स्रष्टा परिचय : गतिशीलता, क्रियाशीलता र सक्रियताकै साहित्यिक नाम शान्तिनारायण श्रेष्ठ

~मोहन दुवाल~

७४ वर्ष नाघेर पनि थाक्न नजानेका साहित्य र समाजसेवामा अविछिन्न मन लगाइरहेका कुश्मा, पर्वतका shantinarayan-shresthaएकजना कर्मठ साहित्यसेवी तथा साहित्यका खण्डहर हुन् – शान्तिनारायण श्रेष्ठ । गतिशीलता उनको मनभित्रको प्रेम रह्यो, क्रियाशीलता उनको तनभित्रको पन भयो, सक्रियता उनले सोचेको उद्देश्यको सोच हँुदै आयो – त्यसैले त उनिभित्र सिर्जनशीलतामा हरियाली छाइरह्यो । गर्ने भनेपछि गरिहाल्ने यिनको स्वभावले यिनी हठ्ठी र जिद्दीवालजस्तो देखिँदो रहे पनि यिनको इच्छामति समाजमुखी रहेकोले सबै ग्राह्य भयो ।

नयाँ–नयाँ मित्रहरूसँग सम्पर्क गर्न रूचाउने, नयाँ–नयाँ खालका कृतिहरू प्रकाशित गर्न पाउँदा गौरव गर्ने यिनीसँग मेरो मित्रता भएको पनि केही वर्ष भइसकेको छ । सम्पर्क हँुदादेखि सम्पर्क छोडौं जस्तो भएन यिनीसँग । जनमतसँग यिनको मन गाँसिएकै कारणले पछिल्लोपल्ट गठन भएको जनमत वाङ्मय प्रतिष्ठान नेपालमा पनि यिनी आजीवन सदस्यका रूपमा आवद्ध भए । यसैगरी यिनको सक्रियताका लागि, यिनको सिर्जनाको निरन्तरताका लागि जनमत मासिकले पनि शान्तिनारायण श्रेष्ठ विशेष–१५५ असार २०६७ मा प्रकाशित गरेर उनको मूल्याङ्कन गरेकै हो ।

शान्तिनारायण श्रेष्ठ एकजना सक्रिय सिर्जनाधर्मी भएकै कारणले उनका क्रियाशीलताका अनेकौं बाटाहरू र पाटाहरू छरपष्ट छन् । सामाजिक, धार्मिक सङ्घ–संस्थामा पनि सक्रिय यिनी गुप्तेश्वर पुस्तकालयलगायत दुई दर्जनभन्दा बढी विभिन्न विधा र क्षेत्रका सङ्घ–संस्थामा क्रियाशील छन् । कुश्माबजार, पर्वतमा वि.सं. १९९६ भाद्र १७ गते रूपनारायण श्रेष्ठ र मानकुमारी श्रेष्ठका छोरा भई जन्मेका शान्तिनारायण श्रेष्ठका तीन छोरा र दुईटी छोरीहरू क्रियाशील रहेर जीवन–पथमा सक्रिय छन् । जीवनसँगिनी सुकमाया श्रेष्ठ दिवंगत भइसकेका छन् । जौमाया श्रेष्ठ जीवन सँगिनी आफ्नो कर्म–पथमा सक्रिय छन् । २०१८ सालमा ‘आँकुरो’ पत्रिकामा ‘शुभेच्छा’ कविता छपाएर देखापरेका यिनी दर्जनौ कविताका पुस्तकहरूबाट विभिन्न आयामहरूमार्पmत पोख्न पाउँदा खुसी देखिन्छन् । खण्डकाव्य, शोककाव्य मात्र होइन गद्यकवितामा पनि आफ्नो पहिचान देखाउन सफल कवि शान्तिनारायण श्रेष्ठले गजल, मुक्तक, हाइकु, ताङ्का आदिमा पनि कवितात्मक भावना पोखेर आपूmलाई कविका रूपमा चिनाएका छन् । लोकदोहोरीका क्यासेट चक्काहरू पनि निकाली सकेका यिनीले ‘सगुन’ साहित्यिक पत्रिकाका २०५४ सालदेखि सम्पादक प्रकाशक भई सेवा पु¥याएको देखिन्छ ।

त्यसैले भन्न सकिन्छ – शान्तिनारायण श्रेष्ठ एकजना समाजसेवक, कवि, सम्पादक, लेखक बहुआयामिक व्यक्तित्व हुन् । यिनी सरलभाषामा मानवीयताका तरङ्गहरू कवितामा सम्प्रेषण गर्न खोज्छन् । समाजमा सकारात्मक सोच विकास गर्न र गराउन कुनै पनि माध्यमको खोजी गर्छन् । र साथै साहित्यकारहरू समाज र राष्ट्रप्रति उत्तरदायी रहनुपर्छ भन्ने सोचेर सिर्जना गर्न मन पराउँछन् । सामाजिक विकृति, विसङ्गति र शोषणका, विरूद्धमा आपूmमा उब्जेका भावनाहरूलाई लोकगीत र कवितामा पोख्न पाउँदा उनी सफल भएको ठान्छन् । निरन्तर लेखिरहने यिनी केही न केही साहित्यिक अभियान संचालन गर्न पाउँदा जीवन सार्थक भएको सम्झिदिने पुरानापुस्तका यी समर्पित कवि शान्तिनारायण श्रेष्ठ आपूmलाई यसरी पोख्न रूचाउँछन् – “म अभैm सफल लेखक बन्न सकेको छैन, तर सामाजिक दायित्ववोध, सकारात्मक सोच र क्रियाशीलताले साहित्यिक विधामा केही योगदान पु¥याउन सकिन्छ कि भन्ने अपेक्षा लिएको छु ।” यस्तै सरलता बोकेर साहित्यिक पथमा लागिरहेका यिनी पर्वत जिल्लाबाट राष्ट्रमै चिनिन सफल साहित्यकार हुन् ।

कवितामा आफ्नो छुट्टै पहिचान बनाइसकेका कवि शान्तिनारायण श्रेष्ठले कथा, लघुकथा लेख निबन्धमा, संस्कृतिको खोजी र अन्वेषणमा पनि आपूmलाई पोख्न जाँगर चलाएका छन् । साहित्यका विविध विधामा आपूmलाई सरल ढङ्गले जनमतको विचार दृष्टि बोकेर देखापर्दै आएका यिनी आफ्नो जीवन–चर्याका बाटाहरूमा पनि षड्यन्त्र, छलछाम, धोकाधडीबाट बच्न र बचाउन आतुर छन् । साहित्य यिनका लागि ‘जीवन र जगत्को अनुभूतिजन्य कलात्मक अभिव्यक्ति’ हो । मानव जीवनलाई अमूल्य निधिका रूपमा आत्मसात गरेका यिनी बाँकी जीवन साहित्य सिर्जना, संरक्षण, सम्वद्र्धन एवं सामाजिक कार्यमा बिताउने आफ्नो भविष्यको इच्छा बताउने गर्छन् । ३६ वर्ष निजामती सेवा र चार दशकभन्दा बढी विभिन्न सरकारी गैरसरकारी संस्थाहरूमा सङ्लग्न रही आएका यिनी आफ्नै परिवेश र जीवन भोगाइको अनुभूतिबाट सहित्य सिर्जनामा लागेको बताउने गर्छन् । एस.एल.सी. सम्ममात्र उत्तीर्ण गरेका यिनी परेरै धेरै थोकको ज्ञान आर्जन गर्न सफल रहे । थाक्न नजानेकै कारणले पर्वतकै साहित्यिक धरोहर जस्तै बने यिनी । निरन्तर लागिरहने मन राखेकै कारणले साहित्यका एकजना कर्मठसेवी बने यिनी । एउटा अकाट्य नाम बन्यो – शान्तिनारायण श्रेष्ठ ।

शान्तिनारायण श्रेष्ठ कुश्मामा रहेर साहित्यमा मन दिँदै, सिर्जनामा भावना साट्दै धेरै खालका सामाजिक तथा साहित्यिक कार्य–कर्ममा आफूलाई भुल्दै सशक्त तुल्याउँदै बाँचेका साहित्यकार हुन् । साहित्यका विविध विधामा कलम चलाउँदै राष्ट्रमा आफ्नो पहिचान देखाउन सफल साहित्यकार शान्तिनारायण श्रेष्ठ कुश्मामा फुल्दै, झुुुल्दै वासना छर्किन सफल एकजना वरिष्ठ साहित्यकर्मी हुन् । अनुभवका खानी भएकै कारणले यिनका कविताका हरफहरूमा समसामयिकता फैलिंदो छ । व्यापार, कृषि, ठेक्कापट्टा, सरकारी नोकरी, कलाकारिता पनि गरिसकेका यिनी जीवनलाई सङ्घर्षका विभिन्न आयामहरू सम्झिने गर्छन् ।

देवकुमार श्रेष्ठलाई बदलेर शान्तिनारायण श्रेष्ठ बनेका कवि छलकपटविहीन सिधासाधा सरल कविता लेख्न मन पराउँछन् । देशको समसामयिकताबारे राजनीतिक कपट र छलकपटका विरूद्ध पनि यिनले थुपै्र कविता कोरेका छन् । जनमत ः कवितामा प्रजातन्त्र लोकतन्त्रका हिमायतीहरूले साँच्चीकै प्रजातन्त्र र लोकतन्त्रका लागि केही गर्न नसकेको र आफ्नै लागिमात्र गरेर आफू पोस्दैै गरेको स्थिति हेरेर यिनी कवितामा लेख्छन् –

खै कसलाई आयो प्रजातन्त्र
नेताहरू आफूले नखानु खाएर डकारेका छन्
दुई छाक पेटभरि खान नपाएका
भोका र निर्धा जानतालाई हपारेका छन्
कमिसन खाने कुरामा
पक्ष, विपक्ष एकै ठाउँमा जुटेका छन्
कमिसन खान नपाए
आफूआपूmमै पनि
ऐनाझैं चिराचिरा परी टुटेका छन्
खै कसलाई आयो प्रजात्रन्त्र ?

अहिले पनि त्यही स्थिति छ राजनीतिक वृत्तमा । यस खालका विकृतिजन्य राजनीतिबाट उनी पनि त्रसित छन् । देशको स्थिति डाँवाडोल बनाइएको छ । देशका दक्ष जनशक्ति विदेशमा पलायन भएका छन् । कतै शान्त छैन परिवेशमा । यी सब भोग्दै आएका कवि शान्तिनारायणले विदेश पलायनकोे पीडाजन्य अनुभूति कवितामा यसरी उतारेका छन् –

माहिँलो डुब्छ अरबको खाडीमा
साहिँली रून्छे बम्बईको कोठीमा ।

कालीमोदी दोभानमाथि रहेको कुश्माका शान्तिनारायण श्रेष्ठले आफूलाई साहित्यमा समर्पित तुल्याएर पर्वतको गरिमालाई उच्च बनाएका छन् । उर्वर–उर्वर बनाउँदै छन् यिनले आफ्नो साहित्यिक मन र आँखाहरूलाई । समकालीन जनजिन्दगीका तस्वीरहरू कवितामार्फत् पोख्दै आएका शान्तिनारायणले कवितालाई आफ्नो प्रिय विधा सम्झेको देखिन्छ । आफ्नै भुगोल र परिवेशलाई साहित्यमा उतार्दै आएका यिनी स्वदेशी साहित्यकारहरूमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली र भूपि शेरचन मन पराउँछन् । विदेशीमा यिनी रविन्द्रनाथ टैगोरबाट बढी प्रभावित छन् । यिनको ठम्याइमा साहित्य संसार हो । यिनी साहित्य मनमा राख्छन्, आँखामा सजाउँछन् र तनमा बोक्छन् तर यिनी साहित्यलाई यसरी परिभाषित गर्न रूचाउँछन् –“मेरोे ठम्याईमा साहित्यले जीवन र जगत्को विश्लेषण गर्न अभीष्ट राखेको हुनुपर्दछ । हरेक सिर्जनाहरू जनमुखी र सामाजिक रूपान्तरणका लागि सहयोगी हुन सके भने त्यो साहित्य उत्कृष्ट हुन सक्तछ । साहित्य सिर्जनाले निराशामा आशा, अँध्यारोमा उज्यालो र दुःखमा सुख पहिल्याउन सक्ने ऊर्जा प्रदान गर्न सक्नुपर्दछ ।”
साहित्यिक यात्रामा एउटा बिम्ब बनिसकेका शान्तिनारायण श्रेष्ठका साहित्यका हरफहरू भनूूँ नैे उनले देखेका परिवेश तथा आफूले देखेर, सुनेर, भोगेर अनुभूुत गरेका विषयवस्तुहरू नैे हुन् । मोफसलबाट साहित्यिक सिर्जना र गतिविधि भइरहेका छन् – राष्ट्रियस्तरमाजस्तै । यस्तै भइरहेका सन्दर्भमा उल्लेख गर्नुपर्दा मोफसलबाट एउटा नाम उच्चारण गर्नुपर्दा उच्चारण गर्न सकिने खालको नाम बनिसकेको छ – शान्तिनारायण श्रेष्ठ । शान्ति नारायणको अभिनन्दन भनेको उनले गरेको साहित्यिक अभियानको अभिनन्दन हो । उनको अभिनन्दन भनेकोे उनले लेखेको साहित्यिक सिर्जनाको अभिनन्दन हो ।

प्रकाशित मिती : सोमवार, भदौ १०, २०७०

(स्रोत : काभ्रे टाईम्स साप्ताहिक)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.