पुस्तक समीक्षा : सम्भावनाको ढोका खोल्ने उपन्यास

~हरि अधिकारी~book-cover_karnali-blues

युवाकवि बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको प्रकाशनलाई नेपाली साहित्यको संसारमा यसवर्ष भएको एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् । गत वर्ष उर्गेनको घोडा लिएर आएका र चर्चा र प्रशंसा दुवै बटुल्न सफल भएका वामपन्थी लेखक युग पाठकझैँ बुद्धिसागर पनि आख्यानको क्षेत्रमा पहिलोपल्ट हात हालेका स्रष्टा हुन् । तर, पहिलो कृतिबाट नै उनले ठूलो सम्भावनाको ढोका खोलेका छन् ।

कर्नाली ब्लुज पूर्णतः आञ्चलिक उपन्यास हो । यसमार्फत नेपाली साहित्यमा पहिलोपल्ट कर्णाली नदी प्रवाह क्षेत्रको जनजीवन आफ्ना विविध रंग, गन्ध र प्रकाशका साथ प्रभावशाली ढंगमा उभारमा आएको छ । त्यो भूभाग र जनजीवन नेपाली साहित्यमा लगभग अनुपस्थित रहेकामा त्यहीँका भूमिपुत्र बुद्धिसागरले त्यो कमी पूरा गर्ने hari-adhakariजमर्को गरेका छन् । उपन्यास आत्मकथात्मक शैलीमा लेखिएको छ । मुख्य पात्र ‘म’का रूपमा लेखक स्वयं कथावाचक बनेका छन् । केही पृष्ठ पढ्नासाथ पाठकले थाहा पाउँछ, बुद्धिसागरले यस उपन्यासको रचना आफ्नो जरो गडेको जमिनको पुनः अन्वेषण गर्ने प्रक्रियाका रूपमा गरेका छन् । यस मेसोमा उनले आफ्नो बाल्यकाल र किशोरावस्थाका अनगिन्ती स्मृतिहरूलाई उधिन्ने र त्यसका दर्पणमा त्यहाँको जनजीवनलाई फेरि एकपल्ट नियालेर हेर्ने प्रयास गरेका छन् ।

नेपाली साहित्यमा कुनै विशिष्ट स्थान, परिवेश र समाजमा पूर्णतः केन्द्रित भई औपन्यासिक कृतिको रचना गर्ने प्रयास पहिलेदेखि नै हुँदै आएको छ । विश्वेश्वरप्रसाद कोइरालाका सुम्निमा र मोदिआइन, धच गोतामेका घामका पाइला र यहाँदेखि त्यहाँसम्म, शंकर कोइरालाको खैरेनीघाट, दौलतविक्रम विष्टको एक पालुवा अनेकौँ याम, गोविन्द गोठालेको पल्लो घरको झ्याल, नयनराज पाण्डेको उलार, अमर न्यौपानेको पानीको घाम आदि कृतिलाई यसै कोटिमा राख्न सकिन्छ, जसले विषयवस्तु, भावभूमि र चरत्रिहरूका विविधताका बलमा नेपाली आख्यानको भण्डारलाई समृद्ध बनाएका छन् । कर्नाली ब्लुजलेे यही समृद्ध परम्परासँग आफूलाई जोडेको छ । नेपाली आख्यान जगत्का गतिला प्राप्तिका रूपमा लिइने यी कृतिहरूसँग यसलाई दाँज्ने र एउटा निष्कर्षमा पुग्ने यो समीक्षकले अहिलेका लागि इरादा लिएको छैन । तर, सर्सर्ती हेर्दा कुनै पक्षमा कर्नाली ब्लुज बेजोड देखापर्छ भने कतिपय दृष्टिले हेर्दा फितलो र झिँजोलाग्दो पनि ।

कर्नाली ब्लुजको कथावस्तुमा खासै जटिलता छैन । यसमा एउटा मध्यमवर्गीय परविारको व्यवसायी मुखियाको जीविकोपार्जनको संघर्षलाई लिपिबद्ध गरिएको छ र यसो गर्दा कथा सुनाउने जिम्मा उसको युवा छोरालाई दिइएको छ । पुस्तकको प्रवर्द्धनात्मक परचिय दिने क्रममा गाताको पछिल्तिर प्रकाशकले लेखेको छ ः ‘कर्नाली ब्लुज छोराको आँखाबाट पिताको संघर्ष देखाउने उपन्यास हो ।’ यो लेखोट उपन्यासको कथाको चुरोका बारेमा पाठकलाई जानकारी दिन उपयुक्त छ तर पर्याप्त छैन । कर्नाली ब्लुज कथावाचक नायकका बाबु हर्षबहादुरको संघर्षको कहानी मात्र होइन, यो त कर्णाली प्रवाह क्षेत्रवरपिरि बस्दै/उजाडिँदै गरेका बस्तीहरू, त्यहाँ गाँस, बास, कपासका लागि हड्डी गलाएर श्रम गररिहेका मानिसहरू, तिनका दुःख र सुखका क्षणहरू, जीवनका आवेग र संवेगहरू, समाजका रीतिथिति, आइमाईहरूको दारुण अवस्था, किशोरवयका स्वाभाविक सपना, जपना र कुतकुती अनि (हलुकै किसिमको किन नहोस्) माओवादी आतंकको कालो छायाँमुनि निस्सासिरहेका मानिसहरूको निश्वासको गाथा पनि हो । कथावाचक ‘म’का पिता हर्षबहादुरको व्यावसायिक यात्राले कथानकलाई अगाडि बढाएर लैजान सूत्रधारको काम गरेको भए तापनि उपन्यासको मुख्य पात्रहरूको पंक्तिमा सबैभन्दा पहिले र प्रखर रूपमा देखा पर्छन्- मटेरा, कटासे र मान्म (खाडाचक्र)जस्ता मानवीय वस्तीहरू । पाठक स्थानीय डाक्टर हर्षबहादुरको औषधी पसल सुक्दै गएको कुराले भन्दा कटासे बजार उजाडिँदै गएको घटनाले उद्विग्न बन्छ । उपन्यासमा एउटा विचित्र पात्र छ, सद्दाम हुसेन वा वीरसिंह धामी । त्यो पात्रको बढो कारुणिक अन्त्य हुन्छ । तर, अचम्मको विषय के छ भने सद्दामलाई लेखकले जति मिहिनेत गरेर एउटा अनौठो, रहस्यमय र हास्यास्पद बनाउन खोजेको भए तापनि वा उसको बेवारसिे मृत्युको दुखान्त चित्रण गरे पनि पाठक त्यो पात्रप्रति आकषिर्त हुँदैन, भावनात्मक रूपले जोडिँदैन । यसको विपरीत कटासेमा हुने भारी वषर्ा, अमौरो खोलामा आउने बाढी, बजारमा पस्ने भेल र घरघरका चुहिएका छानामा रमाउँछ । यस आख्यानमा कथावस्तु, पात्रपात्राको मनोसंघर्ष र घटना/दुर्घटनालाई यसको पृष्ठभूमिको जीवन्त वर्णनले उछिनेको देखिन्छ । कर्नाली ब्लुजमा ब्लुज त उभारमै आउन सकेको छैन । हो, कर्णाली अथवा उपन्यास कोरिएको विस्तृत क्यानभास भने टड्कारोसँग उपस्थित छ ।

राम्रो कविका रूपमा पहिचान बनाउँदै रहेका बुद्धिसागरले उपन्यासमा उपमा र विम्बहरूको यति धेरै प्रयोग गरेका छन्, त्यसले उनको अभिव्यक्तिलाई बोझिलो बनाएको छ र भाषालाई सरल, सहज र सोझै हृदयलाई छुनसक्ने बन्नबाट रोकेको छ । सहज संप्रेषणीय गद्यले विम्ब र उपमाको दु्रतलयको नृत्य मन पराउँदैन । नेपाली भाषाप्रति पूर्ण अधिकार भइसकेको लेखक नभएकाले बुद्धिसागरले विम्ब र उपमालाई खेलाउने प्रयत्नका साथ प्रयोग गरेका कतिपय वाक्य अमिल्दा पनि बन्न पुगेका छन् । उपन्यासमा उपस्थित यस्ता अमिल्दा वाक्यको फेहरस्ित दिने हो भने यो समीक्षा धेरै लामो र पट्यारलाग्दो हुने भएकाले यति मात्र भनेको छु ।

आञ्चलिक उपन्यास भएकाले यसमा स्थानविशेषका विशिष्ट चरत्रिहरू रहनु र तिनले स्थानीय भाषिकामा बोल्नु स्वाभाविक हो । लेखकले त्यस्ता भाषिकामा भएका कुराकानीलाई जस्ताको तस्तै दिएका छन्, जसले यसको पठनीयतामा रोचकता थपेको छ र त्यो सर्वथा ग्राह्य बनेको छ । तर, कथावाचकको अवतारमा देखापरेका लेखकले आफ्ना जिम्मामा परेका वर्णन र संवादमा समेत कुनै बेलामा स्थानीय लबजको र कुनै बेलामा मानक लेख्य नेपाली अनुकूलको भाषा प्रयोग गर्नु पक्कै पनि उपयुक्त होइन । पात्रहरूको संवादबाहेकको वर्णनको भाषामा एकरूपता हुनैपर्ने हो ।

उपन्यासमा अतिशय भावुकता छ । पात्रहरूको विकासक्रम र सो अनुरूपको तिनीहरूको व्यवहार हुनुपर्ने कुरामाथि त्यति ध्यान दिइएको छैन । विविध प्रकारका चरत्रि र स्थिति/परििस्थतिको रचना गरेर समग्रमा एउटा विशिष्ट मानव बस्तीको कथा भन्ने प्रयत्न लेखकबाट भएको छ । तर, के परपिाक नपुगेर हो, एउटा सफल आख्यानले जसरी पाठकहरूको मन र मस्ितष्कलाई उद्वेलित बनाउनुपर्ने हो, बनाउन सक्दैन । उपन्यासमा धेरै कुराको जोहो गरिएको छ । संक्रमणमा परेको मानव वस्ती छ । संघर्षरत एउटा परविारमा बाबुआमा र छोराको सम्बन्धको पडताल छ । कर्णाली प्रदेशका दुःखी मानिसहरूको कहानी छ । किशोरावस्थाको प्रेम वा रतिरागको हुट्हुटी छ । जीवनका लागि अन्त्यसम्म संघर्ष गर्ने बाबुसँग गाँसिएर आउने भावुकता छ । पुरातनपन्थी नेपाली समाजमा हुने नारीको दुर्दशाको बयान छ । थोरै भए पनि माओवादी आतंक र राज्य पक्षले देखाएको संवेदनहीन व्यवहारको झल्को छ । मन्द नै किन नहोस्, कर्णालीको सुस्केरा पनि छ । तर पनि, यो उपन्यासले समीक्षकलाई उत्प्रेरित गर्न सकेन, प्रभावित पनि बनाउन सकेन । किन ? समीक्षक हैरान छ । हुनसक्छ, बुद्धिसागरले जीवन र जगत्लाई गहिराइमा पुगेर छाम्ने, पर्गेल्ने र लिपिमा उतार्ने सफल प्रयोग अझै गर्न बाँकी छ । यसले ढोका खोलिदिएको छ, यो सब गर्न । समीक्षकलाई विश्वास छ, बुद्धिसागरले अर्को आख्यानमा अहिले देखिएका कमीहरूको खाडल पुर्नेछन् ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४१५)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.