व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।

शारीरिक र भौतिकरूपमा कुनै रोग नदेखिएपछि अन्ततः उनलाई मानसिक अस्पतालमा लगियो। त्यहाँ उसका बारेमा सबै कुरा सुनिसकेपछि डाक्टरले सोधे, “गोपालप्रसाद रिमाल पनि एक समय यस्तै भएका थिए। कतै तपाईं पनि खाँट्टी राष्ट्रवादी त होइन?”

समाप्त

(स्रोत : समकालीन साहित्य)

This entry was posted in लघुकथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.