पुस्तक समीक्षा : जनसाहित्यमा थपिएको एक बलियो इँटः ‘रक्तमुच्छेल अंकुरण’

~नन्दलाल आचार्य~Nandalal Acharya_1

साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा निकै दूरगामी भूमिका खेल्ने गरेको र त्यसमा पनि अहिलेसम्म सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कला जनतामा निकै फस्टाइरहेको छ । – रामकुमारी यादव

प्रगतिवादी चिन्तन र धरातलबाट नै नेपाली समाजले न्याय, समानता र स्वतन्त्रता प्राप्त गर्न सक्छ । श्रमजीवि, र्सवहारावादी एवं न्यायप्रेमी नेपाली जनताले उज्यालो घाम पाउने अपेक्षा सहित २०५२ सालदेखि अनवरत रूपमा लडेको युद्ध नै जनयुद्ध हो । जनसरोकार र जनयुद्धको विषयवस्तुलाई आधार बनाएर क्रान्तिकारी, समाजवादी, यथार्थवादी विचारलाई समेटी कविता लेख्ने कृष्ण सेन ‘इच्छुक’, पूण्ाविराम, जसराज किराँती, घनश्याम ढकाल, दिल सहानी, मित्रलाल पंज्ञानीर्,र् इश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, रामप्रसाद ज्ञवाली, जगदीशचन्द्र भण्डारी, हरिगोविन्द लुइँटेल, पुण्य कार्की, देवी नेपाल, अनिल पौडेल, रमेश भट्टर्राई, सुधा त्रिपाठी, अमर गिरी, धीरेन्द्र प्रेमषिर्, रामविक्रम थापा, हीरामणि दुःखी, सुकुम शर्मा, प्रदीप बालाचन, गंगा श्रेष्ठ, अशोक सुवेदी, राजकुमार कुँवर, मणि थापा, सत्य पहाडी, सरला रेग्मी, लक्ष्मी माली, खेम थपलिया, डीपी ढकाल, नमुना, एम बटुवा, महेश्वर शर्मा, चेतकान्त चापागाईँ, रविकिरण निर्जीव, सिर्जना ढकाल, बन्दना ढकाल, नुमराज बराल, नारायण परिश्रमी, पोषराज पौडेल, जीवन शर्मा, राजेन्द्र पौडेल, सीमा शर्मा, हेमराज पहारी, सरिता तिवारी, नारायण मरासिनी, कृणराज अधिकारी, केदार शर्मा ढकाल, पर्ूण्ावहादुर अधिकारी, माधवप्रसाद सुवेदी, निभा शाह, वेणु आचार्य, रामप्रसाद जैसी, यज्ञवहादुर डाँगी, देवेन्द्र पौडेल, आरपी तिमिल्सिना, अनिल श्रेष्ठ, भानु भण्डारी, यज्ञराज प्रर्साई, दिनेश दुलाल, शोभा थापा, कमला रोक्का, चुनु गुरुङ, गणेश भण्डारी, मोदनाथ मरहठ्ठा, वान्तवा वसन्त, जनक महतारा, धनेश्वर पोखरेल, अनिल शर्मा, सीता शर्मा, कुसल वोगटी, गणेश शाही, पीपी आचार्य, युवराज काफ्ले, दीपक चिन्तक, नन्दलाल आचार्य, केएल पीडित, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ओमकारनाथ ज्ञवाली, कविराज पौडेल, यानेन्द्र जी.सी., झकवहादुर मल्ल, खगेन्द्र राना, पञ्चकुमारी परियार, लोकेन्द्र विष्टजस्ता दर्जनौँ कविकवयित्रीहरूमा दरिलो स्थान बनाएका प्रगतिवादी कवि हुन्- राजेश व्रि्रोही ।

जनयुद्धलाई आफ्नो जीवन बनाएर शोषणरहित समाजको निर्माणमा जुटेका कवि व्रि्रोहीका कवितामा वर्गमाया, उत्तेजना, घृणा, सहिदश्रद्धा, स्नेहको फ्युजन पाइन्छ । उनका कविताहरू शक्तिशाली बन्दुकका गोलीजस्ता चोटिला र प्रभावयुक्त छन्् । वर्गप्रेमी र वर्गघृणाको भाव छताछुल्ल रूपमा पाइन्छ । समाज रूपान्तरणका पक्षमा कवि व्रि्रोही कवितामा खरो साथ उभिएका छन्् ।

उनको चर्चित ‘रक्तमुच्छेल अंकुरण’ कविता सङ्ग्रहको अध्ययनपश्चात् पाठक लक्ष्मी रिजालले आफ्नो प्रतिक्रियामा भनेकी थिइन्-’कवि राजेश व्रि्रोहीभित्र खाँट्टी कविमन पाएँ । कविता संग्रह ‘रक्तमुच्छेल अंकुरण’ नसिध्याइ न्रि्रा लागेन । वेजोड लेखेछन् । विशेषतः सहिदहरू वारेका कविता पढ्दा मन भक्कानियो । मेरो सौभाग्य नै हो कि जनयुद्ध मैदानका खरा र दरा भावनाको पाठक हुन पाएँ । कवि व्रि्रोहीभित्रको कवित्व भावनालाई लाखौँलाख अभिवादन । यत्रो विशाल मन र क्षमता सप्तरीभित्र पनि लुकेको पाउँदा सप्तरीको सेवामा आफूले जीवन विताएकोमा अहिले रत्तिभर पछुतो छैन । कवि व्रि्रोहीको जस्तै विचार भएका मात्र १०० मधेश पुत्र जन्मिएका भए र सोही अनुरूप काम गर्दिएका भए मधेशलाई काँचुली फेराउनबाट कसैले रोक्न सक्ने थिएन ।’ क्रान्ति मैदानका खरा र पाका विचारले भरिपर्ूण्ा कविताकृति ‘रक्तमुच्छेल अंकुरण’ पढेपछि यस्ता भावना मनमा आउनु स्वभाविक लाग्दछ ।

कवि राजेश व्रि्रोही पनि नेपाली समाजले पाउँदै नपाएका कुरा गर्छन् । जुन कुरो जो कोहीलाई पत्याउन गारो पर्छ । पत्याउनै नसकिने कुरा भए पनि ती नेपाल र नेपालीका कटु सत्य हुन् । हरेक कविताका हरफहरूमा नेपालीको दुःखलाई सुखमा लैजाने उपाय सुल्झाएको महसुस हुन्छ । जर्मनेली, रूसी र चिनिया जनताले जन्माएका क्रमशः मार्क्सवाद, लेलिनवाद र माओवादलाई आफ्नो आदर्श ठान्दै मालेमावादको नेपाली माटो सुहाउँदो ‘प्रचण्डपथ’प्रति झुकाव, श्रद्धा, विश्वास खन्याउने जनडाक्टरका रूपमा परिचित कवि राजेश व्रि्रोही नाम सरह व्रि्रोही कवि हुन् । ४७ वटा कविताहरूको संगालो ‘रक्तमुच्छेल अंकुरण’मा समेटिएका सबैजसो कविताहरूमा मिति र स्थान लेखिएका छन्। थोरै मात्र कवितामा यी दुबै कुरा समेटिएको पाइन्न । कवि जहाँ पुगे र जेले उनलाई छोयो त्यसलाई टपक्क टिपेर मालामा उन्ने काम गरेका छन् । जनयुद्धको रणमैदानमा सहयोद्धाहरूको घाउमा मलहमपट्टी लगाउँदा, शरीर चिरेर गोली निकाल्दाका त्रासदी अवस्थाको सटिक चित्रण गर्न पनि कवि चुकेका छैन । कविमन कमलो हुन्छ । जनयुद्धमा उत्रेपछि कमलो मनलाई कठोरमा परिणत नगरी हुन्न । सहयोद्धाहरूलाई गुमाउँदाको मर्मस्पर्शी क्षणमा कवि शोकाकुल भएका देखिन्छन्् । शोकलाई जोशमा रूपान्तरण गरी वर्गदुश्मनको किल्ला तोड्न र सहिदको सपनालाई साकार पार्न आह्वान गर्न समेत कवि भुलेका छैनन् । यस प्रकार उनी सोझासीधा निमुखा जनताका तर्फाट बोलेका छन्। अवस्था अनुरूप कवितामार्फ् नै आन्दोलित बनेका छन् । कविले आफूले भोगेका, देखेका र अनुभव गरेका अनुभूतिहरूलाई कलात्मक तवरले प्रस्तुत गर्ने अठोट एवं अभीष्ट कवितालाई बनाएको भान हुन्छ ।

एकमुठ्ठी सास शरीरमा छउँञ्जेल जसले जतिसुकै जोरजुलुम गरे पनि राष्ट्रियता बचाउने, नयाँ युग निम्त्याउने, क्रान्तिमा लागी नेपाली जनता वर्गदुश्मनसँग लड्न चुक्दैनन् भन्ने उद्घोष गर्दै कवि व्रि्रोही भन्छन्-

उज्यालो छन्र्ेेन्द्र र र्सूय
कहिल्यै निभ्दैनन्
देशका लागि रगत दिन
नेपाली चुक्दैनन् । -नेपाली)

गरिखाने वर्गको श्रम चुसेर र खोसेर खाने वर्ग नै दुनियाँको मालिक भएको पर्रि्रेक्ष्यमा र्सवहारा वर्गको मुक्तिको लागि निरन्तर क्रान्तिको लालझण्डा उठाउनुको विकल्प छैन भन्ने घोषणा गर्दै कवि व्रि्रोही भन्छन्-

र्सवहारा वर्गको मुक्तिको लागि
विचित्रको संसारलाई सचित्र बनाएर
विसंगति चेतनालाई सुसंगत बनाउन
अविचल जहाजको यात्रु बन्दै
निरन्तर क्रान्तिको रातो झण्डा उठाउँदै । -संसार र क्रान्ति)

जीवन जिउँने कला थरिथरीका छन्। अग्रसोचले युक्त जीवन साँघुरो कुनामा थुप्रिएर रहन सक्दैन । स्वाभिमानी जीवनले कर्मबाट, क्रान्तिबाट, संर्घष्ाबाट वास्तविक जीवन खोज्छ । कविको भनाइ छ-

जीवन दर्ुइ ढुंगा बीचको तरुल होइन, हजुर
जीवन दर्ुइ ढुंगा बीचको डाइमाइट हो, हजुर
जीवन क्रान्ति हो, जीवन संर्घष्ा पनि हो
त्यसैले क्रान्तिमा म जीवन खोजिरहेछु, हजुर
अनन्तसम्म क्रान्तिकै बाटो रोजिरहेछु । -मान्छे र जीवन)र्

र्सवहाराहरूको राज्यसत्ता कायम गर्ने महान् लक्ष्यले प्रेरित भएर जनयुद्धमा होमिएका बेदप्रसाद भट्टर्राईलाई शाहीसत्ताले कब्जामा लिई निर्ममतापूवक हत्या गरेको क्षणलाई सम्झँदै कवि सहिदहरूको रगतले लाखौंलाख रक्तबीज क्रान्तियोद्धा जन्माएको स्मरण गर्दछन्।

जब म पस्छु जनता माझ
अनि सुन्छु त्रि्रा उर्जायुक्त विचार
हो, तिमीले मृत्युलाई पराजय गरेरै छाड्यौ
नयाँ रक्तबीजको दर्शन बनेरै गयौ । -रक्तमुच्छेल शब्द श्रद्धाञ्जली)

राष्ट्रघाती र विदेशी दलालहरूलाई पराजित गर्न नेपाली भूमिमा हजारौंहजार रक्तमुच्छेल अंकुरणहरू जन्मेको विचार व्यक्त गर्दै त्यस्ता रक्तमुच्छेल अंकुरणहरूलाई -नयाँ योद्धाहरूलाई) दृढ इच्छाशक्तिका साथ मुठ्ठी उठाएर सलाम गर्न कवि आह्वान गर्छन् ।

उन्नत र परिष्कृत चेतनाले धनी बनाउँदै
सुन्दर, शान्त, स्वणिर्म संसार निर्माण गर्दै
जन्मिए जनक्रान्तिका रक्तबीजहरू
हजारौं नेपाली रक्तमुच्छेल अंकुरणहरू । -रक्तमुच्छेल अंकुरणहरू )

सामन्ती सत्ता मात्र हैन सोचलाई नै धरासायी गर्न पसिनामा संसार देख्ने जतिलाई जनयुद्धमा होमिन कवि व्रि्रोहीले आह्वान् गरेका छन्् ।

भोकै पेट मर्नुभन्दा लडी मर्नु वेस
मरे हामी सहिद हुन्छौँ, जिते हाम्रो पूरै देश
गरिव पनि हुनर्ुपर्छ यो देशको मालिक,
बाँकी राख्न हुन्न अब सामन्तका सालिक । -भोको पेट र जनयुद्ध)

दबाएर बसिखानेहरूको एकाधिकार हर्टाई रुढ्रि्रस्त कुरूप समाजको रूपान्तरण गरेर समृद्धशाली समाज निर्माण गर्ने चाहनाबाट प्रेरित भई क्रान्तिकारी लालयोद्धाहरूलाई मुक्ति या मृत्युको पक्षमा उभिन आग्रह गर्दै कवि व्रि्रोही व्रि्रोह ओकल्दछन््-

मुक्ति या मृत्युको
उद्घोषका साथ
रक्तक्षितिजमा परेट खेल्ने
क्रान्तिकारी योद्धाहरू
शोषणरहितर्,वर्गविहीन
समाज निर्माणार्थ
लामबद्ध छन्् अनन्तसम्म । -शोषण रहित संसार)

मनुवादी सोचले समाजलाई नकारात्मक संदेश सम्प्रेषण गरेको विचार राख्दै सोझो गोरु र स्वामीभक्त गधा बनेर दलितहरूले रहनुहुन्न । वर्गीय चेतनाले ओतप्रोत भई नेतृत्व तहमा पुग्न र आफ्नो हक अधिकार स्थापित गर्न कम्मर कसेर लाग्नुपर्ने विचार कविको छ । जनयुद्ध संहारको लागि हैन, मृत्युका लागि हैन, अशान्तिका हैन । निर्माणका लागि, जीवनका लागि र शान्तिका लागि भएको ठहर कविको छ ।

आमा ! मर्न हैन, बाँच्न जाँदै छु
अग्निकुण्डमा होमिन हैन, आमा
अग्निकुण्ड निभाउन जाँदै छु ।
लडाइँ हैन, शान्ति ल्याउन जाँदै छु । -त्यो छोरो)

मालिक र मजदुर नछुटि्ने, सबै जना मिलेर कर्ममा लिप्त र मख्ख हुने, बेरोजगार एउटै नपाइने जताततै जनसरोकारका सुविधा प्राप्त अवस्था भित्र्याउने महान् आकांक्षा जनयुद्धको थियो भन्ने ठम्याइ कविको छ । र्सवहारा वर्गको अग्रदस्ता बनेर जनमुक्तिसेना देश र जनतालाई वर्गवैरीबाट बचाउन आएको विचार कविले प्रकट गरेका छन्् ।

वर्गीयप्रेमको स्वर्गीय आनन्दर्
वर्गका निम्ति जीवन चढाउने
त्याग र र्समर्पणको महान् इतिहास भेट्टाउने
आहा ! कति राम्रो, कति महान् । -त्यो सुन्दर ठाउँ)

सगरमाथाको देशमा उदाएको प्रचण्डपथ पुँजिपति डाकाहरूको मृत्युपत्र हो भन्दै त्यसको राजमार्गमा हिंड्न कविले प्रेरित गरेका छन् ।

आडविक शस्त्रहरूको बीचमा
डाइनामाइट बनी पड्किएको
हो, यही हो ‘प्रचण्डपथ’ । – प्रचण्डपथ )

गरिब जनताको पक्षमा लागेर असम्भवलाई सम्भव बनाउन कम्मर कसेर लाग्न सहयोद्धा कमरेडहरूमा कविले निवेदन गरेका छन्् ।

क्रान्तिकारी नै अथक र अचुक
अविचल हाइ-टेक हौँ
श्रमजीवि वर्गको हाइ-टेक क्रान्ति हो । – हाइ-टेक खोज्नेहरू)

सामन्तको एकछत्र राज भत्काउने ऊर्जाशील मानवको रूपमा कवि एवं पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई उनले चित्रण गरेका छन्् । कम्युनिष्ट दर्शन पढेपछि मातृभूमिको रक्षार्थ व्रि्रोही बन्दुक लिएर मुक्तियुद्धमा हामफालेको प्रसंग कोट्याउँदै कविले पुरानो सडेगलेको सत्ता नमिल्काएमा शोषित, उत्पीडित जनताले साँचो मुक्ति नपाउने ठोकुवा गरेका छन्् ।

नेपाली ज्वलन्त आस्थाहरूमा जहाँ
लामबद्ध रहे मुक्तिकामीहरू थर्काई
सामन्तीहरूको एक छत्र शासन भत्काई
हुकाइरहन्छन् समर्पित विचारहरूलाई ।-इच्छुक ! त्रि्रै सम्झनामा)

गर्नुपर्ने कुरा गर्दा व्रि्रोही हुनुपर्ने, आफ्नो हक माग्दा आतंककारीको विल्ला बोक्नुपर्ने जस्ता इतिहासका पाटाहरूलाई स्मरण गर्दै अन्यायी बन्दुकलाई परास्त गर्न बन्दुकै उठाउनु जरुरी ठान्दछन्।

उन्मुक्ति र अधिकारको लागि त
कुरूप संसार पो फेर्नुपर्छ त
बन्दुकलाई खत्तम गर्न त
बन्दुक नै बोक्नुपर्छ ।

समग्रमा कवि व्रि्रोहीका काव्यगत प्रवृतिहरूलाई यस प्रकार केलाउन सकिन्छ ।

-१) समाजवादी, यथार्थवादी धारामा कलम चलाउने सश्ाक्त कवि,
-२) वर्गीय चेतनाले ओतप्रोत भई मार्क्सवादी दर्शन अंगिकार गर्ने कवि,
-३) पिछडिएका वर्गको मुक्तिमार्ग पहिल्याउने कवि,
-४) जनयुद्धका क्रममा देखे, भोगेका कुराहरूलाई रिठ्ठो नविर्राई प्रस्तुत गर्ने कवि,
-५) वर्तमानको जग बलियो पारेर भविष्य सपार्न खोज्ने कवि,
-६) साहित्य, कलाबाट पनि समाज रूपान्तरण गरी नवीन अध्याय थप्न सकिने विचार राख्ने कवि,
-७) जनयुद्धको सजीव चित्र उतार्ने कवि,
-८) मालेमावाद र प्रचण्डपथलाई आफ्नो आदर्शपुञ्ज ठान्ने कवि,
-९) कमरेडहरू सुविधाभोगी नभई निस्वार्थी मनले जनसेवामा समर्पित हुनुपर्ने आवाज उठाउने कवि,
-१०) मुक्तिको रणमैदानमा शहादत हुनेहरूप्रति श्रद्धा र आस्था खन्याउने कवि,
-११) यथास्थितिवादी र पश्चगमनवादीहरूको झाँको झारी अग्रगमनको दिशामा लाग्न उक्साउने कवि,
-१२) राज्यआतंकको खुलेर भर्त्सना गर्ने कवि,
-१३) राष्ट्रप्रेमी र राष्ट्रसुधारको स्वर गुञ्जाउने कवि,
-१४) श्रमजीविहरूको जीत निश्चित रहेको आशावादी विचार प्रेषण गर्ने कवि,
-१५) दलितहरूको आवाज बुलन्द पार्ने कवि,
-१६) नेपालीहरू बीचको अखण्ड राष्ट्रिय एकता र मेलमिलापको प्रशंसा गर्ने कवि,
-१७) आमूल परिवर्तनको पक्षमा उभिएर चेतना छन्र्े ।

अन्तमा के भन्न सकिन्छ भने सप्तरी जिल्लामा जन्मेहुर्के पनि र मैथिली भाषामा पोख्त भए पनि कवि व्रि्रोहीले मुलुकका जल्दाबल्दा विषयमा लक्ष्य भाषा -नेपाली)मा मनमोहक भाषाशैलीमा कविता लेखेका छन् । साहित्य संसारमा रमाइरहेका कवि व्रि्रोहीका कृतिले प्रकाशन, भाषिक परिष्कार, परिमार्जन र समालोचनाको चौतारी भेटे प्रगतिवादी नेपाली साहित्यको मन्दिर निर्माणमा उनको देन महत्वपूण् हुनसक्छ । उनका कवितामा नयाँ विचार, नयाँ शैली, विम्ब, प्रतीकको उचित समायोजन छ साथैे चिन्तनमा गहिराइ र अभिव्यक्तिमा ऊर्जा छ । रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतिशील, क्रान्तिकारी कविता बनेका छन्् । अझ परिष्कारको खाँचो महसुस हुने ठाउँ भने प्रशस्त छन् । कवितामा गम्भीरता र रोचकता भर्न सक्नु उनको विशेष खुबी हो । कवि राजेश व्रि्रोहीका कविता र्सार्थक र बौद्धिक छन् जसले उनको मार्क्सवादी साहित्य अध्ययन र जनयुद्धको अनुभवको व्यापकता झल्काउँछ ।.

-तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिटिल फ्लावर उच्च मा.वि., राजविराज-९, सप्तरी ।

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.