~दीप हाँडिगाउँले~
अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो
उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो
नयाँ बाचा अब उस्ले राख्न पर्ने भो रे
पुराना बाचा पनि उस्का अब जिम्मा मेरै भो रे
भर त अब उस्लाई अरुकै हो रे, भन्छे तर “तिमी पराई होइन”
अभरमा अझै सम्झिने “तिमी बाहेक मेरो अरु फेरी कोइ छैन”
मन भरी आगो उसै त आफ्नो, आँधी बनेर उ आई
निभाउन आएकी रे उ आगो भन्थी, डढेलो लगाएर गै
बुझाई उस्ले, उस्को आकास उस्कै घाम् अनि किरणहरु उस्कै
बुझेँ चुपचाप, बादल बनेर मैले अब छेक्न भएन उस्लाई
अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो
उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो
(स्रोत : Sajha.com)