छोक : याे बिहान

~अकेला यात्री~akela-yatri

एउटा बिहान ल्याएर दिएकाे थिएँ
तिमीले कुल्चिएर फालिदियाै ।

अर्काे बिहान ल्याएर दिएँ
मनाेमानी गरेर छाडिदियाै ।

याे बिहान पनि लिएर अाएकाे छु
तर तिमीलाई दिन्न म अब ।

बरू प्रेयसीकाे पाेल्टामा हालिदिन्छु
तिनले सन्तानका काँधमा राखिदिने छिन्
र तिनीहरू त्यसलाई बाेकेर
सगरमाथा उक्लने छन् ।

अकेला यात्री
मंगलटार–२, खोटाङ
akelayatri37@gmail.com

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.