~चेतन कार्की~
केटि – तिमीले मलाई सम्झने छैनौ आज त नभन
मलाई भने बढेर आउला पापीको माया झनझन
केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना
डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना
केटि – रात भरि म बसुँला तारालाई गनेर
बिर्सेर पनि सम्झेर कहिले, आउँछौ की भनेर
केटा – पिरती तिम्रो जिन्दगि भरि, मुटुमा हाय माया साचुँला
बिर्सेर तिम्रो गाजलु आँखा कसरि हाय माया बाँचुँला
शब्द: चेतन कार्की
संगीत: व्हि. बलसारा
स्वर: नारायण गोपाल र मिरा राणा
चलचित्र: “परिबर्तन”