~सुरेश सुवेदी~
ओठ राम्रो आँखा राम्रो तिम्ले बोल्ने भाका राम्रो
ममताले भरिएको त्रि्रो प्यारो काख राम्रो ।।
समाइराखुँ जस्तो लाग्ने नरम त्रि्रो हात राम्रो
सधैँ सँगै बसूँ लाग्ने त्रि्रो मीठो साथ राम्रो ।।
तिमीसँग टाढा हुँदा नजिक बसुँ-बसुँ लाग्थ्यो
नजिक बस्दा तिमीलाई बाहुलीमै कसूँ लाग्थ्यो ।।
कस्दा-कस्दा तिमीलाई रात पनि साँझ हुन्थ्यो
रात परेपछि चाहिँ हातभरि मात हुन्थ्यो ।
सम्मालिन्थ्यौँ हामी फेरि, मातिएको हात हुन्थ्यो
थाहा छैन यी हातले कहाँ-कहाँ कता छुन्थ्यो ।।
पाप थेन घात थेन भलाइकै भाव थियो
अदृश्य ती मनभित्र जिज्ञाज्ञा र चाह थियो ।।
अदृश्य र अतृप्त ती चाहहरू जिउँदै रह्यो
अमिलो त्यो अतीत, सधैँभरि आलो भयो ।।
– धादिङ
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)