~दिपेन्द्र खड्का~
१.
तिमी भन्थ्यौ मलाई सधै माया गर्छु भनेर
तिमीलाई पाउन सधै तिम्रो नजिक सर्छु भनेर
तर आज तिम्रो माया झुटो र खोटो रहेछ
किन ब्यर्थै नाटक गर्छौ तिमी बिना मर्छु भनेर
२.
म छु धेरै टाढा तिम्रो याद आउछ अचेल
आँखामा तिम्रै मात्र तस्बिर छाउछ अचेल
जति बिर्शु भन्छु सम्झनाले सताउछ धेरै
किन किन तिम्रै मात्र याद लाउछ अचेल
३.
चिनेको छैन देखेको छैन माया किन लाग्छ
जो कोहि देख्छु उनकै मात्र छाया किन लाग्छ
किन यस्तो यादहरु छल बनेर बस्छ मनमा
यस्तो लाग्छ जिन्दगी पनि साया किन लाग्छ
दिपेन्द्र खड्का
मोरंग ,टाँडी १ तिल्केनी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )