नियात्रा : थाई विमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ। छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै। आफ्ना लुगा कपडामा भन्दा कागजपत्रहरूको सर्न्दर्भमा म विशेष सचेत र र्सतर्क थिएँ। मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु थियो। यसो-उसो गर्दा गर्दै रातको ११ बजिसकेको हुँदा म ओच्छ्यानमा पल्टिएँ। शरीर थाकेको थियो तापनि लुटुक्क निद्रा परेन। भोलिको गन्तव्य मेरा मनभरी नाच्न थाले। आजसम्म त बैंकक सहरप्रतिको स्वप्निल संसारमा डुवुल्कि मारिरहेको छु। केवल काल्पनिक दुनियामा पौडी खेलिरहेको थिएँ म। भोलि यथार्थ रुपमा त्यही बैकक नगरीमा पुगिने मीठो काल्पनिक अनुभूतिभित्र म हराइरहेको थिएँ।

रातभरिको विभिन्न उत्सुकतापूर्ण कल्पनाभित्र कल्पिँदा कल्पिँदै कुन बेला निदाएछु। भोलिपल्ट नियमित समयभन्दा केही ढिलै पो व्यूझिएँ। दिनको ठीक ११ बजे म विमानस्थल पुगेँ। टिकट सुपरिवेक्षणको लामो लाइनमा आफूसहित सुटकेशलाई उभ्याएँ। धिमा गतिमा शरिर अगाडि बढेको छ तर मन भने आफ्नै अतित खोतल्न पुग्छ। विमानस्थलको यो कक्षमा मैले २३/२४ वर्षपहिलेदेखि प्रत्येक वर्ष२/४ जनालाई यसरी नै लाइनमा राखि विदाई गरेको थिएँ। वहाँहरूका सुख र सुविधाका लागि म ध्यानमग्न रहन्थेँ। निर्धारित तौलभन्दा बढी सामान हुन्छ कि भन्ने चिन्ताले म पिरोल्लिएको हुन्थेँ। सामान कुनै छुट्यो कि भनि सोचमग्न रहन्थेँ। टिकट र सामानको परिक्षण पश्चात विछोडको अङ्कमाल पछि हामी छुट्टिनथ्यौ। वहाँहरू अगाडि बढ्दै इम्रि्रेशनतर्फ र म पछाडी र्फकदै ढोका बाहिर निस्कन्थेँ। आपसमा फर्केर हेर्ने क्रममा शरिर देखिउञ्जेल हामी बेलाबेलामा हात हल्लाई-हल्लाई विछोडको हृदयविदारक उराठीला अवस्थालाई झन् उत्कर्षमा पुर्‍याउथ्यौं। जव हामी एक आपसबाट विलाउथ्यौँ तब मात्र आ-आफ्नो बाटो लाग्ने क्रममा म विदाइको मलिनो अनुहार लिएर घरतर्फ फर्केको हुन्थेँ। तर आजको अवस्था भिन्न छ। भिन्नताको मात्रा ठीक उल्टो छ। आज म स्वयं विदा भएर इमिग्रेशन हलतर्फ आफै लाग्दैछु। मेरी श्रीमतीले त्यसैगरी मलाई विछोडको हात हल्लाइ-हल्लाई विदाइ गरिन्। मेरो अतितको कर्म उनले निभाईन् यसपटक।

अँ, प्रसंङ्गलाई आफ्नै लिकमा लैजाउँ। माथि इम्रि्रेशनमा मेरो हाते झोला परीक्षण गर्ने क्रममा सेभिङ सामाग्रीको सानो वट्टामा रहेको एक प्याकेट ‘पत्ति’ लैजाने अनुमति मिलेन। त्यतिको लागि बेग्लै प्याकेट बनाएर ट्याग लगाउने कुरा पनि एकातिर आएन भने अर्कोतिर पहिले नै बुझाएको लगेजमा राख्न जाने अनुकूल नमिल्नु स्वभाविकै थियो। त्यसको मूल्यभन्दा भोलि विहानको आफ्नो अनिवार्य आवश्यकता र सोको अनुपस्थितिमा झेल्नु पर्ने नमिठो अवस्थाको कल्पनाले मलाई पिरोल्यो। देश विदेश विचरण गर्न उत्सुक मनको निर्मल आकाशमा ‘पत्ति’ वियोगको घटनाले धमिलो वादल छाइरह्यो। खुसीमा रमाउन उद्यत मनलाई केही हदसम्म खुम्च्यायो। त्यसको महत्व र आवस्यकताको सुनुवाई हुन सक्ने अवस्था पनि थिएन त्यहाँ। त्यो पत्तिको प्याकेटलाई त्यहीँ छाडी म अगाडि बढेँ।

२०६० सालको भदौ २३ गते। काठमाडौंको मौसम ज्यादै सफा छ। निलो आकाशको छादनभित्र उपत्यका मुस्कुराइरहेको छ। भदौरे घाम, त्यसमाथि मध्य दिन। गर्मिको नापो तव हुन गयो जव हामी र्टर्मिनल भवनबाट हवाइजहाजसम्मको दुरी हिडेर पुग्छौ। र्टर्मिनल भवन र जाहाज रोकिएको दुरी न त वस चढेनु नै पर्ने न त हिडेर जान सुविधा हुने किसिमको थियो। वस चढ्ने, गुड्ने, ओर्लने समयभन्दा पहिले नै हिडेर छिटो पुगिने दुरि थियो त्यो। प्रचण्ड गर्मिले सवैलाई आलस तालस पारेको देखिन्थ्यो।

मनभरी कौतुहलताले छाएको छ। रोमाञ्चित पनि भएको छु। आँखाभरी विमानस्थल, जेट र विभिन्न रुप, रंङका मानिसहरूको चहलपहल देखिन्छ। मेरो एउटा पैतला जहाजको भर्याङको खुडकिलामा र अर्को पैतला जमिनमा छ। मनको कुनामा झिनो त्रास पलायो। ‘न टेक्ने डालो न समाउँने हाँगो ‘। शुन्य आकाशमा तैरनु छ। अनिष्टका घटनाहरु श्रृफ्लाबध्द भई तरेली लाग्न थाले- भट्टेडाँडाको दुर्घटना, अपहरण र कान्दहार आदि आदि। मनमनै भगवान सम्झन्छु। भगवानका आकृतिहरू सलवलाउन थाल्छन्। लौ पशुपतिनाथ मलाई मेरो गन्तव्यसम्म सकुशल पुर्याउ र जन्मभूमि अनि आफ्नो परिवारका सामुन्ने सहिसलामद उतारी देउ।

भगवान छन्, छैनन् उनै जानुन्। पशुपतिनाथ कुन चाही पशुको पति हुन् – उनी कुनै अरण्यमा चरिरहेछन् कि मन्दिरमा नै विराजमान छन् म अनभिज्ञ नै छु। उनीप्रतिको याचना र प्रार्थना हिन्दु संस्कृति र संस्कारको उपजको रुपमा लिएको छु मैले। आखिर म पनि त यहि संस्कारभित्रको एउटा पात्र नै हुँ। त्यसैले यात्रारत अवस्थामा जीवन र जगत,सुख र दु.ख अनि जन्म र मृत्यु आदि विषयमा मन र मस्तिष्क अनिष्टको आशङ्कामा डुबेको वेला भगवानलाई सम्झँदा थोरै भए पनि मनलाई राहत मिल्छ। यात्रारत अवस्थामा आनन्दित हुन सकिन्छ।

जहाजको भर्याङ चढ्दै जानेक्रममा रोमाञ्चित अनि आल्हादित मन अनायासै केही खुम्चियो। खुसीमा केही वेचैनी घोलियो। मलाई नजानिदो गरी कता हो कता कोक्यायो। हल्का भारीले किचेको अनुभूति भयो। एकातिर प्रख्यात पर्यटकिय नगरी, बैंककजस्तो विकसित भू-भागको भ्रमणमा मन खुसिले पखेटा हालेर उड्न उद्यत छ। उत्सुकताले मनलाई खर्लप्प निलेको छ। अर्कोतिर जन्मभूमिसँगको विछोडले पारेको भावनात्मक अशान्तिले पिरोलेको छ। स्वदेश छाडेर विदेश जाँदैछु भन्ने सोचभित्रको ‘विदेश’ शब्दले ओकल्ने मानसिक असुरक्षा र पराइत्वको पातलो त्रासले मनको कुनै कुनामा मसिनो छटपटी सृजना गरिरहेको छ मलाई।

नमस्ते †

मेरो तन्द्रा तार चुडेसरी च्वाट्टै चुडिन्छ, भङ्ग हुन्छ। भर्याङको खुटकिला समाप्त भई म त जहाजको ढोकाबाट भित्र पसिसकेछु। स्वर्गकी परीजस्ती थाइ परिचारिकाले सुरिलो तथा कर्णप्रिय आवाजमा घुलिएको ‘नमस्ते’ शब्दबाट मलाई स्वागत गरेकि रहिछन्। हत्तपत्त म सम्हालिएँ र टाउको झुकाएर त्यसको स्वीकारोक्ति जनाएँ।

जहाजभित्र छिर्नेवित्तिकै मेरा नयनहरू चारैतर्फ खेल्न थाले। कक्पिटदेखि लिएर जहाजको पछाडिसम्म विद्युतसरी दृष्टि पुग्यो। घरेलु उडानको साना जाहाजमा मात्र अभ्यस्त नयनहरूका त्यो र्स्पर्सले मनलाई केही अचम्मित बनायो। कतिधेरै सिटहरू – झ्यालका दुवै साइड लगाएत विचको भागमा समेत। त्यस जहाजको भौतिक स्वरुप र साज-सज्जापूर्ण अवस्थालाई मैले खुवै नियालेँ- मानिसको वुद्धि र खुवि अनि श्रम र विश्वासप्रति नतमस्तक भएँ म।

गोरोवर्ण होचोकद, मिलेका अनुहार, हसमुख भावभङ्गी, आकर्ष तर समान पहिरनमा सजिएका परिजस्ता लाग्ने ७।८ जना परिचारिकाहरूले स्वाभाविक मादकता सहित यात्रुहरूलाई आ-आफ्नो सिट र त्यसमाथि सामान राख्ने सम्बन्धी निर्देशन गरिरहेका थिए। पहिले नै टिकट तथा लगेज परिक्षण गर्ने क्रममा मैले झ्यालमा सिट मिलाई दिन अनुरोध गरेको थिएँ। ती भलाद्मीले मेरो अनुरोधलाई लत्याएनछन्। एउटी हिसि परेकी परिचारिकाले झ्यालतर्फ कै सिट देखाईदिईन् मलाई। प्रशन्नताले उत्ताउलिएका मेरा गोडाहरू त्यतर्ैतर्फ लम्किए। ढसमस्स वसेँ झ्यालतर्फको सिटमा।

समय आफ्नै रफ्तारमा बगिरहेको थियो। जहाजभित्रको अवस्था र सुरसार देख्दा अव धेरैबेर त्यहाँ बस्नु नपर्ने शंङ्केतको आभास भैरहेथ्यो। कोरिडर माथितिर टेलिभिजनको पर्दामा अङ्ग्रेजी र थाई भाषामा सिटवेल्ट बाँध्ने लगाएत शंङ्कटकालमा लाइफ ज्याकेट प्रयोग गर्ने विधि समेत विभिन्न खाले निर्देशनहरू प्सारण भइरहेको देखिन्थ्यो। यसै बेलामा एउटी वंैशले छपक्कै ढाकिएकी हिसिपरेकी केटी हस्याङ् र फस्याङ् गर्दै हामीतर्फ लम्किँदै आइन्। लाग्दथ्यो समयले उनलाई नपर्खिएको वदलामा त्यसलाई भेट्टाउने प्रयत्नमा हतारिएकि देखिन्थिन्। समय गुज्रिइनसकेको अवस्थाले तिनलाई ठूलो राहत मिलेको देखिन्थ्यो। उनको टिकट हेरेपछि परिचारिकाले मसँगैको खाली सिटमा वस्ने सङ्केत गरिन्। श्वासप्रश्वास लिने क्रममा धकाईरहेको उनको आकर्ष शरिरलाई त्यहि सिटमा घ्याच्च राखेर सुस्ताइन्। लाग्दथ्यो गुम्न लागिसकेको अवसरलाई आफ्नै अधिनमा राख्न तिनी सक्षम भइन्। त्यसैले प्रफूल्ल देखिन्थिन्।

दिनको ठीक १ः४० बज्यो। जहाज धावनमार्गमा आफ्नो बुताले भ्याएसम्म दौडन थाल्यो। त्यसको अन्तिम परिणति धरतिसँंग विछोड भै झण्डै तीन घण्टा आकाशमा विचरण गर्नु थियो। एक्कासी सिटको अडेस लाग्ने भागतिर नै हाम्रो शरिर खाँदियो, कोच्चियो। जहाजले धरति छाडेछ। उकालो उक्लिने क्रम जारिछ। जहाजको उँडाइसँगै हाम्रा शरिरमात्र उँडेन, हाम्रा खुसी, उमङ्ग अनी उत्सुकता र सबै रहरहरू हररर उँडे।

मेरा चन्चल र तिर्खालु नयनहरू झ्याल बाहिर पुगे। काठमाडौं उपत्यकाको अव्यवस्थित सौर्न्दर्य तनतनी पिउन व्यस्त थिए ती। काठमाडौं उपत्यकालाई कङ्क्रिटको जङ्गलले ढपक्कै ढाकेको देखिन्थ्यो। यसै क्रममा म सोचमग्न हुन पुगेछु- मेरो देशलाई प्रकृतिले त अन्याय गरेको थिएन। भूगोलमा त हामी ठगिएका छैनौ। हामी नेपालीमा जाँगर नभएको पनि होइन तर हाम्रो व्यवस्थापकीय पक्ष ज्यादै कमजोर महसुस गरेँ मैले। लगानी छ, श्रमको प्रयोग हुने नै भयो। मिहेनत र जाँगर त व्यवस्थित तथा अव्यवरस्थित दुबैमा खर्च भै हाल्छ तर, तर योजनावद्ध र समूचित व्यवस्थापन बेगरको निर्माण- निर्माण सामाग्रीको एउटा थुप्रो वा ढिस्को मात्र हुनजानु स्वभाविकै थियो।

हो, मैले जहाजको झ्यालबाट उपत्यकाको अव्यवस्थित बसोबासलाई ‘निर्माण सामाग्रीको ढिस्को’ को रूपमा अनुभूत गरेँ। प्राकृतिक अनिष्टको काल्पनिक आशङ्का ममा मडारिन थाल्यो। भूकम्पजस्तो दैव्रि्रकोपमा उपत्यकाले व्यहोर्न पर्ने भयावह अवस्थाको आशङ्काले म स्तव्ध मात्र भइन दिक्दारी र बेचैनीको बोझले पुरिएँ। यसैमेसोमा राज्यको ढुकुटी रित्याएर विकशित देशहरुका अबलोकन भ्रमणमा जाने राजनितिज्ञ, निती निर्माता र प्रशासकहरुजस्ता विभिन्न क्षेत्रका कुपात्रहरु सम्भेँm। तिनिहरुले के देखेर आए र के बनाए – विरुप काठमाडौं बनाउँने तालिम नै लिएर आएका थिए त – सेमिनार, गोष्ठि र बैठकहरुका उद्देश्य अब्यबस्थित सृजना निर्माणमा नै केन्द्रित थियो त – कि डलर हर्सर्ुनमा मात्र परिलक्षित थियो – यी र यस्तै तर्क वितर्कहरु मनले गर्दै रह्यो। गरुङ्गो मन हुँदा हँुदै पनि केही पोज फोटाहरू क्यामराभित्र जतनसाथ राखे मैले भविष्यको सम्झनाको लागि। जहाज क्रमशः आकाशिँदो थियो। धरति र जहाजको फासला बढदै थियो। मेरो नयनबाट उपत्यका ओझेलमा पर्दै गयो र अन्य भू-भागका रमणिय, हरिया पाखार्-पर्वत आमने-सामने हुन थाले। यस्तो क्रम चलिरह्यो। अन्ततोगत्वा जहाजले आफ्नो उचाई पुर्यायो। कुहिरो र वादल माथि अनन्त आकाशमा विचरण गर्न थाल्यो।

यता जहाजभित्रको अवस्था शान्त थियो। यात्रुहरू कौतुहलित अवस्थामा मौन थिए। झ्यालमा वस्नेहरूमात्र होइन बिच भागमा बस्नेहरूले पनि आफू नजिकैको झ्यालतर्फ मून्टो तन्काउँदै उत्सुकतापर्ूवक जे जति सकिन्थ्यो आँखाको प्यास मेटाउन तल्लिन थिए। जहाज आफ्नो उचाइको रुटमा नपुगुञ्जेल सम्पर्ूण्ा परिचारिकाहरू छरिएर रहेका आ-आप\mना सिटमा बेल्टमा कस्सिएर मर्ूर्तिवत बसेका देखिन्थे। मीठो आवाजमा ‘ट्याङ्ग’ को आवाज सुनियो। मर्ूर्तिवत सिटमा टाँसिएका परिचारिकाहरूले विद्युतिय झटकाको महसुस गरेजस्तो देखियो र एकैचोटि आ-आफ्ना बेल्ट फुकाले- ट्याक-ट्याक, कट्याक-कुटुक। लाग्दथ्यो उनीहरू सोही निर्देशित आवाजको प्रतिक्षामा थिए। जर्याक्-जुरुक् उठेर यात्रुहरूको सेवाका लागि तोकिएका काममा व्यस्त हुन थालें। यो अवस्थाले पनि मलाई अनुमान गर्न सजिलो भयो कि जहाज पर्याप्त उचाईमा पुगेपछि नियमित आफ्नो पथबाट अगाडि लम्किदोछ।

मसँगैको सिटमा बस्ने महिला चाहीँ केही अगाडिको टेलिभिजन पर्दामा केन्द्रित देखिन्थिन्। लाग्दथ्यो झ्याल बाहिरको दृष्यसँग उनको कुनै साइनो छैन। उनी सिटमा ढसमस्स बस्नु स्वभाविकै थियो तर कतिपय अवस्थामा उनका अङ्गहरूले मलाई हिर्काइ रहेका हुन्थे, घोची रहेका हुन्थे । त्यो अवस्थालाई उनले सहजरुपमा नै लिएकी हुनुपर्छ। त्यसपछि पनि शरिरलाई आफ्नै सिटमा मात्र सम्हाल्ने प्रयत्न गरेको पाइन मैले। त्यस्तो कृयाकलापमा वैंशालु उन्मादभन्दा पनि सरल र निर्दोस चिन्तन बढि देखिन्थ्यो। हरेक कुरालाई सहज रूपमा लिने निश्छल तथा अबोध सोचाईले पनि घर गरेको हुनुपर्छ।

एकपटक पुनः शिरदेखि पाउसम्म उनलाई नियालेँ मैले। न शहरकी न गाउँकीजस्ति देखिन्थिन्। २०/२१ वर्षउमेरकि। कान्तियुक्त मुखमण्डल। शरिरका प्रत्येक अङ्ग प्रत्यङ्गबाट वैशको सुवासना उडिरहेको देखिन्थ्यो। लाग्दथ्यो फक्रनबाकी वैंशका कोपिला अब बाकी छैनन्। मकालु र कञ्चनजङ्घाजस्ता देखिने वक्षस्थलहरुले उनको वैशालु शरिरलाई पूर्णता दिएको थियो। हातगोडा त्यति सुकोमल चाहि थिएनन्। भावभङ्गिमा निश्छलता देखिन्थ्यो। शहरिया पूर्ण सभ्यता भित्रको बनावटी र कृतिमताभित्र उनी बाँधिएकिजस्ति थिइनन्। पहिरनको छनौटले झन लावण्य थपेको थियो।

दाइ † मलाई झ्यालमा बस्न दिनुस्न।

झ्यालको उपयोग गरी शहर, बस्ति र धरतिको प्राकृतिक छटा अवलोकन गर्न पाइने मौका छउँन्जेल टेलिभिजनमा व्यस्त थिइन् जुन वस्तु जहिले पनि हर्ेन सकिन्थ्यो। हाल आएर झ्यालमा बस्नुको अर्थ केही थिएन। जहाज कर्ुइरोभित्र हराइ सकेको थियो तर पनि उनले चाहना गरिहालिन्। मैले नमान्नै पर्ने अवस्था पनि त थिएन।

परिचारिकाहरूले एउटा गहिरो किस्तिमा हात भरिका कपडाको डल्लाहरू फोरसेफले -चिम्टा) टिप्दै यात्रुहरूको हातहातमा दिदै आए। त्यो कपडाको डल्लोबाट तातो वाफ आइरहेको देखिन्थ्यो। त्यो वस्तु के हो र कुन प्रयोगको लागि वितरण भै रहेछ भन्ने कौतुहलतालाई अन्य यात्रीहरुले उपयोग गरुञ्जेलको अवधिसम्म पर्खने धर्ैयता पनि नराखिकन सरल, सोझो र अवोध भावभङ्गमिा ती महिलाको प्रश्न मतिर सोझियो।

दाइ † त्यो के हो – त्यसको प्रयोग किन र कसरी होला –

मैले पनि त पहिलो पटकमात्र त्यो व्यहोर्दै छु। जवाफ दिनुपर्ूव सहि उत्तर खोजी गर्न मेरा मस्तिष्कले नयनहरूलाई त्यो डल्लो उपयोग गरिरहेका केही माथिका सिटहरू तर्फ खटायो। त्यसको पहिलो उत्तर मेरो दिमागले पत्ता लगाइ हाल्यो। अन्य दर्ुइ उत्तर पहिलोको जानकारीबाट स्वतः निकाल्न सकिन्थ्यो।

ँबैनी † त्यो उमालेर निर्मलिकरण गरिएको सानो रुमाल हो। नास्ता, खाना खानुपर्ूव हात धोइ-पखाली गर्न आ-आफ्नो सिटमा असजिलो हुने हुन्छ। सोको साटो त्यो रुमालले हात-मुख पुछेर पसिना, फोहर आदिबाट उव्जने हानिकारक किटाणुबाट बच्नको लागि त्यो प्रयोग गरिन्छँ भनि मैले आफ्नो जवाफ दिएँ उनलाई। हुन त आजकाल त्यो पद्दति हटिइसकेछ। हालैको हाम्रो युरोप भ्रमणबाट अबगत भयो कि निर्मलिकरण गरिएका कागजका ठूला ठूला रुमालहरु सो प्रयोजनार्थ उपयोग हुन थालेछन्।

ती बैनीसँग यसै मेसोमा मेरो केही जानकारीमूलक प्रश्नहरू तर्ेर्सिए। मीठो स्वरमा आँफूलाई सबैले सृष्टि भन्ने गरेको जानकारी दिईन्। हाम्रो हेलमेल क्रमश केही छिप्पिदै गयो। दर्ुइ वर्षपहिले विवाह सम्पन्न गरी श्रीमान् अमेरिका गएका र श्रीमती लैजाने क्रममा कागजपत्र मिलाउँदा मिलाउँदै बल्ल अनुकुल मिलेछ। अहिले उनी विश्वको शक्तिसम्पन्न देश अमेरिकामा बैशको भारी कर्ुलुम्म बोकेर श्रीमान्संगै बस्न जाँदैरहिछन्।

वास्तवमा मेरो मन उत्सुक छ। खुसि छ। दक्षिणपर्ूर्वि एशियाको मूख्य आर्थिक तथा मौद्रिक केन्द्र्र, एशियाको मूख्य तथा विश्वको तेस्रो पर्यटकिय नगरि, पर्यटनकै माध्यमबाट आर्थिक उन्नति गर्न सफल थाइल्याण्डको बंैकक शहर देख्न पाइने र त्यसबाट मिठो अनुभव र अनुभूतिहरू सङ्गाल्न सकिने स्वादिलो कल्पनामा म हराइरहेको थिएँ। आखिरमा जीवन भन्नु नै अनुभव र अनुभूतिहरूकै एउटा श्रृफ्ला नै त हो। त्यहि अनुभव र अनुभूतिहरूको थुप्रोले जीवनलाई पर्ूण्ाता दिदो रहेछ। त्यसैले म नयाँ अनुभव वटुल्न लालयित थिएँ। जहाजले लिएको उचाइभन्दा मेरो आनन्दको उचाई धेरै गुणा माथि पुगेको अनुभूति भैरहेछ मलाई।

परिचारिकाहरूले यात्रुहरूको मनग्य सेवा गर्दैछन्। तिनीहरूका चिटिक्क परेका शरिर फूरफूर गर्दै यताउति गरिरहका देखिन्छन्। हरपल हँसमुख अनुहार र मधुरस घोलिएको बोलिले प्रभावित नहुने कोही हुदैन होला। समय-समयमा विभिन्न परिकारहरूबाट सेवा पस्किइरहेछन्। भोकमार्ने गरी केही खाएँ मैले। एक ग्लास प|mेन्च ह्वाइट वाइनको चुस्किमा म रमाइरहेछु। मेरै वगलमा बसेकी महिलातर्फको झ्यालबाट मैले आफ्नो दृष्टि बाहिर फालेंँ। त्यो दृष्यले मलाई रोमाञ्चित बनायो। वाक्ला वादलका भुवामाथि जहाजको गति रफ्तारमा छ। जहाजभन्दा माथि निलो आकाशले जगतलाई ढाकेको देखिन्छ। कसैले नदेखेका तर सम्पर्ूण्ाले अत्यधिक वर्ण्र्ाागर्ने ँर्स्वर्गँ यतै नजिकै छ कि जस्तो लाग्यो मलाई। हर्ेदा हर्ेर्दै वादलका वुट्टाहरू अनेक तस्विर र आकृति वनेर प्रस्तुत हुन्थे। हरेक तस्विरहरू क्षणभरमा अर्कै आकृतिमा परिणत भएको भान हुन्थ्यो। मेरो निरिक्षणको क्रम रोकिएको छैन। बादलका डल्लाहरू, फाल्साहरू एकाएक विलिन हुन्थे। पृथ्वीको हरियो भूभाग गहिरो निलो दहजस्तो देखिन्थ्यो। क्षण-क्षणमा परिवर्तन हुने दृष्यहरूले मलाई केही वेरसम्म अलमल्याईरह्यो।

सृष्टि बहिनीले एकातर्फ अनुमती नलिई आप\mना ग्लासका केही जुस र खानाका केही परिकार ह्वात्त-ह्वात्त मेरो ग्लास र भागमा हालि दिन्थिन्। त्यसको त मैले शिष्टतापर्ूबक नामन्जुरी ब्यक्त गरेथेँ। अर्कोतर्फ कहिले मेरो काँधमा निदाएकी हुन्थिन् त कहिले साडीको फेरले मेरा हात, कुम छोपिन जान्थे। शरिरका अन्य भागका त कुरै छाडौ। उनका मकालु र कन्चनजङ्गाले धेरै पटक घोचेको हेक्का छ मलाई। ँकन्चनजङ्गालाई सम्हाल्नुस्न भन्याँ भनेर भाषाद्वारा नै प्रत्यक्ष प्रतिबाद गर्न पनि असजिलो। तर पनि उनीभन्दा उल्टो दिशातर्फ शरिरलाई लगेर त्यसको जनाउ दिन्थेँ म। सृष्टिको सम्हालिन नजान्ने निश्छल र निर्दोस ब्यबहारलाई मैले राम्रोसँग बुझेको थिएँ तर मलाई आँफू नजिकका यात्रुहरुदेखि हल्का असजिलो अनुभब भैरहेको थियो।

जहाजको टि.भि.स्त्रिmनबाट हाम्रो पहुच, उचाई, गन्तव्यस्थलको मौसम, अब लाग्ने समय र दुरी आदिको विषयमा बारम्बार जानकारी प्रवाहित थियो। यात्राले साढे दर्ुइ घण्टा व्यतित गरीसकेछ। अब आधा घण्टामा थाइल्याण्डको डनमूयङ अन्तर्रर्ााट्रय विमानस्थलमा अवतरण गर्न सकिने जानकारी मिल्यो हामीलाई।

जहाजको कोरिडर खालि कहिल्यै भएन। वाथरुम जाने आउनेको दोरिलत्तो चलिरहेको छ। मलाई पनि त्यतातर्फ जाने मनसुवा भयो। छोटो शौचपछि मैले फ्लस गरें। त्यसको स्वाँ अँ अँ आवाज यति चर्को रहेछ कि मलाई तर्सर्ााे पनि। पानी मात्र नभई हावा मिश्रीत फ्लस हुनर्ुपर्छ त्यो।

शहरका घरहरू, बस्तिहरू, खोला, नदि, पुल-पुलेसाहरू स्पष्ट देखिन थाले। जहाजले क्रमशः आफ्नो उचाइलाई घटाउँदै ल्याएछ। यसो घडि हेरेको केही समय अगावै घोषित ‘आधा घण्टा’ समाप्त हुन पाँच मिनेट मात्र बांकी रहेछ। साथै जहाज कर्मचारीहरूबाट पनि सूचनाहरू प्रशारण हुन थाल्यो। केही स्थानहरूमा झल्याक झुलुक वत्तिहरू बलेका पनि देखिन्थे। निशाले आप\mनो उपस्थिति जनाउन थालेको आभास मिल्दथ्यो। थाइ समय अनुसार ६ः१० बजे हाम्रो जहाज अवतरण भयो।

हामीले आ-आफ्ना झोलाहरू बोकेर निस्कियौ। परिचारिकाको यन्त्रवत नमस्कार र मिठो मुस्कानपछि जहाजबाट विदा भयौं। मसँगैकि महिला बैनी ट्रान्जिटको प्रतिक्षालयमा चार घण्टा कसरी बिताउने होला भनि आफ्नो समस्या मलाई सुनाइ रहेकिथिइन्। ठेगाना बेगरको अमेरिकामा आउँदा भेटने अबसरको याचना गर्दै थिईन् उनी। मैले पनि अनुकूल परेर अमेरिका गईएछ भने भेट गर्ने फोस्रो औपचारिकता निभाइदिएँ। उनी ट्रान्जिर्टतर्फ लागिन् भने म विमानस्थल बाहिर निस्कनको लागि भन्सार्रतर्फ। गरुङ्गो हाते झोला बोक्ने समस्या हुँदाहुँदै पनि उनले मलाई हात हल्लाइ-हल्लाई पटक-पटक अभिवादन गरिरहिन्। एक दर्ुइ पटक त झोला भुइमा बिसाएरै पनि दुबै हात धेरैबेर हल्लाइ बिदा गरिन्। मैले पनि हल्का रुपमा पैँचो तिरेँ। सद्भाब र मायाँ पोख्ने उनको छलकपटरहित निश्छल ब्यबहार अनि सरल र निर्दोश चिन्तन सम्भँmदा अनौठो पनि लाग्यो। शब्दको मीठो माला गाँस्न नजाने पनि मप्रति उनी धन्य थिईन् भन्ने कुरा म बुभ\mदथेँ। यी र यस्तै कुराहरु खेलाउँदैे म अगाडी बढेँ।

विमानस्थलबाट आफ्नो सामान लिई बाहिर निस्किएँ। बाहिर त्यति सारो भिडभाड थिएन। एकजना नवजवान तन्नेरिले मेरो नेमप्लेट उचालेर उभिइरहेको देखेँ मैले। हिजो पण्डितजीले फोन गरि सूचना दिएता पनि विमानस्थलमा लिन आउने मानिस भेट् नभएमा के गर्ने होला भन्ने मसिनो आशङ्काले हुँड्लिरहेको मेरो मन शान्त भयो। उनीसँग मैले परिचय गरेँ। प्रतिक्षारत व्यक्ति उपलब्ध भएकोमा प्रफूल्ल देखिन्थे। आकर्ष गाडीमा मलाई बसाए उनले र साङ्ग्रिला नाम गरेको फाइभ स्टार डिलक्स होटलतर्फ द्रुतगतिमा दौडाए। प्रसिद्ध ँचावफरया रिभरँको किनारमा अवस्थित उक्त होटलमा पुग्न विमानस्थलबाट झण्डै २५/३० मिनेट लाग्दो रहेछ।

अघिल्लो दिनमा नै बैंकक पुग्नु भएका मेरा टोलि सदस्य र्सर्वेश्वरी पण्डित मलाई रिसिभ गर्न होटलको गेटमा नै हुनुहुदोरहेछ। म गाडीबाट ओर्लिएँ। हामी अगाडि बढ्यौ। गेटमा पुग्ने वित्तिकै ढोकाको स्वचालित खापा स्वतः खुल्ो। झण्डै बेलुकाको सात बजिसकेको हुनु पर्छ। पण्डितजीले मलाई एउटा ठूलो चारपाटे कोठामा लैजानु भयो जहाँ चौध देशका सहभागिहरू लगायत आयोजकहरू खाइ-पिइमा व्यस्त थिए। ती सबैसँग परिचय गर्दै म पनि त्यहि समूहमा समाहित भएँ।

अस्तु ।

—राजेन्द्रप्रसाद अर्याल
हाल – म्याडिसन, विस्कन्सिन,अमेरिका ।
aryalrajendra3@gmail.com

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.