~राबत~
आहा यार, तिम्रो त घर पनि बजार जस्तो !
कोही किनिन, कोही बेचिन तैयार जस्तो ।
यो बाटोमा जस्ले मुट्ठी उठाएर हिँड्न सक्छ
एक्लै पर्ला उ, तर देखिन्छ हजार जस्तो ।
नतात्तिकन, नगलिकन, नपिट्टिइकन
कसले पाउँछ जिन्दगी सुनैको हार जस्तो ।
जसको खुट्टामा बाटो, आँखामा सपना छैन
फेरि उसैलाइ देख्दैछु, सधैँ हतार जस्तो ।
को मान्छे हो त्यो ? जस्र्लार्इ टाढैबाट चिनिन्छ,
भुँडी हेर्दा गोदाम, घाँटी हेर्दा भन्सार जस्तो ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )
