कविता : लाग्छ मलाई मीठो मधुपर्क

~कृष्णप्रसाद पराजुली~Krishna Pd Parajuli

किन-किन लाग्छ मलाई मीठो मधुपर्क
फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क !
जीवनमा रस घोल्दा
मान्छे बाँच्न सक्छ
नीरस जीवन राम्रो होइन
अन्त्य हुन पुग्छ……….

नबोलूँ म कसैसँग हेर्छु वर्षैवर्ष
किन-किन लाग्छ मलाई मीठो मधुपर्क !
कथा पनि देख्छु उसमा
गीत पनि सुन्छु
दुःखैबाट पनि नयाँ
जीवन रस चुम्छु………….
आइदिएछ भेट गर्ने बल्ल यौटा पर्व
किन-किन लाग्छ मलाई मीठो मधुपर्क !

(स्रोत : मधुपर्क २०६७ माघ)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.