गीत : आँखामा केही आस थियो

~धनेन्द्र विमल~dhanendra-bimal

आँखामा केही आस थियो मुटुमा केही सास थियो
सायद तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो

सपनापछि सपना देख्ने निरन्तर यही क्रम रह्यो
मैले माया लाएँ कि लाइन मनमा सधैं भ्रम भयो
शीशिरपछि आउने बसन्त नै बहारमा कुनै रहस्य थियो
सायदमा तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो

पिउँदा पिउँदै बेहोस हुने जीवनको एउटा हार भो
रहरपछि विश्वास लिएँ सृष्टिको यही भूल भो
कहिले हाँस्ने कहिले रुने बादल आफ्नै रहस्य थियो
सायदमा तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो

शब्द – धनेन्द्र विमल
स्वर – भक्तराज आचार्य
संगीत – शीला बहादुर मोक्तान
एल्बम – हजार सपना

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.