~उमेश राई~
आईज राँके आइजा
यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा
सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट
हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट
लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा
आईज राँके आईज आइज राँके आइजा
देश भयो पिण्ड रोगी नेता हुँदा भ्रष्टाचारी
छ्याप्प आइ ट्याप्प लैजा यसो उधो गंगातारी
आइज राँके आइज भ्रष्टाचारी लैजा…….
ढ्याक्क आई बैमानिको छाला उधार्दे
को असली राष्ट्रबादी पर्दा खोलिदे
आईज राँके आइज चोर नेता लैजा
लुतो पिलो छोडि दिनु आफै सहौँला
एक साल लाई जसो तसो कस्ट गरौँला
यस्पाली चाहिँ देश चुस्ने जुके नेतालैजा
आइज राँके आइज आइज राँके आइज
के हो सत्य के हो भ्रम अलमल्मा छ जन्ता
नश्ल बादी नसकि त हुन्न शान्त अन्त
लैजा राँके लैजा नश्लबादी लैजा
आइज राँके आइज जुके नेता लैजा…
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )