कविता : अमुर्त मानिस

~पौल भाट~Paul Bhat

मैले सुर्य हेरे ,
तातो छ ,
रातो छ ,
रंग बदल्छ !

अझ नजिक हेरे ,
अजंग छ ,
भयानक छ,
गर्जन्छ !

मैले चन्द्र देखे ,
धमिलो छ ,
आकार बदल्छ !

पल्लो पट्टि हेरे ,
अन्धकार छ ,
निस्वास छ ,
शान्त निर्जीव छ !

अब मानिस हेरे ,
अचम्म भए .
मानिस मा
सुर्य पनि छ ,
चन्द्र पनि छ !

मानिसमा जीवन छ !

-कैलाली, नेपाल

शीर्षक चाही, मित्र मिन थापा ज्यु ले दिनुभयो !!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.