पुस्तक समीक्षा : अपव्याख्यामा माधवी मिथक : मानवी कि पृथ्वी ?

~सुरज दहाल~book-cover-madhavi-madanmani-dixit

“माधवी”महाभारत , उधोग पर्वको एक मिथक हो । नेपाली जगतमा माधवी मदनमणी दिक्षितको उपन्यास मार्फत परिचित छ भने भारतिय जगतमा माधवी भिष्म साहनीको प्रसिद्ध नाटक र अनुपमा निरंजनको उपन्यास पनि हो ।

“माधवी” नहुष कुलमा चन्द्रवंशका पाचौ राजा ययाती पुत्रीको रूपमा प्रस्तुत एक नारी पात्रको रूपमा चित्रीत गरिएको छ जबकि माधवी कसकि पुत्री हुन ? माधवीकि माताको नाम कतैपनी उल्लेखित छैन । गालव विश्वमित्रको एक अत्यन्त प्रिय शिष्य हो जसलाई माधवीले प्रेम गर्दछिन ।

बाइबलमा याकुबका बाह्र पुत्रले अलग अलग वंशजको विकास भएको र ययातिका पाँच पुत्र बाट पाँच वंशज अगाडी बढेको सम्बन्ध रोचक लाग्दछ । यदु र पुरु जस्ता पुत्रका पिता सम्राट ययातीले गालवलाई आफ्नी पुत्रीमाधवी सजिलै दान दिएको कुरा अस्वभाविक लाग्दछ ।  कथामा विश्वमित्र ऋषिले गालव सग गुरु दक्षिणामा आठ सय श्यामकर्ण चन्द्रप्रभायुक्त घोडा माग्दछ्न जुन हर्यश्व , दिवोदास र भोजराज जस्ता सम्राट सग पनि दुSuraj Dahalई -दुई सय मात्र हुन्छ्न । विश्वमित्र ऋषिले आठ सय प्राप्त घोडा गरेपनी त्यति ठुलो संख्यामा घोडा व्यवस्थापन गर्न सक्ने सम्भावना नै छैन जबकि सम्राटहरु सग दुई -दुई सय मात्र थियो ।यहि विश्लेषण गरेर होला मदनमणि दिक्षितले घोडाको संख्या चारमा झारेर उपन्यास लेखिदिए । ययाती जस्ताकि पुत्री माधवी जस्ती परमसुन्दरी चिरकौमार्यले युक्त कुमारी गालवले घोडा सग साटदै जाने भन्ने कुरा पनि सम्भव छैन ।

माधवी आफै पनि गालवलाई पाउनकै लागी त्याग समर्पणको प्रपञ्चमा तिन सम्राट र विश्वमित्र ऋषिको लागि सन्तान जन्माउन पुगिन भन्नेकुरा नै तर्कहिन लाग्न सक्दछ । एउटा मिथ “माधवी” लाई  यहा सम्भव वा असम्भव , वैज्ञानिक वा अवैज्ञानिक वा तथ्यपरक वा तथ्यहिनको रूपमा विश्लेषण गर्न खोजिएको हैन । यहा माधवीलाई एउटा नारी पात्र , एउटी दान गरिएकि पुत्री , ययाती र गालवको मान प्रतिष्ठा कायम गर्ने साधन र सन्तान जन्माउने औजारको रूपमा मात्र हेर्नु मिथक माथीको अन्याय हुनेछ । महाभारतमा उल्लेखित हरेक पात्र र प्रवृत्ति प्रतिकात्मक भएजस्तै माधवी एक प्रतिक हुन ।माधवी एक विम्ब हुन ।माधवीलाई फेमिनिस्ट दृष्टिकोण बाट मात्र हेर्नु गलत हुनेछ ।साल्वेडर डालिका कलाका व्याख्याता आन्द्रे बेन्ता ने भनेका थिए ” चेतनाको त्यो स्तर पनि हुन्छ जहा जीवन र मृत्यु, वास्तविक र काल्पनिक , भुत र भविष्यको अर्न्तविरोध समाप्त हुन्छ ।

माधवी र चिरकौमार्यको अवधारणा :
माधवीलाई प्राप्त चिरकौमार्यको वरदान र यसको अवधारणाले पुरै कथालाई निरन्तरता प्रदान गरेको छ । यदि माधवीलाई चिर कौमार्य प्राप्त थिएन भने माधवी क्रमै सग हर्यश्व , दिवोदास र भोजराज जस्ता राजा र विश्वमित्र जस्ता महर्षीको लागी स्वीकार्य हुने थिइनन।विश्वमित्रको यज्ञ सम्पन्न हुने थिएन । माधवी वसुमना , प्रतर्दन , शिवी र अष्टक जस्ता प्रतापी शुरविर लोकप्रसिद्ध सन्तानको माता बन्ने थिइनन ।माधवीको चिरकौमार्य यहा प्रतिकात्मक रूपमा नारीको चिर सृष्टिको शक्ति हो ।अध्यात्मिक रूपमा माधवीको चिरकौमार्यले नारी कुमारीत्वको परिभाषालाई अझ पृथक बनाएको छ । कौमार्य यौनिकतामा मात्र सिमित राखेर हेर्ने आधुनिक समाजको लागी माधवीको चिर कौमार्य शिक्षाको विषय हो ।उपन्यासकार , नाटककार र व्याख्याताहरुले अभिव्यक्त नगरेपनी माधवीमा पिताको प्रतिष्ठा कायम राख्न सफल भएकि एक गौरवशाली छोरी ,गालवका लागी उनको त्याग , तिन सम्राट र एक त्रिभुवन प्रशिद्ध ऋषिलाई सन्तान दान गर्नुको महानता चार किर्तिमानी सन्तानको माता हुनुको गर्व  ,पिता ययातीलाई स्वर्गमा पुन-बास गराउन सफल हुनुको एउटा आत्मसम्मानले माधवी एक पिडित वस्तुकरण गरिएकि नारी हैन सबै सम्राट आफ्ना पुत्रहरु , नाग जेय रआफ्नै पिता सम्मका नजरमा आदरणिय र सम्मानित बन्न पुग्दछिन । मातृसत्तात्मक दृष्टिकोण बाट माधवी पात्र पिडित हैन हर्यश्व , काशिराज दिवोदास , भोजराज र विश्वमित्र  जस्ता पुरुष सन्तान प्राप्तिका लागी लाचार प्रमाणित हुन्छ्न । गालव आफैमा गुरु दक्षिणा दिन माधविमा निर्भर छ । यहानेर  नारीको सृष्टि शक्तिको गरिमा , पुरुषको एक नारी माथीको परनिर्भरता अभिव्यक्त छ नकि माधवीको वस्तुकरण !

माधवीको कोख वस्तु कि पृथ्वी ?
शिल्पी थिएटरमा नाटक हेरेर पालैपालो राजाहरु सग गइन सन्तान जन्माइन माधवीको कोख एउटा वस्तुको रूपमा प्रस्तुत छ भन्ने जस्ता तर्कहरु पनि दृश्यमा आए तर यहा नारीको पाठेघर वस्तुकरण भएको छैन । आफ्ना पुत्रहरुले गरेको हरेक कर्मको श्रेय माधवी बाट अलग देखिदैन भने हर्यश्व , दोवोदास , भोजराज र विश्वमित्र बाट जन्मेका पुत्रको वंशावली ययाती सग जोडिन पुग्दछ । ययाती स्वर्गबाट झरेपछी ययातीलाई स्वर्गमा पुनबास गराउन माधवी पुत्रका तपको सहायता लिन्छिन यसर्थमा माधविको आफ्ना पुत्रमाथी पुर्ण अधिकार देखिन्छ ।ग्रिक इतिहासकार प्लुटार्कले लेखेका थिए सुकरातले आफ्नी श्रीमती झांटिपलाई आफ्नो साथी अल्कि वियाडिप लाई सुखभोग गर्न सुम्पिएका थिए । माधवी सगको सुखभोगका खातिर हैन!, श्यामकर्ण चन्द्रप्रभायुक्त घोडा प्राप्तिका लागी जबर्जस्त गालवले सुम्पेको हैन माधवी चक्रवर्ती सम्राट जन्माउनको लागी पटकपटक आमा बनेकि थिइन ।

संसारको इतिहासमा मानिसले कतिपय अवस्थामा मिथक लेख्दा लेख्दै इतिहास लेख्न पुगेको छ त कतिपय अवस्थामा इतिहास मिथक बनेको छ । यहा माधवी कुनै एक माधवी नारीको रूपमा भन्दापनी स्वयम पृथ्वी हुन । राजा ययातीले माधवी एक नारी रूप हैनकि गालवलाई उर्बर यज्ञोपवित भुमिदान गरेको हुनुपर्छ ।राजाहरुलाई भुपती पनि भनिन्थ्यो र हर्श्वय ,दिवोदास र भोगराज राजाहरुले गालवले पाएको भुमीमा पालैपालो अधिपत्य जमाएको हुनुपर्छ । महातपस्वीनि शाण्डिलीले गालवको संकट समाधान गर्न ययातीलाई माधवी पुत्री दान दिएको महाभारतिय कथन र वाल्मीकि रामायणको उत्तरकाण्ड ९७/१४मा माता सिताले माधवी देविको नाम लिदै भगवान राम बाहेर अरु कसैलाई पति नमान्ने सपथ खानु संयोग मात्र हैन ।गंगाका नामहरुमा माधवी एक नाम हुनु , राधाकि सखीको रूपमा माधवी , यमुनाका सह्रस नामहरुमा एक नाम माधवी हुनु ,सुभद्रालाई माधवी संज्ञा दिइनु , श्रीशल तिर्थमा देविका माधवी नामले विराजित हुनु सगै माधवी आफैमा भगवान माधव /विष्णु पत्नी हुनुले माधवी लाई एउटा महिला वा ययाती पुत्रीको रूपमा मात्र सिमित राख्दैन । पृथ्वीको उर्बरता नै माधवीको चिरकौमार्य प्रतिकात्मक रूपमा उल्लेखनिय लाग्दछ ।

एक निष्ठावान गुरु सेवक गालव :
वास्तवमा गालव एउटा स्वार्थी प्रेमी भन्दापनी गुरु प्रति बफादार आफ्नो कर्तव्य प्रती प्रतिबद्ध शिष्य प्रतित हुन्छ ।मदनमणिकृत माधविमा चार श्यामकर्ण चन्द्रप्रभायुक्त चार घोडा लेखिनु र माधवीका चार पुत्रले संयुक्त यज्ञ गर्नुमा कतै “विश्वमित्रको खोज यज्ञ गर्ने ऋषिहरु ” त हैनन भन्ने सोचेर आठ सय घोडाको बदलामा चार उल्लेख गरिएको त हैन भन्ने कुरा पनि मननिय लाग्दछ । गालव परमसुन्दरी  माधवी प्रती मोहित भएन उसले चाहेको भए ययाती बाट दानमा पाउने साथ आफैसग राख्न सक्थ्यो ।यसर्थमा गालव प्रतिकात्मक रूपमा एक महान शिष्य र प्रकरणात्मक रूपमा एक त्यागी प्रेमी पात्र हो ।

आधुनिक फेमिनिस्टको टेबुलमा बलात्कृत माधवी :
“माधवी ” पात्र आजको समाजमा अवश्य पनि छैनन । माधवीलाई पुरुषसत्तात्मक समाजको एक पात्रको रूपमा सिमित गरिनु गलत हुन्छ ।पुरुष सत्ता आफैमा मातृसत्तात्मक व्यवस्थाको विरोधी हैन ।दुवैको माधवी आफैमा एक नायिका हुन जसरी महाभारतकि महानायिका द्रोपदी हुन । माधवी उपन्यास वा नाटकलाई एउटा घटना वा समाज सग मिल्दोजुल्दो घटनामा आधारित काल्पनिक साहित्य मात्र ठानेर व्याख्या गर्नु गलत हुन्छ ।माधवी पिडित त्यो अर्थमा मात्र छिन जुन तार्किक आधारमा पृथ्वी पिडित छ । माधवीलाई बहसमा ल्याउदा एउटा मानवी महिलाको रूपमा पटकपटक बलात्कृत देख्नु फेमिनिस्ट हरुकै लागी तर्कहिन हुन जान्छ । कुनैपनी साहित्य रचना , मिथक वा इतिहास सत्यको तराजुमा जोखिन जरुरी हुन्छ यसको लिङ्ग विशेषको पक्ष वा विपक्षमा रहेर यथार्थ विश्लेषण आउन सक्दैन ।

(स्रोत : Kantipath.com)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.