~बासुदेव बुढाथोकी ‘सागर’~
छातीमा छुरा रोप्यौ तिमीले ;
मुटुमै चस्स खोप्यौ तिमीले ।
जन्मे-हुर्केको जिमी सम्झेर ;
आएँ निर्मोही तिमी सम्झेर ।
विषको कुण्डमा चोप्यौ तिमीले;
मुटुमै चस्स खोप्यौ तिमीले ।
तिम्रै निमित्त बाँचेको थिएँ ;
चढ्दो जवानी साँचेको थिएँ ।
मिलेको मौका छोप्यौ तिमीले ;
मुटुमै चस्स खोप्यौ तिमीले ।
– फस्कू,दोलखा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)