहानुभुति देखाउन कर्तव्य पालन गर्न जान्नुहुन्छ ,साथि बन्न जान्नुहुन्न । ” यसपालि भने मैले उसलाई नमिठो दनक फर्काएँ ।
“एउटा कुरा भनौँ ?”
“भन्नुहोस् ” मैले अररो जवाफ फर्काएँ , अघि को मुठभेँडमा बिग्रिएका लुगा र कपाल हरु हातले फर्काउँदै !
“तिमि मुस्काउँदा मात्रै राम्री देखिन्छौ होला भनेको त रिसाउँदा पनि राम्री देखिँदि रहिछ्यौ ,अनि यो भनाई चाहिँ मेरो उपचारको अंस को रुपमा नलिनु है ! म केहि केहि कुरा साँचो पनि बोल्छु । “
उ यति भनेर मुस्कुराउँदै अघि लाग्यो । म एकछिन वाल्ल परेर उसलाई हेरिरहेँ । सारै fast छ मोरो ! साधारण केटा हरु भन्दा ! अनि राम्रो पनि ! बोलि ले लठ्ठ हुँदा हुन् साधारण केटीहरु त ! मलाई पनि त्यहि गरेर भोग चलन गर्दै आएका मेरा नजिकका चिजहरु बाट टाढा लैजाने र सुधार्ने प्रयास होला उसको । मलाई थाहा छ यो उसको उपचारकै अंश हो । र उसलाई पनि थाहा छ म कुलत मा लाग्नुको पछि पनि उ जस्तै फास्ट कोहि थियो भनेर !
म फेरि बाहिर बरण्डा तिरै निस्किएँ ,करिब पाँच बजेको हुनुपर्छ घडि भित्र बाथरुममा छोडेको रहेछु , बल्ल नाडि हेरे पछि थाहा लाग्यो । पहेँलो प्रकाश थियो बाहिर ,गर्मि नहुने मात्र प्रकाश भएको प्रकाश , अब एकै छिनमा सुर्य अस्ताउनेछ अथवा भनौँ बाह्र घण्टाकै लागि भए पनि प्रथ्वि ले तापबाट मुक्ति पाउनेछ शितबर्षि चन्द्रमा उदाउनेछिन् । मैले आंग तन्काएँ जिउ फूरुंग बनाउँने प्रयासमाँ । यता उता हेरेँ गार्ड कसैसित सोधपुछ गरिरहेको थियो ।
छिरेको केटाले नजिकै राखेको रजिस्टरमा केहि कोर्यो । नाम ,भेट्ने समय त होला नि ,अरु के हुन्छ र चौकिदार को छेवैमा राखेको रजिष्टरमा , कसैको रिलेटिभ भेट्न आएको होला , मेरो त पक्कै पनि हुन सक्दैन ! मलाई त आजै बुवा आमाले छोडेर जानुभएको । फेरि सोचेँ म मात्रै पनि त छुईन नि यहाँ अरु पनि त छन् । उसका कोहि सुध्रियो सुध्रिएनन् बुझ्न आएको होला । उ अनुहार देखिने परिधि भित्र आएपछि करिब छब्बिस सत्ताईसको केटो जस्तो लाग्यो । परबाट हेर्दा ठिकठाक नै लाग्यो । धेरै जसो केटाहरु बाहिरबाट ठिकै हुन्छन् ,आत्मा हो उनिहरुको कुरुप हुने ,केटिबाट हरदम एउटै आश ,केटिहरुमा हरदम एउटै नजर ,कहिले बुढिको रुपमा ,कहिले प्रेमिकाको रुपमा ,कहिले वेश्याको रुपमा ! चाहना केवल एउटा ! त्यो भन्दा भिन्न कुनै केटाले चाहँदैन ।
म त्यो केटालाई हेरिरहेँ । उ छेवैको शेडमा बस्यो । मान्छे रुंग्नलाई वेटिङ्गको रुपमा त्यो शेड बनाएको रहेछ कल्पनाकुञ्ज भित्र , गार्ड हाउस सँग एकदम सटेको शेड थियो । उ बारम्बार ढोका तिर हेरीरहेको थियो । एकछिनमा सुधा बाहिर निस्किई ,उसको आजको अहिले को ड्युटि सिद्दिएको होला ! त्यो केटालाई देखेर थोरै मुस्कुराई । अनि सँधैजस्तै आफ्नो कान छेउबाट कपाल मिलाई , उसका ठुला ईयरिङ्ग हरु पहेँलो प्रकाशमा टलक्क टल्किए । केटाले आफ्नो छेउमा राखेको हेल्मेट लियो अनि दुवै बाहिर निस्किए । मेरो द्रिष्टिको परिधिले पर्खाल बाहिर नियाल्न भ्याएन , न मैले परबाट मोटरसाईकल को आवाज नै सुन्न सकेँ ।
पक्कै बुढै हुनुपर्छ त्यो केटा सुधाको मैले भित्र छिर्दै अड्कल काटेँ । त्यसो भए उसको सिउँदो मा सिन्दुर खोई त ? फेरि योंग नै देखिन्छे भनेपछि boyfriend होला त्यो सुधाको ! होला , प्रत्येक राम्री केटीको boyfriend त हुन्छ नै ! मेरो पनि थियो ,मैले निष्कर्ष निकाले , कुनामा राखेको गिटार सँग एकछिन खेलौँ खेलौँ लाग्यो अनि गिटारको स्ट्रिंग्स कस्न थालेँ ।
सुधा फर्केर आउन्जेल सम्म पनि म बरण्डामै थिएँ ,साँझ मा बरण्डामा चिसो हावा चल्दो रहेछ । छोएर जाने हावा मध्ये कुनै न कुनै सिरेटोले म सन्चै भएको खबर घरसम्म पुर्याइ दिने हो कि झैँ लाग्ने रहेछ । ” कन्ट्रि रोड टेक मि होम ” घर बाट टाढा भएकाले मेरो अर्ध चेतन मनले नै होला त्यसका धुनहरुलाई बजाएको , औँलाहरु त आँफै नाचिरहेका थिए स्ट्रिङ्ग्समा ! धेरै समय बितिसकेको थियो आफ्नो गिटारसँग जिस्किँदै ! सुधा को अनुहार मा चमक हुनुपर्छ अहिले त धेरै ,मलाई पनि थाहा छ सन्तुष्टिको चमक कस्तो हुन्छ ! त्यो एउटा जीवन थियो जुन रमाईलो थियो ,आजकल त सम्झनाले पनि पोल्छन् र मात्र बाडुलि दिएर जान्छन् ।
“Boyfriend ?” मैले सुधा मलाई दवाई खुवाउन मेरो कोठा भित्र छिर्ने बित्तिकै प्रश्न गरेँ ।
“को ? कस्को ? ” सुधाले मुस्कुराउँदै बुझ पचाई ।
“तिमीलाई थाहा छ को कस्को Boyfriend हो भनेर!” मैले बाहिर खुलेर हाँसिरहेको चन्द्रमा बरण्डाबाट नियाल्दै उत्तर फर्काएँ ।
उ फेरि हाँसि अनि केहि नभनि दवाई लिएर नजिकै आई ।
“के हो यो ? एन्टिडोज हो कि के हो ? सिरिन्ज बाट लिन मिल्दैन र ?सिरिन्ज बाट पानी नै हाल्न पाए पनि एकछिन को तलतल निको हुन्थ्यो जस्तै भइसक्यो !”
“तिमीले यस्तो कुरा गर्न सुहाउँछ ?भोलि देखि मेडिटेशन गर्न थाले पछि सब ठिक हुन्छ ,अनि तिमी गिटार एकदम राम्रो बजाउँदिरहिछ्यौ ! मैले बाटोमा आउँदै गर्दा सुनेको ! म भित्र छिर्ने बित्तिकै बन्द भयौ नि ?” सुधा एक छिन रिसाएझैँ गरी ।
“थ्यांक्स !त्यसले गर्दा बन्द भएको हैन ! त्यो केटाको बारेमा केहि बताईनौ ,आफुलाई भने साथी जस्तो लागेर मात्र सोधेको है । ” उसले कुरा बदल्न चाहेको थाहा पाउँदा पाउँदै पनि मैले प्रसङ्गलाई आखिरमा त्यहिँ डोर्याएँ ।
“खोई के हो के हो अहिले सम्म बुझ्नै सकेकि छैन , नाम चाहिँ रोहन हो ! मलाई उ मन पर्छ । जहाँ सम्म लाग्छ उसलाई पनि म मन पर्छ । तर यो कुरा मैले भन्ने कुरै आएन , उ पर्पोज गर्ने नाम नै लिँदैन , कस्तो लाग्यो त तिमीलाई रोहन ?”
उसको अनुहार लाजले गुलाबि भयो ,गोलो ,गुलाबि लजाएको अनुहार पर्फेख्ट चन्द्रमा ! बल्ल बल्ल उसले सिध्याएकी थिई आफ्नो वाक्यलाई त्यति भन्दा पनि !
“मलाई त हरेक केटाहरु नाम मात्र फरक भएका एकै किसिमका जन्तु हुन जस्तो लाग्छ !” मैले आफ्नो नङ्गमा छिरेको मैलो सिंकाले झिकेर बरण्डाबाट बाहिर फ्याक्दै जवाफ फर्काएँ ।
उ एकछिन चुप लागी , थोरै खीन्न भई जस्तो लाग्यो उसको अनुहार देख्दा ! म पनि कस्तो बुद्दु ! भख्खर सपना डुलेर आएकिलाई वास्तविकतामा फुल छेउमा धेरै काँडा हुन्छन् भनेर देखाएपछि त उ खीन्न नभएर के हुन्छे त ! म पो धेरै भोगेर दुख पचाउने भइसकेकि थिएँ ।
“परबाट हेर्दा राम्रो थियो ! तिमीलाई धेरै माया गर्छ जस्तो छ । “
“जहाँ सम्म लाग्छ एकदम धेरै !” उसले छिनमैँ आफ्नो खिन्नता बिर्सि , अघि हराएको गुलाबि मुस्कान फेरि कोठा भरि छरियो ।
“तिम्रो पनि त थियो होला नि हैन ?केहि sugest गर न म नयाँ नयाँ मान्छेलाई ! “
“के ? boy friend ? मलाई रोग पालिराख्ने शौक छैन , मैले धेरै पहिले त्यसलाई आफ्नो जीवन बाट काटेर मिल्क्याईदिसकेँ । ” म फिक्का हाँसो हाँसे । उ केहि बोलिन ,शायद उसले म भित्रको घाउलाई देखी ! म उसलाई त्यो देखाउन चाहन्नथेँ तर उसले पर्दा भित्र पनि नियालि शायद !
“तिमी सकेसम्म सुत्ने प्रयत्न गर ! सकेनौ भने पुरानो उपाय छ एउटा १०० देखि उल्टो गन्ने ट्राई गर ! एकदम ईफेक्टिभ छ !” यति भनेर सुधा बाहिर निस्किई ! मैले ढोका को चुकुल लगाएँ अनि भोलि सुर्य पक्कै उदाउला भन्ने आशमा पल्टिएँ ।
…………………………….. ……………………………. ………………………………..
एक हफ्ता पछि ,
योगाका कक्षाहरु एकदम झर्को लागेर आउँछ मलाई ! सँधै उत्तानो परेर घरि टाउको मा खुट्टा लगेको छ ,घरि एउटा नाकले सास लिएर अर्को नाकले फ्याकेको छ , घरि चट्टि मा सुतेको छ सिधा भएर ! सुत्नु नै छ त बिहान बिहान किन उठ्नु ? तर पनि एकहफ्ताको समयमा नै कल्पनाकुञ्जले मलाई बाँधेको छ ! के गुणले मलाई थाहा छैन तर कल्पना कुञ्जले मलाई बाँधेको छ । सुधा सानो समयमैँ मेरो मन मिल्ने साथी भई । उ सँधै रोहनका कुराहरु सुनाउँथि डेटबाट आएपछि , रोहनले एक्स्प्रेस गर्न सकेको थिएन ,सुधा त्यसैको प्रतिक्षामा थिई । म चुपचाप सुनिराख्थेँ उसको फक्रिन लागेको प्रेमका कथाहरु ! ,यता सुरेश भनेँ मेरो पछि लागिरहन्थ्यो , के को लागि मलाई थाहा छैन ,शायद म उसको लागि कल्पनाकुञ्जको सबै भन्दा इन्ट्रेस्टिंग केस थिएँ अरु भन्दा प्रिथक , तर आआफ्नो स्वभाव र पछिल्ला घाउहरुले गर्दाहोला मलाई हरेक केटाहरु घिनलाग्दा लाग्थे । मलाई उसको नजिक जान मन लाग्दैन थियो ।
“तिमी एकदम राम्रो प्रोग्रेस गर्दै छौ ! ” सुरेश मलाई धेरै बेर देखि योगा गरेको नियालिरहेको रहेछ । उसले मलाई गरेको तिमी सम्बोधन मलाई मन पर्दैन ! उसको लागि त म आजकल डिस्टिंक्सनको नम्बर भएको रिजल्ट जस्तो न हुँ । एउटा केटी जो एक हफ्तामै यती बदलिई । उसको राम्रो पर्फमेन्स देखाउने एउटा सर्टिफिकेट ! हेर्नुहोस् हामी कल्पनाकुन्जमा बिरामिलाई साथि जस्तो गरी ब्यवहार गर्छौ ! र त्यसको प्रोग्रेस उ हाम्रो प्यासेन्ट सुरुचिमा हेर्नुहोस् । तर वास्तवमै म राम्रो प्रोग्रेस गरिरहेको थिएँ आजकल मलाई चिटचिट पसिना आउन बन्द भएको थियो त्यसबाट ध्यान हटाउन खोज्दा पनि म सक्न थालेको थिएँ ।
“थ्यांक्स ! ” म टावेलले पसिना पुछ्दै आफ्नो कोठा तिर फर्किएँ ।
“सुधा पनि तिम्रो कुरा गरिरहन्छिन् ! मलाई तिमी धेरै दिन कल्पनाकुञ्ज बस्लिउ जस्तो लाग्दैन ! ” कोठा तिर लाग्दै गर्दा उ पनि मेरो पछि पछि आयो ।
“कति चाँडो खेदाउने बिचार गर्नुभएको ?”
“हामीलाई त जति चाँडो खेदाउन पाईयो त्यति राम्रो ! ” उ मुस्कुरायो । मैले उसको मुस्कुराहट पनि याद नगरि आफ्नो कोठाको ढोका ढ्याम्म लगाएँ ।
…………………….. …………………………. …………………………. ………………….
नुहाएर आज रिल्याक्स मात्र भएर नजिकै को कस्मोपोलिटन पल्टाएँ एकै छिन । आजकल मेरो पनि शरिर सुन्दर भएको छ झैँ लाग्यो मलाई । अनुभुतिले मात्रै पनि मान्छेलाई सुन्दर बनाउँदो रहेछ शायद ।
“अबुई तिम्रो पाखुरामा ट्याटु पनि रहेछ ,मैले यादै नगरेको !” सुधा अचानकभित्र छिरी ।
“छ त ,जमानामा त हामी पनि हट थियौँ नि ,तिमी जस्तो नभए पनि ।” मैले नजिकै को सिरक मा आड लागेर जिउ थोरै ठड्याउँदै जवाफ फर्काएँ ।
“प्लिज ………….. तिमी जहिल्यै आफ्नो सुन्दरतालाई मेरो सँग किन दाँज्छौ ? हरेक केटी सुन्दर हुन्छे !”
“तिम्रो अघि त म के नै छु र ? मलाई कता कता आफ्नो नारित्व कतै बिर्सिएर आफू खालि खालि भौतारिरहे जस्तो लाग्छ । ” मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।
“तिमी अनि तिम्रा कुराहरु , बुझेर कहिल्यै बुझि नसक्नु , आज रोहन सँग डेट छ ?राम्री छु भनेर त भनी हाल्यौ ! के ड्रेस लगाएर जाउँ भनेर सजेष्ट गर्छौ ? “
“जाउ न ,राम्रि भएर जाउ , बा आज चाहिँ रोहन ले पर्पोज गरी पो हाल्छ कि !”
“त्यहि कुरेर पो बुढो भईयो , तिमी केहि सिकाउँदिनौँ , आफ्नो एक्सपेरियन्स केहि शेयर गर्दिनौ अनि ?” सुधा झ्यालमा अडेसा लागेर मलाई जिस्क्याउँदै बोलिरहेकी थिई ।
“मलाई आज तिमिले बुझ्ने केहि कुरा भन्न मन छ , मेरो अतितको बारेमा मेरो बारेमा एकछिन बस्छौ ?” मैले आग्रह गर्दै उसलाई भनेँ , उ चुपचाप मेरो छेउमा आएर बसी ।
“दश मा थिएँ म जब मैले स्कुलको ट्वाईलेटमा चुरोट शुरु गरेको थिएँ ।मलाई लाग्थ्यो केटाहरु खान्छन् मैले किन हुन्न ? उनिहरु त्यसबाट मजा लिन्छन् भने What’s stopping me ? केटि हुनु के सिमा मा बस्नु मात्र हो वा स्वच्छन्द आकाशमा उनिहरुको पनि हक हुन्छ ? होला मैले गलत बाटो लिएँ तर शायद मेरो सोच ठिक थियो । तर सबै साँचो कुरा सबैले बिश्वास गर्नुपर्छ भन्ने रहेनछ । “
म एक छिन चुप भएँ बरण्डा बाहिर चरा छिरबिर चिरबिर कराईनै रहेको थियो उ त बोलि पनि त बुझ्दैन हाम्रो , मेरो कथाको औचित्य के उसलाई ? फगत एउटा प्रदुषित ध्वनि न हुँ म उसको लागि त । सुधा पनि नजिकैको कुर्सिमा बसिनै रहेकी थिई परिवर्तन उसमा पनि थिएन उ उत्तिकै दत्तचित्त थिई मेरो कथा सुन्न र कथाको निष्कर्ष निकाल्न ! परिवर्तन त मात्र म मा थियो । लामो समय देखी चट्टान बनेर जमाएर राखेको आफ्नो मुटुलाई पगाल्दै थिएँ कोहि आफ्नो सुन्ने पाएर । म फेरि शुरु भएँ ।
“ मलाई तिम्रो जस्तो औँलामा नेलपोलिस लगाउन , थोरै खस्केको कुर्ताको सललाई पनि एउटा कला लाई मुर्तरुप दिए जस्तो गरेर आफ्नो ठाउँमा ल्याउन , चौडा निधारमा सानो टिका लगाएर आफूलाई पुर्ण बनाउन कहिलै आएन तै पनि साथिहरु भन्थे म रफ स्केच नै भए पनि पर्फेक्ट थिएँ , कलेजमा आएपछि मेरा फाटेका ,खूईलिएका जिन्स and a pair of sneakers को अलग नै मौलिकता थियो ,अनि मैले खोपेको ट्याटुको चर्चा बारम्बार भईरहन्थ्यो केटाहरुको सर्कल मा । जुन मेरो attitude सँग match गर्थ्यो रे ! हुन त मलाई आफु कलेज को सेलिब्रिटि बन्ने रहर थिएन तै पनि धेरै चिन्थे मलाई शायद प्रिथक भएर शायद बिग्रेकि केटी भनेर !”
“अनि ?” मेरो निमेश भरको मौनता पनि सुधाले सहन सकिन । म थोरै हाँसे उसको ब्यग्रता देखेर !
“सेकण्ड यियरको फेयरवेलको प्रोग्राम थियो , नकिन अन हेभन्स डोर मा As a guitarist play गरिसकेर म स्टेजबाट तल झर्दै मात्र के थिएँ कसैको हात मेरो अगाडि तेर्सियो । “
“you play guitar really well , कस्को थियो त हात ? ”
“ जस्ले शायद मलाई म सँग चिनायो उसैको , नाममा के राखेको छ र उसलाई तिमी उ नै भनेर बुझ न ! मेरो सम्पुर्ण कथाभरिको उ सम्बोधन उसकै लागि मात्र हुनेछ । उसले म सँग अटोग्राफ माग्दै हात बढाएको थियो । उ कमर्स बाट रहेछ मेरो संगत बाट टाढा , म उसलाई चिन्दिनथेँ तर उसको नोटिसमा म धेरै दिन देखि परेको रहेछु । “
“sorry , I don’t like unnecessary showing off , मैले उसको हात पर सार्दै जवाफ फर्काएँ । मैले उ तिर ध्यान दिन जरुरि ठानिन केटाहरुको सबै केटिहरुलाई एउटै तराजुमा तौलने बानि मलाई पहिले देखिनै मन पर्दैन थियो । “
“अनि ?” सुधाको कौतुहलता कायम थियो , मैले एकछिन बाहिर हेरेँ । बाहिर आकाश कालो थियो । पर्खाल छेउको पारिजातको हल्का हल्का बासना मेरो बरण्डामा आईरहेको होला , किन उसलाई महकिनु पर्छ होला राति मात्रै ? फरक मानवमा र अन्य बाँचेका हरुमा यति मात्र छ कि मान्छे जे गर्छ अरुलाई देखाउन मात्र गर्छ । जंगलको बिचमा फुल्ने फूलहरुलाई के मतलब उनिहरुलाई हेरिदिने कोहि छन् वा छैनन् भनेर , रातमा सुगन्ध छर्ने पारिजातलाई के मतलब उसको सुगन्ध कसैसँग पुगिरहेको छ वा छैन भनेर ।
“बाहिर बरण्डामा निस्किने हो ? मलाई यहाँ उकुसमुकुस भयो । “ मैले प्रसङ्ग बदलेँ ।
“As u wish ! “
सुधाले नजिकैको दुईवटा कुर्सि बाहिर लिएर अघि लागि ! हामी बाहिर बरण्डामा बस्यौँ । गार्ड हाउसको धमिलो प्रकाश मेरो कोठाको बरण्डा सम्म आईरहेको थियो । मैले बाहिर बत्ति जलाउन आवश्यक ठानिन ।
“भन न त कथा किन रोकेको ?” सुधाले फेरि कथामा फर्कन आग्रह गरी ।
“तर उसले हात हटाएन , उसको भनाईमा उ म सँग बोल्न खोजेकै करिब चार पाँच महिना भइसकेको थियो रे त्यतिबेला र सारै हिम्मत जुटाएर आएको थियो रे उ त्यतिबेला , मैले उसको अनुहार हेरेँ थोरै नै भए पनि सत्यता देखे ! म थोरै हाँसे अनि के जान्दछौ तिमी मेरो बारेमा भनेर सोधेँ , म सँग त्यो बाहेक उसलाई सोध्न अरु प्रश्नहरु थिएनन् । “ जे सोध !“ उसले मेरो आँखामा आँखा मिलाउँदै जवाफ दियो । उसको आफु प्रतिको बिश्वास यति धेरै देखियो कि मलाई पनि उसलाई बिश्वास गर्न कर लाग्यो उ मेरो बारेमा सबै जान्दछ भनेर ! “
“अनि ?” यसपालि सुधा सुस्तरि बोली ।
“मैले उसको हातमा अटोग्राफको सट्टा मेरो मोबाइल नम्बर लेखिदिएँ हाम्रो सम्बन्धलाई बढावा दिन मलाई लाग्यो उसका आँखाहरु विश्वास गर्न योग्य छन् , सबै केटीहरु जस्तै मैले पनि यहिँ गल्ति गरेँ । “
“पहिलो भेटमैँ तिमी त्यति अघि बढ्यौ ?”
“ म सम्बन्धहरु नापतौल गरेर बनाउँदिन जे गर्छु एउटा नशा मानेर गर्छु ,That’s Why I am an addict ! “
“ok ! अनि ?”
“सबै सम्बन्ध हरु जस्तै हाम्रो सम्बन्ध पनि चरमोत्कर्ष मा पुग्यो मैले उसलाई कहिँ पनि हामी बिचको लक्ष्मण रेखाको अनुभव हुन दिईन , coz I trusted him र यस्ता कुरामा हिच्किचाउनु मेरो स्वभावमा थिएन ! मैले उसलाई व्हिस्कि ,चुरोट देखी उसको बेडरुम सम्म साथ दिएँ । “
म एकछिन चुप भएँ ।
“अनि एक दिन हामी विचको सानो misunderstanding मा He said I was cheap , If I can sleep so easily with him I can sleep with another guy too रे ! That created our break up ,मलाई पछि लाग्यो उ चाहन्थ्यो म उसको बाटो बाट हटुँ किनकि उसले चाहेको नै त्यहि थियो , मलाई थाहा छ केटाहरुको बिचारमा मेरो सोचका केटीहरु सँग जिवन गुजार्न सकिँदैन !”
मलाई यो घटना ले केटाहरु प्रति बचेकुचेको बिश्वासलाई पनि चिहानमा गाड्यो ।
सुधा यसपालि चुप नै रहि , उसले केहि पनि बोल्न सकिन । मैले आफ्नो कथालाई निरन्तरता दिइराखेँ ।
“ उ सँग को बिछोड अरु कुराहरु सँगको सामिप्यताको कारण बन्यो शायद म चुरोट व्हिस्कि बाट एक स्टेप माथि चढे त्यहिँबाट ! जब घर परिवारको बारेमा सोचेँ ! म धेरै टाढा आइसकेको थिएँ , मेरो लागि कल्पनाकुञ्ज का ढोका खुलिसकेका थिए ! “
म रोकिएँ एकछिन सुधा मेरो नजिकै थिई कुर्सिमा ढल्किरहेकी म थोरै उठेँ ।
“ मलाई लाग्छ तिमीले कथा मात्र भन्यौ यो तिम्रो कथा तिम्रो मुटु हलुका बनाउनलाई मात्र थिएन ! तिमी मलाई अरु पनि केहि भन्न चाहन्छौ ! भन न प्लिज ! for gods sake ! “
“ धेरै पछि कल्पनाकुञ्जमा कोहि साथि जस्ति कोहि आफ्नि जस्ति तिमी भेट्टाएँ ! तर जब मैले तिमीलाई कोहि केटा सँग देखेँ मलाई मेरो अतित याद आयो । मलाई थाहा छ तिमी यस्लाई गलतम ठान्नेछौ ,तर म तिमी सँग यति जोडिएको छु आजकल कि तिमी सँग जोडिएका अन्यहरु देखी इर्ष्या लागेर आउँछ । “ मैले आफ्ना आँशुले भरिएका आँखाले सुधालाई हेरेँ सुधाले धेरै बेर मौनता को बिचमा मेरो हात सुम्सुम्याई अनि केहि नबोलि जुरुक्क उठेर बाहिर बिस्किई ।
म ओछ्यानमा पल्टिएँ , तन्नाका फूलबुट्टा हरुसँगै काँडाहरु पनि पोतिएछन् क्यार ! धेरै बेर सम्म सुत्न सकिन । केहिले घोचे जस्तो भईरह्यो । सुधाको अनुहार धेरै बेर आँखामा आईरह्यो । अनि सोचेँ उसको मौनताले नबोलिकन पनि धेरै कुरा बोलेर गयो ।
भोलिपल्ट
सँधैजस्तै म बरण्डामै थिएँ । साँझका सिरेटाहरु यथावत थिए । मलाई छोईरहेकै थिए शायद भित्र भित्रै म जलिरहेको ऊनिहरुलाई पनि थाहा थियो । सुधा बिस्तारै गेटबाट भित्र आई । सँधै भन्दा उसको चाल ढिलो थियो । मैले घडि हेरेँ उ करिब दश मिनट ढिला भइसकेकी थिई । छ बजे देखि उसको ईभिनिङ्ग सिफ्ट शुरु हुने गर्छ कल्पनाकुञ्जमा । सँधै उ पंक्चुउल नै हुन्छे बेलुका तिर डेटिङ्ग गएपनि । उ कामलाई नै धेरै प्राथमिकता दिन्छे रोहनलाई भन्दा जस्तो लाग्छ मलाई कहिलेकाहिँ ! उ भित्र छिरि , म पनि बरण्डा बाट भित्र छिरेर गिटार लिएर आएँ , बजाउन खोजेँ । थोरै मेलोडिमा प्रोब्लेम आए झैँ लाग्यो , थोरै स्ट्रिङ्गस कसेँ एक छिन बजाउन खोजेँ । बजाउँदै जाँदा खासै रमाईलो नभए झैँ लाग्यो फेरि भित्र गएर गिटार थन्क्याईदिए अनि बाहिर राखेको चियरमा ढल्किएँ । हिजोका याद हरु यथावत थिए । चित्र बनेर मेरो वरिपरि घुमिरहेकै थिए ।
बेलुका रुटिन चेक अपमा सुधा भित्र छिरी । मेरो अनुहारलाई धेरै बेर सम्म हेरी ।
“के हेरेकी ?” मैले उसको आँखामा आँखा जुधाउँदै सोधेँ ।
“थाहा छैन यार , अनडिसाईडेड भएकी छु !” उसले बाहिर हेर्दै जवाफ फर्काई , शायद उ मेरो आँखामा आँखा जुधाउन चाहन्न थी ।
“मैले हिजो जे भने त्यसले प्रोब्लेम दिएको भने लिभ ईट ! एउटा साथि पाएकि छु अरु कारणहरुले गुमाउन चाहन्न । “
“बाहिर बस्ने हो एकछिन ? “ सुधाले प्रसंग बदलि ।
“जौँ न त त्यसोभए “ म कोठा मा भएका दुईवटा कुर्सि बोकेर बाहिर बरण्डा तिर लागेँ ।
“बत्ति बालौँ ? “ मैले सुधालाई एक चोटि सोधि टोपलेँ ।
“छोडदेउ ,के फरक पर्छ अँध्यारो र उज्यालो को तिमीलाई र मलाई ?”
“तिमी शायद मलाई केहि भन्न खोज्दैछौ ! “
“त्यस्तै केहि ,कहाँ बाट शुरु गर्ने नै थाहा छैन ! “
“भन न प्लिज ! “
“हिजो यहाँ बाट हिँड्ने बित्तिकै रोहन को फोन आएको थियो !” सुधाले मलाई नियाल्दै भनी ।
“अनि “ मैले कुर्सिको खुट्टाको रङ्ग नङ्ले कोट्याउँदै सोधेँ । कुर्सिमा रङ्ग लगाएको धेरै समय भईसकेको रहेछ । अलि अलि खुईलिन थालेको थियो ,अलि अलि उक्किन थालेको थियो । ऊक्किन लागेको लाई त कोट्याउने सामन्यतय जस्को उपस्थिति कमजोर देखिन्छ त्यसैमा त हो दुनियाँले प्रहार गर्ने !
“आज भेट्नको लागि कल गरेको रहेछ !”
“ भेट्यौ त ? “ मैले उसको कुरामा रुचि कौतुहलता देखाउन आवश्यक थियो । नभए उसले सोच्नेछे म उसको कुरामा ध्यान दिन्न भनेर !
“उसैलाई त भेटेर आएकि बेलुका !”
“तिमी आज दश मिनट ढिलो थियौ !” मैले उसलाई नियालिरहेको जानकारि तेर्स्याएँ ।
“मलाई थाहा छ तिमी बरण्डाबाट हेरीरहेकी थियौ । “ उसले म तिर नियाल्दै जवाफ फर्काई ।
म थोरै हाँसे झैँ गर्न खोजेँ । आजकल बिवश भएको छु म उसको सामु । थाहा छ उ अरु कसैकी हो र उसको र मेरो बिचको भावनाको साटासाटको आयु लामो छैन । तै पनि आफ्ना मुटु र दिमाग लड्दैछन् उसका लागि । म चाहन्छु उसको र मेरो बिचको सम्बन्ध रहिरहोस् । र यो पनि थाहा छ थोरै दुरि आवश्यक पनि छ उसको र मेरो सम्बन्धको निरन्तरताको लागि । तै पनि किन किन मन अनायासै युध्द मचाउन पनि तत्पर हुन्छ उसको लागि । हिजो देखि उ सोचिरहेकि होली मैले उसलाई एउटा उत्तर नभएको प्रश्न दिएकी छु तर उसलाई के थाहा त्यो प्रश्न मलाई कति अघि देखी पिरोलिरहेको छ भनेर ! अझ म त तिरस्क्रित भईसकेकी केटी !
“आज मलाई रोहनले पर्पोज गर्यो , उ मसँग बिहा गर्न चाहन्छ रे ! “ उसले चन्द्रमा नियाल्दै अघि रोकिएको गफलाई गति दिई । मैले केहि पनि बोल्न सकिन ।
“तिमीकेहि पनि किन बोल्दिनौ ? “ सुधाले म तिर फर्किदै प्रश्न राखि ।
“के भनौँ ? म स्वार्थि बन्न चाहन्न । “
“खोई , कहिलेकाहिँ मनमाँ साँचेका सपनाहरु पनि पुरा नभइकन त्यसै बीहान भइदिओस् झै लाग्छ । रोहन को यो प्रस्तावलाई कुरेर म करिब तिन महिना देखि बसेकी थिएँ , आज उसको यो प्रस्ताव पछि पनि मैले मलाई दुई चार दिन समय देउ भनेर समय माँगे । किन थाहा छैन !”
उसले आफ्नो आँखाको आँशु पुछि । मलाई उसको आँखाबाट आँशु पटक्कै कहिल्यै पनि नझरोस् झैँ लाग्छ ।
“तिमीलाई पनि थाहा छ यो भावनाको आयु छोटो छ ।“ मैले भित्रबाट रुमाल ल्याईदिँदै उसलाई भने ।
“थाहा छ तर मनलाई बुझाउन सकिरहेकि छैन । “
“तिमी भोलि नै गएर पर्पोज एक्सेप्ट गरिदेउ ! म पनि शायद यहाँ धेरै बस्दिन होला ,चिफले अब धेरै भए दुई तिन हफ्ता भन्दै थियो । ”
मैले उसको अनुहार पट्टि पिठ्युँ फर्काएर जवाफ फर्काएँ , मलाई आफ्नो आँशु उसलाई देखाउन मन थिएन तर उ मेरो अनुहार हेर्न खोजिरहेकी थिई ।
उ बिस्तारै निस्किई । उसले भोलिपल्ट नै मैले भनेको मानेर पर्पोज एक्सेप्ट गरेको खबर रोहनलाई पनि दिई । मेरो निस्किने दिन को पर्सिपल्ट उसको बिहाको साईत तोकियो । म भने आउन नसक्ने उसलाई मैले जानकारि दिएँ । म हिँड्ने दिन उ मेरो कोठामा आएकि थिई । म धेरै बेर उसको काँधमा टाउको राखेर रोएँ । उसले मलाई अब फेरि कल्पनाकुञ्ज नआउने गरी निको भएर जाँदैछु भनेर वाचा खुवाई । तल बुवा आमा मलाई लिन आउनु भएको थियो । टाढा पुगुन्जेलसम्म कल्पनाकुञ्ज ,त्यसको पर्खाल र पर्खाल भीत्र थुनिएकि मेरी सुधालाई हेरिरहेँ ।
07-21-08 7:42 AM
(स्रोत : साझा डट कम)