~दिवाकर स्वप्नील~
उसको र मेरो सधैँ झगडा परिरहन्थ्यो । लाग्थ्यो हामी आजीवन शत्रु हौँ । तर पनि फेरी दुइ शत्रुको अस्तित्व जीवितै थियो । ऊ मलाइ सधैँ ब्यङ्ग्य गर्थ्यो र अगाडी नै बसेर पैसाको धाक लगाउँथ्यो।कहिलेकाँही त एकै लातमा खुत्रुकै पारुम की, लाग्थ्यो। तर सक्दिन थिएँ । यदि कुटेको भए पनि एक देखि दुइ हान्नु पर्दैन थियो।
म ऊ भन्दा कालो थिएँ,त्यसैले सबैजना उसकै तारिफ गर्थे , उसको प्रीय बन्न पाए या भनौँ उसलाई पाउन पाए जीवनै जितिन्छ भने झैँ धेरै केटीहरु उसकै पछी लाग्थे । उसले आफ्नो रुपको मोहोनी फिजाएको थियो।त्यसैले पुगिसरी आएका सम्भ्रान्त बिवाहित महिला पनि आफ्नो पतिलाइ त्याग्न तयार हुन्थे उसलाई पाएमा।
यो सबै देख्दा मलाई डाह लाग्थ्यो । कसैले मेरो पनि तारिफ गरुन , तृष्णा जाग्थ्यो । आखिर के रुपकै कारण ऊ तर्फ सबै मोहित भएका हुन त ?
एकदिन दाँत माझेँ कपडा पनि सेतो लगाएँ। छिटफुट लोग्नेमान्छे छेउमा आए तर फेरी केही दिन मै तिनिहरु पनि उतै खन्निए।अब ऊ सँग रीस पोख्ने योजना बुन्दै थिएँ।अचानक आगोलागी भयो।मलाई छाडेर सबै उसैलाई बचाउन दगुरे तर सकेनन्।आखिरीमा ऊ बाकसभित्र पहेलो पग्लियो र म ढोकामा कालो पग्लिएँ।दुवैलाई एउटै आगोले पगाल्यो।
चारपाने , झापा ।
swapneeldiwakar@gmail.com
(स्रोत : रचनाकारको ब्लगबाट सभार)