~नन्दलाल आचार्य~
सुदूर पश्चिमाञ्चल भौगोलिकरूपमा दुरुह भए पनि साहित्यको विकासका दृष्टिले समृद्धशाली क्षेत्र हो । इतिहासका पाटालाई केलाउँदा पनि महत्वशाली र गौरवशाली क्षेत्र हो । प्राकृतिकरूपमा समेत मनोरम स्थलले ढाकेको त्यहाँको जनजीवन प्राकृतिकता छ । चाँदनी र दोधारा गाविस नै नेपालका पश्चिमी बिन्दु हुन् । चाँदनीको मनोरम दृश्यको भुक्तभोगी भई त्यसैको जयगान गाउँदै धेरै रचना साहित्यसंसारमा आउका छन् । सुदूर पश्चिमाञ्चलले जन्माएका साहित्यका एक युवा सारथी हुन्- लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ । उनी गीत, गजल र कविता विधामा कलम चलाउँछन् । हालसम्म उनका ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस छोटो आलेखमा ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) कृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नो जन्मभूमिको ममता र व्यथाहरूलाई मार्मिक ढङ्गमा केलाउने काम गर्न खोजिएको छ ।
गजलकार ‘सत्यप्रेमी’ मनको पीडालाई सम्बोधन गर्न शक्ति चाहिएको कुराको बकालत गर्दछन् । उनलाई जन्मभूमिको तागत राम्ररी नै थाहा छ । उनले साहित्यमा सबैका नेत्र भिजाउने गरी गजल रचना गरेका छन् । प्रकृतिको स्नेहालु लीला चाँदनीमा पाइन्छ तर मानवको घृणित र वेवास्थापूण् व्यवहारले चाँदनी दयनीय क्षेत्र बन्दै गएको गजलकार महसुसले दुभाग्यका घडी आएको देखिन्छ । गजलकार चाँदनीलाई कुरूप बनाउन जुटेका रिपुदललाई उम्कन नदिनेे मनस्थितिमा छन् । तर, कसरी र कुन बाटो भएर मातृभूमिका शत्रुलाई पाता कस्ने भन्ने कुरामा द्विविधामा परेका छन् । नेपालको पश्चिमी भौगोलिक विन्दु चाँदनी र दोधारा रमणीय ठाउँ भएको ठहर गर्दै त्यहाँको भौगोलिक, सांस्कृतिक विविधतालाई परख गर्न आह्वान गर्ने काम गजलकारद्वारा भएको छ । उनी प्राकृतिक मिश्रण भएको ठाउँमा सबै थोक मिल्न सक्छ भन्छन् । कुनै एउटै जात, संस्कृति रहेको खण्डमा त्यो रमणीय स्थान बन्न नसक्ने उनको ठहर छ । भौगोलिक विकटता भए पनि चाँदनी क्षेत्र प्राकृतिकरूपमा आनन्दको अलकापुरी भएको आभाष दिलाउँदै चाँदनी र दोधारा हेरेर मात्र नेपाल दर्शन पूरा हुन सक्ने सोच अघि सारेका छन् ।
चाँदनी र दोधाराको रमणीय ठाउँ हजुर
थोरै खुशी थोरै व्यथा सम्मिश्रण गाउँ हजुर । -पृ.१)
अचेतन मनमा लुकेर बसेका कुरा अनायास कतै प्रकट हुन्छन् । कसरी र कुन माध्यमबाट प्रकट हुन जान्छन्, त्यस बारे स्वयम्लाई पत्ता हुँदैन । भन्न हुन्न, गर्न हुन्न भन्दाभन्दै भइहाल्ने, गरिहालिने अवस्था हुनु अचेतन मनको सक्रियता हो । हो, यहाँ पनि गजलकारलाई त्यही भएको आभाष पाइन्छ ।
गाथा-व्यथा चाँदनीको लेख्या हैन लेखिएछ
सधैँ भोग्ने दुःख-सुख कल्पनामै देखिएछ । -पृ.२)
मानिस जीवनमा उमेरका आधारमा एकपटक न एकपटक युवा हुन्छ । सोच र कर्मले भने युवा हुनेहरू थोरै हुन्छन् । वर्तमान पर्रि्रेक्ष्यमा सत्यको भक्त हुने, अन्ध्ापरम्पराको विपक्षमा उभिने र न्यायको हिमायती बन्ने वर्ग नै युवा मानिन्छ । युवा सत्यका लागि टुट्न सक्छ तर असत्यमा झुक्दैन । बरु ऊ मेटिन सक्छ तर अन्याय सहन सक्दैन । अग्रगामी समाजको लागि, नयाँ आयामका लागि, आफू नयाँ दिशातर्फलम्कन्छ र समाजलाई समेत लम्काउन चाहन्छ । मक्किएका सिद्धान्त र पोचिएका मान्यतामा बन्दै विश्वास राख्दैन । जीवनको नवीन अध्याय सुरु गर्न हर्दम समर्पित भइरहन्छ । र्स्वर्ग-नरक, मोक्ष-परलोकप्रति वेवास्ता भाव राखी इहलोक सपार्नमै व्यस्त हुन कम्मर कस्छ, वर्तमान सजाउनमै तत्परता देखाउँछ । ऊ सत्यका लागि, अभीष्ट प्राप्तिका लागि खतरा मोल्न पनि तयार छ, असुरक्षा भोग्न पनि तयार छ । उसले म्यानभित्र सजिएको खियायुक्त तरवार बन्नुछैन । जीवनयुद्धको दौडानमा काम लाग्ने धारिलो तरवार बन्नुछ । चाहिँदो काममा भट्किन पनि तयार छ, परेको खण्डमा झुक्न पनि तयार छ, हुनै परे असफल हुन पनि तयार छ । किनभने हिम्मत जुटाउनुछ, सफल हुने सम्भावना ल्याउनुछ । असफल हुनबाट भाग्ने सफल हुनबाट पनि भाग्छ । भूल गर्न डराउनेे ठीक गर्नबाट पनि चुक्छ भन्ने उसलाई थाहा छ । वास्तवमा सत्यमा झुक्न नजान्ने असत्यका विरुद्ध कर्ुलन पनि सक्दैन । आजका युवाहरू दर्शक बन्न मात्र चाहँदैनन्, कर्ता नबनी रहन सक्दैनन् । उनीहरू सुन्दर हर्ेन चाहन्छन् र कुरूप मेट्न चाहन्छन् । उनीहरू आ-आफ्नो अस्तित्व र व्यक्तित्वमा विश्वास राख्छन् । हरेक पक्षहरू नवीन ऊर्ध्वगामी परिवर्तनतर्फमोडियून् भन्ने अपेक्षा राख्छन् । उनीहरू जुनसुकै कुराको सतहमा हिँड्न/दौडन चाहँदैनन्, गहिराइमा डुबुल्की मार्न चाहन्छन् । एक हिसावले आजका युवा स्रष्टा मात्र बन्न रुचाउँदैनन् द्रष्टा पनि बन्न खोज्छन् ।
चाँदनीका दुःखी दिन सधैँ पर्खी बसेका छौँ
भल-बाढीको त्रासले अन्तै फर्की बसेका छौँ । -पृ.३)
वास्तवमा युवा मन वर्तमानको सजावटमा मख्ख र मस्त हुन रुचाउँछ । आफ्नो अगाडि देखिएका कामकुरालाई आजै फत्ते गर्न चाहन्छ । त्यो भयको सिकार बन्न चाहँदैन र ज्ञात कुरामा मात्र सीमित भएर रहन सक्दैन । त्यसले अज्ञात कुराको खोजयात्रामा निस्कनु नै पर्छ किनकि त्यो युवापिँढी सधैं अभयका साथ रमाउन खोज्दछ । आजका युवालाई भयग्रस्त भई यान्त्रिक बन्न र गुलाम हुन स्विकार छैन । हरेकका सामु अभय भई ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न छोड्दैन । सुहाउँदो महत्वाकाङ्क्षाको महल खडा गर्दछ र जीवनलाई ऊर्ध्वगामी दिशातर्फमोड्दछ । ऊ बढी ज्ञानी, बढी समझदार, बढी जानकार बन्न खोज्छ । आफूलाई खानकै लागि बाँचेको सम्झन्छ । ऊ आदर पाए आदर नै फर्काउँछ, घृणा पाए, घृणा नै हुइँक्याउछ । युवा मन हरेक कुरा लुकाउन जान्दैन, अपारदर्शितामा विश्वास गर्दैन । त्यो आफ्नो अज्ञात रहस्यको खोजयात्रामा कसैले विघ्नवाधा नपारून् भन्ठान्छ । संसारलाई भरमग्धुर उपयोग र उपभोग गर्न रुचाउँछ । समग्रमा भन्नुपर्दा, हाँसेर-नाचेर, रमेर-रमाएर, संसारलाई सौर्न्दर्ययुक्त बनाउन चाहन्छ । संसार युवा जोसले, युवा सोचले, युवा कर्मले उभो लाग्नर्ुपर्छ, नवीन युग आउँनुपर्छ, संसारले काँचुली फेर्नुपर्छ भन्ठान्छ ।
सुदूरको चाँदनीमा डुल्न आउनु होला
उपवनको वागभित्र फूल्न आउनु होला । -पृ.४)
देशभक्त भन्नेहरू शिर झुक्दा नबोल्ने रे
चाँदनीको इज्जतमा चोट पुग्दा नबोल्ने रे । -पृ.५)
यो चाँदनी सफरको याद नगर्नु साथी
यो नदी बीच सहरको याद नगर्नु साथी । -पृ.६)
नदीको यो प्रवाहभित्र खसेर त गजल लेखेँ
कालीको बाढीमा आफैँ फसेर त गजल लेखेँ । -पृ.७)
सबै रित्तै भए भन्छन् गरिबका गोठ हजुर
आज किन मौन छ चुम्बन दिने ओठ हजुर । -पृ.८)
अन्तमा, युवालाई अहङ्कारी हुनबाट जोगाउन, पथभ्रष्ट हुनबाट बचाउन र राष्ट्रोन्नतिमा एक हिस्सा तुल्याउन पुरानो पुस्ताले जालझेलको रणनीति त्याग्नुपर्छ । युवावर्गका जोसिला रणनीति र क्रियाकलापको प्रशंसक एवं सहयोगी हुनुपर्छ । अझ होस सहितको जोस थप्नुपर्छ । प्रतियोगितात्मक शिक्षा, प्रतिस्पर्धात्मक शिक्षा, विवेकलाई अङ्कमा तौलने शिक्षा, अहङ्कार दिलाउने शिक्षा, मौलिक व्यक्तित्व धरासायी पारी अरूझैँ बन्न प्रोत्साहित गर्ने शिक्षा लिने र दिने प्रचलन हटाउनर्ुपर्छ । राजनीतिको फोहोरी खेलमा युवावर्गलाई मुछ्नुहुन्न । गलत काम-कुरामा लाग्न प्रोत्साहित गर्नुहुन्न । युवा जोस, जाँगर र हिम्मतको दुरूपयोग गर्न सख्त मनाही हुनुपर्छ । पुरानो र नयाँ पुस्ताका बीच दूरी बढ्न दिनुहुन्न । पुरानाले अनुभव बाँड्नपर्छ, लाद्नुहुन्न । नयाँबाट ज्ञान लिन समेत पुरानो पुस्ता हिच्किचाउँनुहुन्न । युवा वर्गलाई गलत मार्गप्रति सचेत पार्ने र सही मार्गप्रति अभ्रि्रेरित गर्ने जिम्मेवारी पुरानो पुस्ताकै हो । नयाँ पुस्तालाई उपयुक्त पोषण दिन भुल्नुहुन्न । उचित स्नेह, उचित आदर, उचित अवसर दिन चुक्नुहुन्न । नयाँ पुस्ताको नूतन सोचलाई, नूतन कार्यलाई र नूतन व्यक्तित्वलाई पुरानो पुस्ताले हृदयदेखि नै स्विकार्नुपर्छ । युवा वर्गका लागि रोजगारीको अवसर दिलाउनु, सफल नेतृत्व दिनु र अध्ययन मनन गर्ने फराकिलो बाटो तयार पार्नु जस्ता कामहरू गरिदिनु अग्रजहरूको जिम्मेवारी भएको छ । समाजको आर्थिक विकासका सारथि र विनासका माध्यम दुवै आजका युवा नै भएकाले यस वारेमा अग्रजहरू गम्भीर भएर जिम्मेवारी वहन गर्नु जरुरी छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
देश अब कता जाने देख्या छैन बाटो हजुर
सहिदको रगतले मुछिँदै छ माटो हजुर । -पृ.९)
यस खाले युवा विचार र अठोट विपरीत पुरानो पुस्ता पुरानै सिद्धान्त, मान्यता र दर्शन बोकी खडा भएको छ । पुरानो पुस्ता राजनीतिमा युवा वर्गलाई मुछेर ‘फूटाऊ र लुट, जुट्न नदेऊ र यथास्थितिमा भुलाऊ’ भन्ने रणनीतिमा छ । त्यो आफ्ना अपूरा इच्छा-आकाङ्क्षा पूरा गर्न युवावर्गलाई सिँढीको रूपमा प्रयोग गर्दै छ । त्यो पुरानो पुस्ता गुलिया वचन बाँडेर, प्रलोभनमा फँसाएर ‘सन्तोषम् परम् सुखम्’को दर्शन घोकाइरहेछ । असन्तोष हुने ठाउँमा असन्तुष्टीका स्वरहरू उराल्न दिँदैन । मुलुकभन्दा दलीय मान-मर्यादा ठूलो हो भन्ने आभाष बेलाबेलामा दिई रहन्छ । युवा वर्गको असीमित ऊर्जालाई सीमित ठाउँमा कैद राख्न लगाउँछ ।
अझै पनि पुरानै पुस्ताको नेतृत्व छ, हैकम छ, बोलवाला छ । नीति निर्माण तहमा पुग्न पुरानै सोचमार्गी नै सफल भएको छ । पुरानो नयाँ पुस्तालाई भन्छ- नयाँ पुस्ता सङ्कुचित सोचभित्र नै रहोस् । पुरानै रीतिथितिबमोजिम सबै कुरा यथावत् सञ्चालित भइरहून् । अतीत हेरेर योजना बनाऊ । भविष्य सोचेर महत्वाकाङ्क्षा देखाऊ । बेक्कारको खतरा नमोल, आनन्दले सुरक्षित बन । चुपचाप म्यानभित्र बस, जे साथमा छ त्यत्तिमै सन्तुष्ट बन । ठीक गर, भूल नगर, दर्शक बन, ज्ञान बटुल । सुन्दर पनि हेर कुरूप पनि सहू । संसार जुन गति र दिशामा दौडियो, त्यही गति र दिशामा दौड । भोलिको काम भोलि नै गर, ज्ञातको मार्गमा हिँड, अज्ञातको पासोमा नपर । चुपचाप काम गर, प्रचलित सिद्धान्त र मान्यता खुरुखुरु पालना गर । ठीक बोल, ठीक गर । पुराना पुस्ताको अनुभव बटुल, जहाँ छौँ त्यहीँबाट मस्तिष्कको विकासमा जुट ।
नेता हुँदै मञ्चमा शान्ति गीत गाउँछौ तिमी
सत्यप्रेमी मै हुँ भनी झुटो नारा लाउँछौ तिमी । -पृ.१०)
दुःखीको तन तताउने कुनै या घाम छैन
साँझ-विहान पेट भनृ पूरै गाँस माम छैन । -पृ.११)
उनी विचार र व्यवहारको सम्यक मिलन खोज्दै सुन्दर भविष्यको परिकल्पनामा उद्दत छन् । उनको वैयक्तिक पक्षलाई नियाल्दा व्यवहारमा लचकता, विचारमा दृढता, बोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रत्ाा पाइएको थियो तर ‘आमाको स्मृतिमा’ -शोक काव्य, २०६९)को अध्ययनबाट उनमा काव्यात्मक चिन्तन र कलाको बेजोड दक्षता समेत रहेको आभाष भयो । यस काव्यमा उनले आफ्ना जीवनभोगाइहरूलाई सजीव रूपमा उतार्ने, स्थानीय रङ्ग, भूगोल र प्रकृतिलाई विचारसित घोलेर मानवीकरण गरी नवीन विम्ब र प्रतीकमार्फ् नवीन आदर्शको उद्बोधन गर्ने जस्ता खुबी देखाएका छन् । उनका गजल सरल छन्, सहज छन्, हृदयस्पर्शी छन्, रसिला र कमला छन् । ती गीतझैँ लयात्मक छन्, विचारमा इस्पातिला छन् । तापनि कतिपय स्थानमा आएका शब्दहरू र प्रकट विचारहरू दुर्बोध्य छन् । प्रचलित व्याकरणिक नियम प्रतिकूल गएका कारणले पनि पढिरहँदा कतिपय ठाउँमा कोक्याउँछ । यो काव्यात्मक क्षेत्र भएको कारणले पनि आख्यानात्मक विधामा जस्तो सरलता र सहजता भने अवश्य पाइन्न । अर्कातिर कठोर शास्त्रीय विधानमा बाँधिएर हृदयका शब्दहरू संयोजन गर्दा यस्तो अवस्था आएको हुनुपर्छ । प्र्रियजनका लागि उनका काव्यात्मक हरफहरू आँखा हुन्, औषधी हुन् । उनले साहित्यसंसारको धरोहर निर्माणमा र्इंट थप्ने साहस गरे, पाठकलाई करुण रस पिलाएर अहोभाग्य हुने सौभाग्य दिलाए र आमाप्रति सच्चा पुत्रको कर्तव्य पूरा गरे । यस करुण रस प्रधान काव्य पछि दुश्मनहरूका लागि छातीभित्रसम्म भेदन गर्ने छुरी सावित हुने वीर रस प्रधान काव्य सिर्जना हुन सकोस् भनी हार्दिक चाहना र शुभकामना व्यक्त गर्दछु । धन्यवाद !!!
-तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिटिल फ्लावर उच्च मा.वि., राजविराज-९, सप्तरी ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )