व्यङ्ग्य निबन्ध : दोष कस्को ?

~नबराज खड्का~nabaraj-khadka

दोष कस्को हो ? बुझि साध्य छैन् । नेताको हो किन जनताको आफ्नै हो कि अन्ताको खोजी साध्यै छैन् । टोल टोलमा पार्टीले भरियो । त्यसैले पेट्रोल भर्न लाईन बस्छौं । बाईक चढ्नलाई आखिर हामी बिर गोर्खालीको सन्तान न प-यौं । सराप्छन् कोही भारतले नाकाबन्द ग-यो भनि जस्तो सुकै महङ्गोमा नि किन्छन् पेट्रोल देखाउनका लागि हो कि म छु धनी भनि ।

खाद्यान्न अभाव हुदैँ गाछ तर पनि किन हो आजकालका मान्छेहरुलाई चुरोट, बिडी, सुर्ती, गुड्खा र जाँड रक्सीकै चिन्ता छ । एक छाक भोकै बस्छन् बरु वियर पिउनलाई घरमा खाने अन्न हुन्न तै पनि मस्ती छ जीउनलाई, राष्ट्रियताको कुरा गर्छन विदेशी हस्तक्षेप भो भनि कराउँछन् । नाकाबन्दीको कुरालाई अन्र्तराष्ट्रिय प्रस्तुत गर्छु भन्छन् नेताहरु तर भारतको नाम भन्ने डराउँछन् ।

बरु भारतीयहरु आएर आन्दोलन सुरु गरेछन् । मोर्चाको मुसो भनि ठानेको मैले त भारतीय छुचुन्द्रो पो मरेछन् । ग्यास छैन भनि कराउँछन् । वितरक डाम्नाहरु आफ्नै बारीमा खनेर निकाले भै गोनी बरु चिनले दिने कुरा पेट्रोल, डिजेल आरिज्नल होला र ?

नेताहरु कुर्सीकै लागि एक अर्कामा गर्छन तानातान शान्तिपूर्ण आन्दोलन भन्छन् गर्छन हानाहान । कति मरे बिथ्थामा कुरै नबुझि, नेताको पछि लाग्नाले । भाग्ने भागि हाल्छन् जोगाउन आफ्नो ज्यान कैलालीमा पुलिसहरुलाई बनाएछन् एकै च्यान ।

अब अंगीकृत नागरिकता लिनेले देश छोडे भो कि भने संविधान मान्छौं भनि सरकार सामु हात जोड भो । धेरै फूर्ती लगाउनु पर्दैन् मोर्चाको नाममा यस्ता जाबा बेमौसी आन्दोलनलाई सरकार सुकाईदेऊ घाममा ।

भुकम्प पीडितहरु जाडोले कर्किएर त्रिपाल मुनी रुन्छन्, अझै छैनै उनीहरुको राम्रो बास । आन्दोलन र तोडफोड गर्ने भारतीयलाई मारेर १० लाख दिने सरकारसंग के पो गर्ने हो हामीले आश । अभाव नै अभावले भरिएको देशमा छौ हामी देशै भरि हर बजारमा ठुलै कालो बजार भाको छ । कुखुरीले त्यसै पारेर छोडेको अण्डा पनि हामीले १५ तिरी किन्नु प-या छ ।

संविधान बनेसी के–के नै होला भनि ठानियो, हेरियो दिउँसो देखि रातीसम्म टिभी । अनि मख्ख र छक्क परियो देश विकास होला कि भनेर तर एउटा न्याउरो शक्ति आयो संविधान जलाई हक अधिकार पुगेन भनि सुनायो जनतालाई हावा गफ ।

अब गर्नु पर्ने काम धेरैछन् नेपाली हौं हामी त्यसैले त अरुको भर पर्नुपर्छ बिर गोर्खाली हौ र त हर बखत अभाव झेल्दै मर्नुपर्छ । अब आफ्नै देशमा केही गरौं भनि सोचे मैले कृषि क्रान्ति गर्नलाई खेतबारीमा अन्नपात उब्जाउ भनेको पुलिसले पक्रिन्छ । किन पक्रिन्छ भन्न ठान्नु भयो होला मैले गा“जा चरेश लगाउने सुर थियो । आखिर बिर गोर्खालीको सन्तान न हो हामी सब एउटा आईडियाले नभए अर्को सोचिन्छ ।

सोच्न नि नसके दिमागमा सियोले घोचिन्छ किन भने हामी नेपालीहरु साहसी छौं । नमरेका जिउ“दा जनावर र पन्छीलाई मारेर लास बनाएर चपाउँछौं र आफ्नै पेटलाई चिहान बनाउ“छौं । यति धेरै आँट छ हामीमा अनि अझैं नि भारतले नाकाबन्दी खोल्छ कि भनेर आश गर्छन र चिनबाट पेट्रोल, डिजेल ल्याएको खबर सुन्दै मख्ख पछौं । किन भने हामी अरु देशका जनता भन्दा बढी साहसी छौं नेताहरु विरामी पर्दा हामीले तिर्ने करबाट विदेशमा गई उपचार गरेर करोड सक्काउँछन् । हामी जनता सिटामोलको पर्खाईमा छटपटाउँदै मछौं यही हो हाम्रो साहसीपन हरबखत हामीलाई काम लाग्छ । सोचाई र गराईमा फरक पर्न जान्छ अनि समयमा काम पुरा हुदैन र पनि पर्खन छोड्दैनौं यहि हो नेपाली पहिचान गोर्खालीहरुको सन्तान हामीमा साहस र धर्यताको ठुलै छ खानी हामी नेपाली देखि तर्सिन्छन डराएर विदेशीहरु यो कुरो जानी ।

–गौरी शंकर क्याम्पस, बिएड,तेस्रो वर्ष
निजगढ–९ तेस्रो लाईन, बारा

(स्रोत : निजगढ समाचार)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.