गजल : गरी सके मैले

~अनिल बराल ‘गरीब चिराग अछुत’~

जीबनको अन्त्य गरी सके मैले
धर्तीमा छैन म मारी सके मैले |

मेरो नाम निसाना नखोज्नु अब
मृत्युको जीबन सागर तरी सके मैले |

के थियो र ? जीबन हुनुमा मेरो
नफर्किने गरेर झरी सके मैले |

कतै मेरो नाम छ भने मेटाइ दिनु
मक्किएर माटो मुनि पुरी सके मैले |

कुनै जन्म मानबताको नाम छैन मेरो
जुनी नफेर्ने जन्म भरी सके मैले |

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.