पुस्तक समीक्षा : आख्यानमा ‘फ्यान्ट्यासी’

~गुरुङ सुशान्त~book-cover-tulku-homraj-acharya

नेपाली ग्रामीण जीवनदेखि अमेरिकासम्मको संघर्षगाथा अनि ‘मास्टरपिस डायस्पोरकि’ कृति भनेर लेखिएको उत्तरआधुनिक ‘ब्रान्डेड’ भूमिका। होमराज आचार्यको आख्यान टुल्कु पल्टाएपछि यी पूर्वानुमान सबै भत्किन्छन्।

उपन्यासको सुरुतिरै भूतप्रेतका प्रसंग आएपछि चरत्रिचित्रणको स्वाभाविकताप्रति शंका लाग्छ। देश-दुनियाँ डुलेका, विज्ञान-प्रविधिको सोझो सम्पर्कमा रहेका र दर्शनको अध्ययन गरेका होमराजजस्ता लेखक किन अन्धविश्वासी समाजलाई नै लेख्दै छन् भन्ने आक्रोशयुत्त् प्रश्न सेलाउँदै गयो, जब उनको लेखनको उपकरण ‘फ्यान्ट्यासी’ रहेको थाहा भयो।

साहित्यिक र गैरसाहित्यिक विधाको विभाजक रेखा हो, कल्पना। आख्यान र गैरआख्यानलाई छुट्याउने मुख्य तत्त्वमध्ये एक हो, कल्पनाको प्रचुरता। आख्यानमा लेखकको सहज कल्पनाले मात्र उद्देश्य पूरा नहुँदा gurung-sushantवैकल्पिक मार्ग हो, स्वैरकल्पना। शास्त्र भन्छन्, असम्भव सम्भावनाको माध्यमबाट अतिकल्पनालाई प्रस्तुत गर्नु नै स्वैरकल्पना हो।

टुल्कुको पात्रगत संवादमा दार्शनिक छाप भेटिन्छ भने दृश्यमा विज्ञानको प्रभाव। तर, टुल्कु अध्ययनको आधार हुन सक्छ, स्वैरकल्पना। यसको दृश्यांकन वास्तविक दुनियाँभन्दा निकै फरक छ, हाम्रो दैनिकीसँग मेल खाँदैन। तर्क र सत्य लुकेर बसेको हुन्छ, स्वैरकल्पनामा। स्वैरकल्पनाको तीन प्रयोजन रहेका हुन्छन्, मनोरञ्जन, पलायन र फरक कोणबाट सत्यको खोज। समालोचक मोहनराज शर्माको विश्लेषण छ, ‘प्राक्आधुनिक साहित्यमा यसको प्रयोजन मनोरञ्जन वा पलायन रहे पनि आधुनिक तथा उत्तरआधुनिक साहित्यमा यसको प्रयोग सत्य अर्थात् यथार्थसम्म पुग्ने भिन्न बाटो/दृष्टिकोण हो।’

विसंगति र बेथितिलाई घुमाउरो शैलीले प्रस्तुत गर्ने उद्देश्य रहेको देखिन्छ होमराजको। तर, उनी मूल प्रयोजनमा भन्दा मनोरञ्जन दिन सफल देखिन्छन्। औपन्यासिक घटनाक्रमको आरोह-अवरोह र ‘टर्निङ्’ले नै बताउँछ, ‘हरर मुभी’ र ‘कार्टुन फिल्म’का फ्यानलाई भने राम्रै खुराक हो, टुल्कु ।

झिँगे माछा खोज्न हिँडेका स्कुले सहपाठीहरू विक्रम, सागर र मनोरमा एउटा गुफाभित्र पसेपछि उपन्यासको संसार विचित्र बन्दै जान्छ। पाठकलाई लाग्न थाल्छ, अलौकिक ठाउँको जादुमयी चित्रण हो यो। दन्त्यकथाझैँ बेलाबेला रूप परविर्तन गर्छन्, वातावरण र पात्रहरू। स्वैरकल्पनालाई सफल ढंगले प्रयोग गर्ने लेखकले जादुयी र यथार्थको भेद तोड्छ, प्रस्तुतिमा। तर, होमराजको लेखनीमा त्यस्तो भेद प्रस्टै देख्न सक्छन् पाठकले।

लेखनका अनेक विधि र प्रविधि छन्, साहित्यमा। जोकोही लेखक एकैपटक लेखनकौशलको चुलीमा पुग्न सक्दैन। निरन्तर अभ्यास र अध्ययन चाहिन्छ खारनिलाई। रहर गर्नुलाई मानवीय सद्गुण नै मानिन्छ। आभ्यासिक लेखनका प्रशस्त विशेषतासहित उपस्थित छ, टुल्कु। स्वैरकल्पनालाई च्यापेर अति सार्थक यात्रा गरेका छन् केहीले। परिपाकपूर्ण प्रयोगमा होमराजहरू सचेत भएमा एउटा धार मौलाउनेछ, नेपाली साहित्यमा।

आख्यानमा पाठकले आफ्नो भाव र ध्वनि खोज्नु अनौठो होइन। ‘न्यारेटर’ले पात्र र पाठकबीचको मनोविज्ञानको पुल छोटो बनाइदिएमा कथानकको प्रवाह हेर्दै रमाउन सक्छ, पाठक। सम्भ्रान्त र शासक वर्गीय पात्रले सुसंस्कृत र क्लिष्ट भाषाको प्रयोग गर्नु स्वाभाविक भए पनि न्यारेटरको भाषा पाठकमैत्री हुनुपर्छ। लाग्छ, यस्तो कुरामा टुल्कुले सचेतता गुमाएको छ। अनुसन्धानको जस्तो मानक भाषाको अधिक प्रयोगले उपन्यासलाई रसिलो हुन दिएको छैन। साहित्यमा भावगहनतालाई कसैले नकार्न सक्दैन तर शब्दशिल्प/कौशलबाट नै उज्यालिन्छ लेखकीय व्यक्तित्व।

जस्तो ‘टेकनिक’ अपनाए पनि टुल्कुको केन्द्रमा छ, राजनीति। राज्य, राजनीति, कूटनीति, आदर्श र भ्रष्टताबारे बहस छ उपन्यासमा। सदाचारी-दुराचारी नेतृत्त्वबारे प्रतीकात्मक ‘डिस्कोर्स’ छ, टुल्कुमा। नेतृत्त्वचयन, परविर्तन, सन्धि, शासकीय स्वरूप/व्यवस्थाजस्ता विषयमा विभिन्न तर्क र दर्शन प्रस्तुत गरेको छ उपन्यासले। ‘डेमोक्रेसी’ र राजतन्त्रसम्बन्धी विचारलाई विशेष प्राथमिकता दिएका छन् उपन्यासकारले। त्यसका लागि प्रयुत्त्fm छन्, प्रतीक। कलात्मकताका लागि प्रयोग गरिन्छ, प्रतीक। चिनी बढी खाएमा तीतो हुन्छ भन्ने उखान सान्दर्भिक हुन्छ, प्रतीकविधानमा पनि। पात्रको स्वरूप ‘म्याजिक’ शैलीमा बदलिन्छ टुल्कुमा। प्रतीकात्मक अर्थका तह पनि परविर्तन भइरहन्छ। प्रतीक प्रयोगमा मितव्ययिता अपनाइएको भए उपन्यास मीठो हुन सक्थ्यो।

मध्ययुगीन अन्धविश्वास, जादुजस्ता कुरालाई प्रस्तुत गर्दा पनि अत्याधुनिक वैज्ञानिक प्रविधिलाई खेलाइएको छ। उत्तरआधुनिक नेपाली समालोचनाले भूतसमीक्षालाई आफ्नो चासोको घेरामा राखेको छ, ‘डिकन्स्ट्रक्सन’को सन्दर्भमा। त्यस घेरामा टुल्कु परेमा अचम्म नमान्दा हुन्छ।

टुल्कु
लेखक : होमराज आचार्य
प्रकाशक : शब्दाहार क्रियसन्स
पृष्ठ : २६६
मूल्य : २९९ रुपियाँ

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.