कविता : रातो बाकस

~इन्द्रेणी शर्मा ‘जलद’~Mohan Acharya Jalad

नेपालीको जीवनको रङ्ग देख्छु रातो
पिडा र कष्टले भरिएकोले पहेलो
खोज्दै जान्छु रहश्य यथार्थहरु
सार्है मुस्किल हुन्छ समाधान गर्न
म कथा सुरु गर्दैछु लाहुरेको प्रसङ्ग
हुनेहार युवाहरुको विदेश पलायन
सत्ताभोगिको चरम विलाशी आवाज
जब संचार माध्यमले सुनाउछ
म दिक्क हुन्छु ति अतितहरु सम्झेर
म ब्याकुल हुन्छु नेपाली परिवेश देखेर
कति सुन्दर थिए गाम्बेशीका मिठा बोलीहरु
देशभक्ति र प्रजातन्त्र गण तन्त्रको नाममा
गरिएका बाचा कसम शहिदका परिबारले सोध्छन
म दिक्क हुन्छु देशद्रोही आततायी नेताको कुकर्म सम्झेर
१० बर्षको हिँसा आतंकको कारण देश धुजा धुजा भयो
के उपलब्धि भयो ? मात्र नेताको स्वार्थ पुरा भयो
के पाए ति युवाहरुले ? बिदेशिन बाध्य भए
के पाए सहिदका आफन्तीजनले ?गुमाए दम्पति र प्यारा सन्तानहरु
म बहिरो अन्धो र लाटो भएर हेर्न सक्दिन
म पनि तिम्रो साहसिक यात्रामा लागेको थिएँ
म रातो बाकसमा जन्मभूमिमा फर्कुला नफर्कुला
मेरो बाकशमाथि जिउदो इतिहास बोल्नेछ
त्रिभुवन विमानस्थलमा आउने प्रत्येक रातो बाकसले भन्नेछ
देशघाती देशद्रोही नेताहरुको कारण म आएको हुँ
देशको माया गर्ने नेपाली युवा किन बिदेशिन बाध्य हुन्थे ?
इराकको अफगानिस्तानको मुटु कपाउने दृश्य
म रातो बाकस म निर्जीव भएर निर्जीव नेपाली माटो बोक्नु
म आफै दुखित छु
जसले जिउदो हुदा पठाएको रेमिट्यान्सले बाच्नेहरु
आज नेपाली धर्तीमा आउनु मेरो बिडम्बना छ
रातो बाकसले भन्दै थियो
हे जिउदा युवा हो देश तिम्रो हो जाग उठ !
हत्यारा भोगीलाई मेरो कब्जामा राखी देश चलाउनु
जलाउनु मेरोसाथ् ति जिउदा लाशलाई
नया नेपालको संरचना गर्नु छिमेकीको मुकाबिला गर्नु
देखाउनु पुर्खाको इमान सम्मान देश बनाउनु !
आज देख्दैछु त्यो दृश्य म जुन नेपाली युवा भोग्दैछन
समाधान गर्नुछ स्वदेशमै अब बसेर !
अब कहिल्यै रातो बाकस बोकेर बिमान नआओस
देशले अंगालोस युवाहरुको जिउदा आवाजहरु
युवाले समालुन बर्तमान राजनीतिका बिधिहरु
देशका मुसा धमिरा ब्वासा गिद्ध फ्याउरा बौलाहा कुकुरहरुको
दिनै पर्छ मृत्यु दण्ड यी परिजिबिहरुको
म रातो बाकसको आवाज सुन्छु
शायद यहि भन्दै थियो होला
कविले मार्मिक कुरा सम्झे होला
ति गद्दारले केके सुने के के बुझे
रातो बाकसमा आउने ति निर्दोष नेपाली युवाको लासले केके भने होलान ?
के तपाइले सुन्नु भयो ?

मोहन आचार्य जलद/ इन्द्रेणी शर्मा
वोकिंग बेलायत
१७ जनवरी २०१७

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.