कार्यपत्र : डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

यतिखेर नेपालीमा डायस्पोरिक साहित्य÷आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । यीमध्ये नेपालीमा डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे त्यति धेरै चर्चा गरिएको छैन । यस कार्यपत्रमा डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरणमाथि प्रकाश पारिएको छ । वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा ल्याइएका शब्दमध्ये एक डायस्पोरा भए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहि“ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति सबैले आपूmलाई डायस्पोरा ठान्ने र त्यसप्रकारका सिर्जनालाई डायस्पोरिक लेखन भनिदिने गरेको पाइन्छ । यसप्रकारको त्रुटिपूर्ण व्याख्याबाट डायस्पोरासम्बन्धी दृष्टिकोण नै अस्पष्ट हुने स्थितिसमेत सिर्जना हुन लागेको देखिन्छ । केही समय उता (विदेश) गएका व्यक्तिहरूद्वारा उतै बसेर वा यता (स्वदेश) फर्किएर लेखिएका जस्तासुकै रचना डायस्पोरिक हुन् भन्ने भ्रम फि“जाइएको छ । उता वा विदेश गएकाहरूद्वारा लेखिएका जुनसुकै र जस्तासुकै रचनाहरूलाई डायस्पोरिक रचना भन्न मिल्दैन । नेपालीमा यतिखेर केहीले अल्पज्ञान वा अनभिज्ञताका कारण डायस्पोरा शब्दको अपव्याख्या र जथाभावी प्रयोग गरेकाले डायस्पोराबारे कतिपय अन्योल उत्पन्न भएको र यसबारेमा निकै गम्भीर प्रश्न उठाउनसमेत थालिएको हु“दा यसको ऐतिहासिक एवं वर्तमान दुवै सन्दर्भ केलाई वास्तविक अर्थ ठम्याउनु आवश्यक देखिन्छ । डायस्पोरालाई साहित्यिक सन्दर्भबाट मात्र नभएर सामाजिक–सांस्कृतिक सन्दर्भबाट पनि अथ्र्याउनु आवश्यक छ । डायस्पोराबारे रुचि राख्ने सम्बद्ध सबै क्षेत्रका व्यक्ति एवं संस्थाको सामूहिक प्रयास र आपसी समन्वयबाट यसलाई सैद्धान्तिकीकरण गर्न सकिन्छ ।

यो कार्यपत्र डायस्पोरा सिद्धान्त, नेपाली डायस्पोराको अवस्था, नेपालीमा डायस्पोराबारे व्याप्त अन्योल र त्यसको निराकरण, नेपालबाहिर नेपाली साहित्यको अवस्था र विश्वव्यापीकरण आदिस“ग सम्बद्ध विविध पक्षको चर्चामा केन्द्रित छ । यसमा उल्लेख गरिएका कुरा नै अन्तिम सत्य हुन् भन्ने मेरो दाबी छैन । यसलाई स्वस्थ एवं सकारात्मक बौद्धिक छलफलबाट अन्तिम टुङ्गो लगाउन सकिन्छ ।

१. डायस्पोराको परिचय

ईसापूर्व छैटौ“ शताब्दीतिरदेखि प्रचलनमा रहेको ग्रिसेली शब्द मष्बकउयचब हेब्रुली नबगित तथा अङ्ग्रेजी भहष्भि स“ग सम्बद्ध छ र यो विशेषतः उन्नाइसौ“ शताब्दीतिरदेखि अङ्ग्रेजीमा र बीसौ“ शताब्दीको मध्यतिरदेखि अन्यत्र पनि विस्तारित भएको देखिन्छ । यसको प्रारम्भिक अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु वा कसैलाई दण्ड दिई एउटा मुलुकबाट निकालेर अर्काे मुलुकमा धपाउनु भन्ने थियो । यतिखेर डायस्पोराको सम्बन्ध सोभैm यहुदी निर्वासन ९भहष्भि० वा दण्डस“ग गा“सिदैन र यसले बलपूर्वक ननिकालिई जुनसुकै कारणबाट स्वयं अन्य मुलुकमा जानु वा आफै“ संसारभर पैmलिनु वा कुनै पनि कारणबाट आÇनो जन्मभूमि वा पुख्र्यौैली थलो छोडेर अन्यत्र गई बस्नु भन्ने अर्थबोध गराउ“छ । वर्तमान सन्दर्भमा डायस्पोरा शब्दले पैmलावट÷विकीर्णन ९मष्कउभचकष्यल०, फि“जाइ ९कउचभबमष्लन०, छराइ÷तितरबितर ९कअबततभचष्लन०, बसाइ“सराइ ९mष्नचबतष्यल० आदि अनेक अर्थ दिन थालेको हु“दा यसको प्रारम्भिक वा पुरानो अर्थ निर्वासनमा मात्र सङ्कुचित नराखी यसलाई अर्थविस्तार र अर्थपरिवर्तन गर्नुपर्ने भएको छ ।

डायस्पोरा÷डायस्पोरिक शब्दको ठ्याक्कै नेपाली समानार्थी शब्द खोज्न त्यति सजिलो नभए पनि यसलाई निर्वासन, विकीर्णन, विस्थापन, प्रवास, आप्रवासजस्ता विभिन्न शब्दबाट अथ्र्याउन सकिने स्थिति रहेको छ । यिनमा डायस्पोरा÷डायस्पोरिकका लागि विशेष पारिभाषिक शब्दका रूपमा आप्रवास÷आप्रवासी शब्द प्रयोग गर्नु बढी सान्दर्भिक र उपयुक्त देखिन्छ । वर्तमान सन्दर्भमा यसको अर्थबोध गराउन गैरआवासीय शब्दको प्रयोग गर्न सकिने स्थिति पनि देखापर्न थालिसकेको छ । सिङ्गो साहित्यका सन्दर्भमा आप्रवासी वा गैरआवासीय साहित्य भन्न सकिन्छ भने नेपाली साहित्यका सन्दर्भमा आप्रवासी नेपाली साहित्य वा गैरआवासीय नेपाली साहित्य भन्न सकिन्छ ।

खासमा डायस्पोरा सकारात्मक अर्थबोधक शब्द नभएर नकारात्मक अर्थबोधक शब्द हो । यसर्थ डायस्पोरा÷डायस्पोरिकका लागि विशेष पारिभाषिक शब्दका रूपमा आप्रवास÷आप्रवासी शब्द प्रयोग गर्नु राम्रो हुन्छ तर कसैलाई आप्रवास÷आप्रवासी शब्द प्रयोग गर्न मन नलागे वा डायस्पोरा शब्द नै प्रयोग गर्नुपर्छ भनी अनावश्यक बखेडा गर्ने भए त्यसो गरेर समय खेर फाल्नुहुन्न । नेपालीमा कतिपय आगन्तुक शब्द पनि रामै्र गरी पचिसकेका हु“दा पुरानै शब्द डायस्पोरा÷डायस्पोरिकलाई लिई त्यसलाई नया“ सन्दर्भअनुरूप परिभाषित गरेर अथ्र्याई प्रयोग गर्दा फरक पर्दैन । भाषामा अर्थसङ्कोच, अर्थविस्तार, अर्थपरिवर्तन आदि सामान्य प्रक्रिया नै भएकाले कुनै शब्दलाई पहिले जुन अर्थमा प्रयोग गरिन्थ्यो त्यही अर्थमा प्रयोग गरिनुपर्छ भन्ने छैन । डायस्पोराका लागि नेपाली शब्द के राख्ने भनी शब्दकै विवादमा अल्झेर समय बिताउनु भने हुन्न । सामान्य शब्दमा विवाद झिकेर समय खेर फालिएमा त्यो पछिल्लो पुस्ताको लागि प्रत्युत्पादक हुनसक्छ । यस्तै विवादमा एक दशकजति त्यत्तिकै खेर गइसकेको हु“दा अबको समयलाई अधिकतम उपयोग गर्नुपर्छ । डायस्पोरालाई यही पुस्ताले नअथ्र्याए पछि झनै सङ्कट हुने पक्का छ ।

डायस्पोराका लागि कसैकसैले देशपारीय शब्द पनि प्रयोग गरेको पाइन्छ । यस सन्दर्भबाट भन्ने हो भने मेची, काली, हिमाल वा तराईका केही भूभाग पार गर्नेबित्तिकै देशपारि हुन्छ तर ती सबैलाई डायस्पोरिक भन्न मिल्दैन । यसरी पारीय जोडी जबर्जस्ती गर्दै जा“दा अञ्चलपारीय, जिल्लापारीय, गाउ“पारीय, टोलपारीय, घरपारीय, बाटोपारीय, खोलापारीय आदिमा छुट्ट्याउनुपर्ने हुनसक्छ । यसैगरी कसैले परदेशी साहित्यको प्रसङ्ग पनि उठाएका छन् । कसैले जन्मभूमिलाई घरदेश र गएको ठाउ“लाई परदेश शब्दको प्रयोग गरेको पाइए पनि परदेशले डायस्पोराको अर्थ वहन गर्न सत्तैmन र यी दुवै भिन्नार्थी शब्द हुन् । यसरी मनगढन्ते पाराले जे पायो त्यही शब्द राखेर आÇनोपन देखाउन खोज्ने वृत्तिले अन्यत्रभैm“ डायस्पोरालाई पनि क्षति नै पु¥याइरहेको छ । यस्ता निरर्थक शब्दबाट डायस्पोरा नअर्थिने हु“दा यस्ता शब्दको प्रयोग गर्नु उपयुक्त हु“दैन ।

डायस्पोरा शब्दको सट्टा दक्षिण एसियाको साहित्यलाई प्रवासी र त्यसभन्दा परको साहित्यलाई आप्रवासी साहित्यको रूपमा परिभाषित गरिनुपर्ने तर्क पनि देखापरेको छ । नाम वा शब्द महŒवपूर्ण नभएर काम वा अर्थ महŒवपूर्ण हुने हु“दा बौद्धिक–प्राज्ञिक ढङ्गबाट छलफल गरी यिनलाई पारिभाषिक शब्दका रूपमा अथ्र्याएर यसो भन्दा पनि केही फरक पर्दैन । पहिले भारतमा गएका नेपालीलाई प्रवासी नेपाली र तिनीहरूद्वारा सिर्जित साहित्यलाई प्रवासी नेपाली साहित्य भनिन्थ्यो तर यतिखेर तिनीहरू आपूmलाई प्रवासी भन्न रुचाउ“दैनन् । यतिखेर त्यताका नेपालीलाई भारतीय नेपाली र साहित्यलाई भारतीय नेपाली साहित्य भन्ने गरिन्छ ।

डायस्पोराको सम्बन्ध प्रवासिनु वा विदेसिनुस“ग रहेको र विदेसिने चलन नया“ नभएकाले यसैस“ग सन्दर्भित शब्द डायस्पोरा पनि नया“ हुने कुरै भएन । डायस्पोरा शब्द पुरानो भए पनि अहिले यसलाई अर्थविस्तार वा अर्थपरिवर्तन गरी प्रयोग गर्न सकिन्छ । पहिले विशेषतः यहुदी समुदायको निर्वासनस“ग सम्बद्ध डायस्पोराले अहिले विशेषतः आप्रवासनलाई सङ्केत गर्छ । यी विभिन्न सन्दर्भबाट हेर्दा डायस्पोरा भनेको कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा निर्वासित भएर, पैmलिएर, विकीर्ण भएर, फि“जिएर, छरिएर, तितरबितर भएर, बसाइ“ सरेर एवं प्रवासिएर बस्नु भन्ने हुन्छ ।

प्रत्येक राष्ट्रको आÇनो डायस्पोरा हुन्छ र त्यो आÇनो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहेको हुन्छ । यसर्थ आÇनो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुने हु“दा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । एउटा मुलुकबाट अर्को मुलुकमा प्रवासि“दा, बसाइ“ सर्दा वा छरिएर बस्दा सम्बद्ध मुलुकको सामाजिक–सांस्कृतिक परिवेशजन्य भिन्नताले जीवनभोगाइमा सङ्कट उत्पन्न हु“दाहु“दै पनि त्यही सङ्कटका बीच बा“चिरहेका वा बा“च्न बाध्य भइरहेका मानिसहरू नै डायस्पोरा हुन् । यस्तो स्थिति जुनसुकै मुलुक वा जातिमा हुनसक्छ । यसप्रकार विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्नपुगेको छ । नेपालबाट अन्यत्र विभिन्न मुलुकमा गई लामो समयदेखि छरिएर बसोबास गरेका नेपालीहरू सम्बद्ध देशका नेपाली डायस्पोरा हुन् ।

यी सबै सन्दर्भबाट हेर्दा आÇनो मातृभूमि छाडेर अर्काे कुनै पराइ मुलुकमा गई आÇनो मुलुक र आफन्तजनका वियोगको पीडा खपेर पनि त्यही“ जीवन धान्न बाध्य व्यक्ति डायस्पोरा हुन्छ र त्यस्ता व्यक्तिबाट त्यसै प्रकारको अनुभूति अर्थात् त्यताको पीडा र यताको स्मृतिजन्य अनुभूति प्रस्तुत गरी लेखिएको साहित्य डायस्पोरिक हुन्छ । साहित्यिक सन्दर्भमा सामान्यतया तन उता र मन यता हुने खालको अभिव्यक्तिलाई डायस्पोरिक साहित्य भन्न सकिन्छ । यसरी डायस्पोरा शब्द र यसको प्रयोग सन्दर्भ सुरुतिर अर्कै भए पनि अहिले यसले नवीन सन्दर्भार्थका साथ साहित्यिक स्वरूप ग्रहण गर्न थालिसकेको हुनाले यसलाई उदारतापूर्वक ग्रहण गर्दा फरक पर्दैन ।

डायस्पोरालाई नेपाली सन्दर्भबाट मात्र अथ्र्याउन नसकिने अवस्था सिर्जना भइसकेकाले यसलाई न्यूनतम रूपमा सैद्धान्तिकीकरण गर्न आवश्यक छ । यसका लागि यस विषयका ज्ञाता तथा अध्येताहरूको गहन छलफलबाट निष्कर्ष निकाली त्यसलाई सर्वत्र प्रचारप्रसार गरिनुपर्छ । डायस्पोरालाई स्पष्ट रूपमा अथ्र्याएर सैद्धान्तिकीकरण गरिसकेपछि कुन व्यक्ति डायस्पोराभित्र पर्छ र कुन पर्दैन भन्ने कुरा स्वतः निर्धारित हुन्छ । यसर्थ अहिले को डायस्पोरा हो र को होइन भन्दा पनि डायस्पोरा वा डायस्पोरिक के हो भन्ने समस्या भएकाले सर्वप्रथम यसको निराकरण गरिनु आवश्यक छ । डायस्पोरालाई अथ्र्याएर स्पष्ट पारिसकेपछि स्वतः वर्गीकरण गर्न सकिने अवस्था आउ“छ र यसलाई विभिन्न ढङ्गले वर्गीकरण गर्न पनि सकिन्छ । सम्बद्ध व्यक्ति कुन मुलुकमा गएर बसेको छ त्यसै आधारमा पनि वर्गीकरण गर्न सकिने हु“दा यसका नेपाली अमेरिकी डायस्पोरा, नेपाली बेलायती डायस्पोरा, नेपाली क्यानडेली डायस्पोरा (यसलाई अमेरिकी नेपाली डायस्पोरा, बेलायती नेपाली डायस्पोरा, जापानी नेपाली डायस्पोरा आदि भन्नुपर्ने अवस्था पनि आउनसक्छ ।) आदि अनेक प्रकार हुनसक्छन् । यसैगरी प्रस्तुतिगत÷प्रवृत्तिगत आधारमा पनि डायस्पोरिक साहित्यको वर्गीकरण गर्न सकिन्छ ।
उहिलेदेखि अहिलेसम्म अनेक कारणबाट थुपै्र मानिसहरू आÇनो जन्मभूमि छाडेर विदेसिने क्रम निरन्तरप्रायः छ । कतिपय बाध्यात्मक रूपमा विदेसिएका हुन्छन् भने कतिपय स्वेच्छाले राजीखुसी विदेसिएका हुन्छन् । व्यापारव्यवसाय, सैन्यकर्म, अध्ययन, वैवाहिक सम्बन्ध, राजनैतिक अस्तव्यस्तता, धार्मिक हिंसा, प्राकृतिक प्रकोप आदिका साथै शरणार्थी र युद्धपीडित भएर अनि सुखसुविधाको खोजीका लागि पनि मानिसहरूमा विदेसिने प्रवृत्ति पाइन्छ । कतिपय व्यक्ति स्वदेशबाट विरक्तिएर नफर्किने हिसाबले विदेसिए पनि त्यहा“ आÇनो अस्मिता नदेखी फेरि मातृभूमिमै फर्केर आउ“छन् । आÇनो शिक्षा आर्जन, कमाइधमाइ आदि सकेर स्वदेश फर्किने इरादा बोकी विदेसिएकाहरूका मनमा फर्किने चाहना हु“दाहु“दै पनि बाध्यात्मक परिस्थितिका कारण तिनीहरू फर्किन सक्दैनन् र त्यतै बस्छन् । वास्तवमा क्षणिक आवेशमा बाहेक अब म कहिल्यै स्वदेश फर्किन्न भनेर कमै मात्र विदेसिन्छन् । तिनमा स्वदेश फर्कने सोचाइ र चाहना भए पनि परिस्थितिजन्य कारणबाट फर्कन नमिल्ने स्थिति पनि आउनसक्छ । यसरी आÇनो मातृभूमिबाट अलगिएर गएकाहरू मिलेर त्यही“ एउटा भावनात्मक समाजको निर्माण गर्छन् र यसरी निर्मित समुदायलाई डायस्पोरा भनिन्छ । यस्तो प्रायः तेस्रो विश्वका गरिब, अविकसित र अशान्त मुलुकबाट पहिलो विश्वका धनी, विकसित र सम्पन्न मुलुकमा हुने गर्छ ।

यतिखेर तेस्रो विश्वका शरणार्थीहरूसमेत अमेरिकाली तथा युरोपेली मुलुकतिर जान लालायित देखिन्छन् भने कतिपय गइसकेका पनि छन् र कतिपयलाई योजनाबद्ध रूपमा लगिएको पनि छ । कतिपय धनी मुलुकले गरिब मुलुकका नागरिकहरूलाई वैधानिक प्रक्रिया पूरा गरेरै आÇनो मुलुकमा भिœयाउने गरेको पनि पाइन्छ । यसको ज्वलन्त उदाहरणका रूपमा नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका युरोपतिर भिœयाउने सन्दर्भलाई लिन सकिन्छ । केही दशकअगि भुटानबाट खेदिएर नेपाल भित्रिएका र पूर्वी नेपालको झापास्थित शरणार्थी क्याम्पमा बसोबास गरिरहेका नेपाली भाषी भुटानीहरूमध्येबाट ठूलै समूह अमेरिका तथा युरोपेली मुलुकहरूमा पु¥याइएको छ । यसरी आÇनो देशबाट लखेटिएर अर्काे देशमा र त्यहा“बाट स्वेच्छाले अर्कै देशमा गएका वा लगिएकालाई डबल डायस्पोरा भन्नुपर्ने स्थिति पनि आएको छ ।

वर्तमान विश्वका प्रायः अविकसित मुलुकहरूबाट विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढ्दो छ । जुन ठाउ“बाट जहा“ गएका हुन् त्यही“को भाषा, संस्कृतिमा ती सब विलयन हुने क्रम पनि जारी छ ।

नेपालबाट पनि प्रशस्तै नेपालीहरू संसारका विभिन्न ठाउ“मा विकीर्णन, विस्थापन वा निर्वासन भएका छन् वा प्रवासिएका छन् । डायस्पोरामा ‘जहा“ छौ त्यही“का हौ’ भनिए पनि जाति र संस्कृतिका नाममा ‘आÇनै राष्ट्रको’ भन्ने मानसिकता भने रहिरहन्छ तापनि तिनले रीतिथिति आदि सबै पक्ष त्यही“को आत्मसात् गर्नुपर्ने हुन्छ । यस्तो स्थिति आउन निकै लामो समय लाग्छ, छोटो समयमा हु“दैन । यसर्थ मातृभूमि त्यागेर अन्यत्र गई छोटो समय वा अस्थायी बसोबास गर्नेलाई नभएर लामो समय वा स्थायी बसोबास गर्नेलाई मात्र डायस्पोरा मान्नुपर्ने हुन्छ ।

अर्काको देशमा जतिसुकै सम्पन्न भएर अनेकौ“ सुखसुविधाका साथ बसे पनि प्रायः सबै व्यक्तिमा आÇनो मातृभूमि र आफन्तहरूप्रतिको सम्झना र सद्भाव स्मरणमा रहिरहन्छ । यता वा स्वदेशबाट तिनको नागरिकता वा नागरिकका हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकार गुमिसकेको वा गुम्न लागेको हुन्छ भने उता वा विदेशपटि केही मात्रामा त्यस्तो अधिकार प्राप्त भएको वा नभएको स्थिति रहन्छ तर पनि आत्मपहिचान वा परिचयको सङ्कट ९अचष्कष्क या ष्मभलतष्तथ० भने सदैव जीवित रहन्छ । यसरी प्रवासिएकाहरूले मातृभूमि सम्झे पनि परिस्थितिवश उतैको भाषा, संस्कृति, अपरिचय आदिस“ग सङ्घर्षरत रही बसोबास गर्दागर्दै त्यतै विलयन भएकालाई पनि डायस्पोरा नै भनिन्छ । यताबाट उता गए पनि फर्केर आउनचाहि“ चाहने तर सहजै फर्केर आउन नसकी उतै स्थायी रूपमा बसोबास गर्ने बाध्यता भएका मानिसहरू पनि डायस्पोरा हुन् । यिनको तन उता र मन यता वा आधा मन उता अनि आधा मन यता हुने गर्छ र तिनमा जहिले पनि असुरक्षा, भय, सन्त्रास, मानसिक पीडा, अपरिचय, बिरानोपन वा पराइपन आदिका साथै मातृभूमि र आफन्तजनको सम्झना, कर्मलाई धिक्कार्ने वृत्तिलगायत अनेक प्रकारको पीडाबोध भइरहन्छ । यिनीहरू भौतिक रूपमा पुगेको ठाउ“स“ग र मानसिक रूपमा पैतृक थलो वा मातृभूमिस“ग गा“सिएको द्वैध मनस्थिति वा दुईतिरको पन वा दोहोरो पीडामा बा“च्न बाध्य हुन्छन् र यस्तैयस्ता पीडाको अभिव्यक्ति साहित्यका माध्यमबाट गर्छन् । डायस्पोरिक साहित्यमा यस्तैयस्ता भावना वा विचारहरू अभिव्यक्त भएका हुन्छन् । यसरी विविध ढङ्गबाट निर्मित समाजलाई डायस्पोरा र तिनबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिन्छ ।

यसरी हेर्दा यताको भावना बोकेर उता गई त्यतैको जीवन भोगाइका सकस, पीडा आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर वा यताको स्मरण गरेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भन्नु उपयुक्त हुन्छ । मूलभूमि वा मातृभूमिबाट विदेशीभूमि वा पराइभूमिमा पुगेका व्यक्ति वा समुदायका समस्याहरू तथा मूलभूमिका सन्दर्भ वा संस्मरणहरू चित्रित साहित्य नै डायस्पोरिक साहित्य हुन्छ । यसरी द्वैध संस्कृतिको घुलमिल गरी लेखिएको साहित्य डायस्पोरिक साहित्य हो ।

कतिपय डायस्पोरिक साहित्यलाई औपनिवेशिक सन्दर्भले पनि प्रत्यक्ष–परोक्ष प्रभाव पार्छ । यताबाट छुटेका र उतापटि नजोडिएका वा राम्ररी जोडिन नसकेका वा तन उता र मन यता भएकाहरूबाट त्यस्तैत्यस्ता सन्दर्भहरूलाई लिएर आत्मपहिचानको सङ्कट, गृहस्मृति÷गृहविरह ९लयकतबनिष्ब०, भय, पीडा, त्रास, असुरक्षा, अनिश्चितता, अपरिचय, बिरानोपन, आपूm र आÇनो सŒव हराएको औपनिवेशिक अनुभूति र त्यसको खोजी, द्वैध मनस्थिति आदिको अभिव्यक्ति गरिएका साहित्यलाई डायस्पोरिक साहित्य मानिन्छ ।
अन्य मुलुकका भै“m हाम्रा नेपालीहरू पनि विभिन्न सन्दर्भबाट उहिलेदेखि नै विदेसिने क्रम पाइन्छ ।

विदेसिएकामध्ये कतिपय फर्किए, कतिपय फर्किन चाहेर पनि फर्किन सकेनन् र उतै इहलीला समाप्त पारे भने कतिपयचाहि“ उतै घरजम गरेर बसेका छन् । विशेषगरी डेढदुई दशकको हाराहारीदेखि नेपालीहरू विदेसिने क्रम झन् बढ्दो छ । उच्चशिक्षित युवाहरूमा विदेशप्रतिको मोह दिनदिनै बढेकोबढ्यै छ । यसको प्रमुृख कारक तŒव नेपालमा विगत दशकमा चलेको सशस्त्र युद्ध पनि एक हो भने अन्य कारणहरूमा अविकास, राजनैतिक अस्थिरता पैसा कमाएर सुखसुविधापूर्वक जिउने अभिलाषा, उच्चशिक्षा हासिल गर्ने चाहना, देखासिकी गर्ने मनोवृत्ति आदि पनि रहेका छन् ।

सामान्यतया यताबाट उता गएकालाई डायस्पोरा र त्यहा“ गएर छोटोदेखि लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक÷आप्रवासी साहित्य भन्ने गरेको पाइए पनि वास्तविक डायस्पोरिक साहित्यचाहि“ लामो समय (कति लामो समय भन्ने निर्धारण गर्नुपर्छ) बसोबास गरी त्यही“को भाषा, संस्कृति, रहनसहन आदि अङ्गीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मान्नुपर्छ । विदेशी नेपाली साहित्य भनिएमा नेपालबाहिरका जोसुकैले लेखेका सबै साहित्यलाई लिन सकिन्छ तर ती सबैलाई डायस्पोरिक साहित्यचाहि“ भन्न मिल्दैन । यताबाट जो जहा“ गयो त्यही“को भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका तर आÇनो जातीय धर्मचाहि“ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहि“ डायस्पोरिक साहित्य भन्न मिल्छ । विदेसिएका अनेक नेपालीहरूबाट अनेक विषयवस्तुमा आधारित थुप्रै कृतिहरू लेखिएको पाइए पनि ती सबैलाई डायस्पोरिक साहित्यभित्र समेट्न सकिन्न । डायस्पोरिक साहित्य हुनलाई कुनै न कुनै ढङ्गबाट माथि चर्चा गरिएका कुराको अभिव्यक्ति वा विशेषता भएकै हुनुपर्छ र डायस्पोरिक साहित्यको विश्लेषण गर्दा यी सबै कुरामा ध्यान पु¥याउनैपर्छ ।

२. नेपाली डायस्पोराको अवस्था

केही समय यतादेखि नेपाली साहित्यका क्षेत्रमा डायस्पोरा शब्दको प्रयोग निकै हुन थालेको देखिए पनि यो कुनै नौलो र नवनिर्मित शब्द नभई उहिलेदेखि विभिन्न सन्दर्भार्थमा प्रयोग हु“दै आएको शब्द हो । हुन त कतिपयले यस शब्दको प्रथम प्रयोग मैले गरेको हो भन्नसमेत लाज मानेका छैनन् । ईसापूर्व छैटौ“ शताब्दीतिरदेखि प्रचलित डायस्पोरा शब्द कुनै नया“ शब्द नभएर प्राचीन शब्द भएकाले नेपालीमा यसको पहिलो पटक प्रयोग कहिले, कसले र कहा“बाट ग¥यो भन्ने कुरा महŒवपूर्ण हु“दैन । कुनै नया“ शब्द निर्माण गरी प्रयोग गर्दा मात्र त्यसको प्रयोग कहिले, कसले र कहा“बाट ग¥यो भन्ने कुरा महŒवपूर्ण हुन्छ ।

यस पङ्क्तिकारले गैरआवासीय नेपाली सङ्घ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाद्वारा २०६४ असोज २७ गते काठमाडौ“मा आयोजित गोष्ठीमा ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा २०१२ जुन ३० मा अमेरिकाको टेक्सासमा आयोजित गोष्ठीमा ‘आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष’, अनेसासद्वारा २०१३ नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म अमेरिकाको वासिङ्टन डिसीमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा ‘नेपाली डायस्पोरिक साहित्य ः सिद्धान्त र प्रयोग’, एएनएको बत्तीसौं अधिवेशनका अवसरमा एएनएद्वारा २०१४ जुलाई ४–६ मा वासिङ्टन डिसी, अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा ‘नेपाली डायस्पोरा साहित्यको वर्तमान अवस्था’ शीर्षक कार्यपत्रलगायत विश्वका विभिन्न ठाउ“मा अनेक कार्यपत्र प्रस्तुत गरेको कुरा सर्वविदितै छ । यिनमा पहिलो कार्यपत्रलाई डायस्पोराको सैद्धान्तिक सन्दर्भसहितको प्रथम कार्यपत्र मानिएको कुरा सबैलाई अवगतै छ । डायस्पोराका बारेमा विद्यमान अनेकौ“ सैद्धान्तिक एवं प्रायोगिक समस्याको उठान र तिनको समाधानका उपायसमेत सुझाइएको त्यस कार्यपत्रलाई त्यस वर्षकै सर्वाेत्कृष्ट रचना ठहराई विशेष ढङ्गबाट पुरस्कृतसमेत गरिएको कुरा ज्ञातव्य नै छ । अन्य कार्यपत्रहरू पनि अत्यन्तै चर्चित रहेका र संसारका विभिन्न अनलाइन पत्रिकामा अनेक पटक राखिएको÷बा“डिएको कुरा पनि सबैलाई थाहै छ । यस्तैगरी अक्षर, जनमत, हाम्रो ध्वनि, भृकुटी, प्रहरी, शब्दाञ्जली, गरिमा, समकालीन साहित्य डट् कमलगायतका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित यसै पङ्क्तिकारका थुपै्र लेखरचना तथा विभिन्न लेखकका कृतिमा लेखिएका भूमिका एवं खसखस डट् कम (अमेरिका), खसोखास (अमेरिका), एभरेस्ट टाइम्स (अमेरिका), ≈वाइट हिमाल टेलिभिजन (अमेरिका), रेडियो एनएसटी (अमेरिका), रेडियो हिमाली स्वरहरू (अमेरिका), नेपाली टेलिभिजन (लन्डन), ग्रिनविच टाइम्स (लन्डन), एचके नेपाल डट् कम (हङकङ) लगायत विभिन्न विद्युतीय श्रव्य–दृश्य एवं छापा माध्यममा दिइएका अन्तर्वार्तामा समेत डायस्पोराको सैद्धान्तिक स्वरूप, नेपाली सन्दर्भ आदि विविध पक्षमाथि प्रकाश पारिएको प्रसङ्ग पनि ज्ञातव्य नै छ । केही समयअगि लन्डनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्लगायतका विभिन्न सङ्घसंस्थाद्वारा आयोजित अनेक गोष्ठीहरूमा पनि यसबारे प्रशस्तै चर्चा परिचर्चा गरियो । यसै सन्दर्भमा नेपालबाट लन्डन र अमेरिका गएका केही व्यक्तिले डायस्पोराका नाममा त्यताका केही व्यक्तिका रचनालाई पाठ्यक्रममा राखिदिने, त्रिभुवन विश्वविद्यालयबाट शोध गराइदिने आदि भनी छरेका भ्रम र बा“डिएका आश्वासनबाट परेको नकारात्मक असरलाई पनि स्पष्ट पारियो ।

नेपाली डायस्पोरिक साहित्यको चर्चा गर्दा कतिपय कृति र सन्दर्भ छुटाउन मिल्दैन । त्यसमा अमेरिकाली नेपाली डायस्पोराबाट निकालिएको उत्तरअमेरिकाका नेपाली कवि र कविता (२०६६) शीर्षक कृतिलाई लिनुपर्छ । डा. तारानाथ शर्मा (प्रधान सम्पादक) गोविन्दसिंह रावत, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ र हेमन्त श्रेष्ठ (सम्पादक) द्वारा सम्पादित तथा उत्तरअमेरिकाका नेपाली कवि र कविता सङ्ग्रह प्रकाशन समिति, अमेरिका–क्यानडाद्वारा प्रकाशित यस कृतिमा अमेरिकाका विभिन्न ठाउ“मा बसोबास गर्ने पचासभन्दा बढी कविका सयभन्दा बढी कविता सङ्कलित छन् । अमेरिकाली नेपाली डायस्पोराबाट प्रकाशित पहिलो बृहत् सङ्कलनका रूपमा रहेको यस कृतिमा यसै पङ्क्तिकारद्वारा लेखिएको ‘उत्तरअमेरिकाली डायस्पोरामा नेपाली कविता’ शीर्षक भूमिकामा प्रस्तुत डायस्पोराबारेको सैद्धान्तिक परिचय र त्यसमा उठाइएका कतिपय समस्या र तिनको समाधानका लागि सुझाइएका उपाय निकै चर्चित रहेको कुरा सर्वविदितै छ । यस्तैगरी यस पङ्क्तिकारबाट नेपालबाहिरका थुप्रै लेखकका भूमिका लेख्ने क्रममा कतिपय डायस्पोरिक लेखकका भूमिका लेख्दा तिनमा डायस्पोराको सैद्धान्तिक र प्रायोगिक सन्दर्भमाथि पनि प्रकाश पारिएको छ । यस्तैगरी हरिराज भट्टराईको सम्पादनमा सेतु प्रकाशन, वासिङ्टन डिसीबाट प्रकाशित सेतु (२०६२), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन (२०६८), अनेक डायस्पोराका कविता (२०६९), अनेक डायस्पोरामा देवकोटा (२०६९), तथा पुरण राईको सम्पादनमा डायस्पोरा अध्ययन प्रतिष्ठान, काठमाडौ“बाट प्रकाशित डायस्पोरा ः लाहुरे स्रष्टा र कविता (२०६९), ब्रिटिस गोर्खा सैनिक साहित्यको इतिहास (२०७०) शीर्षक कृति पनि उल्लेख्य छन् । यीमध्ये अनेक डायस्पोरामा देवकोटा र ब्रिटिस गोर्खा सैनिक साहित्यको इतिहास नामक कृतिमा यसै पङ्क्तिकारले भूमिकामार्पmत डायस्पोरासम्बन्धी प्रशस्तै चर्चा गरेको अनि डायस्पोराका विभिन्न लेखकहरूका विभिन्न विधाका कृतिमा भूमिका लेख्दा पनि यसबारे चर्चा गरेको कुरा स्मरणीय छ ।

पछिल्लो समयमा डायस्पोरिक लेखनबारेको अध्ययनमा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागको भूमिका पनि उल्लेख्य रहेको छ । स्नातकोत्तर तहका शोधार्थीहरूका लागि पूmलकुमारी महतो स्मृति ट्रस्टबाट छात्रवृत्तिका रूपमा केही रकम प्रदान गर्ने गरिएको र त्यसको वितरण गर्ने छात्रवृत्ति समितिमा सुरुदेखि नै यो पङ्क्तिकार पनि संलग्न रहेको छ । यो छात्रवृत्ति डायस्पोराका लेखक, कृति वा प्रवृत्तिका बारेमा अध्ययन गर्ने शोधार्थीहरूलाई प्रदान गरी शोधकार्य गराइन्छ । यसमा नेपाली साहित्यका हङकङको योगदान, नेपाली साहित्यमा ब्रिटिस गोरखा सैनिक साहित्यकारहरूको योगदान, दयाकृष्ण राईको जीवनी, व्यक्तित्व र कृतित्व, ईश्वर मानन्धरको जीवनी, व्यक्तित्व र कृतित्व, वसन्त श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व, प्रेम रिबुसालको जीवनी, व्यक्तित्व र कृतित्व, गोवद्र्धन पूजाको जीवनी, व्यक्तित्व र कृतित्वजस्ता शोधकार्य यसै पङ्क्तिकारका निर्देशनमा सम्पन्न भइसकेका छन् भने यस्तै अन्य कतिपय शोधकार्यहरू पनि भइसकेका र भइरहेका पनि छन् । मेरै शोधनिर्देशनमा डायस्पोरिक नेपाली कवितामा अलङ्कारविधान शीर्षक विद्यावारिधिस्तरीय शोधकार्य पनि भइरहेको छ ।

यसै क्रममा डायस्पोराको सैद्धान्तिक र प्रायोगिक पक्षबारे यस पङ्क्तिकारका लेखहरू विभिन्नतिर धमाधम प्रकाशित हुन र श्रव्य–दृश्य दुवै माध्यमबाट अनेक अन्तर्वार्ता प्रसारित हुन थालेपछि यताका कतिपयले तिनैलाई सामान्य भाषान्तर गरेर वा नगरेरै पनि विना सन्दर्भ सारसुर गरी डायस्पोराबारेको पहिलो लेखक आपैm“ भएको भन्दै एकाध लेख अखबारमा छापेको देखिन्छ । यसै बीचमा डायस्पोराबारे प्रायोजित रूपमा लेखिटोपल्ने कतिपयले यस पङ्क्तिकारका कार्यपत्र, लेख, भूमिका आदिको चर्चा गर्दा खै के हुने डरले हो तिनको उल्लेखै नगरी आपूm नै डायस्पोराको प्रथम प्रयोक्ता भएको भन्ने गरेको पनि पाइन्छ । डायस्पोराका कुनै पनि पक्षमाथि सामान्य विश्लेषण त के चर्चासम्म नगरिएका अखबारी लेखलाई विशेष महŒव दिएर चर्चा गर्दै आपूmलाई डायस्पोराको स्वघोषित आधिकारिक व्याख्याता ठान्ने वृत्ति पनि फस्टाउ“दो छ । यस्ता कार्यबाट क्षणिक तुष्टि त प्राप्त होला तर आजका पाठक त्यति कमजोर छैनन् भन्नेतर्पm पनि सम्बद्ध सबै सचेत हुनु आवश्यक छ । यसरी अर्काले गरेको कामलाई आÇनो बनाउने प्रयत्न यताका कतिपय तथाकथित समालोचक भनाउ“दा टिप्पणीकारहरूको पेसाजस्तै भएको छ । अर्काको लेखनलाई सामान्य भाषान्तर गरी सारसुर गर्दै त्यसलाई आÇनो मौलिक प्रतिपादन भन्नतिर लाग्नुभन्दा तिनलाई सकारेर त्यसभन्दा अगि बढ्नु कल्याणकारी हुन्छ ।

यतिखेर अरूका खोजपूर्ण लेखनलाई चर्चासम्म नगरी आना सामान्य अखबारी लेखनलाई पहिलो कार्यपत्र एवं आधिकारिक लेखसमेत भन्न बा“की नराखी आत्मश्लाघामा रमाउने प्रवृत्ति पनि बढ्दो छ । कतिपयले ‘मैले पहिलोपल्ट डायस्पोरा शब्दको प्रयोग नेपाली भाषामा गरे“’ भन्दै आपूmलाई ‘डायस्पोराको प्रथम प्रयोक्ता र परिचायक व्यक्ति’ भन्नसमेत लाज मानेका छैनन् । उति प्राचीन कालदेखि प्रचलित शब्दलाई नेपाली रूपान्तरणसम्म नगरी जस्ताको तस्तै प्रयोग गरी मपाइ“त्व प्रदर्शन गर्नु कुन पुरुषार्थ हो र ? आÇनाबाहेक अरूको अध्ययन नगर्ने आत्मश्लाघीले भन्ने कुरा यहा“भन्दा बढी के नै हुन्छ र ? यसरी नै आत्मप्रशंसा गर्दै जाने हो भने त त्यसको कुनै औषधी छैन तर यथार्थवादी हुने हो भनेचाहि“ यस्ता कुराको कुनै अर्थ पनि छैन । त्यति प्राचीन शब्द डायस्पोरालाई आपूmले सर्वप्रथम प्रयोग गरेको, निर्माण गरेको आदि भन्दै यसको निजीकरण गर्ने प्रयत्न र शब्दप्रयोगमा बखेडा गरी सामान्य पाठकलाई दिग्भ्रमित तुल्याउने प्रयत्न गर्नु उपयुक्त हुन्न । सक्ने भए निःस्वार्थ ढङ्गले यसको विकास गर्न क्रियाशील रहनु नसक्ने भए चुप लागेर बस्नु नै श्रेयस्कर हुन्छ । यस्ता अनावश्यक कुरा चर्चा गरेर समय खेर फाल्नु निरर्थक कार्य हो ।

कुन विषयमा कसले पहिले लेख्यो, कहिले लेख्यो, के लेख्यो, कस्तो लेख्यो आदिबारेमा इतिहासले मूल्याङ्कन गर्ने हु“दा त्यसमा चिन्ता लिनु आवश्यक नभए पनि यी सब कुरा कोेट्ट्याउनाको तात्पर्य आत्मप्रशंसा नभएर कतिपयले डायस्पोराको प्रवर्तक र आधिकारिक व्याख्याता आपूm नै भएको भनी सामान्य पाठकमा भ्रम पार्ने खालका अभिव्यक्ति दिन थालेकाले अरूको नपढ्ने र आत्मरतिमै मक्ख पर्नेहरूलाई जानकारी दिने उद्देश्य मात्र हो । जे पायो त्यहीलाई डायस्पोरिक साहित्य नभनी सैद्धान्तिक स्पष्टताका साथ जिम्मेवारीपूर्वक भन्नु राम्रो हुन्छ, निरर्थक मनगढन्ते कुरा कथुरेर पाठकलाई दिग्भ्रमित पार्ने र इतिहासको अपव्याख्या गर्ने प्रयत्न गर्नु हु“दैन । कतिपयले यस्तैयस्ता अपव्याख्या गरेर धेरैलाई भुलाउने प्रयत्न गरेकाले नजान्नेले नलेख्दा हुन्छ, सबैलाई सबै विषयमा ज्ञान हुनैपर्छ भन्ने छैन तर मान्छे भुलाउने ढा“चाले निरर्थक गन्थन लेख्नुचाहि“ उपयुक्त हु“दैन भन्ने कुरा बोध गराउनै पर्ने भइसकेकाले यी सबै कुरा उल्लेख गरिएको हो ।

कतिपयले यस पङ्क्तिकारका उपर्युक्त कार्यपत्र, लेख, भूमिका, शोधनिर्देशन तथा आपूmले भूमिका नलेखेका अन्य कृतिहरूको चर्चै नगरी आÇना सामान्य अखबारी लेखलाई नै आधिकारिक भनी उल्लेख गर्ने गरेको तथा अरूका कृतिको भूमिकालाई माध्यम बनाएर आत्मप्रशंसा गर्दै कतिपय व्यक्ति वा संस्थालाई गालीगलौज गर्ने र एकअर्कामा फुट पैदा गराएर वैयक्तिक स्वार्थ पूर्ति गर्ने प्रयत्न गरेको पनि देखिन्छ । यसको उदाहरणका रूपमा अनेसासको सक्रियतामा प्रकाशित अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन (२०६८) र अनेक डायस्पोराका कविता (२०६९) नामक कृतिलाई लिन सकिन्छ । यिनमा लेखिएका भूमिकारूपी आत्मालापले यी कृतिको गरिमा घटाए पनि यी दुवै कृति सम्बद्ध क्षेत्रमा उल्लेखनीय भने अवश्य छन् । यसर्थ कसैले पनि अरूका कृतिको भूमिकालाई आत्मप्रशंसा र वैयक्तिक स्वार्थ पूर्तिको साधन नबनाई तिनमा यथार्थमूलक अभिव्यक्ति मात्र प्रस्तुत गर्नु उपयुक्त हुन्छ ।

यतिखेर यताबाट उतातिर गएका धेरजसो लेखकहरू आपूmलाई डायस्पोरिक भनाउन लालायित देखिन्छन् भने यतातिरकाहरू उताबाट प्रायोजित ढङ्गबाट हानिएका सानातिना गुलिया मट्याङ्ग्राको प्राप्ति वा उडान मोहले जे पायो त्यही भनिदिने मात्र होइन लेखिदिने पनि गर्छन् । यी दुवै डायस्पोराका लागि मात्र नभएर सिङ्गो नेपाली साहित्यका लागि अत्यन्त हानिकारक कुरा हुन् । यसतर्पm यताका लेखिदिने र उताका लेखाउने दुवै सचेत हुनु आवश्यक छ । त्यताबाट डायस्पोराका नाममा हानिने सानातिना गुलिया मट्याङ्ग्राका कारण अरूको लेखनलाई सन्दर्भ नदिई सारसुर गर्ने र आपूmले मात्र डायस्पोराको अध्ययन गरेको र आपूm नै यसको आधिकारिक व्याख्याता भएको र यसबारे जान्ने अरू कोही नभएको भनी दुष्प्रचार गर्न पनि केही व्यक्ति लागेका देखिन्छन् भने डायस्पोराबारे कुनै चर्चै नगरिएका किताबको नाममा समेत डायस्पोरा जोडेर गुलिया मट्याङ्ग्रा ग्रहण गर्ने कार्यमा केही व्यक्ति तल्लीन रहेका देखिन्छन् भने आÇनो प्रशंसा गरी लेखिएका भजनगाथालाई त्यस्ता प्रायोजित पुरस्कार दिने गरेको पनि पाइन्छ । त्यताबाट हानिने गुलिया मट्याङ्ग्राको हनाइ तटस्थ, निष्पक्ष र पारदर्शी भएमा यस्तो वृत्तिमा स्वतः ह्रास आउ“छ ।

उताका लेखकहरूले डायस्पोरा नै उत्कृष्टताको कसी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भने यताकाले सीमित वैयक्तिक स्वार्थपूर्तिका लागि गैरजिम्मेवारपूर्ण ढङ्गले जे पायो त्यही लेखिदिने पनि गर्नुहुन्न । डायस्पोरिक लेखनबारे अध्ययन गर्न–गराउन र गर्ने–गराउने कार्यमा तीव्रता आउनु नकारात्मक कुरा नभए पनि प्रायोजित ढङ्गबाट यो प्रवृत्ति हुर्किएमा त्यसले नेपाली साहित्यलाई नै दूरगामी नकारात्मक असर पार्छ भन्नेतर्पm पनि सचेत हुनु आवश्यक छ । यता र उता दुवैतिरका यस्ता कार्यहरू सक्कली डायस्पोरिक लेखनका लागि हानिकारिक मात्र नभई प्राणघातक पनि हुनसक्छन् । यस्तो दुष्वृत्तिबाट डायस्पोरिक लेखन नै प्रदूषित हुनसक्ने हु“दा यसतर्पm सम्बद्ध सबै बेलैदेखि सचेत हुनु आवश्यक देखिन्छ । आपूmलाई नै सर्वेसर्वा ठान्ने र आपूmबाहेक अर्काको लेखनको चर्चै नगर्ने वृत्तिबाट डायस्पोरिक साहित्यको विकास हु“दैन । कसैले पनि आफू मात्र डायस्पोराको आधिकारिक व्याख्याता भएको ठानी यसमा एकाधिकार कायम गर्ने प्रयत्न गरिएमा यसको झनै विकास हु“दैन । यसतर्पm सम्बद्ध सबै सचेत हुनु जरुरी छ । कतिपयले डायस्पोरालाई उत्तरआधुनिकतास“ग जोड्ने गरेको पनि देखिन्छ । इसापूर्व छैटौ“ शताब्दीतिरदेखि प्रचलनमा आएको डायस्पोरालाई बीसौ“ शताब्दीको उत्तरार्धतिर देखारेको उत्तरआधुनिकतास“ग जोड्ने हो भने अब उत्तरआधुनिकताको पनि पुनव्र्याख्या गर्नुपर्ने अवस्था आउ“छ । यस्ता अनावश्यक कुरामा समय बिताउनु उपयुक्त देखिन्न ।

यी विभिन्न सन्दर्भ कोट्ट्याएर यहा“ कसैको आलोचना गरिएको र आपूm मात्र डायस्पोराको विज्ञ भएको प्रदर्शन गर्न खोजिएको नभई यथार्थको जानकारी गराउने प्रयत्न गरिएको मात्र हो । यस्तैयस्ता अनावश्यक चर्चा गर्दै–सुन्दै जाने अनि डायस्पोरा र डायस्पोरिक साहित्यबारे सैद्धान्तिक, व्यावहारिक र प्रायोगिक निष्कर्ष ननिकाल्ने हो भने भोलि भद्रगोलको स्थिति आउनसक्छ भन्नेतर्पm सचेत र क्रियाशील हुनु अपरिहार्य भइसकेकाले यहा“ यस्ता केही सन्दर्भ कोट्ट्याइएको हो । यी सबै भनाइको तात्पर्य के हो भने डायस्पोराबारे विद्यमान भ्रान्तिहरूको निराकरण गर्न ढिला हुन लागिसकेकाले अब पटक्कै ढिलो नगरी जिम्मेवारीपूर्वक लाग्नुपर्छ भन्ने हो ।

डायस्पोराबारेको अध्ययन प्रारम्भिक अवस्थामै रहेकाले अहिलेसम्म यसका आधिकारिक व्याख्याता कोही पनि छैनन् । यसको अध्ययनतर्पm रुचि राख्नेहरू सबैले आपसमा समन्वय गर्दै वैयक्तिक स्वार्थलाई त्यागी हातेमालो गरेर स“गस“गै अगि बढी यसको स्पष्ट परिभाषा र व्याख्या गर्नु आवश्यक छ । अन्यत्रका सामान्य व्यक्तिले भनेका अति सामान्य कुरालाई समेत परिभाषा मानी पादटिप्पणी राख्ने गरेका हामीले आपूmलाई डायस्पोराको परिभाषै गर्न नसक्ने कमजोर व्यक्ति ठान्नु हुन्न । हामी पनि यसको परिभाषा गर्न सक्षम भएकाले वैयक्तिक आग्रह त्यागेर अहिलेसम्म भएका कार्यलाई सम्मान गर्दै अध्ययनलाई अगि बढाइएमा मात्र डायस्पोराको विकास हुन्छ । विभिन्नतिरबाट डायस्पोरा लेखनतर्पm चासो राख्नु डायस्पोराको विकासका लागि सराहनीय कार्य हो तर सर्वत्र आनो मात्र बखान गर्ने अरूको चर्चै नगर्ने कार्य भने गर्नु हुन्न । यस्ता कार्यबाट नेपाली डायस्पोरा पिल्सिएको ह“ुदा यसबाट सम्बद्ध सबै मुक्त हुनुपर्छ ।

३. नेपालीमा डायस्पोराबारे व्याप्त अन्योल र त्यसको निराकरण

भौगोलिक सीमा, अवधि, निरन्तरता, प्रवृत्ति आदिका आधारमा डायस्पोरिक साहित्यको निरूपण गर्नुपर्ने देखिए पनि यसमा कतिपय जटिलतासमेत छन् । डायस्पोरिक नेपाली साहित्यलाई भौगोलिक आधारमा अनेक थोक भन्ने गरिएको पनि पाइन्छ । त्यसमा पनि कतिपयले विशेषतः अमेरिका र बेलायतलाई केन्द्रबिन्दु बनाएर चर्चा गरेका छन् । यसो गरिनुमा व्यक्तिगत प्रयोजन नै मुख्य रहेको देखिन्छ । डायस्पोराको सम्बन्ध भौगोलिक सीमास“ग अवश्य भए पनि त्यसबारेमा मतभिन्नता रहेको छ । कसैले यसलाई भिसास“ग जोड्छन् भने कसैले यसलाई समुद्रपारस“ग जोड्छन् अनि कसैले देशपारस“ग जोड्छन् । यस्तै यसको अवधि, निरन्तरता र प्रवृत्तिका बारेमा पनि मनगढन्ते व्याख्यान पाइन्छन् ।

नेपालबाट विभिन्नतिर प्रवासिई लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महŒवपूर्ण योगदान पु¥याएकै भए पनि ती सबै डायस्पोरिक साहित्य होइनन् । नेपाली परिप्रेक्ष्यबाट हेर्दा विदेशमा गएका बेला वा नगएका बेला पनि स्वदेश वा विदेशका बारेमा लेखिएका साहित्यलाई डायस्पोरा भन्ने गरेको पाइन्छ । वास्तवमा डायस्पोरिक साहित्य भनेको त्यस्तो होइन अर्थात् विदेशको वर्णन गर्नु नै डायस्पोराको परिचायक अभिलक्षण होइन । यताबाट उता गएका र उतै बसेका वा फर्केकाहरूबाट सिर्जित सबै खाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिन्न । समग्रतः नेपालीका सन्दर्भमा सामान्यतया सार्क मुलुकबाहिर एक दशकजति निरन्तर रूपमा बसोबास गरेका व्यक्ति (बौद्धिक–प्राज्ञिक छलफलबाट परिवर्तन गर्न सकिने) बाट सिर्जित साहित्यलाई डायस्पोरिक नेपाली साहित्य भन्न सकिन्छ तर यस्ता साहित्यमा डायस्पोरिक प्रवृत्ति भने अवश्य हुनुपर्छ । आÇनो मातृभूमि छोडेर कतै बाहिरि“दैमा न त त्यो व्यक्ति डायस्पोरा हुन्छ नत त्यसले लेखेको साहित्य नै डायस्पोरिक हुन्छ । डायस्पोरिक हुनु भनेको लेखकका योग्यताको कसी पनि होइन । सिर्जनाभित्रको गुणवत्ताले नै लेखकको योग्यता, क्षमता र योगदानको निरूपण गर्छ ।

गैरआवासीय नेपाली ९ल्च्ल्० कानुनी रूपमै व्याख्यायित छ । यसले नेपाली मूलको विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतलाई जनाउ“छ । आÇनो देश छोडेर दुई वर्ष (पहिले छ महिना) अन्यत्र गई बसोबास गरेका नेपालीलाई गैरआवासीय नेपाली मानिन्छ तर नेपाली डायस्पोराबारे कानुनी त के स्पष्टतः सैद्धान्तिक व्याख्यासमेत गरिएको छैन । हालसाल आएर यताका र उताका केही व्यक्तिद्वारा डायस्पोरा वा डायस्पोरिक साहित्यबारे गरिएका सामान्य चर्चापरिचर्चा त्यसको प्रारम्भिक जानकारीका लागि उपयोगी भए पनि त्यतिलाई नै पर्याप्त मानेर ढुक्क हुने अवस्था नभएकाले यसको स्पष्ट सैद्धान्तिक व्याख्या गर्नेतर्पm ध्यान दिनु आवश्यक छ ।

यताकाहरू उता गएर लेखिएका जति जम्मै साहित्यलाई डायस्पोरिक साहित्य भन्न थालिएमा यसबाट कतिपय गम्भीर प्रश्नहरू जन्मिन्छन् भन्दै यस पङ्क्तिकारले यसपूर्व नै पटकपटक केही समस्याहरू प्रस्तुत गरेको थियो । ती प्रश्नहरूलाई यहा“ पुनः दोहो¥याइन्छ ः
(१) सम्बद्ध व्यक्ति उता गएको कति समय हुनुपर्ने ?
(२) त्यहा“ स्थायी बसोबास गरेको हुनु पर्ने कि नपर्ने ?
(३) यताको नागरिकता छोडेको र उताको लिएको हुनु पर्ने कि नपर्ने ?
(४) व्यापार, भ्रमण, अध्ययन, विवाह वा अन्य कुनै पेसा आदि उद्देश्यबाट उता गएकाहरूबाट उही“ बसेर लेखिएका साहित्य मात्र डायस्पोरामा पर्ने कि उताबाट फर्केर आई यही“ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य पनि पर्ने ?
(५) केही दिनका लागि यसो उता गएकाले उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई डायस्पोरा साहित्य भन्ने कि नभन्ने ?
(६) धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यही“ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा भन्ने कि नभन्ने अनि तिनका सिर्जनालाई डायस्पोरिक मान्ने कि नमान्ने ?
(७) उताको कुनै संस्थाको नाम दिएर यता आÇनै लगानीमा प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई के भन्ने ?
(८) आÇनै मातृभाषामा लेखिनु पर्ने वा आपूm बसोबास गरेकै देशको वा अन्य मान्यता प्राप्त अन्तर्राष्ट्रिय भाषामा लेखिएको भए पनि हुने ? आदि ।

निकै अगाडि छलफलका लागि विभिन्न कार्यपत्र, लेख, भूमिका, अन्तर्वार्ता आदिमार्पmत उठाइएका यी विभिन्न प्रश्नबारे गम्भीर रूपमा चिन्तनमनन गरी व्यक्ति डायस्पोरा र साहित्य डायस्पोराको अवधारणा स्पष्ट पार्नु आवश्यक छ भन्ने कुरा पनि उल्लेख गरिएको थियो । यसबारेमा पर्याप्तै चर्चा परिचर्चा पनि भए र अनेक क्रियाप्रतिक्रिया पनि प्राप्त भए । ती सबैलाई ध्यानमा राखेर हेर्दा माथि उठाइएका प्रश्नको उत्तर यस्तो हुनसक्छ ः

(१) यताबाट उता गई कम्तीमा यति समय बसोबास गरेको हुनुपर्छ भन्नुभन्दा पनि सम्बद्ध व्यक्ति कम्तीमा नोस्टाल्जियाको अनुभूति हुनेगरी त्यतातिर बसोबास गरेको र त्यस्ता अनुभूतिलाई साहित्यमा अभिव्यक्त गरेको हुनुपर्छ । यसर्थ डायस्पोरिक लेखनलाई समयले भन्दा पनि बढी अनुभूतिजन्य प्रवृत्तिले छुट्ट्याउनु राम्रो हुन्छ । यति हु“दाहु“दै पनि नेपालबाट उतातिर गएको कुनै व्यक्तिले मोटामोटी एक दशकजति अवधि निरन्तर रूपमा बिताएको हुनुपर्छ । (बौद्धिक–प्राज्ञिक छलफलबाट परिवर्तन गर्न सकिन्छ)
(२) उता गई त्यहा“ स्थायी वा अस्थायी रूपमा निरन्तर बसोबास गरेको हुनुपर्छ ।
(३) यताको नागरिकता छोड्नु वा उताको लिनु आवश्यक छैन वा छोडे–लिए पनि कुनै फरक पर्दैन ।
(४) व्यापार, भ्रमण आदि जुनसुकै उद्देश्यबाट भए पनि उता गएकाले उही“ बसेर लेखिएका साहित्य मात्र डायस्पोरामा पर्छन् तर यता फर्किएर आई यही“ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य डायस्पोरामा पर्दैनन् । अझ स्पष्ट रूपमा भन्नुपर्दा जुनसुकै उद्देश्य राखी उता गएकाहरूबाट लेखिएका र तिनमा पनि माथि उल्लेख गरिएका प्रवृत्ति भएका साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्छ भने उताबाट यता फर्केर लेखिएका जुनसुकै र जस्तासुकै साहित्यलाई पनि डायस्पोरिक साहित्य भन्न मिल्दैन ।
(५) केही दिनका लागि यसो उता गएकाले उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई डायस्पोरिक मान्ने कुरै आउ“दैन ।
(६) धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यही“ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा भन्न र तिनका सिर्जनालाई डायस्पोरिक मान्न सकिन्न ।
(७) उताका संस्थाको नाम दिएर यता प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई डायस्पोरिक भन्न मिल्दैन, तिनलाई प्रवृत्तिका आधारमा हेर्नुपर्छ ।
(८) डायस्पोरिक साहित्यको सम्बन्ध भाषास“ग नभएर कथ्य वा अनुभूतिस“ग हुने अर्थात् आनै मातृभाषा वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अङ्ग्रेजी आदि भाषामा लेखिएका कृतिमा पनि यताको वा उताको मार्मिक भावना मुखरित भएमा वा त्यसको विषयवस्तुचाहि“ आÇनै मूल भूमि वा बसोबास गरेको भूमिस“ग सम्बद्ध भएमा पनि तिनलाई डायस्पोरिक कृति मान्नुपर्छ । यसर्थ भाषाका दृष्टिबाट हेर्दा प्रचलित जुनसुकै भाषामा पनि उताका वा यताका वा दुवैतिरका विषयवस्तुमा केन्द्रित रही आÇनो देश, जाति, धर्म, संस्कृति, अवस्था आदिबारे लेखिएका रचनालाई पनि डायस्पोरिक साहित्य मान्नुपर्छ ।
(९) डायस्पोरालाई देश, भाषा र संस्कृतिका सन्दर्भबाट पनि हेर्नुपर्ने देखिन्छ । अङ्ग्रेजी भाषी मुलुकमा बसोबास गर्ने डायस्पोराको व्यापकता र युरोपेली, अस्ट्रियाली, अफ्रिकाली, एसियाली आदि ठाउ“का अन्य भाषी मुलुकमा बसोबास गर्ने डायस्पोराको सीमिततालाई समान रूपमा अथ्र्याउन खोजेमा अनेक जटिलताहरू पैदा हुने देखिन्छ ।

उपर्युक्त सन्दर्भबाट डायस्पोरा र डायस्पोरिक साहित्यको निरूपण गर्ने हो भने धेरै हदमा यससम्बन्धी समस्याको समाधान हुन्छ ।

डायस्पोराबारेमा उताबाट पनि कतिपय प्रश्नहरू उठाइएको हु“दा तिनको पनि सङ्क्षिप्त चर्चा आवश्यक छ । उताबाट उठाइएका कतिपय प्रश्नहरू यसप्रकार छन् ः
(१) साहित्यिक वृत्तबाट हेर्दा डायस्पोरा भनेको के हो र डायस्पोरिक साहित्य भनेको के हो ?
(२) डायस्पोरिक साहित्यकार हुने मापदण्ड के हो र कस्ता लेखक यसभित्र पर्छन् ?
(३) डायस्पोरिक लेखन वा लेखक हुन कति समयसम्म देशबाहिर रहनुपर्ने ?
(४) स्थायी वा अस्थायी बसोबास के हुनुपर्ने ?
(५) कस्तो विषयमा केकति रचना सिर्जना गर्नुपर्ने ?
(६) विदेशमा रहेर डायस्पोरिक साहित्यकार भनिएकाहरू पुनः केही वर्षपछि स्वदेश फर्किएपछि उनीहरूलाई के भन्ने ?
(७) भ्रमणको बेलामा वा छोटो परदेश बसाइको बेलामा लेखिएका रचनालाई डायस्पोरिक साहित्य भन्ने कि नभन्ने ?
(८) स्वदेशी लेखकले विदेशी विषयमा लेख्दैमा त्यस्ता कृतिलाई पनि डायस्पोरिक भन्ने कि नभन्ने ?

उताबाट पछिल्लो समयमा उठाइएका यी विभिन्न प्रश्नहरू लगभग माथि उठाइएकै प्रश्नस“ग मेल खाने खालका छन् र तीमध्ये धेरजसोको जबाफ माथि नै आइसकेको छ । कतिपय थप कुरा यसप्रकार छन् ः
(१) डायस्पोरिक प्रवृत्ति झल्किने जेजति रचना सिर्जना गरिएको भए पनि तिनलाई डायस्पोरिक साहित्य भन्नु उपयुक्त हुन्छ । कतिपय सिङ्गो कृति नै डायस्पोरिक हुन्छ भने कतिपयमा केही अंश मात्र डायस्पोरिक हुन्छ अनि कतिपय कृतिमा सङ्कलित सबै रचना डायस्पोरिक हुन्छन् भने कतिपयमा केही रचना मात्र डायस्पोरिक हुन्छन् । यसर्थ कुन कृति डायस्पोरिक हो वा होइन भन्ने कुराको निर्धारण प्रवृत्तिका आधारमा गरिनु पर्छ ।
(२) विदेशबाट स्वदेश फर्केर यही“ बसोबास गर्न थालेकाहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्दैन यसर्थ उता बसुन्जेलको अवधिमा डायस्पोरिक र यता आएपछि सम्बद्ध देश र भाषाको साहित्यकार भनिदिए पुग्छ ।
(३) भ्रमणको बेलामा वा छोटो परदेश बसाइको बेलामा लेखिएका रचनालाई डायस्पोरिक साहित्य भन्न मिल्दैन ।
(४) स्वदेशी लेखकले विदेशी विषयमा लेख्दैमा त्यस्ता कृतिलाई पनि डायस्पोरिक साहित्य भन्न मिल्दैन ।
माथि उल्लेख गरिएका विभिन्न पक्षलाई ध्यानमा राखी वैयक्तिक आग्रह र केही प्राप्तिको मानसिकताबाट मुक्त रही कृतिको विश्लेषण गरिएमा कुन कृति डायस्पोरिक हो र कुन कृति डायस्पोरिक होइन भन्ने स्वतः स्पष्ट हुन्छ । वैयक्तिक स्वार्थ मिसाएर व्यक्ति र प्राप्तिअनुसार मनगढन्ते पाराले व्याख्या गरिएमा यो कहिल्यै अर्थि“दैन । यसतर्पm सम्बद्ध सबै सचेत हुनु आवश्यक छ ।

४. नेपालबाहिर नेपाली साहित्यको अवस्था र विश्वव्यापीकरण

नेपाली साहित्यको विकासमा नेपालभित्रका साहित्यकारहरूको मात्र नभएर नेपालबाहिरका साहित्यकारहरूको पनि उल्लेख्य भूमिका रहेको छ । नेपालबाहिरबाट नेपाली साहित्य सिर्जना गर्ने काम धेरै पहिलेदेखि भएको देखिए पनि पछिल्लो समयमा यो निकै फस्टाएको छ । पहिले नेपालबाहिर भन्नाले नेपाली जनमानसले विशेषतः बनारसलाई बुझ्थ्यो । बनारसको भूमिका धार्मिक हुनाका साथै राजनैतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक पनि रहेकाले यस्तो बुझिएको हो । यतिखेर नेपालबाहिर भन्नाले छिमेकी मित्रराष्ट्र भारतको दार्जिलिङ, सिक्किम, बनारस, देहरादुन, भाग्सु, असमलगायतका भूभागका साथै भुटान, बर्मा र नेपालीहरूको बसोबास रहेको संसारका अन्य मुलुकलाई पनि बुझिन्छ ।

सेनामा भर्ती भएर लाहुरे भई भारत, बेलायत आदि ठाउ“मा जाने परिपाटी पुरानै भए पनि यसले अद्यावधि निरन्तरता पाइरहेको छ । अरूले भन्दा पनि बन्दुक समात्ने हातले फुर्सदमा कलम समातेर साहित्य सिर्जना गर्नु सराहनीय कार्य हो । ब्रिटिस गोर्खाली सैनिकहरू तथा भारतीय नेपाली सैनिक सेवामा रहेका विभिन्न व्यक्तिहरूबाट विभिन्न विधाको साहित्य सिर्जना गरी नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएको देखिन्छ ।
सेनाबाहेक अन्य कामका सिलसिलामा पनि प्रशस्तै नेपाली बिदेसिएका छन् । देशको दक्ष जनशक्ति बिदेसि“दा समग्र देशलाई हानि पु¥याएको देखिए पनि भाषासाहित्यको विस्तारका दृष्टिले भने केही मात्रामा फाइदै भएको देखिन्छ । अझ विगत दशकदेखि विद्यमान नेपालको राजनैतिक अस्थिरतालगायतका विविध कारणबाट थुप्रै नेपालीहरू संसारका विभिन्न मुलुकमा छरिन पुगेका छन् । नेपालबाहिर गएका विभिन्न व्यक्तिहरूको सक्रियतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, उत्तर अमेरिकाली नेपाली साहित्य प्रतिष्ठान, नेपाली प्रतिभा प्रतिष्ठान, नेपाली वाङ्मय प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ, अन्तर्राष्ट्रिय परदेशी साहित्य समूह आदि अनेक नामधारी साहित्यिक सङ्घसंस्थाहरू संसारका विभिन्न भागमा खोलिएका छन् । यस्ता संस्थाहरूमध्ये कतिपय पूर्वस्थापित संस्थाबाट अलग हु“दै खोलिएका छन् भने कतिपय प्रायोजित ढङ्गमा समेत खोलिएका देखिन्छन् ।

काम नगरी त्यसै बस्न नसक्ने र परिआउ“दा पर्याप्त चुक्र्याइ“ गर्न पनि नछोड्ने नेपालीको जन्मसिद्ध बानी नेपाली पुगेका जति सबै ठाउ“मा स“गस“गै गएको देखिन्छ । नेपालीहरू विदेशमा गएर फुट्नु राम्रो होइन तापनि फुटेरै वा जेजसरी खोलिएका भए पनि यी सङ्घसंस्थाहरूले आआÇनै ढङ्गले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गरिरहेका छन् । यो नेपाली साहित्यको विकासका लागि सकारात्मक पक्ष हो । यिनै संस्थाहरूमध्ये कतिपयबाट सानातिना पुरस्काररूपी गुलिया मट्याङ्ग्रा हान्ने गरेको पनि पाइन्छ । यस प्रकारको मट्याङ्ग्रा हनाइ अलि बढी नै प्रायोजित देखिएकाले त्यसले साहित्यको विकासमा उति धेरै सहयोग पु¥याएको देखिन्न । नेपालबाहिर बस्ने नेपालीहरूले नेपाली साहित्यको विनाशतर्पm नभई विकासतर्पm केन्द्रित रहेर गरिएका जुनसुकै कार्यलाई पनि सकारात्मक रूपमा लिनुपर्छ ।

यतिखेर नेपाली साहित्यलाई अनेक नामले चिनाउने होडबाजी चलेको देखिन्छ । डायस्पोरिक साहित्य, प्रवासी साहित्य, आप्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि यसका उदाहरण हुन् । यिनमा पनि पहिले भारतीय नेपालीहरूद्वारा सिर्जित साहित्यलाई प्रवासी साहित्य भन्ने गरिन्थ्यो तर त्यो नाम उपयुक्त नभएकाले यतिखेर यसलाई भारतीय नेपाली साहित्य भन्न थालिएको छ । यतिखेर सर्वाधिक चर्चामा रहेको र बढी विवादास्पद शब्द डायस्पोरा हो । नेपालका साहित्यकारहरू उत्तरआधुनिक र नेपालबाहिरका साहित्यकारहरू डायस्पोरिक भनाउन लालायित देखिन्छन् र विनाहिच्किचाहट यस्तो भनिदिने पण्डाहरू पनि देखिएका छन् । नेपालभित्र जताततै उत्तरआधुनिकता र नेपालबाहिर जताततै डायस्पोरा देख्ने अनि उत्तरआधुनिक, डायस्पोरा आदि अनेक नामधारी लेखनको प्रारम्भ आपैm“ले गरेको र यसको आधिकारिक ठेकेदार आपैm“ भएको भन्ठान्ने महारोगले पनि कतिपयलाई ग्रसित तुल्याएको छ । उत्तरआधुनिक र डायस्पोरा शब्द प्रशंसा मात्र नभएर निन्दा पनि भएको तथ्य बुझिदिएको भए यस्तो समस्या आउने थिएन ।
परदेशी साहित्य र डायस्पोरिक साहित्य भनेको एउटै होइन । सामान्यतया कामविशेषले खास समयका लागि नेपालबाट छिमेकी मित्रराष्ट्रतिर गएका व्यक्तिहरूबाट सिर्जित साहित्य परदेशी साहित्य हो भने नेपालबाट अलि लामै समयका लागि अलि टाढै गएका व्यक्तिहरूबाट दुवैतिरको सामाजिक, सांस्कृतिक आदि सन्दर्भको सम्मिलनपूर्ण लेखन डायस्पोरिक साहित्य हो । हुन त यतिले मात्र यी दुवैलाई अथ्र्याउन मिल्दैन तैपनि यसको चुरो भनेको यही हो ।

जसले गरेको भए पनि राम्रो कामलाई प्रशंसा गर्नैपर्छ तर प्रशंसाका नाममा एउटा सामान्य कृतिलाई यस शतक वा दशककै उत्कृष्ट भनी अनावश्यक बढाइचढाइ गर्ने काम गर्नु हुन्न । यसबाट भनिदिनेलाई केही क्षणिक लाभ होला तर स्रष्टा र सृष्टि दुवैलाई हानि नै हुन्छ । वैयक्तिक स्वार्थपूर्तिका दृष्टिले नभई तटस्थ भएर सिर्जनाको विश्लेषण गरिनुपर्छ । विश्लेषण गर्ने नाममा अनावश्यक उचाल्ने र पछार्ने काम गर्नुहुन्न । अहिले नेपालभित्रका केही व्यक्तिहरूले नेपालबाहिरको नेपाली साहित्यमा यस्तो रोगको भाइरस छर्ने काम गरिरहेका छन् । यस्ताबाट सम्बद्ध सबै सचेत हुनुपर्छ ।

यतिखेर नेपालबाहिर स्थापित विभिन्न साहित्यिक सङ्घसंस्थाहरूमार्फत अनेक साहित्यिक सम्मेलनहरू भइरहेका छन् । यो साहित्यको विकासका दृष्टिले सकारात्मक पक्ष होे तर सबै सम्मेलनलाई प्रथम र विश्व सम्मेलन नै भन्नुपर्ने मानसिकताबाट भने मुक्त हुनुपर्छ । पहिलोपटक कुनै काम गर्नु निसन्देह राम्रो हो तर त्यो नै योग्यताको कसीचाहि“ होइन । काम कतिऔ“ भन्दा पनि काम कस्तो गरियो भन्ने कुरा महŒवपूर्ण हुन्छ । विश्व सम्मेलन भन्नेबित्तिकै त्यो उत्कृष्ट हुने होइन, कामचाहि“ विश्वस्तरीय भएमा त्यसलाई जेसुकै नाम दिए पनि त्यो स्तरीय नै हुन्छ । यसर्थ काम कस्तो गरियो भन्ने कुरा योग्यताको कसी भएकाले त्यसतर्फ पनि सचेत हुनु पर्छ ।

नेपालबाहिर गएकाहरूले आजीविकाको समय बचाएर साहित्यलाई खर्चिनु ज्यादै महत्वपूर्ण कार्य हो । तिनीहरूले एकदुईवटा कृति प्रकाशन गर्नेबित्तिकै तत्कालै मूल्याङ्कनको अपेक्षा गर्ने वा कसैबाट लेखाउने कार्यतर्पm लाग्न हुन्न । आÇनो सिर्जनाले फड्को मार्छ कि पाइला मात्रै सार्छ भन्ने कुराको मूल्याङ्कन समयक्रममा हु“दै जान्छ । कुनै पनि कामको चर्चा आवश्यक छ तर राम्रो कामको चर्चा आफै“ फैलि“दै जान्छ, कसैले अनावश्यक फुक्र्याउन आवश्यक छैन । यस्तो फुक्र्याइबाट व्यक्ति मात्र हैन, साहित्य नै बिग्रन्छ । व्यक्तिगत स्वार्थपूर्ति गर्ने ध्येयबाट उत्ताउलिएर यस्ता निन्दनीय कार्य गर्नु हुन्न । नेपालबाहिर गएका नेपालीहरू पनि मिलेर बसे राम्रो, मिल्न नसके पनि झगडा नगरे राम्रो हुन्छ । अझ खुट्टा तानातान नगरी नेपाली भाषासाहित्यको सेवामा लागेकै राम्रो, ३६ को अङ्क जस्तो भएको चाहि“ पटक्कै नराम्रो । भाइभाइ मारामार गरी वैरीलाई ह“साउने गर्नु उपयुक्त हैन । आमा बेचेर सानीमा ल्याउने काम कुनै पनि सभ्य समाजका लागि उपयोगी होइन भन्ने कुरामा सम्बद्ध सबै सचेत हुनु आवश्यक छ ।

नेपालबाहिर रहेका नेपालीहरूमा देखापरेका यी कतिपय कमीकमजोरीहरू हु“दाहु“दै पनि तिनीहरूबाट नेपाली साहित्यको विकासमा भइरहेका प्रयासहरू सराहनीय छन् । स्तरीय छपाइ र आकर्षक साजसज्जाका साथ प्रशस्तै कृतिहरू प्रकाशित भइरहेका छन् । यो ज्यादै खुसीको कुरा हो । नेपालबाहिरबाट विभिन्न पत्रपत्रिकाहरू पनि स्तरीय रूपमा प्रकाशित भइरहेका छन् । वेब वा इ पत्रिकामार्फत पनि नेपाली साहित्यका विभिन्न विधाका कृतिहरू प्रकाशित भइरहेका छन् । यसले पनि नेपाली साहित्यका विकासमा योगदान पु¥याएकै देखिन्छ । भारतको गौहाटी, सिलाङ, सिक्किमलगायत विभिन्न विश्वविद्यालयका साथै संसारका अन्य कतिपय ठाउ“मा पनि नेपाली पठनपाठन हुन थालिसकेको छ । नेपाली भाषासाहित्यको विकास र विस्तारका लागि यो पनि महŒवपूर्ण कुरा हो । अब नेपाली भाषासाहित्य अन्तर्राष्ट्रियकरण भइसकेकाले यसलाई सीमित घेराबाट मात्र हेरिनु हुन्न, यसलाई व्यापक परिवेशबाटै हेरिनुपर्छ र हाम्रो हेराइको दृष्टिकोणलाई पनि व्यापक तुल्याउनुपर्छ । अमेरिका, बेलायत वा संसारका जुनसुकै मुलुकमा बसे पनि नेपालीत्व कायम गरी नेपाली भाषासाहित्यको निःस्वार्थ सेवा गर्नु प्रशंसानीय कार्य हो ।

समग्रमा भन्नुपर्दा अहिले नेपालबाहिरका नेपाली साहित्यको अवस्था निराशाजनक नभई उत्साहप्रद नै देखिन्छ । नेपालबाहिरका नेपाली साहित्यको इतिहासलेखनमा भने ढिलाइ हु“दै गएको हु“दा त्यसतर्पm ध्यान दिनु आवश्यक छ ।

अहिले नेपाली जाति विश्वभर पैmलिएकाले अन्तर्राष्ट्रिय समुदायमा आनो पहिचान कायम गर्नाका लागि पनि नेपाली भाषासाहित्यको विश्वव्यापीकरण वा अन्तर्राष्ट्रियकरण गरिनु अत्यावश्यक भइसकेको छ । यसका लागि नेपाली साहित्यलाई हिन्दीमा अनुवाद गरी भारतीयलगायत हिन्दी भाषी मुलुकमा तथा अङ्गे्रजीलगायत विश्वका बहुप्रचलित विभिन्न भाषामा अनुवाद गरी तत्तत् भाषी मुलुकमा पु¥याएर तिनीहरूका माझमा नेपाली साहित्यलाई परिचित तुल्याउनु आवश्यक छ । डायस्पोरा साहित्यमा भाषाले त्यति फरक नपारे पनि विश्वव्यापीकरण वा अन्तर्राष्ट्रियकरणमा भाषाले महŒवपूर्ण भूमिका खेल्छ । जसरी अङ्ग्रेजी भाषाको साहित्य अनुवाद नगरी पनि विश्वव्यापीकरण भइसकेको छ भने नेपालीलगायतका विभिन्न भाषाका साहित्यलाई विना अनुवाद विश्वव्यापीकरण गर्न कठिन छ । अब नेपाली साहित्यलाई नेपालभित्र सिर्जित साहित्यमा मात्र सीमित गर्नु हुन्न ।

नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न नेपाली साहित्यका स्तरीय कृतिको चयन, अनुवादन, सम्पादन, प्रकाशन र वितरणको उचित प्रबन्ध गरिनुपर्छ । तथाकथित केही सम्पन्न व्यक्तिहरूद्वारा लेखिएका स्तरहीन वा सामान्य कृतिलाई विभिन्न भाषामा अनुवाद गरी तत्समुदायमा पठाउ“दा नेपाली साहित्यको नै बदनाम हुनेहु“दा जस्ता पायो त्यस्ता कृतिलाई अनुवाद गरी विश्वबजारमा लानु नेपाली साहित्यकै बदनामी हो भन्नेतर्पm सम्बद्ध सबै सचेत भई नेपाली साहित्यमा सिर्जित विविध विधाका उत्कृष्ट कृतिहरूलाई निष्पक्ष र तटस्थ ढङ्गले चयन गरी त्यसको अनुवाद, प्रकाशन र वितरणको व्यवस्थापन गरेर तत्तत् भाषी मुलुकमा पु¥याइएमा मात्र नेपाली साहित्यको स्तर विश्वसामु परिचित हुन्छ र त्यसको महत्ता कायम हुन्छ । यसतर्पm सम्बद्ध सबै सचेत हुनु आवश्यक छ ।

५. उपसंहार

यताका कतिपय लेखक–साहित्यकारहरू आपूmलाई उत्तरआधुनिक भन्न–भनाउन लालायित देखिएझै“ उताका कतिपय लेखक–साहित्यकारहरू आपूmलाई डायस्पोरिक साहित्यकार भन्न–भनाउन बढी लालायित देखिन्छन् र त्यसो भनिदि“दा दुवै थरी मक्ख पर्छन् तर त्यो भनाइ प्रशंसा वा निन्दा के हो भन्नेसमेत भेउ पाउ“दैनन् । साहित्य उत्तरआधुनिक वा डायस्पोरिक हुनु त्यसको विशिष्टताको मापक होइन । नेपाली साहित्यमा यी दुवै प्रवृत्ति नभएका उत्कृष्ट र स्तरीय कृतिहरू थुप्रै छन् । यसर्थ कुनै पनि साहित्यकारले यसो वा उसो भनाउन र कुनै पनि समालोचकले यसो वा उसो भनिदिएर उसको सिर्जनशीलतालाई बिगार्ने काम गर्नु हुन्न । अन्ततः साहित्यका गुणवत्ताको मापक उत्तरआधुनिक वा डायस्पोरिक नभएर साहित्यिकता नै हो ।
यसरी अहिले आपूmलाई डायस्पोराको साहित्यकार भनाउन रुचाउनेहरूको सङ्ख्या पनि अधिक भएकाले यता छापेर उता अनि उता छापेर यता विमोचन गराउने प्रचारमुखी प्रवृत्ति पनि बढ्दो छ । यतिखेर उताबाट केही दिनको छुट्टीमा यहा“ आई निकै हतारिएर रातारात किताब छपाउने, विमोचन गर्ने र फर्किने प्रचलन पनि व्याप्त छ । यतातिरका कतिपयले यसो गर्न ठेकेदारी नै लिएकोसमेत देखिन्छ । कामका सिलसिलामा गएकाहरूले फर्कन हतारिनु स्वाभाविक हो तर यही छोटो समयलाई पुस्तक निकाल्नुजस्तो गम्भीर काममा उपयोग गर्दा त्यस कृतिले अपेक्षित स्तरीयता प्राप्त नगर्न सक्छ । यसतर्पm सम्बद्ध सबै सजग हुनुपर्छ ।
यतिखेर केही दिन विदेश जा“दा लेखिएका यात्रा संस्मरण त के तीर्थयात्राबारे लेखिएका गन्थनलाई समेत डायस्पोरा भन्ने र भनिदिनेहरूसमेत भेटिन थालेका छन् । आपूmले पढेका वा भूमिका लेखेका वा अध्ययनको केन्द्रक बनाएका वा मन परेका जतिलाई पहिलो, अद्वितीय, शतक वा दशककै उत्कृष्ट आदि विशेषण जडान गर्ने तर अरू कतिपय महŒवपूर्णलाई समेत बेवास्ता गर्ने दुष्वृत्ति पनि देखिन थालेको छ । यस्तै ठूलै डायस्पोरिक समालोचक भन्न रुचाउने कतिपयले यतैतिर हु“दा प्रकाशित कतिपय लेखकका कृतिलाई समेत डायस्पोरिक साहित्य भनी बढाइचढाइका साथ उल्लेख गर्ने गरेको पनि पाइन्छ तर यो एकदमै अनुपयुक्त र गैरजिम्मेवारपूर्ण कार्य हो । यस्तो प्रक्रियालाई बढावा दिइएमा त्यसबाट सक्कली डायस्पोरा ओझेलिने र नक्कलीहरू उज्यालिने सम्भावना पनि रहन्छ तर यस्तो अवस्था सैद्धान्तिक स्पष्टता नहुन्जेलका लागि मात्रै हुने भएकाले क्षणिक हुन्छ ।

यता वा उताबाट लेखिएका कतिपय कृति नेपाली साहित्यमा विशेष उल्लेखनीय रहे तापनि ती सबैलाई डायस्पोरिक कृति भन्न मिल्दैन । यसर्थ डायस्पोराको अध्ययनमा निम्नलिखित कुराहरू विशेष उल्लेखनीय देखिन्छन् ः
(१) अहिलेका लेखकहरूले आपूmलाई जबर्जस्ती डायस्पोरिक लेखक भन्न–भनाउन लगाउने र कतिपयले विना हिचकिचाहट भनिदिने परिपाटीलाई त्यागेर डायस्पोरिक नेपाली साहित्य, प्रवासी÷आप्रवासी वा परदेशी नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य र नेपालभित्रकै नेपाली साहित्यका बीचमा स्पष्टतः विभेदक रेखा कोर्नुपर्छ । यीमध्ये कुनै नामविशेषले मात्र साहित्यकार उत्कृष्ट हुने होइन, त्यसको उत्कृष्टताको कसी उसको साहित्यिक कृति नै हुन्छ ।
(२) कुनै सर्जकद्वारा विदेशी भूमिमा बसेर लेखिएका सबै खाले कृतिलाई डायस्पोरिक साहित्य भनिदिने अनि त्यतातिरका एकाध कृतिको टिप्पणी गरेकै भरमा आपूmलाई ठूलै डायस्पोरिक समालोचक ठान्ने वृत्ति त्याग्नुपर्छ । विदेशी भूमिमा बसेर लेखिएका सबै कृति डायस्पोरिक हु“दैनन् भने सामान्य टिप्पणीकार ठूलो समालोचक हुने कुरै आउ“दैन ।
(३) कसैको निकै पहिले प्रकाशित भई सर्वत्र चर्चित एवं प्रशंसित हुनाका साथै वर्षभरिको उत्कृष्ट रचनाका रूपमा मूल्याङ्कित र विभिन्न पुरस्कारद्वारा पुरस्कृत रचनालाई समेत सामान्य शब्दान्तर गरेर सन्दर्भ नै नदिई आÇनो बनाउने, आनो सामान्य अखबारी लेखनलाई अनावश्यक बढाइचढाइ गरी र आपूm पहिलो ठूलै डायस्पोरिक समालोचक हुन खोज्ने वृत्ति पनि त्याग्नुपर्छ ।
(४) डायस्पोरा भनिने क्षेत्रबाट विभिन्न नाम दिएर हानिने सानातिना गुलिया मट्याङ्ग्रालाई व्यक्तिगत स्वार्थपूर्तिको साधन नबनाई पारदर्शी बनाएर योग्य व्यक्ति÷कृतिलाई दिनुपर्छ । यताबाट पनि गुलिया मट्याङ्ग्रा प्राप्तिको लालसाले जे पायो त्यही लेखिदिएर उदाउ“दो साहित्यकारलाई बिगार्ने काम गर्नु हुन्न । गुलिया मट्याङ्ग्रा प्राप्तिलाई नै केन्द्रबिन्दु बनाई डायस्पोरिक साहित्यको मापन गर्ने मानसिकताबाट मुक्त हुनुपर्छ ।
(५) यतिखेर कम्प्युटर र अफसेट छापाखाना प्रविधिको अत्यधिक विकासले गर्दा दिनानुदिन अनेक विधाका अनेक कृतिहरू छापिने र विमोचन गरिने क्रम निरन्तर भएकाले उताका त के यतैका पनि सबै कृति खोज्न सहज छैन । केही टाठाबाठा, सम्पन्न र पहु“चवालाहरूले विमोचन आदिका नामबाट व्यापक विज्ञापन गरी कुनाकुनासम्म प्रचार गर्छन् र समालोचकको आ“खा पनि त्यस्तै कृतिमा पर्न जान्छ अनि त्यसैलाई त्यस विधाको पहिलो कृति भनिदिन्छन् । यसमा पनि सक्कली लेखकहरू नै पछि पर्छन् ।
(६) डायस्पोरा भएरै बसेकाहरूबाट यता वा उताका सन्दर्भमा लेखिएका कृतिलाई मात्र डायस्पोरिक कृति मानी तीमध्येबाट विभिन्न विधाको पहिलो डायस्पोरिक कृति पत्ता लगाउन निकै शोधखोज गर्नु आवश्यक छ । विश्वभर छरिएर रहेका नेपाली डायस्पोराहरूद्वारा सिर्जित साहित्यलाई विधागत रूपमा छुट्ट्याएर सूचीबद्ध गरिएमा कुनचाहि“ विदेशमा नेपाली साहित्य र कुनचाहि“ डायस्पोरिक नेपाली साहित्य हो भनी छुट्ट्याउन सकिन्छ ।
(७) डायस्पोरालाई मात्राका रूपमा हेर्नुपर्ने अवस्था पनि रहेको देखिन्छ । मात्रा निर्धारण गर्न त्यति सजिलो नभए पनि कतिपय रचनामा डायस्पोराले सामान्य स्पर्श गरेको अनि कतिपयमा व्यापक प्रस्तुति रहेको हुने हु“दा कुन कृतिमा डायस्पोराको केकस्तो अवस्था छ भन्नेबारे वस्तुगत जानकारीका लागि मात्रा केलाउनु पनि आवश्यक छ ।
(८) पहिले सामग्री सङ्कलन र वर्गीकरण गरी तिनको विश्लेषण गरिसकेपछि मात्र कुन कृति वास्तविक डायस्पोरिक हो र कुन होइन भनी निक्र्याैल गर्न सकिन्छ । यो काम तत्काल नगरिएमा पछि छुट्ट्याउनै नसक्ने गन्जागोलको स्थिति आउन सक्ने पक्का भएकाले यसतर्पm सम्बद्ध सबै सचेत रहनु अपरिहार्य छ ।
(९) आजको युग इलेक्ट्रोनिक युग भएकाले विदेशी भूमिमा बसेर साहित्यका विभिन्न विधामा लेखिएका साहित्यिक कृतिहरूको व्यापक खोजतलास गरी विधागत रूपमा वेबसाइटमा राखेर अनि पुस्तकाकार रूपमा त्यसको इतिहास तयार पार्नुपर्छ र तिनको वस्तुवादी मूल्याङ्कन गरिनुपर्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नामक संस्थाका अनेकतिर पैmलिएका शाखाप्रशाखाहरूलाई क्रियाशील तुल्याएर त्यसका माध्यमबाट सबैतिरका कृतिहरूको विधागत सूची तयार गर्न सकिन्छ । यसमा अन्य सङ्घसंस्थालाई पनि क्रियाशील तुल्याउन सकिन्छ । यो काम यतातिरबाट भन्दा उतैतिरबाट बढी सहज हुन्छ । यो काम जोजसले गरे पनि परक पर्दैन । काम गर्नेलाई यथासम्भव सहयोग गर्नुपर्छ । सम्बद्ध लेखकले विश्वको जुनसुकै कुनाबाट प्रकाशित आÇना सिर्जनाहरूको स्पष्ट विवरण (कृति र कृतिकारको नाम, प्रकाशन वर्ष, विधा आदि) खुलाएर विद्युतीय सञ्चार माध्यमबाटै भए पनि स्वदेशतर्पm जानकारी गराएमा कृति सूची तयार गर्न सजिलो पर्छ । यसका लागि लेखक र समालोचक दुवैले एकअर्कालाई दोष नलगाई आपसी समन्वय स्थापित गरेर सचेतताका साथ जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ ।
(१०) यताका कतिपय अनधिकृत व्यक्तिले उता गएर डायस्पोराको ज्ञाता आपूm मात्र भएको भन्दै डायस्पोरा र त्यहा“का व्यक्तिविशेषका कृतिलाई पाठ्यक्रममा राखिदिने, व्यक्तिविशेषबारे शोध गराइदिने भन्नेजस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने गरेको र उताकाले पनि पत्याएर गुलिया मट्याङ्ग्रा सोभैm प्रदान गरेको पनि देखिन्छ । यति मात्र होइन एकातिरका मट्याङ्ग्रा सोहोरिसकेर अर्कातिर हानिई विभाजक रेखा कोरेर तिनबाट समेत मट्याङ्ग्रा ग्रहण गरेको पनि देखिन्छ । यस्ता निन्दनीय कार्यबाट सम्बद्ध सबै सचेत हुनुपर्छ । पाठ्यक्रममा समावेश गर्ने वा शोध गराउने एउटा प्रक्रिया हुन्छ । त्यो काम बेला भएपछि आपैm“ हुन्छ, बेला नभई कसैले भन्दा पनि हु“दैन । यसर्थ यस्ता भ्रमजालबाट उतातिरकाहरू मुक्त हुनुपर्छ ।
डायस्पोराको सैद्धान्तिक र व्यावहारिक दुवै पक्षबारे माथि उल्लेख गरिएका कतिपय समस्याहरू हु“दाहु“दै पनि ती निराकरण नै गर्न नसकिने खालका छैनन् । यसतर्पm ढिलो नगरी निःस्वार्थ ढङ्गले लागिएमा नेपाली साहित्यको श्रीवृद्धिमा डायस्पोराको भूमिका उल्लेख्य रहने कुरामा कुनै सन्देह छैन । एकथरीले डायस्पोरा नै जीवनको सार ठान्ने र अर्काथरीले यसलाई जीवनको जार ठान्ने अतिवादी दृष्टिकोण त्याग्नुपर्छ । यसरी एउटै कुरा डायस्पोरालाई कसैले सम्मानबोधक अनि कसैले अपमानबोधक भन्ने विपरीतधर्मी अति गरिएमा खति हुन्छ । साहित्यिक सङ्घसंस्थामा समेत कुर्सी तानातान र मट्याङ्ग्रा हानाहान गर्दै पानी बाराबारको स्थिति सिर्जना गरिनु र अनेक टुक्रामा विभाजन गर्नु राम्रो होइन । सके मिलेर बस्ने नसके झगडाचाहि“ नगर्ने मानसिकताको विकास गरिएमा धेरजसो समस्या आपैm“ समाधान हुन्छन् । साहित्य सेवालाई प्रतिष्ठा सङ्घर्षको विषय बनाउनु पनि हुन्न । बाहिर बसेर साहित्य सिर्जना गर्ने साहित्यकारहरूको यथोचित मूल्याङ्कन हुनुपर्छ । त्यसका लागि सर्वप्रथम कसले कहा“ बसेर केकति कृतिको सिर्जना गरेको छ भन्ने कुरा सूचीबद्ध गरिसकेपछि मात्र केकस्ता कृति सिर्जना गरेको छ भनी केलाउन सकिन्छ । यसतर्पm सम्बद्ध सबै सचेत भएमा यो कुनै गारो काम होइन ।

अब ढिला नगरी डायस्पोरालाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ । त्यसका लागि एउटा डायस्पोरा अध्ययन केन्द्र बनाएर त्यसमार्पmत वा अन्य कुनै व्यक्ति वा संस्थामार्पmत डायस्पोरा विज्ञका साथै डायस्पोरामा रुचि राख्ने सबैतिरका विभिन्न व्यक्तिहरूलाई स्पष्ट ढा“चा दिएर कार्यपत्र लेखाई तिनका बीचमा व्यापक छलफल गराई निष्कर्ष निकाल्न सकिन्छ । कार्यपत्रका नाममा जसलाई पायो त्यसलाई जे पायो त्यही गन्थन लेखाउने अनि प्रस्तुति, टीकाटिप्पणी, संशोधन, परिमार्जनबिनै छाप्ने कार्य गरेको देखिन्छ । यसो गर्नु राम्रो होइन । कार्यपत्रलाई कार्यपत्रकै रूपमा उपयोग गर्न जान्नुपर्छ । यसै सम्मेलनमा गरिने छलफलबाट पनि एउटा निष्कर्ष निकाल्न सकिने हु“दा यसमा सम्बद्ध सबैको सक्रिय सहभागिता अपेक्षित छ ।

डायस्पोरालाई पुस्तान्तरका आधारमा पनि हेर्नु आवश्यक देखिन्छ । यहा“ पुस्तान्तरले कुनै देशविशेषमा जन्मिएर कामका सिलसिलामा विदेश गई उतै बसोबास गरेका तथा तिनीहरूस“गै गएका सन्ततिलाई पहिलो पुस्ता र उतै जन्मिहुर्किएकालाई दोस्रो पुस्ता भन्ने बुझाउ“छ । विदेशमै जन्मिहुर्की उतै स्थायी बसोबास गरेका र स्वदेशमा पाइलोसम्म पनि नटेकेका व्यक्तिहरूलाई र तिनबाट सिर्जित साहित्यलाई डायस्पोरा भन्न मिल्दैन । यिनलाई पनि डायस्पोरा भन्ने हो भने संसारका सबै व्यक्तिलाई डायस्पोरा भन्नुपर्ने हुन्छ । यसतर्पm पनि सम्बद्ध सबै सचेत हुनु आवश्यक छ । यी सबै सन्दर्भबाट हेर्दा नेपाली डायस्पोरा साहित्यको वर्तमान अवस्था केही अन्योलग्रस्त देखिए पनि व्यवस्थित गर्न नै नसकिने स्थितिमा चाहि“ पुगेको छैन तर यसतर्पm अब पनि सचेत नहुने हो भनेचाहि“ यसको भविष्य त्यति राम्रो नहुन पनि सक्छ । यसर्थ डायस्पोराबारे रुचि राख्ने सबै मिलेर यसलाई स्पष्ट रूपमा परिभाषित गर्नु आजको टड्कारो आवश्यकता हो ।

यसैगरी नेपाली साहित्यको विश्वव्यापीकरण वा अन्तर्राष्ट्रियकरणका लागि नेपाली भाषामा सिर्जित विभिन्न विधाका स्तरीय कृतिहरूको चयन, अनुवादन, सम्पादन, प्रकाशन र वितरण कार्यलाई सरकारी एवं गैरसरकारी साहित्यिक सङ्घसंस्थाहरूबाट निरन्तर रूपमा अगि बढाउन आवश्यक छ । यसमा अनुवादको विशेष महŒवपूर्ण भूमिका रहेकाले योग्य र सक्षम अनुवादकबाट अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद गराई त्यसको प्रकाशन गरेर तत्तत् भाषी मुलुकमा वितरणको व्यवस्थाका लागि सम्बद्ध सबै सचेत हुनु आवश्यक छ ।

प्रमुख सन्दर्भसामग्री

एड्वार्ड्स, बेन्टहेज, द प्राक्टिस अफ डायस्पोरा ः लिटरेचर, ट्रान्स्लेसन एन्ड राइज अफ ब्ल्याक इन्टरनेस्नालिज्म, हार्भर्ड ः क्याम्बिज युनिभर्सिटी प्रेस, सन् २००३ ।
ओक्पेहु, इसिडोर र अन्य, द अफ्रिकन डायस्पोरा, युएसए ः इन्डियाना युनिभर्सिटी प्रेस, सन् १९९९ ।
खत्री, गीता र अन्य, सम्पा., अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन, वासिङ्गटन डिसी ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, २०६८ ।
द इन्साइक्लोपेडिया ब्रिटानिका, भोलुम ३, लन्डन ः विलियम बेन्टन पब्लिसर्स, सन् १९९० ।
द इन्साइक्लोपेडिया ब्रिटानिका, अल्टिमेट रेफरेन्स, सन् २००३ ।
भ्यानहियर, निकोलस, न्यु डायस्पोराज, लन्डन ः यु.सि.एल. प्रेस, सन् १९९८ ।
लुइटेल, डा. खगेन्द्रप्रसाद, ‘एक्काईसौं शताब्दीको कविता एक्काईसौं शताब्दीजस्तै हुनुपर्छ’, अक्षर, (२÷१, २०६२ भदौ–मङ्सिर), पृ. १–१० ।
…………….., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, गैरआवासीय नेपाली सङ्घ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाद्वारा २०६४ असोज २७ गते काठमाडौ“मा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
…………….., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, जनमत, (२४÷११–१२, २०६४ पुस), पृ.९–१५ ।
…………….., ‘उत्तर अमेरिकाली डायस्पोरामा नेपाली कविता’ शर्मा, तारानाथ र अन्य, सम्पा., उत्तर अमेरिकाका नेपाली कवि र कविता, अमेरिका–क्यानडा ः उत्तर अमेरिकाका नेपाली कवि र कविता सङ्ग्रह प्रकाशन समिति, २०६६ ।
…………….., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, हाम्रो ध्वनि, (४०÷९, २०६६ जेठ–असार), पृ. १३–२१ ।
…………….., ‘विश्वपरिप्रेक्ष्यमा उत्तरआधुनिकतासम्बन्धी दृष्टिकोण’, भृकुटी, (१०, २०६७ माघ–चैत), पृ. १२९–१३७ ।
…………….., ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’, प्रहरी, (५३÷१, २०६८ वैशाख), पृ. १३–१७ ।
…………….., ‘डायस्पोरा सिद्धान्त र नेपाली सन्दर्भ’, शब्दाञ्जली, (४÷३, २०६८), पृ. ७–१४ ।
…………….., ‘आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष’, गरिमा, ३०÷१२ २०६९ मङ्सिर, पृ. ८७–९६ ।
…………….., ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’, समकालीन साहित्य डट् कम ।
…………….., ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’, समकालीन साहित्य डट् कम ।
…………….., ‘नेपालबाहिरको नेपाली साहित्य’, फ्रि नेपाल डट कम, शुभविजयादशमी, २०६२ ।
…………….., डायस्पोरासम्बन्धी विशेष अन्तर्वार्ता, खसखस डट् कम अमेरिका, वासिङ्टन डिसी, (सन् २०१२ फेबु्रअरी १०) ।
…………….., ‘आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष’, नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा २०१२ जुन ३० मा अमेरिकाको टेक्सासमा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
…………….., ‘नेपाली भाषा, साहित्य र डायस्पोराबारेमा विशेष अन्तर्वार्ता’, एचके नेपाल डट् कम हङकङ, (सन् २०१३ सेप्टेम्बर ७) ।
…………….., ‘डायस्पोरालगायत विभिन्न विषयमा विशेष अन्तर्वार्ता’, नेपाली टेलिभिजन लन्डन, (सन् २०१३ नोभेम्बर २६) ।
…………….., ‘डायस्पोरालगायत विभिन्न विषयमा विशेष अन्तर्वार्ता’, ग्रिनविच टाइम्स लन्डन, (सन् २०१३ नोभेम्बर) ।
…………….., ‘डायस्पोरालगायत विभिन्न विषयमा विशेष अन्तर्वार्ता’, नेपाली रेडियो÷हिमाली स्वरहरू अमेरिका, न्युयोर्क, (सन् २०१३ डिसेम्बर २५) ।
…………….., ‘डायस्पोरालगायत विभिन्न विषयमा विशेष अन्तर्वार्ता’, ≈वाइट हिमाल टेलिभिजन अमेरिका, न्युयोर्क, (सन् २०१३ डिसेम्बर २१) ।
…………….., ‘अनेक डायस्पोरामा देवकोटा ः एउटा सराहनीय कार्य’, सुवेदी, होमनाथ र अन्य, सम्पा. अनेक डायस्पोरामा देवकोटा, वासिङ्टन डिसी ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, २०६९ ।
…………….., ‘डायस्पोरालगायत विभिन्न विषयमा विशेष अन्तर्वार्ता’, रेडियो एनएसटी अमेरिका, टेक्सस, (सन् २०१४ जनवरी ४) ।
…………….., ‘बेलायतमा भन्दा बढी अमेरिकामा चुक्र्याइँ’, खसोखास अमेरिका, न्युयोर्क, (सन् २०१४ जनवरी ६) ।
…………….., ‘नेपालमा अझैसम्म असल नेता जन्मेको छैन’, एभरेस्ट टाइम्स अमेरिका, न्युयोर्क, (सन् २०१४ फेब्रुअरी ५) ।
…………….., ‘नेपाली डायस्पोरा साहित्यको वर्तमान अवस्था’, एएनएको बत्तीसौं अधिवेशनका अवसरमा एएनएद्वारा २०१४ जुलाई ४–६ मा वासिङ्टन डिसी, अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रस्तुत कार्यपत्र ।
…………….., ‘डायस्पोरालगायत विभिन्न विषयमा विशेष अन्तर्वार्ता’, बिआरटी नेपाल अमेरिका, कोलोराडो (सन् २०१४ जुलाई २५) ।
…………….., ‘नेपाली डायस्पोरिक साहित्य ः सिद्धान्त र प्रयोग’, सुवेदी, होमनाथ र अन्य, सम्पा. अनेक डायस्पोराको साहित्य, वासिङ्टन डिसी ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, २०७० ।
…………….., ‘नेपाली डायस्पोरा साहित्य र नेपाली साहित्यको विश्वव्यापीकरण’, युरोपेली प्रथम डायस्पोरा नेपाली भाषासाहित्य सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमद्वारा २०१५ अगस्ट १६–१७ मा बेल्जियममा आयोजित अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनमा प्रस्तुत कार्यपत्र ।

सुवेदी, होमनाथ, ‘सात समुद्रपारका नेपाली पद्यपुस्तकको इतिहास’, फ्रि नेपाल डट कम, नेपालबाहिर नेपाली साहित्य, २०६२ ।

त्रिभुवन विश्वविद्यालय,
नेपाली केन्द्रीय विभाग,
कीर्तिपुर, काठमाडौं, नेपाल

(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चौथो सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सेप्टेम्बर १८–२२, २०१५ मा जापानमा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत कार्यपत्र)

(स्रोत : समकालीन साहित्य डट कम)

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.