~सन्तोषराज पोख्रेल~
साउनको महिना तर पनि पानी पर्ने कुनै छेकछन्द छैन । आकाशमा बादलको कालो छाँया नाचिरहेजस्तो लागेपनि विगत दुई दिनदेखि नभएको वर्षातका कारण काठमाडौंको आर्दता ह्वात्तै बढेको छ । घडीले साँझको ६ः३० बजाइसकेछ । केटाहरुले मन नलागेझै चुरोटको कस लिए । धेरै समय बेरोजगारकै भीड लाग्ने भृकुटीमण्डपमा साँझपख कार्यालयपछिको समय बिताउनेहरुको पनि बाक्लै जमघट हुनेगरेको छ ।
सधैझै आज पनि उस्तै चहलपहल बोकेको छ यो ठाउँले । केटाहरुले दोश्रो कप चियाको अर्डर गरे । चुरोटको कस सँगैको चियाको चुस्कीले केहीको मुहारमा ओलम्पिकमा गोल्ड मेडल जितेजस्तै सन्तुष्टि देखियो । समय साँझको ७ बजिसकेछ । घरमा श्रीमती हुने एकजनाले मलाई त ढिलो भयो भन्दै दुईकप चियाको २५ रुपैयाँ टेबुलमा हुत्यायो (दुईकप चियाको २४ भएपनि २५ रुपैयाँ तिरेकोमा उसले आफुलाई निकै ठूलो दान गरेको सम्झेर गौरवान्वित महसुस गर्यो ।
जो उसको मुहारमा स्पष्ट झल्कन्थ्यो) र हेल्मेट तानेर घरतिर लाग्यो । यसक्रममा आउने जानेको नियमितता चलिरहेको थियो । घडीमा साँझको ७ः२० बजेको थियो । अहिलेसम्म खाएको चिया तथा खाजाको पैसा तिर्न केटाहरुले सेण्टर कलेक्सन शुरु गरे । कसैले ५ रुपैयाँ बढी तिरे , कसैले २ कप चियाको मेरो त १ कप भन्दै १० रुपैयाँ मात्र तिरे । कसैले उठेकै पैसाले पुगे तिर्नु नपर्ला भनेर कुरिरहे । यो त नियमितताको एउटा पाटो नै भयो ।
डेढ वर्षअघि स्कुटी किन्दा सित्तैमा आएको होण्डाको हेल्मेट थियो त्यो, जसलाई उसले आफ्नो ठानेको थियो , कति मायाले जतन गरेर लगाउने गथ्र्यो, आफ्नो टाउकोमा चोट लागे पनि हेल्मेटमा केही नहोस भनेर सचेत रहन्थ्यो
तर, अचम्म आज एउटा नियमित भन्दा फरक घटना त्यहाँ घट्यो । घर जानु पर्यो भनेर तयार भएको सल्यानको टेबुलमा राखेको हेल्मेट गायब । सल्यानले सोच्यो , केटाहरुले जोक गरेका होलान , तर वास्तविकता त्यस्तो थिएन । उसको हेल्मेट साँच्चै हरायो । उसको आँखै अगाडी ब्रम्हाण्ड नाचे जस्तो भयो ।
हल्का अध्याँरोमा पनि उसले चारैतिर निष्पट्ट अध्याँरो महसुस गरयो । हुन पनि उसको डेढ वर्षअघि स्कुटी किन्दा सित्तैमा आएको होण्डाको हेल्मेट थियो त्यो, जसलाई उसले आफ्नो ठानेको थियो , कति मायाले जतन गरेर लगाउने गथ्र्यो, आफ्नो टाउकोमा चोट लागे पनि हेल्मेटमा केही नहोस भनेर सचेत रहन्थ्यो उ ।
सल्यानले मुटुमाथि ढुङगा राखेरै भएपनि ६ सय ५० रुपैयाँमा नयाँ हेल्मेट किन्यो । हेल्मेट किन्न सँगै गएको साथीले हेल्मेट किनिसेकपछि मसँग घरमा एक्स्ट्रा हेल्मेट पनि थियो, तर तपाईले किनिहाल्नु भयो भनेर जिस्कायो । उसले यसो भन्दा सल्यान पीडाले रुन मात्र सकेन
आज उसको प्रिय बस्तु उबाट एकाएक लुटेर लग्यो कसैले । यो भन्दा पीडा अरु के हुन सक्छ जीवनमा, उसले सोच्यो । तर , उसको पीडाको श्रृङ्खला यही समाप्त हुने थिएन । किनकी अब उसले नगदै तिरेर अर्को हेल्मेट किन्नु जस्तो अर्को पीडादायी काम बाध्यताले गर्नैपर्ने थियो । समय पनि कस्तो कस्तो आउँछ जीवनमा ।
सल्यानले मुटुमाथि ढुङगा राखेरै भएपनि ६ सय ५० रुपैयाँमा नयाँ हेल्मेट किन्यो । हेल्मेट किन्न सँगै गएको साथीले हेल्मेट किनिसेकपछि मसँग घरमा एक्स्ट्रा हेल्मेट पनि थियो, तर तपाईले किनिहाल्नु भयो भनेर जिस्कायो । उसले यसो भन्दा सल्यान पीडाले रुन मात्र सकेन । हुन त उसलाई त्यहीं बसेर धुरुधुरु रुन मन थियो । तर, उ यसरी रुन सकेन, मनका पीडा मनमै गाँठो पारेर उ घरतर्फ लाग्यो । त्यो रातभर निदाउन सकेन उ , स्कूलमा पनि मन लगाएर पढाउन सकेन । दिनभर निन्याउरो मुख लगाएर अरुले लगाएका हेल्मेट हेर्दै चित्त दुखाइरह्यो ।
धेरैले सल्यान सर के भयो भनेर सोधिरहे । उ फिस्स हाँसेर जवाफ दिन्थ्यो । उसको अवस्था अर्को दिन पनि उस्तै रह्यो । अर्कोदिन उसले बिचार गर्यो सधै यसरी बसेर हुँदैन, बरु हराएको हेल्मेट र नयाँ किनेको हेल्मेटको क्षतिपूर्ति गर्नुपर्छ । पहिले त उसले कसैको हेलमेट आफुले पनि उडाउने बिचार गर्यो । तर, उसले त्यस्तो गर्ने आट जुटाउन नसक्ने निश्चय गर्यो र मनमनै अर्को बाचा गर्यो ।
देखि चिया दिनको एक कप मात्र खान्छु, खाजा पनि हप्ताको एक पटकमात्र खान्छु । यसो गर्दा दिनको करीब ६० रुपैयाँ बच्छ । यसो गर्दा १ महिनामा दुवै हेलमेटको क्षतिपूर्ति हुन्छ ।’ यसरी सल्यानले मनमनै आफ्नो मन बुझायो र आफ्नो निर्माणमा अडिग रहने अर्को बाचा गर्यो ।
‘खासमा मलाई त्यो हेलमेट हराएकोमा साथीहरुले सोचेजस्तो कुनै पीडा भाकै छैन’,सल्यानले अलि अध्याँरो अनुहार पारेरै प्रष्टीकरण दिन चाह्यो ।
सल्यान सर नयाँ हेलमेट लिनुभएछ नि ?, यो त सेकेण्डह्याण्ड जस्तो छ नि ?, के यस्तो घटिया हेलमेट किनेको यार तपाईले ? मेरोमा २ वटा एक्स्ट्रा हेलमेट थियो किनिहाल्नुभएछ । विगत दुई हप्तादेखि यस्ता आवाजमात्र ठोकिरहन्छन उसका कानमा । जुन कुरा बिर्सन खोज्छ उ त्यही कुरा उप्काइरहन्छन साथीहरु । एउटा बलात्कार भएकी युवतीलाई बयान लिने बहानमा पुलिस सोधिरहन्छ, ‘तिमि कसरी बलात्कृत भयौं’ युवती निरुत्तर आँशु झारिरहन्छे ।
उसका आँखाले भने उसले झुटो बोलिरहेको कुरा झनै स्पष्टताका साथ बताइरहेका थिए । कति दिन रहन्छ मान्छेमा कुनै बस्तु गुमाउँदाको पीडा , शायदै यो नाप्ने यन्त्र कुनै बैज्ञानिकले अहिलेसम्म बनाएको छैन । मान्छेपिच्छे पीडाको मात्रा फरक—फरक हुन्छ होला । यहाँ पीडा कसैले धुवाँमा उडाएका छन, कसैले रुवाइमा बगाएका छन ।
हेलमेट हराएको पनि १४ दिन अर्थात २ हप्ता भइसकेछ । तर , सल्यान भने उस्तै उदास र चिन्तित देखिइरहयो यो समयसम्म । भन्नेलाई त कति सजिलो , जाबो एउटा हेलमेट हराएको त हो नि, त्यो पनि पुरानो भनेर भन्थे । तर, घाउ लाग्नेलाई मात्र दुखाईको पीडा थाहा हुन्छ भनेजस्तो भएको थियो उसलाई । साथीहरु भने काटेको घाउमा नुनचुक दलिरहन्छन ।
सल्यान सर नयाँ हेलमेट लिनुभएछ नि ?, यो त सेकेण्डह्याण्ड जस्तो छ नि ?, के यस्तो घटिया हेलमेट किनेको यार तपाईले ? मेरोमा २ वटा एक्स्ट्रा हेलमेट थियो किनिहाल्नुभएछ । विगत दुई हप्तादेखि यस्ता आवाजमात्र ठोकिरहन्छन उसका कानमा । जुन कुरा बिर्सन खोज्छ उ त्यही कुरा उप्काइरहन्छन साथीहरु । एउटा बलात्कार भएकी युवतीलाई बयान लिने बहानमा पुलिस सोधिरहन्छ, ‘तिमि कसरी बलात्कृत भयौं’ युवती निरुत्तर आँशु झारिरहन्छे ।
कसरी ब्यक्त गरोस त्यो पीडा उसले बिचरा । यहाँ पनि साथी भनाउँदाहरु सल्यानमाथि बलात्कार गरिरहन्छन । उ निरुत्तर आँखामा बाँध बाँधिरहन्छ मनमा बाढी आएपनि । आज आकाश कति खुलेको छ । पर चन्द्रागिरि डाँडामा अस्ताउन लागेको सूर्य यतै फर्केर मुस्काएजस्तो लाग्छ ।
सबैले खाएको बिल ४५६ रुपैयाँ तिर्यो र एकछिन हाँस्यो । हामी सबै जना चुपचाप थियौं । सल्यानमा एक्कासी आएको यस्तो परिवर्तन देखेर । रातको ३ बजे एक्कासि म ब्युँझेछु , यो त सपना पो रहिछ । सल्यानले सबैको बिल चुक्ता गरेको । कस्तो नराम्रो सपना
बादलका काला बाछिटा सूर्यको चमक सामु त्यतै कतै बिलाए होलान । म पनि यसरी सधैं खुल्न सके, मुस्कुराउन सके केहीबेर घोत्लिन्छु म । ‘सन्तोष तिमि चिया खाने हो’ मेरो हो भन्ने मुन्टो हल्लाइसँगै समीले ६ कप चियाको अर्डर गर्यो । आज त सल्यानले पनि २ कप चिया खाइसकेछ, तेश्रोमा पनि उसले ओके भन्यो । मैले सोचे शायद उ पनि हेलमेट हराएको पीडा बाट बाहिरिदैं छ ।
शायद उसले भागवत गीता पढयो होला । मैले उसको ल्यापटमा भागवत गीताको सफ्ट कपी देखेको थिए । भगवान श्रीकृष्ण्ँले अर्जुनको त मन परिवर्तन गराए भने जाबो सल्यान को हो र ? उसले महसुस गर्यो होला श्रीकृष्ण्ँका ति वाणीहरु जसले लोभीलाई दानी र भोगीलाई त्यागी बनाउन प्रेरित गर्छन । आखिर उ पनि त पढेलेखेको, देशबिदेश घुमेको र संसार बुझेको मान्छे नै हो ।
मैले यसरी आफैलाई सम्झाए । तर वास्तविकता अर्कै रहेछ , उसले १ कप चियाको मात्र पैसा तिर्यो र बाँकी २ कप चियाको पैसा अर्कैले तिर्यो , चिया अर्डर हुनुभन्दा पहिल्यैको शर्त अनुसार रे । अब म विश्वस्त भए । साला यसलाई सुधार्न भगवान कृष्ण्ँले पनि के सक्थे । भगवान कृष्ण्ँ जिउँदै भए यसले भागवत गीताको ल्यापटमा भएको सफ्ट कपी पनि पेनड्राइभमा हालेर उनैलाई बेच्थ्यो होला । हेलमेट हराएको आज २० औं दिन ।
भृकुटीमण्डप नामक दैनिक प्रसारण्ँ हुने टेलिसियलका पात्रहरु हामी आफ्नो अभिनय गरिरहेछौं उसैगरी सधैंझैं । चिया, चुरोट, चाउमिन, चप, पकौंडासँग गफको नियमितता उस्तै छ । कलाकारहरुको उपस्थिति बाँक्लिदै छ र सँगसँगै चुरोटको धुवाँ पनि । समी, जोरस, दिवस, सुनिल, नवराज, जय, नरेश , क्षितिज, श्रद्धा, सिद्धार्थ, अभि लगायत हामी सबै मस्त छौं यहाँ आफनै लयमा सधैंझै । एकाएक सल्यानको उपस्थिति भयो त्यहाँ । आँखामा चमक, ओठमा हाँसो र मुहारमा प्रसन्नता सहितको सल्यान देखेर सबै छक्क परे ।
‘मलाई लोभी भन्ने हैन तिमिहरु साला, आजको सबै पैसा म तिर्छु, पैसा मात्र तिर्न आको म, हेलमेट हरायो भनेर हेप्ने मलाई’ उ अलि आक्रोशित देखिन्थ्यो । यसपछि उ सरासर काउण्टरमा गयो । सबैले खाएको बिल ४५६ रुपैयाँ तिर्यो र एकछिन हाँस्यो । हामी सबै जना चुपचाप थियौं । सल्यानमा एक्कासी आएको यस्तो परिवर्तन देखेर । रातको ३ बजे एक्कासि म ब्युँझेछु , यो त सपना पो रहिछ । सल्यानले सबैको बिल चुक्ता गरेको । कस्तो नराम्रो सपना । अब आजको बाँकी रात निदाउँदिन होला म ।
नयाँबजार, काठमाडौं
(स्रोत : Lightnepal.com)