~टेकब कोइराला~
पहिले–पहिलेका बहादुर अच्छे लोग थे
बोक भन्यो कुइकुइ बुइ बोक्थे
ठोक भन्यो घड्याप्प सलाम ठोक्थे
जोख भन्यो हाँसीहाँसी जोख्थे
‘शोक’ भन्यो रोइरोइ सोक्थे.
पहिलेका बहादुर अच्छे लोग थे।।
खोक भन्यो फोक्सै निस्किने गरेर खोक्थे
थुक भन्यो तीन पाथी नै थुक्थे
नथुक भन्यो मुखैमा रोक्थे
थुक, र्याल, सिगान मात्र हैन चहियो भने रगत पनि पोख्थे
पहिलेका बहादुर अच्छे लोग थे ।।
जहाँ से अच्छा हिन्दुस्तान भनी घाँटी सुकुन्जेल घोक्थे
रोटी हमरा अच्छा बङ्गारा दुख्ने गरी टोक्थे
बेटी तिन्का अच्छा मूल्य आफै तोक्थे
बेटी दिन्थे अनि खुट्टामा ढोग्थे
पहिलेका बहादुर अच्छे लोग थे ।।
अहिले अहिलेका बहादुर अच्छा नहीं
संविधान रोक भन्यो टेर्ता नहीं
ल भाईगो धारा त फेर भन्यो फेर्ता नहीं
नाकाबन्दीले रौं पनि झर्ता नहीं
ग्यास पेट्रोल नभए नि भोक्भोकै मर्ता नहीं
अहिले अहिलेका बहादुर अच्छा नहीं ।।
ढुङ्गा मुडा गरे पनि पछाडि सर्ता नहीं
शरणमा पर्छ कि भन्यो पर्ता नहीं
चाकडी गर्छ कि भन्यो गर्ता नहीं
जति डर देखाए नि दर्ता नहीं
अहिले अहिलेका बहादुर अच्छा नहीं ।।
(स्रोत : यूट्युबको भिडियोबाट टाइप गरिएको ।)