~अनिल बराल ‘गरीब चिराग अछुत’~
नजाउ मेरो मुटु चोरेर टाढा
नजाउ मेरो मुटु छोडेर टाढा |
तिमी बिना नबाच्ने भैं सके
नजाउ मेरो मुटु मोडेर टाढा |
एक पल रहन सक्दिन तिमी बाहेक
नजाउ मेरो मुटु तोडेर टाढा |
सुन्य लाग्छ यो संसार तिमी नहुदा
नजाउ मेरो मुटु गोडेर टाढा |
सातौ जन्म सम्म तिमी मेरो
नजाउ मेरो मुटु छोडेर टाढा |
हर पल तिम्रो यादमा तड्पिएको छु
नजाउ मेरो मुटु तोडेर टाढा |
अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार