~दिपेन्द्र खड्का~
बास्ना रुपी तिम्रो अधर चुम्न पाए हुन्थ्यो
तिम्रो नयनको वरीपरि घुम्न पाए हुन्थ्यो
लैबरीको भाका अनि झ्याउरे लोक गीतमा
दौरा सुरुवाल टोपी लगाई झुम्न पाए हुन्थ्यो
जब तिमी मुस्कुराउछयौ दिल खोलेर परि झै
तिम्रै अघि यो जिन्दगानी हुम्न पाए हुन्थ्यो
साचो तिम्रो प्यारले संसार भुलाई दिन्छ तब
तिम्रो धड़कन भित्र एक्लै गुम्न पाए हुन्थ्यो
दीपेन्द्र खडका
मोरंग – टांडी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )