~अनिल बराल ‘गरीब चिराग अछुत’~
माया गरे नि ठिकै छ, नगरेनी ठिकै छ
जे गर्छौं गर तिम्रो आखिर सधैँ जीत छ ।
बाहिर माया गरेर दिलमा अरु राख्यौ
यस्तै गर्ने पिरतीमा संसारको रीतै छ ।
तिम्रो अविश्वासले जीबन ढल्यो मेरो
झुटो विश्वासको तिम्रो मलाई गीतै छ ।
यस्तो नगर कसैको दिल टुटाएर तिमी
किन मलाई हेर्थ्यौं र तिम्रो अन्तै प्रितै छ ।
जसलाई देख्यो उसैसँग मन दिने कस्तो तिमी
म भन्दा नि धनी तिम्रो कोहि अरु हितै छ ।
अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार
