कविता : गुलाबको बासना

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

गृष्मयामको उखरमाउली घाम
बतास चलेपनि टन्टलापुर गर्मी
आकाशबाट जति नै झरी दर्के पनि
चारैतिर मगमग बासना फूलको
स–साना किराफटयाङ्ग्रा छरप्रष्टै बाटाभरि
र लाग्छ प्रगतिपथमा लम्केका पाइलाहरु
त्यही गुलाबी बासनासँगै सदैव फैलिरहोस्
दुई पाइलापिच्छे राता र हरिया बत्तीहरु

जीवनमा बस विश्राम लिंदै हिड्नुछ टाढै
विविध सङ्घर्षका झोलुङ्गे पुलहरु पार गर्दै
निरन्तर बढ्नु नै छ लक्ष्यप्राप्तिका निम्ति
डग्मगाउन खोज्छन् पाइलाहरु कहिलेकाहीं
अत्यास लागेर चिन्तित हुन्छन् मनहरु
ठेला उठेका कुर्कुचा पनि बिझाउन थाल्छन्
उफ्,
छिनभरमै झर्छन् विश्वासहरु, गुलाफको फूलझैं
फेरि उही बतास चल्न थाल्छ तातै
हिम्मत र उत्साहका सन्देशहरु बोकेर
आफनाहरुको आफनोपन आभाष बोकेर
अनि त लाग्छ, साहसका रश्मिहरु मग्मगाउन थाले
सुस्ताएका आशाहरु फेरि मजबुत हुन थाले
राता, सेता गुलाबी बासनाजस्तै
चारैतिर गुलाबी बासनाको मीठो सुगन्ध बोकेर
आहा ! जीवन पनि गुलाबी बासनाझैं हुँदो हो !

रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.