~रन्जु ‘मार्ग’~
धेरै वर्ष पछि उनीहरुको भेट भएको थियो |उनीहरु दुवै स्कूल पढदाका साथीहरु थिए |उनीहरुको जीवनमा धेरै परिबर्तनहरु भैसकेको थियो |
+’तपाईको बारेमा सुनेको थिएँ |सुनेर मन चिरा चिरा भएको थियो |’-उसले सहानुभूति दिदै भन्यो |
उसले आँखा रसिलो बनाई |
+’तपाईले अब बिवाह गर्नुपर्छ |’
उसले आँखा भुइँतिर झुकाई |
+’लामो जिन्दगी अनि यो सेतो लुगा तपाई थाक्नु हुनेछ| ‘
उसलाई सत्य जस्तो लाग्यो र पुलुक्क ऊ तिर हेरी र विश्वास उमारी |
+’तपाइको सौन्दर्य अतुलनीय छ |’
उसको मस्तिस्क तरंगीत हुन थाल्यो |
+’तपाईले आफ्नु भविष्य हेर्नु पर्छ |मान्छेहरुले के भन्लान ?समाजले के भन्ला ?भनेर सोच्नु हुन्न |’
उसले लामो श्वास फेरी |मनभित्र केहि आशा पलायो |
+’हरेक मान्छेले आफ्नो जिन्दगी आफै बाँच्ने हो | दु:ख सुख आफै भोग्ने हो |’
उसको ओठ चल्मलाउन थाले |केहि बोंलु जस्तो भयो |
+’के गर्नु यो संसारको रीत नै यस्तै छ |स्त्री -पुरुषको साथ बिना जीवन जिउन गारो पर्दो रहेछ |’
ऊ मुस्कुराई अनि बिस्तारै उसको नजिक गएर उसको हात समाई |
ऊ झस्कियो |यताउता हेरयो र आफ्नो हात उसकोबाट छुटाउदै भन्यो -‘धत् ! तपाई विधवा भएर पनि ???’
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)