नेवारी लोक कथा : नेवारी गुभाजुको जादुको कथा

~अज्ञात~

नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ ।

एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने चेलाको धेरै जनसमुदायको बीचमा पेट काटेर मुटु र कलेजो झिकेर नजिकै एउटा केराको पातमा राख्दै आफ्नो चटकको बखान गर्दै थियो कि मसँग टक्कर लिने क्षमता कसैसँग छैन, म जे भन्छु त्यही हुन्छ । यस्तो अहंकारयक्त र एकोहोरो वचन उसले भनिरहेको थियो । त्यसै समयमा पाटनका गुभाजुलाई आफ्नो स्थानमा बसेर नै यो चटक थाहा भयो ।

गुभाजुले चटकेको अहंकार नष्ट गर्न भनी तुरुन्तै एउटा चील बनेर उसले केराको पातमा राखेको मुटु कलेजो लिएर उडें । अब चटकेलाई फसाद पर्यो । त्यो मुटु कलेजो नभए त केटो मर्ने भयो भनी ऊ छटपटाउन थाल्यो । अब के गर्ने ? यो बच्चालाई मारे त महापाप पनि लाग्छ । अर्को तिर यो बच्चालाई ज्यूँदो पार् भनी दर्शकहरुले कट्ने पो हन् कि भन्ने पिरले उसलाई सतायो । एकजना गभाजको चिनजानको व्यक्तिले चटकेसँँग भन्यो, पाटनको गभाजको घरमा जाऊ र उहाँसँग बिन्तीभाउ गरी माफी मागी खसी पारेर मट कलेजो ल्याई यसलाई बचाऊ ।

यो सनी चटके चेलोलाई त्यही छोडेर गभाजको घर खोज्दै गयो । घरको ढोका ढक् ढक् गर्ने बित्तिकै आमा चटके आयो चटके आयो भनी मैना चरी करायो । यो देखेर चटके छक्क पर्यो । सरासर भित्र पस्यो । भित्र त गभाजकी श्रीमती आफ्ना गोडालाई बाली चलामा बडेमानको घैंटामा रक्सी पार्दैथिइन् । दबै गोडा दनदनी बलिरहेको थियो । रक्सी उम्लिरहेको थियो । चटके फरि तीनछक पर्यो र हात जोड्दै आफ्नो समस्या बतायो ।

गभाजकी श्रीमतीले गभाज बाख्रा चराउन जंगल गएका छन् उहीँ गएर भेट्न भनिन् । चटकेले वनमा गएर खोज्यो । नजिकै पगेपछि बडो भयंकर आश्चर्य के देख्यो भने एउटा मान्छेले ठलो पीपलको रुखलाई आफ्नो बायाँ खट्टाले टप्पोदेखि फेदसम्म नै झकाएर बाख्रालाई ५० फिट माथिको रुखको पात सजिलैसँग खवाइरहेको थियो । यस्तो आश्चर्य देख्दा त चटकेकोे सातो नै गयो । आफले बारम्बार गर्ने अहंकार माथि लाज मान्दै र माफी माग्दै गभाजलाई बिन्ती गर्यो । गभाजले पनि दया गरी अब कहिल्यै पनि काठमाडौं आएर यस्तो काम गर्दिन भन्ने कबल गराई मट कलेजो दिई पठाए । यसरी उसको चेलो बाँच्यो र त्यो चटके मधेसतिर लाग्यो भन्ने नेवारी समदायमा प्राचीनकालको कथा चलिआएको छ ।

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.