~गुरुङ सुशान्त~
पुँजीवादी भूमण्डलीकरणको साम्राज्यवादी नीतिविरुद्ध कविता लेखिएका छन्, नेपाली साहित्यमा । प्रतिरोधी चेतयुक्त कला-साहित्यले तरंग ल्याउँछ नै, सांस्कृतिक क्षेत्रमा । प्रतिरोधी विचारको दाबी छ, कोकाकोला संस्कृतिले नेपालजस्तो देशको पहिचानको अनुहारलाई क्षय गर्दै छ । संगीतश्रोताले आफ्नो कवितासंग्रह “म काठमाडौँ आइपुगेँ”को बजार कवितामा बोलेका छन्, ‘बलिदान बेच र कुर्सीमा बस/रगत बेच र कोकाकोला खाऊ ।’ उक्त कवितासंग्रह विमोचन कार्यक्रमपश्चात् दृश्य यस्तो देखियो, अधिक दर्शकको एक हातमा हस्ताक्षरसहितको पुस्तक र अर्को हातमा कोकाकोला । यही एउटा उदाहरण काफी छ, बहुराष्ट्रिय कम्पनीको नीतिले हाम्रो दैनिक जीवनमा पारेको प्रभावचित्र अब अमूर्त रहेन भन्नलाई । ‘कल्चरल हेजेमोनी’को जम्बो बोतलमा अँझै के के भरिएला ? संगीतश्रोताको तीखो कलमले घोचेको छ, हेजेमोनीग्रस्त मानसिकतालाई ।
संगीतश्रोताको कविताको जग हो, माक्र्सवाद । माक्र्सवादको गुदीमा द्वन्द्ववाद रहेको थाहा पाउन कम्युनिस्ट हुनै पर्दैन । संगीतश्रोताको कविले विचारेको कुरा हो, कसैले खुट्टा नताने र बाटो नछेके जीवनमा गतिशीलता छैन, शत्रु नभए जीवन पनि छैन । उनी द्वन्द्वात्मक संरचनायुत्क्त समाजले मात्र परविर्तनको बाटो लिन सक्ने कुरामा ढुक्क छन् । टाउकाले उभिएको हिगेलीय द्वन्द्ववादलाई आफूले खुट्टामा उभ्याएको दाबी छ माक्र्सको । कवि संगीतश्रोतालाई हेर्नु छ, नेपाली संस्कृतिकर्मी र विचारकले माक्र्सवादलाई केमा उभ्याउँछन् ? उनलाई जाँचपड्ताल गर्नु छ, सर्वहाराको नारा भट्याउने स्वरको अन्तर्य ।
कविताको पनि आफ्नै व्यक्तित्व हुन्छ, कविताको जस्तै । संगीतश्रोताको कविता ‘टोन’मा परपिक्वता आइसकेको छ भन्न गाह्रो छ । उनका कविता केटाकेटीपनको सिकार भएका भने छैनन् । युवा जोस र विचारको ज्वारभाटालाई लिपिबद्ध गरेपछिको एउटा स्वरूप हो, उनका कविता । जोसमा आक्रोश थपिँदा केही कविताको अनुहार असमयमै चाउरिएको छ । वर्णआवृत्तिबाट लय मिलाउन खोज्दा केही कवितामा कलाको पेचकिला फुक्लिएजस्तो अनुभव हुन्छ । विचारको राजमार्गमा हिँडेका बलिया यात्रीहरू पथभ्रष्ट भएकामा चिन्ता र चासो छ, संगीतश्रोतालाई । केही कवितामा नेताहरूको नामै किटेर कविता बुनेका छन् उनले । बल्खु, सानेपा, एकेडेमी, एनटीभी, पशुपति, गाई, रामायणजस्ता प्रतीकले अर्थसम्प्रेषणलाई सहज बनाएको छ कवितामा । कविजीको वैचारकि पलायनलाई संबिधानसभा भंगको सादृश्यमा हेरिएको ‘अचानक’ कवितामार्फत संगीतश्रोतालाई प्रश्न गर्न सकिन्छ, के पीपलबोटको जमघटमा देखिनु र हिन्दी सिरयिल हेर्नु नै प्रगतिशीलताका विम्ब हुन् ?
संगीतश्रोताको झोलामा कुन पार्टीको सदस्यता रहेको छ, यो प्रश्न ठूलो होइन । उनका कवितामा कसको आवाज कसरी आएको छ, योचाहिँ महत्त्वपूर्ण पक्ष हो । उनका कवितामा आउने आवाज समाजका तल्लो वर्गकै हो । सत्ताका निकायमा विराजमानहरूप्रति आफ्नो कलम सोझ्याउँछन् उनी तर कुर्सीमुनि टाउको टेकाउँदैनन् । कर्म गर्ने हात र हतियारमा उनको श्रद्घा छ । झन्डामा मात्रै सजिनेभन्दा पसिनामा लतपतिने हँसिया-हथौडाप्रति आस्था दोब्बर छ उनको । संसारका दुई शत्त्ािm तरबार र कलममध्ये सधैँ कलमको जित हुन्छ भन्ने नेपोलियन मतको विपरित उभिन्छन्, संगीतश्रोताको कवि । ढाँट्ने सीप पनि छैन उनीसँग । एक टुकडी सेनाभन्दा एउटा कविता शक्तिशाली हुन्छ भन्ने आँट र ढाँट आफूसँग नरहेको स्पष्टीकरण दिन्छन् कवि । कविताको गुणवत्ताभन्दा प्रचारकै आधारमा टिक्न खोज्ने कविप्रतिको व्यंग्य हो, ‘म कवि बन्न चाहन्नँ ।’
संगीतश्रोताका लागि कविता न भावनाको तरंग हो, न शासकको स्तुति । उनका कवितालाई निचोर्दा थाहा हुन्छ, परविर्तनमुखी विचारको आँधी हो कविता । प्रतिरोध गर्नु छ उनलाई । इतिहासमाथि पुनःव्याख्याको माग गर्छन्, उनका केही कविता । यसको सशक्त उदाहरण हो, ‘प्रिय चाम्लिङ’ । विश्वविद्यालयीय अनुसन्धाता व्यक्तित्वले किचेर हुन सक्छ, कवितामा सन्दर्भसूची राखेका छन् उनले । जुन आवश्यक थिएन । ‘५० को दशकयता उठेका राजनीतिक छालहरू नै देखिन्छन्, संग्रहका कवितामा । साह्रै थोरै कविता मात्रै राजनीतिबाट पाखा लागेका छन् । भनिन्छ, विचारशून्य कला/कविता त प्लास्टिकका फूलजस्तै हुन् । कलाहीन विचार पनि जंगली काँडाजस्तै डरलाग्दो हुन सक्छ । संगीतश्रोताले विचार र कलालाई सन्तुलन गर्न खोजे पनि विचारको प्रवाह बढी नै आक्रामक देखिन्छ । ‘कविता लेख्नु युद्घ लड्नुजस्तै गाह्रो छ’ भनिएमा हास्यास्पद होला तर अब्बल कविता लेखन चानचुने कुराचाहिँ पक्कै होइन । संगीतश्रोताका कविताले प्रहार गरेका चरत्रि र क्षेत्र छामेर खोज्नु पर्दैन । राजनीतिको सामान्य चेतयुक्त टर्च बालेमा प्रस्ट देखिनेछ । उनको प्रहारलाई गाली गर्नु भ्रष्ट नेताको स्तुतिगानजस्तै हो, प्रकारान्तरले । प्रश्न उभिन्छ, गम्भीर विषयमा लेख्ने कविले कविताको ‘फिनिसिङ्’मा किन हडबड गरे ? हरेक शक्तिशाली कविताको पठनपछि त्यस्तै अर्को कविता पढ्ने भोक पाठकमा जाग्छ तर म काठमाडौँ आइपुगेँका धेरैजसो कवितामा पाठकीय भोक जगाउने सामर्थ्य देखिँदैन । लाग्छ, दुई दर्जन कवितामार्फत पाठकलाई निम्तोपत्र दिएका हुन् कविले । खारिएका कविताचाहिँ आउनै बाँकी छन् उनका ।
परिधिमा फालिएका पात्रको व्यथा लेखोट नै संगीतश्रोताको कविता हो । अँध्यारोको विषालु पन्जाले घाइते उजेली गुरुङहरूको कथा हो, उनका कविता । समाजशास्त्रीय तथा सांस्कृतिक अध्ययनका कोणबाट गतिलो संकथन हो, यो कवितासंग्रह । यहाँ चुसिएका र चुस्ने पात्र छन् । बजारमा बेच्नेका अनुहार छन् । ‘कमोडिफिकेसन’का मानव वस्तु र विक्रेताका विकृत स्वरूप छन् । नेपालको पुरातन मानचित्रले च्यापेका धेरै चीज छन् कवितामा । केही चीजको कमीचाहिँ पक्कै छ । त्यो हो, शिल्प । उनले लेनिन, किरण, प्रचण्ड आदि नेताहरूलाई कवितामा घुसाएका छन् । कवितामा आउने पात्रले व्यक्ति र दललाईभन्दा सिंगो प्रवृत्तिलाई बोक्न सक्नुपर्छ । व्यक्तिको नाक, मुख, रंगरोगन आउन थालेमा भजन र गालीगलौज बन्न सक्छ कविता । दल र सिद्घान्त बदलिरहने हाम्रा नेतागणसँगै यी कविताको सान्दर्भिकता मरेर गए संगीतश्रोताको कवि कहाँ उभिन्छ ?
– गुरुङ सुशान्त
२०७० आश्विन ६
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अंक: ५६४)